नेपाली उपन्यास : उसको लोग्ने र बिरालो

~ इन्दिरा प्रसाई~Indira PrasaiUsko logne ra biralo - Indira Prasai


उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाई
संस्करण: पहिलो (२०६०), प्रति: १०००
ISBN: 99933-799-6-4
Usako Logne Ra Biralo (A Novel by Indira Prasai)


जीवनमा प्रेम, अपमान र पछुतोको सग्लो कथा हो उसको लोग्ने र बिरालो । इन्दिरा प्रसाईको यो उपन्यासले निक्कै चर्चा पनि पायो ।

सन्दर्भ: उसको लोग्ने र बिरालो (लेखकीय)

आफू यस धर्तीमा उपस्थित भएको झन्नै आधा शताब्दी पुग्नै लागेको यस घडीमा मैले चौथाइ शताब्दीको दाम्पत्यअनुभव पनि स“गालिसकेकी छु । यसै अनुभवका आधारमा मलाई लाग्छ मानिस स्वयंमा अर्धनारीश्वर हु“दाहु“दै पनि प्रकृति र पुरुषको समागमबिनाको मानवजीवन अधुरो हुन्छ । अनि अनुभवकै कथा भन्ने हो भने अबको युगमा संसारको सबैभन्दा जटिलतम काम भनेकै दाम्पत्यजीवनको चिरस्थायित्व हो जस्तो मलाई लागेको छ । त्यसो त आज मैले लेख्न लागेको विषय मेरै लागि पनि नवीनतम छ । म आपूm मानवतावादको हिमायती भएका कारण मैले पुरुषवाद, नारीवाद वा अन्य जातीय र साम्प्रदायिक वादका कुराहरूलाई हेय दृष्टिले हेर्दै आएकी हु“ । अर्थात् आजभन्दा पहिले मैले नारीवादी भएर खासै कलम समातेकी थिइन“ । विगतका ती घडीहरूमा भविष्यको कुनै कालखण्डमा मेरो कलमले पनि कट्टर नारीवादी कुरा लेख्न अग्रसर हुनेछ भन्ने कुरो मेरो कल्पनामा पनि थिएन । यी जाग्रत् अवस्थाका कुरा थिए तर अहिले लाग्छ आÏनै सुषुप्त मनस्थितिस“ग मेरै परिचय रहेनछ † अहिले मलाई लागिरहेछ आपूm र आÏनो वातावरणका नारीहरू ड्ढगत् नारी हुनुको पीडाले आहत हुने गरेका सत्य प्रसङ्गप्रति मेरो चेतना अभिमुख हु“दा मेरो सुषुप्तावस्था जागेको हुनुपर्छ । त्यसैले यस बेला मैले नारीवादको आवाजस“ग आÏनो आवाज मिसाउनामा नै आपूm नारी हुनुको धर्मबोध गरेकी छु ।

म भन्न सक्तिन“≤ मातृसत्तात्मक युगमा दाम्पत्यजीवन कायम राख्नका लागि पुरुषहरूले केकति मानसिक र शारीरिक यन्त्रणाहरू भोग्नुपरेको थियो । यस जगत्मा मेरो प्रवेशको अवधि प्रबल पितृसत्तात्मक थियो । त्यसैले मैले बाल्यकालमै आÏनी आमाको मुखबाट पितृसत्ताका अधीनमा त्रूmरतापूर्ण जीवन बा“चेका मेरै हजुरआमा, जिजुआमाहरूका कथा सुनिसकेकी थिए“ । त्यसै गरी मेरै पितामा रहेको पितृसत्तात्मकताको दारुण छायांशद्वारा मेरी आमामाथिको आंशिक दासत्वले समेत ममा पितृसत्ताप्रतिको विद्वेष पैदा गराउनमा सघाउ पु¥याएको हुनुपर्छ । आमाले आपूmले भोगेका जीवनका कथा सुनाएका बेला म आक्रोशित पनि हुने गर्थें “तपाईं कसरी सहनुहुन्थ्यो आमा † तपाईंले किन विद्रोह गर्नुभएन ?” म प्रश्न गर्थें । “हामी तिमीहरूजस्तो सÔम थिएनौ“≤ सहनु र सहन नसके मर्नुबाहेकको विकल्प हामीस“ग थिएन” मेरी आमाको जवाड्ढ हुने गथ्र्यो ।
बाल्यकालदेखि यौवनावस्थामा पुगुन्जेलसम्ममा म पितृसत्ताको दासत्वप्रति आन्तरिक रूपले विद्रोही भइसकेकी रहेछु, तर यति हु“दाहु“दै पनि पुरुषप्रतिको प्राकृतिक आकर्षणबाट मुक्त हुने मेरो सामथ्र्य भएन र म ड्ढेरि दाम्पत्य नै वरण गर्न पुगे“ । वास्तवमा सबैभन्दा कठिन परिस्थितिको सिर्जना त्यस बेला हु“दो रहेछ जब मानिस बाहिर देखि“दा एक किसिमको र भित्र अर्कै किसिमको हु“दोरहेछ । अर्थात् दोहोरो मानसिकतामा बा“च्ने मानिसलाई जीवन कष्टकर हुनु स्वाभाविक पनि रहेछ । पितृसत्ताप्रति अन्तहर््दयबाट वितृष्णा बोक्ने नारीहरूले पुरुषस“ग नै विवाह गरेपछि भोग्नुपर्ने मानसिक कष्टको अनुभव मैले पनि सङ्ग्रहित गर्नुपरेको छ ।

पितृसत्तामा दाम्पत्यको जुन चिरस्थायित्वको उदाहरण पेस गरिन्छ त्यो त्रूmरताको शासनमा टिकेको हो । मलाई लाग्छ≤ मातृसत्तामा पनि दाम्पत्यको आयु लामै थियो होला ? किनभने सत्ता भएपछि एउटा शासक र अर्को शासित हुने गर्छ । शासकको शासकत्वका कारण शासित वर्ग अधीनस्थ रहने गर्छ । स्वाभाविक रूपले शासक शक्तिशाली हुन्छ भने शासित निरीह हुन्छ । शासकलाई निरीहमाथि शासन गर्न सजिलो हुन्छ । त्यहा“ निरीहरूका विद्रोहका मसिना स्वर सुनिए पनि युद्धको सम्भावना भने Ôीण रहन्छ । शक्तिशालीले निरीहमाथि शासन गरेकाले पनि दाम्पत्य जीवनको चिरस्थायित्वको गौरवगाथा गाउन सकिन्थ्यो । यसै कारणले पनि त्यस कालमा परिवार बलियो भएको सत्यलाई स्वीकार गर्नै पर्छ ।
शासनको अर्थ र औचित्य नै गलत हो भन्नु पनि मेरो मान्यता होइन । जसरी जीवन र जगत्कै सुसञ्चालनमा अनुशासनको अपरिहार्यता छ त्यसरी नै सुशासनको पनि औचित्य र महइभ्वलाई नकार्न सकि“दैन । तर शासनका नाउ“मा हुने त्रूmरता वा बर्बरताप्रति म विद्वेषित छु । मातृसत्ताको पतनको कारण पनि अनुशासनहीनता नै हो भने पितृसत्ताको अधोगतिको कारण पनि पुरुषद्वारा नारीमाथि गरिने त्रूmर र बर्बर व्यवहार नै हुनेछ । त्यसै गरी पितृसत्ताद्वारा प्रतिपादित पुराना ढुसी परेका मूल्य र मान्यतालाई आदर्शको सीमा मानेर नारी भएर जन्मनुकै कारण दोस्रो दर्जाको नागरिक हुनुको पीडा भोग्नुपर्ने बाध्यता मलाई स्वीकार्य छैन । एउटा बेइमान पुरुष ऊ पुरुष हुनाकै कारण सामाजिक दृष्टिमा उसका बेइमानी पनि Ôम्य हुन्छन् । तर एउटी नारीले भने ऊ नारी भएर जन्मनाका कारण उसको इमानदारीलाई पनि दण्डित गरिने पितृसत्तात्मक उपजबाट म स्वयं पनि प्रताडित भएकाले मैले यस सन्दर्भको कटु अनुभव पनि स“गाल्नुपरेको छ ।
एउटै गर्भबाट उत्तिकै कष्ट खपेर जन्माइएका दुई सन्तानमध्ये एउटाले स्त्री जात हुनु परेकाले अवमूल्यित हुनुभन्दा ठूलो असमान व्यवहार के होला ? आÏनै जननीले पितृसत्तारूपी लागूपदार्थको नसामा परेर आÏनै रगतको सिर्जना छोरी जातलाई असमान व्यवहार गर्नु नारी जातिका लागि कठोर यन्त्रणा हो । यस्ता यन्त्रणाको भुक्तभोगी बेलाकुबेला मैले पनि हुनुपरेको छ । हरेक दृष्टिले आÏनो सहकर्मी पुरुषबराबर मात्र नभएर अझ दÔसमेत हु“दाहु“दै पनि आइमाई भएकै कारणले दोस्रो दर्जामा परेको पीडा मैले पनि भोगेकी छु । यसरी आपूm पीडाको गर्तमा डुबेका बेला मैले आपूmभन्दा अघिल्लाअघिल्ला पुस्ताका नारीहरूले नारी हुनाका कारण भोग्नुपरेका दारुण यन्त्रणाको कल्पना गर्दै बेलाकुबेला आपूmले भोग्नुपरेका पीडाबाट राहत लिने गरेकी छु ।

समयको ठूलो विशेषता नै यसको परिवर्तनशीलता हो । यसै परिवर्तनको प्रतिड्ढलस्वरूप शिÔा र चेतनाका कारण निरीह नारी सÔम हु“दै जा“दा पुरुषशासकका शासनमा शोषित भएर बस्ने अवस्था नरहनु पनि स्वाभाविक हो । हिजो अज्ञानता अर्थात् पशुसरहको जीवनयापनका क्रममा व्यतीत जीवनशैली आजको नारीचेतनाले किमार्थ स्वीकार गर्न सक्तैन । बरु अब बिस्तारै नारीले आपूm स्वयं शासकको कुर्सीमा बस्ने आकाङ्Ôा राख्नु अनौठो पनि होइन । जसले गर्दा परम्परागत रूपमा शासन गर्दै आएका पुरुषवर्ग आÏनो समकÔमा बस्न हिम्मत गर्ने अथवा आपूmमाथि शासन गर्न उद्यत नारीवर्गप्रति द्वन्द्वित हुनु पनि अनौठो भएन । मलाई यो पनि थाहा भएन≤ मातृसत्तापछि सहजै पितृसत्ता आयो अथवा यसरी सत्तापरिवर्तनका क्रममा ठूलै र लामै सङ्घर्ष भएको थियो । तर अहिले पितृसत्तास“ग मातृसत्ताको द्वन्द्वको युग बितिरहेको मैले अनुभूत गरिरहेकी छु । हुन त एउटा वर्ग शासक र अर्को वर्ग शासित भएपछि स्वतः अर्को सत्ताको प्रारम्भ हुन्छ । यस अर्थमा मूल्य र मान्यताहरूको परिवर्तनको यो समय दाम्पत्यसम्बन्धका लागि दुरुह भएको छ । खासमा यस बेला हामी नारीपुरुषसम्बन्धको सङ्क्रमणकाल भोगिरहेका छौ“ । त्यसैले मलाई लाग्छ स्त्रीपुरुष दाम्पत्यसम्बन्धका लागि यो युग कठिनतम युग हो ।

आपूm मानव भएर जन्मन पाउनुको अनन्त गौरवमा गौरवान्वित हु“दै र नारी हुनाको शतत आनन्दमा रमेका बेला पितृसत्तात्मक प्रताडनास्वरूप आइमाई हुनुपरेको केही पीडा मैले पनि भोग्दै आएकी छु । यस्तो बेला आपूmले स“गालेका अनन्त र शतत गौरव तथा आनन्दले केही पीडालाई जित्नुपर्ने हो तर त्यसो हु“दैन । सायद शासित भएर रहनुपरेको आत्महीनताले ममाथि शिर उठाएर पनि होला केही पीडाले गौरव र आनन्दलाई पराजित गरिदिन्छ र म आइमाई हुनुको पीडामै रन्थनिने गर्छु । हुन त पितृसत्ताको आयु लम्बिनुमा शासित भएर रमाउने आइमाईकै हूल नै प्रमुख कारक हो । हुन पनि सङ्ख्यात्मक रूपले हेर्ने हो भने अहिले पनि शासित हुनमा रमाउने आइमाईकै बाहुल्य रहेको छ । आÏनो स्वत्व र स्वाभिमानस“ग कुनै सरोकार नभएका पशुतुल्य खान र बा“च्नमै रमाउने आदत भएका ती समूह जिम्मेवारीविहीन निर्धो हुनुको आनन्दमा नै जीवन बिताइरहेछन् । पुरुषहरूद्वारा नारीमाथि शोषण हुनाका प्रमुख कारक तइभ्व नै यस्ता नारीहरू हुन् । खास अर्थमा नारी अस्तित्व प्रवद्र्धनका खतरनाक अवरोध भनेका पुरुष मात्र नभएर त्यस्ता प्रवृत्तिका नारीहरूसमेत हुन् ।

त्यसो त शासनका राम्रा पÔहरू भएको कुरा पनि नकार्न सकि“दैन । संरÔकत्व प्रदान गर्ने शासनलाई अस्वीकार गर्न पनि सकि“दैन । तर महिलामाथिको पुरुषशासन थोरैजसो संरÔणतड्र्ढ र धेरैजसो शोषणतड्र्ढ उन्मुख रहेको पाइन्छ । मनोरञ्जन र श्रम प्राप्त गर्ने साधनका रूपमा पुरुषका लागि महिलाको धेरैजसो भूमिका हुने गरेको छ । उनीहरूको आÏनो यही भूमिकामा अधिकांश महिलाहरू रमाउने गरेको पनि पाइन्छ । आÏनो स्वत्वस“ग परिचय नै नभएका त्यस्ता महिलाहरू पनि यसै युगमा रमाएर बा“चिरहेको देखिन्छ । एउटा पुरुषस“ग दुई नारीले एकैपटक बिहा गरेर नारीअस्मितामाथि कलङ्क लगाउने नारी पनि एक्काईसौ“ शताब्दीमा समेत भेटिएका छन् । आर्थिक दासत्वका कारण बाध्य भएर सौता स्वीकार्ने नारीलाई निरीह भन्न सकिन्छ तर सौता खेप्दा आपूmले पनि गौरव गर्ने र अरू आइमाईले पनि त्यस्तै व्यवहार खेप्नुपर्छ भन्नुचाहि“ विडम्बना हो ।

‘विवाहित स्वास्नीमान्छे उसको लोग्नेकी रन्डी हो’ भन्ने जर्ज बर्नार्डशाको भनाइस“गस“गै तसलिमा नसरिनको स्वीकृतिस“ग असहमत हुन पनि सकिन्न । वास्तवमा वैवाहिक जीवनले पुरुषलाई एउटी आइमाई भोग्ने वैधता प्रदान गर्छ । त्यसो त वैवाहिक पद्धतिद्वारा नारीका लागि पुरुष पनि यौनसाथीका रूपमा सामाजिक स्वीकृति प्रदान गरिएको हो । तर कति आÏनै आत्महीनताका कारणले र कतिचाहि“ पितृसत्ताको प्रकोपका कारणले पनि अधिकांश विवाहित नारीले समेत यौनकुण्ठा भोगेका दृष्टान्त पाइन्छन् । आइमाई लोग्नेमानिसका लागि भोग्या ठहर गरिएका छन् तर पुरुष आइमाईका लागि भोग्य भनि“दैनन् । दुवै एकअर्काका लागि हुनुपर्नेमा पितृसत्ताले नारीसमर्पण र त्यागको थोत्रो महिमा गानमा नारी जातिलाई भुलाएको छ । दुःख, कष्ट, वेदना र अप्राप्तिका आगोमा जल्नु नारीको महानता हो भन्ने कथाको नसामा नारीलाई लठ्याउने काम पितृसत्ताले गर्दै आएको छ । आÏना आवश्यकता, अधिकार र आकाङ्Ôाको माग गर्ने आइमाई पितृसत्ताद्वारा निर्माण गरिएको समाजका लागि बाइड्ढाले, दुश्चरित्रा र कलङ्कित हुन्छे । आÏना सम्पूर्ण इच्छा र आकाङ्Ôाहरूलाई दमन गरेर कुण्ठित भएपछि मानसिक र शारीरिक रोगले निरीह भएर जीवन बिताउने नारीलाई महान् र सम्पूज्य ठहर गर्दै पितृसत्ता आÏनो शासनको जरो दह्रो पार्ने क्रममा यस्ता नारी अनुयायीहरूकै शीर्षस्थ भएर बसेको छ ।
नारीपुरुष एकअर्काका आवश्यकता हुन्, यी दुवैको समागमले नै मानवको अस्तित्व अÔुण्ण रहन सक्छ । यी ध्रुवसत्य कुरा हुन् । त्यसैले दुवैले एकअर्काको सम्मान गर्न सक्नुपर्छ । पुरुष र स्त्रीको एक जोडीबाट उनीहरूको संसार निर्माण गर्न सकिने प्राकृतिक एवम् प्राग्नियम भएकै कारणले होला पुरुष र स्त्रीका आआÏना किसिमका महत्ता छन् । प्रकृतिपरक रूपमा स्त्री पुरुष हुनसक्तिन र पुरुष पनि स्त्री हुन सक्तैन । यस अर्थमा दुवैले एकअर्काको अस्तित्वको कदर गर्नुपर्छ । अहिले पनि पुरुष हुनुको दम्भ बोकेर कतिपय पुरुष नारीलाई हेय दृष्टिले हेर्छन् । त्यसै गरी शक्तिशाली नारीका ओतमा पुरुषको अस्तित्व निरीह देखा नपरेको पनि होइन । मलाई यी दुवै कुरा बेठीक लाग्छन् । म सहअस्तित्व र समानताप्रति आस्थावान् छु ।

मलाई थाहा छैन समाजमा प्रत्यारोपित पारम्परिक भनिने मूल्य र मान्यताको जरो कति बलियो छ । मैले उल्लेख गरिसके“≤ नारीवादी आन्दोलनको नाराजुलुसमा म कहिल्यै सहभागी भएकी छैन । नारीवादी भनिने कुरामा मलाई हीनताबोधसमेत हुने गथ्र्यो । तर समयको परिवर्तन र जीवनका अनेकौ“ अनुभवहरूको सङ्कलनपछि मैले नारीवादी आन्दोलनका समर्थनमा केही लेख्नु आपूm नारी हुनुकै औचित्य ठहर गरे“ । आपूmलाई ड्ढगत् नारीवादको सीमारेखामा बा“ध्न नचाहेर आपूmलाई मानवतावादी भन्न रुचाउने मैले मानवताको शिखर टेक्ने क्रममा नारीवादी भ¥याङको खुडकिलो टेक्नैपर्ने आवश्यकता महसुस गरे“ । मेरा यिनै दृष्टान्तहरूको उपजस्वरूप मैले मेरो यो उसको लोग्ने र बिरालोको सिर्जना गरेकी हु“ ।

मैले माथि उल्लेख गरेका कुरा मेरो यस उपन्यासका विषयवस्तु होइनन् । कति मान्छेहरू नातेदार नहु“दानहु“दै पनि नातेदारमा पर्छन् । माथिको पृष्ठभूमि र मेरो यो उपन्यासको झन्नैझन्नै त्यस्तै नाता छ । मेरो उपन्यासको विषयप्रसङ्ग अर्कै भए पनि मेरो यो उपन्यास उभिने धरातल भने माथि उल्लिखित कुराहरू नै हुन् भन्ने कुरामा कुनै शङ्का छैन । यस उपन्यासभित्रका कति कुरा म स्वयंले भोगेका सत्य हुन् भने कतिपय कुरा यसै विश्वका आधुनिक युगस“गस“गै बाच्नुपर्ने बाध्यता भोगिरहेका मानिसहरूकै कथाहरू हुन् । त्यसैले यस उपन्यासभित्र मैले केही आÏनै कथा, केहीचाहि“ मैले देखेका र सुनेका कथा अनि केही केहीचाहि“ मेरा अनुभूतिमा सङ्ग्रहित विश्वपरिवेशका घटनाप्रतिघटनाहरू बुनेकी छु ।
पुरुष र स्त्रीको सामाजिक वैधताप्राप्त सम्बन्धलाई आजसम्म दाम्पत्यसम्बन्ध भनि“दै आएको छ । पति र पत्नीको सम्बन्धलाई दाम्पत्य भनिएको छ । पति भन्नाले मालिक अर्थात् शासकको अर्थ लाग्छ भने पत्नी भन्नाले पतिको अधीनस्थ भन्ने अर्थ पनि पति शब्दले नै बोध गराउ“छ । यसै गरी प्राचीनकालमा पनि प्रचलित समलिङ्गीहरूको बढ्दो सङ्ख्या, सञ्चारद्वारा सङ्कुचित विश्वपरिवेश र थप युगीय जटिलताका कारण यसले अहिले बढी व्यापकता प्राप्त गर्दै आएको देखिन्छ । त्यसैले हिजोआजको नवीनतम संसारमा स्त्रीस्त्री र पुरुषपुरुषबीच विवाह गर्ने प्रचलन भएकाले यस परिप्रेक्ष्यमा दाम्पत्यको अर्थ लिङ्गभेद नभएर समलिङ्गीसमेत हुन पुगेको छ । अब दाम्पत्यसम्बन्ध भन्नाले समलिङ्गी विवाहलाई पनि स्वीकार गर्नुपर्ने बेला आइसकेको छ । विश्वका कतिपय मुलुकले समलिङ्गी विवाहलाई कानुनी मान्यतासमेत प्रदान गरेका छन् भने कतिपय मुलुकमा कानुनी मान्यताप्राप्तिका लागि समलिङ्गीहरूबाट सङ्घर्षसमेत भइरहेको छ । हाम्रै नेपालमा पनि समलिङ्गी विवाहका नमुना प्रस्तुत हुन थालेका समाचारहरू प्राप्त हुन लागेका छन् । मलाई लाग्छ स्त्री र पुरुषको एकअर्को लिङ्गप्रतिको विकर्षणकै कारण आज समलिङ्गी आकर्षण बढ्न थालेको हो । पुरुष र स्त्रीको आकर्षणलाई प्राकृतिक सम्बन्ध भनिन्छ भने समलिङ्गी आकर्षणलाई अप्राकृतिकताको परिभाषाले परिभाषित गरिएको पाइन्छ । मलाई लाग्छ पुरुषस्त्रीसम्बन्धको बढ्दो तनाव र विकर्षणका कारण विखण्डित यो सम्बन्धको प्रतिड्ढल नै समलिङ्गी सम्बन्ध हो । बीसौ“ शताब्दीको उत्तरार्धमा सुरु भएको समलिङ्गी विवाह द्रुततर गतिले ड्ढैलि“दो छ । भाडाका गर्भका कुराहरू, वीर्य बैङ्कका कुराहरू, लोग्ने स्वीकार नगरी सन्तान जन्माउने कुराहरू र हिजोआज मानव क्लोनिङका कुराहरूसमेत चर्चामा आएका छन् । संसारको प्राकृतिक विनाशकारितातड्र्ढ लÔित यस्तो कदमको बढ्दो प्रकोपले मानवजगत्मा निःसन्देह भयावहता ल्याएको छ । त्यसैले मानव जातिको भविष्य र वर्तमान अस्तित्वरÔाका बारे पनि चिन्तित हुने समय आइसकेको छ । मानवको विकासशीलताले कतै मानवकै विनाश त गर्ने हैन ? आज चिन्तित छन् चेतनशीलहरू ।

आपसी प्रेमसम्बन्धलाई कायम राख्न सक्नु नै पुरुषस्त्रीका बीचको सम्बन्धको सड्ढलता अथवा चिरस्थायित्वको कारण हो । मेरो यस उपन्यासको प्रमुख विषयवस्तु पनि ड्ढगत् स्त्रीपुरुषबीचको दिगो सम्बन्ध र उनीहरूबीचको प्रेमको निरन्तरताको समस्या नै हो । प्रेमको खोजीमा सुरु भएको उपन्यासको अन्त्य पनि प्रेमको अप्राप्तिमै टुङ्गिन्छ । पुरुषस्त्रीबीचको सम्बन्धलाई कायम राख्ने अथवा प्रगाढ पार्ने सन्दर्भमा प्रेमको भूमिका नै सर्वोपरि हुने कुरामा मेरो उपन्यास लÔित रहेको छ, तर प्रेम के हो ? प्रश्नहरूबीच जेलिएको मेरो उपन्यासको कथावस्तु खासै निष्कर्षमा पनि पुग्न सकेको छैन । ठूलाठूला पण्डित, दार्शनिक र व्याख्याताहरूले परिभाषित गर्दा पनि ती परिभाषाभित्र ‘प्रेम’ अट्न सकेको छैन । त्यसैले मैले यस्तो निष्कर्ष निकाल्न पनि सकेकी छैन≤ किनभने मैले बुझ्न सक्ने विषयवस्तु नै भएन यो ।
लोग्ने र स्वास्नीबीचको सम्बन्धको तेजाव भनेको त्यहा“ आउने कुनै पनि तेस्रो अस्तित्व हो भन्ने कुरामा मेरो उपन्यासकारले निक्र्योल गर्न खोजेको छ । पुरुषले बा“डिएकी स्त्री रुचाउ“दैन भने स्त्री पनि बा“डिएको पुरुषस“ग समर्पित हुन सक्तिन । यस अर्थमा मेरो उपन्यासकी नायिका बेइमानीपूर्ण वा कुण्ठाग्रस्त दाम्पत्यसम्बन्धको साटो इमानदारीसाथ सग्लो अस्तित्ववरणतड्र्ढ पलायन भएकी छ ।

भौतिक विकास र प्राप्तिको चरमबिन्दु टेकिसकेको मानव सभ्यता वर्तमानमा मानवीय मूल्यमान्यताको खोजीमा छ । आपसी सम्बन्ध कायम राख्ने क्रममा मान्छेका असड्ढलताका कथाहरू यत्रतत्र सुनिन्छन् । अझ खास गरेर स्त्रीपुरुषभन्दा पनि पतिपत्नी हुनासाथ त्यो सम्बन्धको स्थायित्वबारे प्रश्नचि≈न बन्दै जानु पनि आजको युगको समस्या देखिएको छ । प्राकृतिक आकर्षण र प्राकृतिक आवश्यकताकै कारण एकअर्कास“ग नजिकिने र हुरुक्क हुने यी दम्पतिहरू छोटै समयमा किन एकअर्कास“ग विरक्त हुन्छन् ? अझ त्यो पनि युगल प्रेमपछि परिवर्तित दाम्पत्य सम्बन्धको चिरस्थायित्व हिजोआज शङ्कास्पद भएको छ । सुखद प्रेमको परिणाम दुखद हुनुले निश्चय नै प्रेमको सुखानुभूतिमा पनि प्रश्नचि≈न खडा गरेको छ । आखिर किन टुक्रि“दै छन् पारिवारिक सम्बन्धहरू ? किन वितृष्णाका भुमरीभित्र पर्दैछन् स्त्रीपुरुषसम्बन्धहरू ? मलाई लाग्छ अत्याधुनिक युगमा प्रवेश गरिसकेको मानवसभ्यताका लागि आज सबैभन्दा समाधान गर्न कठिन समस्या नै यही भएको छ ।

मानिसको मनका अजस्र बिन्दुहरू हुन्छन् । संसारको सबैभन्दा कठिन काम मानिसको पहिचान गर्नु अथवा उसका मनका बिन्दुहरू पहिल्याउनु हो । त्यही मानसिक बिन्दुमध्येको कुनै बिन्दुलाई पहिल्याउने प्रयास मैले यस उपन्यासमा गरेकी छु । त्यसो भनेर मैले कठिनतम मार्गको यात्रा गर्ने साहस गरे“ भन्न किमार्थ चाहेकी होइन । तर एउटा दुरुह मार्ग प्रवेशको आकाङ्Ôा भने मैले पक्कै गरेकी छु ।

प्रेमको मिठास कायम रहन नसके कुनै पनि सम्बन्ध खोस्टोसरह हुन्छ । प्रेम गरेर वैवाहिक जीवनमा प्रवेश गर्न चाहनेहरूले आपसी मूल्याङ्कन गर्नुपर्छ । वैवाहिक सम्बन्ध भत्कनु भनेको जीवनले ठूलै दुर्घटना भोग्नु हो । सम्बन्ध गा“सिइसकेपछि चु“डिनु भनेको पनि एउटा दुःखद घटना हो । त्यसैले सम्बन्ध गा“स्नुअघि त्यो सम्बन्धको निरन्तरताका विषयमा सोच्नुपर्दो रहेछ जस्तो मलाई लागेको छ । प्रेम गरेपछि चिरकालसम्म प्रेमकै अपेÔा हुनु पनि गलत होइन । प्रेमले एकअर्काप्रति समर्पण खोज्छ । प्रेमको अमरता पनि आपसी समर्पणमा निर्भर गर्छ । हरेक प्रेम गर्ने जोडीले विवाह गर्नुअघि आपसी समर्पणको जा“च गर्नुपर्छ भन्ने मान्यतातिर मेरो उसको लोग्ने र बिरालो उन्मुख भएको छ ।
मानवजीवनस“ग गा“सिएको प्रेम र विवाहका साथै विवाहोत्तर सम्बन्धको दिगोपनको समस्यास“ग सम्बन्धित उसको लोग्ने र बिरालो आधुनिक युगका प्रकृति र पुरुषबीचको सम्पूर्ण कथा नभएर उनीहरूको सम्बन्धको एउटा सूक्ष्म झिल्को मात्र हो । मानव मनको जटिलता, मानव व्यवहारको परिवर्तनशीलता र मान्छे भएपछिका समस्यास“ग सम्बन्धित उसको लोग्ने र बिरालो पाठकहरूसमÔ प्रस्तुत गर्न पाउ“दा मैले आपूmलाई हलुङ्गो महसुस गरेकी छु ।
खास गरेर प्रेमिल जोडीले यस उपन्यासमा प्रेमको अर्थ खोज्ने र विवाहित जोडीले आपसी समर्पणको मर्म खोज्ने प्रयास गरेको खण्डमा मेरो लेखनधर्म सार्थक हुने कुरामा म आशान्वित छु ।
– इन्दिरा प्रसाई



आठौं र नवौं दिन



दिनगन्तीका हिसाबले यो आठौ“ दिन भए पनि उसको एउटा विषय र प्रसङ्गको समाप्ति भएको दिन हो आज । बाहिर झमझम पानी परिरहेछ । नीलालाई पानी परेको सारै मन पर्छ । पानी भन्ने दृश्य र शब्दस“गै पनि उसको ठूलो मोह छ । उसका मनपर्ने वस्तुहरूको सूचीमा पानीको नाम एक नम्बरमै राख्नुपर्ला । तर उसलाई यति विघ्न मनपर्ने पानीको विध्वंस देख्दै, सुन्दै र बुझ्दै आएपछि हिजोआज पानी पर्दा पनि उसलाई डर लाग्छ । आपूmले जन्माएको सन्तान विध्वंसक भएपछिको सन्तानप्रतिको मोहजस्तै भएको छ— पानी हिजोआज उसका लागि । यही पानीका कारण हजारौ“ मानिस मरेका र लाखौ“ मानिस घरबारविहीन भएको समाचार टेलिभिजनमा हेरेपछि पानीप्रतिको उसको वितृष्णा बर्सेनि बढ्दै गएको हो । त्यसैले हिजोआज आÏनो हट्टाकट्टा लायकदार र सुन्दर आबारा छोरोजस्तै भएको छ पानी उसका लागि । उसको कोठाको झ्यालबाट वर्षाको सङ्गीत सुन्दै र एकनासको बर्साइ हेर्दै ऊ आनन्द र पीडाको दोसा“धमा पौडिइरहेकी छ, तर वर्षालाई नीलाका अनुभूतिस“ग कुनै सरोकार छैन । मान्छेका विकासका ठूलठूला उपलब्धिलाई निमेषभरमै तुच्छ तुल्याउन सक्ने प्रकृतिको लीलाबाट मानवजाति अझैसम्म पराजित भएको कुराले पनि उसलाई नमीठो पीडा दिने गर्छ ।
अब पानी पर्न पूरै छोडेको छ र बले“सीबाट पानी खसिरहेको कर्कश आवाज भने उसका कानमा ठोक्किइरहेको छ । हिजोमात्र किनेको कोरियन कम्बलले टाउकोसमेत छोपेर उसले आपूmलाई त्यो आवाजबाट पर पार्न खोजी, तर त्यो आवाजले भने उसलाई कम्बलभित्र पनि लखेटिरह्यो । बरु भरखरै किनिएको नया“ कम्बलको एक किसिमको बास्ना भने उसको नाकले सम्हाल्न लागेको छ । धेरै बेरसम्म ऊ मुख छोपेर सुत्नै सक्तिन । बानी नै छैन । एकदम निसास्सिन्छे । त्यसैले केही बेरमै उसले आÏनो मुखबाट कम्बल हटाई । लामोलामो सास ड्ढेरेर आपूmलाई कैदमुक्त अनुभूतिमा ल्याइपु¥याई । बले“सीको पानी खसेको आवाज अझै एकनासले कोठाको वातावरणमा ड्ढैलिएका कारण उसको मन एकतमासको भइरह्यो । नया“ कम्बलको गन्धले भने उसको मनमा एक किसिमको आनन्द छाउन खोजेको छ । बले“सीको धाराले डुबाउन लागेको बेला नया“ कम्बलको हरकले बचाउन लागेको जस्तो लाग्यो उसलाई । मानिसलाई डुबाउन र बचाउन कत्ति पनि बेर नलाग्ने कुरा पनि यस बेला उसका मनमा आए ।
ओछ्यानमा लमतन्न परेर नै ऊ आÏनो नया“ कोठा नियाल्दै छे । एकजना मानिसलाई जीवनयापनका लागि चाहिने सबै कुरा छन्— उसको यो एककोठे घरमा । एउटा सुत्ने कोठा, स“गै टा“सिएको सानो भान्साघर र स“गै स्नानगृह भएको शौचालयले गर्दा यहा“ उसका सामान्य आवश्यकता सजिलै पूरा हुन्छन् । यसबाहेक टी.भी., फ्रिज, ओभन, वासिङमेसिन, इमेल र इन्टरनेट जोडिएको कम्प्युटरसमेतको व्यवस्थाले गर्दा उसको यो घर कुनै पनि सम्पन्न मानिसको घरकै हाराहारीको सुविधादायी थियो । त्यसो त इमेल र इन्टरनेटका बारे उसलाई त्यति राम्रो ज्ञान पनि छैन र उसको राख्ने विचार पनि थिएन । तर उसकी छोरी स्मृतिले सारै नै रहर गरेकी हुनाले उसले पनि इमेल र इन्टरनेट राखेकी हो । “मामु, तिमीले इन्टरनेट र इमेल राखिनौ भने म बेलायत गएपछि कसरी हामी कुराकानी गर्ने ?” स्मृतिले त्यसपछि इमेल र इन्टरनेटका ड्ढाइदाहरूको बेलीबिस्तार लगाएकी थिई । छोरीको रहर पूरा गर्ने इच्छाले नै उसले कम्प्युटर र इमेल पनि आÏनो घरमा राखेकी हो । यो उसको सानो घरमा सबै कुरा हु“दाहु“दै पनि यस घरमा पाहुनापाछाका लागि भने कुनै व्यवस्था छैन र त्यसरी व्यवस्था नभएको कुराले उसलाई नमज्जा हुनुको सट्टा मज्जा लागेको छ≤ किनभने आजसम्मको अनुभवले पाहुनाहरूबाट कुनै रमाइलो अनुभूति स“गाल्ने अवसर उसले पाएकी छैन । सुखका बेलामा डकारीडकारी खाने तिनै पाहुनाले दुःखका बेला उपहास गरेको अनुभव पनि उसले स“गालेकी छ । त्यसैले अबको यो नया“ घरमा पाहुनाको ‘प’का लागि पनि स्थान

नराख्दा उसलाई एक किसिमको अनौठो सुखद मिठास भएको छ । त्यसो त यो तयारी घर किन्ने क्रममा दुईओटा र तीनओटा सुत्ने कोठा भएका घरहरू पनि दलालद्वारा उसलाई नदेखाइएका होइनन् । आÏनी एकमात्र छोरी स्मृति पनि लगत्तैजसो विदेश पढ्न जाने र उसका लागि छुट्टै कोठाको व्यवस्था गर्ने कुरामा स्वयम् स्मृतिले नै पनि अस्वीकार गरेकी हुनाले उसले यही एककोठे घर नै रोजेकी हो । त्यसैले आपूmस“ग पर्याप्त धन हु“दाहु“दै पनि उसले आपूmबाहेक अरूका लागि नहुने यो घर किनेकी हो ।

हिजोसम्म मानिस भन्ने जीवस“गको आत्मीय न्यानोले भिज्ने उसलाई आज तिनै मानिसको सूक्ष्मांशले पनि पिरोल्न थालेको छ । मानिसको गल्लो स्वादले आजित भएकी ऊ अब मानिसस“ग ननजिकिने निर्णयमा पनि पुगेकी छ ।
बिहा गर्ने, घर बनाउने वा किन्ने र छोराछोरी पाउने कुरा आपूmले चाहेर मात्र हु“दैन भन्ने भनाइमध्ये घर बनाउने कुरामा चाहि“ उसको पनि सहमति भएको छ । पा“च वर्षअघि अर्थात् दर्पणस“ग पारपाचुके गर्नासाथ उसले घर बनाइहाल्न वा किनिहाल्न खोजेकी थिई । त्यस बेला जति नै कोसिस गर्दा पनि भनेजस्तो घर नपाउनाले उसले आÏनो इच्छा थन्क्याउनुपरेको थियो । त्यसपछिका समयमा पनि एउटा न एउटा बाधा अडचनले उसको घरसम्बन्धी इच्छा था“ती रहेको थियो । यस बीचका समयमा ऊ भाडाका घरमा बसेकी थिई । पैसा तिरेपछि महानगरमा राम्राराम्रा घर नपाइने कुरा पनि थिएन, तर जति नै सुविधासम्पन्न घरमा गतिलो भाडा तिरेर बस्दा पनि आÏनोपनको अनुभूति भने उसले पाउन सकेकी थिइन । सबै कुराको सुख भएर पनि भाडाका घरमा पराईपनको अनुभूतिमै उसले पा“च वर्ष बिताई सकेकी थिई ।
यो घर हिजो मात्र किनिएको भए पनि यसको पृष्ठभूमि भने छ महिनाअघि नै सुरु भएको थियो । उसको अड्ढिसकै एकजना साथीले चिनाइदिएको रामजी शर्मा नाम गरेको दलालले उसलाई यो घर किन्ने वातावरण मिलाइदिएको थियो ।
महानगरीय जीवनको अर्को ड्ढाइदा पनि उसलाई भएको थियो । उसका लागि आवश्यक सम्पूर्ण सामग्रीहरूको सूचीमात्र उसले दिएकी थिई । उसका मागअनुसारका सम्पूर्ण सामग्रीहरूको व्यवस्था रामजीले नै गरिदिएको थियो र उसले सोअनुसारको भुक्तानीमात्र गरेकी थिई । आपूmले चाहेअनुसारको घरमा ऊ आजैदेखि मालिक्नी भएको गर्वसमेत समेटेर बसिरहेकी छ ।
अहिले बाहिर सा“झ पर्न लागेको छ । खास रुखपात नभएको यो परिसरमा पनि भ“गेराहरूको चा“चा“ ची“ची“ सुनि“दै छ । चराचुरुङ्गीको बास बस्ने बेलाको खैलाबैला र बिहान उठेर होहल्ला गर्ने शैली उसलाई मन पर्छ ।

आभासको घरपरिसरमा केही ठूलठूला रुखहरू पनि भएकाले त्यहा“ भ“गेराका साथसाथै ढुकुर, कोइली, काग, लामपुछ्र«्रे, रुपीलगायत अरू कतिपय नया“ र राम्राराम्रा चराचुरुङ्गीहरू पनि देख्न पाइन्थ्यो । हिजो सा“झ र बिहान पनि त्यहा“ उसले डढेको मन बोकेर ती चराचुरुङ्गी हेरेको कुरा उसका सम्झनामा यस बेला पनि ताजै छ ।
यो राजधानीको सा“गुरो बसाइमा आभासको घरबासको क्षेत्र निकै ड्ढराकिलो मान्नुपर्छ । एउटा खानदानी परिवारको एक्लो छोरो आभासलाई सम्भ्रान्त भन्न सकिने धेरै आधारहरू छन् । मधेसमा मौजासमेत भएको आभासको काठमाडौ“को घर उसको कलाकार बाबुका सिर्जनाहरूको सङ्ग्रहालय नै हो भन्दा पनि ड्ढरक पर्दैन । मनग्गे उमेर बा“चेर दिवङ्गत भइसकेको आभासको बाबु सा“च्चै मरिसकेको हो र ? भन्ने प्रश्नले आभासका घरमा बसुन्जेल उसलाई बारम्बार पच्छ्याइरहन्थ्यो । घरको हाताभित्र प्रवेश गर्नासाथ ढोकैदेखि लिएर हरेक कोणप्रतिकोण, कोठाचोटा जताततै आभासका बाबुको कलाकारिता बा“चिरहेको देखेपछि नै उसलाई आभासको कलाकार बाबु मरेको छैन, ऊ त्यो घरभरि बा“चिÂहेको छ भन्ने अनुभूतिले छोपेको थियो । आभासका नाताले त्यस घरमा प्रवेश गरेकी उसलाई त्यसरी हरेक ठाउ“मा उसको बाबु सलबलाएको त्यो घर आभासको जस्तो कत्ति पनि लागेन । कसोकसो त्यस घरमा उसलाई आपूm निसास्सिएको जस्तो लाग्यो । ≥“आभास † तिमी किन यो घरमा बसेको, यो घर त तिम्रो कलाकार बाबुको नामको सङ्ग्रहालय बनाउनु राम्रो हुन्छ ।” आÏना मनमा आएका “यी चित्र र मूर्तिका डङ्गुर आभासले किन जम्मा गर्नुपरेको होला ?” भन्ने भावनालाई उसले यसरी व्यक्त गरेकी थिई । आपूmलाई मनमा लागेको कुरो तुरुन्तै अभिव्यक्त

गरिहाल्नुपर्ने खालको उसको स्वभावले गर्दा पनि उसले आÏना मनमा त्यस बेला उब्जेका कुराहरू आभासलाई सुनाउन अनुकूल शब्द राखेर नै भनेकी थिई । आÏनो मुखबाट शब्दहरू खुस्किसकेपछि भने “आभासलाई मैले भनेका कुराले चित्त पो दुख्यो कि ? उसको बाबुका चित्र र मूर्ति राखेको कुराको मैले उसका घरमा प्रथम प्रवेशकै दिनमा यसरी भन्नुहुन्थ्यो कि हु“दैनथ्यो ?” भन्ने पछुतोजस्तो पनि उसलाई हुन खोजेको थियो । “का“ त्यसो भनेर हुन्छ र ? विदेशतिरजस्तो यता सरकारले कलाकारको संरक्षण गर्ने चलन छैन । बुबाहजुरका कलाकृति कति छन् कति † यहा“ भएका त बुबाहजुरलाई मनपरेका र मलाई पनि मनपरेका केही कलाकृति मात्रै हुन् । कुनै दिन हाम्रो मौजामा तिमीलाई लैजान्छु अनि देखौली तिमीले बुबाहजुरका सम्पूर्ण सिर्जनाहरू ।” आभासले उसको अपेक्षाविपरीत अझ आÏनै बाबुको कलाकारिताको बखान गरेको थियो । “मैले उहा“ले थोरै कलाकृति सिर्जना गर्नुभएको भनेकी कहा“ हु“ र ? यस्ता कलाकृति नै कलाकृति भएको घरलाई त कलाकै सङ्ग्रहालय बनाउनुपर्छ पो भनेकी हु“ ।” नीलाले आपूmभित्र भएको कलाकृतिप्रतिको वितृष्णालाई लुुकाउन खोज्दै भनेकी थिई । “नीला † तिमीले भनेको कुरा यहा“ त्यति सजिलो छैन । अहिलेको परल मोल मात्रै पनि सरकारले मलाई दिन सक्तैन । यत्रो सम्पत्ति उपयोग गर्न नसक्ने सरकारलाई मैले यसै सुम्पने कुरा पनि त भएन । मैले अहिले बुबाहजुरका कलाकृतिहरूको जति संरक्षण गरेको छु त्यति यहा“ अरू कसैले गर्दैनन् नीलू ।” आभासले आÏना यी कुराहरू केही जोस र केही आद्र्रता मिसिएको स्वरमा भनेको थियो । आभासका पछिल्ला वाक्यले नीलाका मुखमा पनि बुजो हालिदिएजस्तै भएर यो कुरो ड्ढेरि उनीहरूबीच कहिल्यै आएन पनि । त्यसो त त्यस बेला नीलाले आभासका लागि आÏनो मुख बन्द गरे पनि उसको अन्तर्मन आभासका कुरामा पटक्कै सहमत हुन सकेको थिएन । “कठै आभास † तिमी अस्तित्वविहीन भएर यो घरमा कसरी बा“चेका छौ ?” उसको मनान्तरमा आभासका लागि दयाका यस्ता भावना उब्जेका थिए ।

त्यसपछिका दिनमा आभासस“ग उसको कलाकार बाबु अथवा उसको घरबारे नीलाले कहिल्यै टिप्पणी गर्न उपयुक्त ठानिन । बरु अब उसले आपूmलाई आभासकी प्रेमिकाभन्दा बढी सो गृहपरिसर भ्रमणका लागि आएकी पर्यटकको अनुभूतिमा डो¥याएकी थिई । चित्रकला र मूर्तिकलाप्रति खास कुनै रुचि नभएकी ऊ अब घण्टौ“सम्म आभासका बाबुका कलाकृतिमा आपूmलाई भुलाउने व्यर्थ प्रयत्नमा लागेकी थिई ।

आभासस“ग परिचय हुनासाथ नीला उसको घरमा पुगेकी पनि होइन । त्यसो त आभास उसका लागि नवपरिचित मानिस पनि थिएन । नीलाको पूर्वपति दर्पणका झुन्डका झुन्ड साथीमध्येकै एउटा साथी आभास पनि हो । नीलाको पहिलो बिहे हुनुभन्दा पच्चीस वर्षअघिदेखि नै आभासस“ग नीलाको परिचय थियो । नीलाका लागि दर्पणका अरू साथीभाइ र आभासबीच एउटा घटनाका कारण अन्तर परेको थियो । घटना यस्तो थियो— स्मृति जन्मेका बेला नीलालाई रगत चढाउनुपर्ने भएको थियो । त्यस बेला आभासले नीलाका लागि रगत दिएको थियो । अहिलेको जस्तो ब्लड ब्याङ्क त्यस बेला भइदिएको भए आभासले उसलाई दिएको रगतको महइभ्व आभासकै सेरोड्ढेरोमा घुम्ने थिएन । आपूmलाई रगत दिने आÏनो रक्तसमूहको व्यक्तिसमेत बिरामीका मान्छेले बन्दोबस्त गर्नुपर्ने समयमा नीलाको ओ पोजिटिभ समूहको रगत उसका परिवारमा कसैको पनि नभएपछि एउटा सङ्कटकालीन अवस्थाको सिर्जना भएको थियो । त्यस क्षण आभासले नीलाका लागि आÏनो रगत दान गरेको कुरा पछि दर्पणका मुखबाट उसले सुनेकी थिई । त्यसपछि स्मृतिको पास्नीका बेलामात्रै आभासस“ग उसको भेट भएको थियो । “तपाईंले मलाई आÏनो रगत दिएर ठूलो गुन लगाउनुभयो । त्यस बेला तुरुन्त रगत नपाएको भए सायद म ¬” नीलाले भावविभोर भएर कृतज्ञता ज्ञापन गरेकी थिई । “हामीकहा“ रक्तदान गर्ने परिपाटी सुरु नभएकाले यो ठूलो कुरा भएको हो । विदेशतिर यो सामान्य कुरो हो । तपाईं स्वस्थ्य हुनु भो । मेरो रगत बेकार भएन ।” आभासले जवाड्ढ दिएको थियो । आभासको कुरो सा“चो हु“दाहु“दै पनि उसको बोल्ने अथवा उसलाई जवाड्ढ ड्ढर्काउने शैली नीलालाई पटक्कै मन परेन । केहीअघि आभासस“ग कुरा गर्दागर्दै नीला भने संवेदनापूर्ण भावमा झन्नैझन्नै तरल हुन खोजेकी थिई, तर आभासले उसको संवेदनात्मक आवाजको कम्पन महसुस नै गरेको थिएन । “कस्तो रुखो मानिसको रगत मेरो शरीरमा परेछ ।” त्यस बेला उसलाई कसोकसो आड्ढै“देखि वितृष्णा हुन खोजेको थियो ।
त्यसपछिका दिनहरूमा आभासस“ग उसको खास भेटघाट पनि भएन, न त उसले नै आभासस“ग भेट्ने चासो लिएकी थिई । त्यसो त दर्पणका साथीहरूमध्येको एउटा साथीका रूपमा

कहिलेकाही“ उनीहरूका घरमा भित्रिने आभासको क्रम भने रोकिएको थिएन । आभासस“गको आकर्षण भग्नावस्थामा पुगे तापनि आÏनो शरीरमा उसको रगत पनि मिसिएको कुराले गर्दा नीलाले दर्पणका अरू साथीभाइलाईजस्तै आभासलाईचाहि“ चटक्कै बिर्सिन भने सकेकी थिइन ।
यौवनावस्थाका प्रारम्भिक Ôणमा जीवनमा आपूmले चाहेकाचाहेका कुराहरू मात्र हुन्छन्जस्तो नीलालाई लाग्थ्यो । तर जीवन भोग्दै जाने क्रममा उसका आÏनै सोचाइलाई ऊ आड्ढै“ले गलत भन्न बाध्य हुनुपरेको थियो । जीवनयात्राका पथहरूमा आड्ढै“ले पहिल्याउनुपरेका अनकण्टार जङ्गलका का“डेदार झाडीहरूले गर्दा आÏना पूर्वविचार र कट्टर धारणाहरूलाई नीला स्वयम्ले समेत झिक्न नसक्ने र देख्न नसक्ने पारेर आड्ढै“ले गहिरो खाडल खनेर पुर्नुपरेको थियो । आपूmले नरुचाएको मानिस पनि कुनै दिन घनिष्ठ हुन सक्छ र आपूmले नरोजेको बाटो पनि कुनै समय आÏनो लक्ष्यबिन्दु बन्न सक्छ भन्ने कुरा उसको र आभासको सम्बन्धले अहिले उसलाई छर्लङ्गै पारेको छ ।
सातओटी सौता खेपेर पनि पातिव्रत्य धर्ममा अडिग उसकी हजुरआमा र दुई जोईको साझे पोई पाएर पनि पतिपरायणा उसकी आमाको संस्कार ओढेकी नीलाले उसका आ“खा छलेर रन्डीबाजी मात्रै गर्ने लोग्नेलाई पनि स्वीकार गर्न सकिन । कालान्तरमा आÏनो इज्जत र प्रतिष्ठाका रूपमा नीलाको अस्तित्वलाई आÏना पूजाकोठामा राख्न खोज्ने दर्पणको संसार नीलाले नै भताभुङ्ग पारिदिई । एउटा भूmट र आडम्बरपूर्ण लोग्नेस्वास्नीको सम्बन्धलाई उसले स्वीकार गर्नै सकिन । उसको अन्तर्मनले स्वीकार गर्न नसकेको दर्पणको नामको पोतेको झुत्तो लगाउन पनि नीलाले सकिन । दर्पणको देखावटी सम्बन्धलाई नीलाको आत्माले अङ्गीकार गर्न सकेन । सोकेसमा सजाएर राखिएको दाम्पत्यसम्बन्धमा मानिसहरू कसरी बा“च्न सक्छन् ? अह“ † उसले दर्पणस“गको सम्बन्धलाई सजाएर राख्न सक्तैसकिन । त्यसैले कुण्ठाग्रस्त जीवनयापन गर्न नसक्ने मनस्थितिमा उसले आÏनो स्वत्वप्राप्ति खातिर आÏनै प्रिय छोरी स्मृतिको जीवनलाई पनि खण्डित पार्ने दुस्साहस गरी ।

नीला आÏना तरङ्गहरूमा नराम्रोस“ग जेलि“दै थिई । त्यसै बेला बाहिर कसैले डोरबेल थिचेको थियो । कोठामा रात पसिसकेको र बत्ती पनि नबालिएकाले अ“ध्यारोले आÏनो साम्राज्यको परिचय दिन थालिसकेको थियो । यो कोठाको पहिलो अ“ध्यारो भोग्न लागेकीले झन्नै छामछाम छुमछुम गर्दै उसले कोठाको बत्ती बाली । दुधिया मर्करीको उज्यालोले अ“ध्यारोलाई कोठाबाट निमेषभरमै लघारेको थियो । त्यसै बेला उसका आ“खा भित्ते घडीमा परे । बेलुकीको सात बजिसकेको थियो । ढोकाको बाहिरपट्टि भएको सानो बरन्डामा पनि बत्ती बालेपछि ढोकामा राखिएको सुरक्षाप्वालबाट चियाएर उसले बाहिर डोरबेल थिच्ने मानिसलाई चिन्ने प्रयास गरी । यस्तै बाह्रतेह्र वर्षको जस्तो देखिने एउटा केटो ढोकामा उभिएको थियो । नचिनेको केटाले त्यसरी डोरबेल थिच्नु, सा“झ परिसकेको बेला≤ उसलाई अचम्म लाग्दालाग्दै त्यस केटाले हातमा झुन्ड्याएको झोलामा उसका आ“खा परे । झोला देख्नासाथ उसलाई त्यसै बिहानको कुरो पूर्वस्मृति भएर आयो । “साहुनीलाई तिम्रो पसलबाट सामानहरू पु¥याउने गर्नू” बिहान मात्रै रामजीले यसै घरपरिसरको नजिकको एउटा पसलेलाई आदेश दिएको थियो । नीलाका घरायसी दैनिक आवश्यकताका वस्तुहरूको खरिद प्रक्रियाबारे नीलास“ग कुराकानी गरेका आधारमा रामजीले पसलेस“ग नीलालाई चिनापर्ची गराउने क्रममा नीलाको यो समस्या पनि समाधान भएको थियो । सबै घरेलु आवश्यकताका वस्तुहरूले खचाखच भरिएको पसलको त्यो कालो वर्णको साहूले रामजीका कुरा स्वीकार गरी हा“सेर टाउको हल्लाएको थियो । “त्यो त भइहाल्छ हुजुर † बरु कुन बेला कति मालसामान पठाउनुपर्ला हजुर ?” पसलेले आÏना पान खाएर कालाम्मे भएका घिनलाग्दा दा“त देखाउ“दै प्रश्न गरेको थियो । त्यसपछि रामजीले नीलाका अनुहारमा प्रश्नात्मक दृष्टिले हेरेको थियो । “बेलुकी दुई पौन्ड दूध, एक पौन्ड पाउरोटी र आधा दर्जन फुल पठाइदिनुस् न ।” उसले रामजीका प्रश्नात्मक दृष्टिको जवाड्ढ पसलेलाई दिएकी थिई । यस बेला झोला बोकेको त्यो केटो देख्नासाथ उसलाई बिहानका तिनै प्रसङ्गको सम्झना भएको थियो । त्यसैले उसले निर्धक्क भएर आÏनो ढोका उघारेकी थिई । नभन्दै ढोका उघारिसक्न मात्रै के पाएकी थिई उसले, “साहुनी सामान” भन्दै केटाले हातको झोला उसका हातमा थमाएको थियो । केटाका हातबाट झोला लिएर कोठामा पु¥याएपछि सबै सामान उसले एकएक गर्दै जा“चेकी थिई । उसका मागबमोजिमका सामान त्यहा“ भएको ठहर गरिसकेपछि ढोका बाहिरै उभिएको केटालाई उसले परिचयात्मक दृष्टि दिन खोजेकी थिई । “भोलि बिहान ल्याउनुपर्छ ?” केटाले ढोकाबाट भित्र डराएको भावले हेर्दै सोधेको थियो । निक्खर कालो वर्णको कपालमा तेल राम्ररी हालेको सुग्घरी केटो थियो त्यो । पहिलोपटक नीलाले केटाको अनुहार राम्ररी हेरेकी थिई । केटो

कालो भए पनि तेजवान् थियो । “तिम्रो नाम के हो ?” उसले केही हा“स्न खोज्दै भनेकी थिई । “कृष्ण” उसले ड्ढटाड्ढट जवाड्ढ दिएको थियो । “कृष्ण † भोलि बिहान मेरा लागि यो लिस्टको सामान ल्याइदेऊ है †” नीलाले अहिलेको सामानको बिलमा भएको रकम भुक्तानी गर्दै भोलि ल्याइदिनुपर्ने सामानको सूची पनि केटाको हातमा थमाएकी थिई । “बिहान कति बजे ल्याउने ?” केटाले सूची आÏनो सर्टको गोजीमा हाल्दै आÏनो केही बोधोबोधोजस्तो स्वरमा सोधेको थियो । केटामा केही कुरो मिलेको छैनजस्तो उसलाई सुरुमै लागेको थियो, तर यही कुरो मिलेको छैन भन्ने किटान उसले गर्न सकिरहेकी थिइन । अहिले भरखरै मात्र ऊ छर्लङ्ग भएकी थिई । कृष्णको आवाज निकै अस्वाभाविक रूपले बोधो थियो । त्यति तेजिलो देखिने केटाको आवाज भने अनौठो किसिमको सुन्दा उसलाई कस्तोकस्तो लागेको थियो । जताततै व्याप्त यस्ता अनमेलहरूप्रति उसका मनमा ससानो विद्रोह झुल्किन खोज्दाखोज्दै उसले आपूmलाई त्यताबाट पन्छाई । “बिहान सात बजे ल्याइदेऊ न †” त्यसपछि कृष्ण बिदा भएको थियो । अब नीला पनि ढोका थुनेपछि यन्त्रवत् आÏनो बिछ्यौनामा पुगेकी थिई ।

आज दिउ“सो अलि अबेरै लन्च खाएको हुनाले नीलालाई भोक लाग्ने बेला पनि भएको थिएन । त्यसैले यस बेला यो एकान्तमा ढल्केर आÏनो जीवनलाई पुनरावलोकन गर्न उसलाई मन लागिरहेको थियो । उसका जीवनमा पा“च वर्षअघि पनि एउटा यस्तै मोड आएको थियो । त्यो मोड पार गरिसकेकी उसलाई त्यसैअनुरूपको यो मोड पार गर्न सजिलो लाग्नुपर्ने हो तर त्यसो भइरहेको थिएन । आÏनो सप्ताहव्यापी वैवाहिक जीवन भरखरै विसर्जन गरेर आउ“दा आज पनि उसभित्र निस्तब्धताका कल्याङकुलुङहरूले होहल्ला मच्चाइरहेका छन् । एउटा सूत्र कण्ठ गरेपछि त्यस्तै खालका जति पनि हिसाब मिलाउन सकिने जस्तो हु“दो रहेनछ जीवन । धेरै जानेपछि झनै कठिन पो हु“दोरहेछ जीवनको हिसाब मिलाउन । एउटा लामो समयसम्मको दाम्पत्य भोगेर असड्ढल भएको अनुभव स“गालेकी ऊजस्ती आइमाईले ड्ढेरि दाम्पत्य भन्ने क्षेत्रमै किन प्रवेश गर्नुपरेको थियो र ? नगर्नु प्रवेश गरिसकेपछि पुनः बाहिर निस्कनु नै किन पथ्र्यो र ? यतिखेर उसको आÏनै मन बेलाबेला आड्ढै“स“ग वैरी हुन खोज्दै थियो । चाह“दानचाह“दै आएको आÏनो जीवनको यो समयले आपूmलाई गिज्याएको अनुभूतिस“ग भाग्दाभाग्दै आज बिहान मात्रै फेरि पनि ऊ स्मृतिलाई भेट्न गएकी थिई । आÏनो वातावरणको चारैतिरको दृष्टिप्रहारबाट मर्मान्त ऊ स्मृतिका अघिल्तिर पुग्दा भने एउटा सुरक्षाकवचमा भएको महसुस गर्छे । स्मृति उसकी छोरी हो अथवा उसैले जन्माएकी उसकी आमा हो भन्ने अनुभूति नीलालाई धेरैपटक भएको छ । उसको सुखदुःखलाई नजिकैबाट महसुस गर्नु र उसका दुखेका घाउहरूमा मलम लगाउनु स्मृतिको स्वभावै भइसकेको छ । “मैले स्मृतिलाई नजन्माएको भए यति ठूलो संसारमा मेरो भन्ने को हुन्थ्यो होला ?” उसको मानसपटलमा उब्जने प्रिय प्रश्न हो यो । आपूmले भोग्दै आएको जीवनमा आपूmले गर्दै नगरेको पापको परिणामजस्तो लाग्ने यो संसारमा ईश्वरको अस्तित्व छ भन्ने कुरामा उसलाई विश्वास हुन सकेको छैन । यति हु“दाहु“दै पनि स्मृतिको अनुराग पाएको तथ्यसत्यबाट भावविभोर भएको क्षण भने आपूmले यो जन्म र पूर्वजन्ममा समेत गरेका पुण्यकर्मबापत ईश्वरबाट प्रदान गरिएको वरदान पक्कै पनि स्मृति नै हो जस्तो लाग्छ उसलाई ।

“स्मृति म आभासस“ग बस्न सकिन“” स्मृतिलाई जानकारी दिने क्रममा ऊ पग्लन खोजेकी थिई । “ड्याम केयर मम्मी, तिमीलाई जस्तो गर्दा राम्रो हुन्छ, त्यस्तै गर । मलाई जुनसुकै सर्तमा पनि मेरो ह्यापी मम्मी चाहिन्छ ।” स्मृतिले उसलाई आÏनो अ“गालोमा बा“धेर भनेकी थिई । उसको स्नेहसिक्त अ“गालोमा बा“धिएपछि संसारका सम्पूर्ण सुखहरू एकैचोटि आपूmमाथि खनिएको अनुभूतिले पनि नीलाका संवेदनाका बरड्ढहरू पग्लिएर बग्न लागेका थिए । “नो नो मम्मी † नो, म तिम्रो आ“खामा आ“सु हेर्न सक्तिन“ ।” स्मृतिका आ“खामा आ“सुका परिचयहरू सलबलाएको देखेपछि नीलाले पनि कठोर भएर आÏनो आ“खामा उर्लिसकेको बाढीलाई रोकेर डिलसम्म पनि आउन दिएकी थिइन≤ आ“खैभित्र सुकाएकी थिई । “तिम्रा लागि ह्यापी न्युज छ मम्मी † तिम्रो ड्रिम पूरा भएको छ, मैले चार वर्षको स्कलरसिप पाए“ । नेक्स्ट विक म लन्डनमा हुनेछु । यू नो मम्मी † तर तिमीलाई मैले धेरै मिस गर्नेछु । वट ह्वाट क्यान आई डू मामु † यो तिम्रो पनि इच्छा हो । चार वर्षको कुरा न हो । तिमीले आÏनो राम्रो केयर गर्नु । पर्सि म तिमीस“गै रात बिताउने गरी आउ“छु । अनि हामी रातभरि कुरा गरौ“ला । ओ के मम्मी † बाइ मम्मी †” उसका गालाभरि म्वाइ“ नै म्वाइ“का वर्षा गरेर स्मृति उसस“ग छुट्टिएकी थिई । स्मृतिस“ग टाढिनेबित्तिकै चर्को घाममा ठूलो रुखको सियालबाट बाहिरिनुपरेजस्तै भएर नीला बाड्ढिएकी थिई ।

स्मृतिको बाबु अर्थात् दर्पणस“ग उसले पारपाचुके गर्दा स्मृतिको उमेरै कति थियो र † बाह्र वर्षकी सानी केटीले पनि बाबु र आमामध्ये एकजनामात्र रोज्न पाउने अवस्थामा आमालाई नै रोजेर उसस“ग आएकी थिई । आमा रोजेर आएकी उसलाई नीलाले पनि आड्ढै“स“ग राख्न सकेकी थिइन । स्मृतिको उज्ज्वल भविष्यका निम्ति उसलाई राम्रो आवासीय स्कुलमा भर्ना गरेर नीला स्मृतिको भविष्यप्रति आशान्वित पनि थिई । आपूmले नभोगेको सुखभोग गर्न स्मृति सक्षम होस् भन्ने नीलाका चाहनाहरू हिजोआज नीला आड्ढै“का लागि प्रश्नचि≈नजस्ता भएका छन् । नीलाले नभोगेका सुखभोग गराउने प्रयत्नमा नीला आपूmले नभोगेका दुःखहरू पनि कतै नीलाकै कारण स्मृतिले भोगिरहेकी त छैन ?
त्यसो त नीलाले आÏना जीवनका कुनै पनि तीतामीठाहरू स्मृतिस“ग लुकाएकी छैन । उसले आभासस“गको आÏनो प्रेमप्रसङ्ग र पछि आभासस“ग बिहा गर्ने कुृरा पनि छोरीलाई भनेकी थिई । “मामु † तिमी खुसी हुन्छ्यौ भने मलाई केही छैन । तर लोग्नेमान्छेलाई मैलेभन्दा तिमीले बढी चिनेकी छ्यौ । आभासस“ग तिमीले सजिलै जीवन बिताउन सक्छ्यौ ?” पन्ध्र दिनअघि मात्रै स्मृतिले उसस“ग प्रश्न गरेकी थिई । “मम्मी † मान्छेहरू बिहा नगरी किन बस्न सक्तैनन् ? बिहे गरेपछि पनि सुखी त हु“दैनन् । ड्ढेरि किन ? अब त होमो युग आइसक्यो । म त लोग्नेमानिसस“ग बिहे गर्दै गर्दिन“ ।” त्यस बेला स्मृतिले यो कुरा ज्यादै गम्भीर मुद्रामा भनेकी थिई । स्मृतिको पछिल्लो समलिङ्गी बिहेको कुरा सुन्दा त्यस बेला नीलाका शरीरभरि का“डा उमे्रका थिए । “¬ धत् लाटी, त्यस्तो कुरा गर्नुहुन्न” नीलाले डराएर छोरीका अनुहारमा हेर्दै भनेकी थिई । त्यस बेला नीलाका आ“खामा, मनमा अथवा जताततै आभासको प्रेमको छाया“मात्र नसा भएर टा“सिएको थियो । त्यसैले त्यस बेला स्मृतिले भनेका कुराहरू नीलाले बुझेकी थिई अथवा बुझेजस्तो मात्रै गरेकी थिई । अहिले आभासको नसाबाट मुक्त भइसकेकी नीला भने त्यस बेला स्मृतिले भनेका वाक्यहरूले आÏनासामु उभिएर आड्ढै“लाई व्यङ्ग्य गरिरहेको अनुभूतिमा पिरोलि‘दै थिई । त्यसैले आज नीला आÏनी किशोरी छोरी स्मृतिका प्रौढ विचारप्रति आÏनो विचारको तराजु अकासिन पुगेको अनुभूति गर्दै थिई ।

हुन पनि स्मृति आÏनो उमेरभन्दा कैयौ“ गुना धेरै बुद्धि भएकी छ । स्मृतिका सन्तुलित विचारहरूका सामु नीलाले आपूmलाई पटकपटक पराजित पाएकी छ । “स्मृति † तिमीले मलाई आÏनो अपराधी सोच्ने गछ्र्यौ होला । मैले गर्दा तिमी आÏनो बाबुस“ग पनि टाढा भयौ ।” स्मृति होस्टलबाट घरमा आएर नीलास“ग बसेका बेला एक रात नीलाले उसस“ग भनेकी थिई । जोसुकैको पनि परिवार देख्दा अथवा बाबुआमा, छोराछोरी स“गै हि“डेबसेको देख्दा नीलालाई एक किसिमको अपराधबोध हुने गथ्र्यो । “मेरी स्मृतिको परिवार मैले भत्काए“ । एक टुक्रा आÏनो सुखका लागि मैले उसलाई एक्ल्याए“ । मेरा सुखका लागि सदा समर्पित छोरीको सुखका बारे किन मैले कहिल्यै सोचिन“ ? जुन बेला सोचे“ त्यस बेलासम्म समय बितिसकेको थियो ।” नीलाका मनमा हिजोआज बुर्कुसी मार्ने व्यथाहरू थिए यी । धेरै समयसम्म आपूmभित्र पाकिसकेका अपराधभावका पीडाहरू त्यस रात नीलाले आÏनी मायालु छोरीसामु पोखेर आपूm हलुङ हुन खोजेकी थिई । “माम्मा † तिमीले मलाई नचिनाएको भए ऊ मेरो बाबु हो भन्ने कुरो पनि मलाई थाहा हुने थिएन । मेरो बाबु त जो पनि हुन सक्थ्यो तर मेरी आमा तिमी मात्रै हुन सक्छ्यौ । मैले त बिर्सी पनि सके“≤ कोही मेरो बाबु थियो । टेस्टट्युब बेबीको रूपमा आपूmलाई सम्झे भइहाल्छ नि ।†अथवा हामी सम्झौ“≤ मलाई जन्माउनका लागि तिमीले कुनै औषधी खाएकी थियौ । रोग निको भएपछि औषधीकै नाम घोकेर, औषधी समातेर कोही बस्छ त ? टेक इट इजी मम । यस्तो ड्ढाल्तू कुरामा टाइम वेस्ट नगर डियर † तिमी किन टे«डिसनल थोत्री आइमाई हुन्छ्यौ जहिले पनि ? त्यसैले दुःख पनि पाउ“छ्यौ । मान्छे बन मान्छे । म्यान म्यान नट उमन≤ उमन मात्रै कहिल्यै हुनुहु“दैन ।” त्यस रात जोसिलो पाराले बोलिरहेकी आड्ढै“ले जन्माएकी छोरीका अत्याधुनिक विचार सुनेर नीला छक्क परेकी थिई ।
त्यसपछिका दिनहरूमा नीलालाई स्मृतिका “मान्छे बन मान्छे, आइमाई मात्र कहिल्यै हुनुहु“दैन”ले बारम्बार थप्पड हानेको अनुभूति भइरहन्थ्यो । समयको पछिल्लो ड्ढेर समातेर विचारको र व्यवहारको पनि ड्ढराकिलोपनस“ग नजिकिइसकेकी आÏनी छोरीका कतिपय कुराहरूस“ग सहमत भएर पनि ती विचारलाई व्यवहारमा ऊ आड्ढै“ले पालन गर्ने क्रममा भने नीला जहिले पनि पछाडि नै परिरही ।

नीला आपूm सोह्र वर्ष पनि पुग्दानपुग्दै दर्पणस“गको प्रेमको आकर्षणमा परेर अठार वर्षकै कच्चा वयमा बिहेको जन्जालमा ड्ढसेकी थिई । त्यसैले नीलाले आÏनै सा“चोमा स्मृतिलाई पनि ढाल्ने असड्ढल प्रयत्न गरेकी थिई । “तिम्रो कोही ब्वाइफ्रेन्ड होला नि ?” सोह्र वर्ष पुगेकी स्मृतिलाई अर्थात् पोहोरको लामो बिदामा घर आएको बेला उसले सोधेकी थिई । “ओहो मम्मी † ड्ढेरि तिम्रो कुरा आÏनै ट्रयाकमा पुग्यो । केको ब्वाइफ्रेन्ड ? कस्तो ब्वाइफ्रेन्ड ? के तिमी केटाबाहेक केही सोच्न सक्तिनौ । वट आइ डोन्ट लाइक दिज डर्टी ब्वाइज । आई ह्याभ सो मेनी गर्ल फ्रेन्ड एन्ड आई इन्जोइ विथ देम । मामु † यस्तो कुरा सोचेर समय बर्बाद गर्नुहुन्न” नीलाको प्रश्नको लक्ष्य बुझेर पनि नबुझेको जस्तै गरी स्मृतिले हा“सेर जवाड्ढ दिएकी थिई । “होइन मैले तिम्रो प्रेमीको कुरा पो गरेकी ।” नीलाले छोरीका अघिल्तिर आपूmलाई अझ खोलेकी थिई । “मम्मु, तिमी कस्तो चाइल्डिस कुरा गछ्र्यौ । प्रेमस्रेम वाहियात, म त्यस्तो गर्दिन“ के † आÏनो क्यारियर बनाउनुपर्छ क्यारियर । देन इड्ढ आइ विल म्यारी, आइ विल म्यारी विथ ओन्ली गर्ल नेभर ब्वाइ ।” स्मृतिका कुरा सुनेर नीलाका शरीरभरि त्यस बेला पनि का“डा उम्रिएका थिए । आÏनै सन्त्रासले सन्त्रस्त नीलालाई स्मृतिका अडानयुक्त भनाइले थप सन्त्रस्त पारेका थिए । “सृष्टिको विपरीत जानु मानवीय धर्म होइन छोरी । तिमीले कुनै पुरुषस“गै बिहे गर्नुपर्छ ।” नीलाले डराउ“दै भए पनि छोरीस“ग भनेकी थिई । “नो मम वी डोन्ट बिलिभ इन योर सीली रिलिजन एन्ड योर ओल्ड नेचर । तिम्रो सृष्टिको कुरा अब पुरानो भइसक्यो । भन≤ तिमीलाई कतिओटा सृष्टि चाहिन्छ र कस्तो सृष्टि चाहिन्छ ? आई क्यान बाइ इट इन मार्केट एन्ड योर रिलिजन ? द्याट बाएस्ट ड्ढर उमन, आई कान्ट ड्ढलो इट । बुझ्यौ मामु † समयभन्दा धेरै बूढो र थोत्रो छ तिम्रो धर्म ।” सन्तुलित विचारमा व्यक्तिएका स्मृतिका विचारहरूलाई पराजित गर्नसक्ने विचारको एक अंश पनि आपूmस“ग नभएर नीलाको मुख बन्द भएको थियो । आपूmले कल्पना पनि गर्न नसकेका कुराहरू आÏनै छोरीका मुखबाट व्यक्त भएको अवस्थामा पनि नीलाको छाती गर्वले फुल्न खोजेको थियो । यसरी छोरीका विचारका अघि आÏना विचारहरू पङ्गु भएको महसुस गर्दा पनि ऊ दुःखी भएकी थिइन । “मैले पनि आÏनो उमेरलाई स्मृतिले जस्तै सदुपयोग गर्न सकेको भए †” त्यस बेला जीवनमा पहिलोपल्ट आपूm बूढी भएजस्तो लागेको थियो नीलालाई । उसलाई स्मृतिका सामु आपूm बाउन्ने भएजस्तो पनि लाग्यो । स्मृतिका परिपक्व विचार र जीवन जिउने अठोटप्रति नीला आड्ढै“ले थाहा नपाउने गरी नजानि“दो ईष्र्या पनि उसभित्र पलाउन खोजेको थियो ।

सम्झनाका भेलहरूलाई केही बेर रोक्ने प्रयत्न गरी नीलाले । घरछेउको सडकमा मोटर गुडेको आवाज केही धीमा भएको थियो । भित्ते घडीमा भरिएको सुगाको आवाजले दश बजेको सूचना दिइसकेको थियो । नीलालाई केही भोक लागेजस्तो पनि भएकाले उसले ग्या“स बालेर दुइटा फुल र एक प्याकेट दूध पनि उमाल्न बसाली । आज एक सातापछिको यो उसको पहिलो एक्लो खानपिन थियो । त्यसो त एक्लै खान छोडेको समयलाई इमानदारीसाथ उल्लेख .गर्नुपर्दा उसले बितेको एक वर्षका धेरैजसो बेलुकीका खानपिनको उल्लेख गर्नैपर्ने हुन्छ । आभासस“ग सुखद रूपले बितेका ती समयहरूमा उसले पुनः एक्लो खानपिनमा ड्ढर्कनुपर्नेछ भन्ने कल्पना पनि गरेकी थिइन । यस बेला पनि जनावरले खाएजस्तै एक्लै खानुपर्दा नीलाका मनभित्र नमीठो गरी दुख्यो ।

एक वर्षअघि एउटा डिपार्टमेन्टल स्टोरमा आभासस“ग नीलाको अचानक भेट भएको थियो । आभासको परिचित स्वरूपलाई लत्याउन नसके पनि उसस“गको अनाकर्षणले गर्दा नीलाले त्यस क्षण आभासलाई नदेखेजस्तै गरेकी थिई । “नीलाजी †” आभासले उसका अघिल्तिर उभिएर उसलाई बोलाएको थियो । बाध्य भएर नीलाले त्यस दिन उसस“ग बोल्नुपरेको थियो । साधारण भलाकुसारीपछि त्यस दिन उनीहरू छुट्टिएका थिए । संयोग भनौ“ या के ? भोलिपल्टै ब्याङ्कको नीलाको क्यासकाउन्टरमा आभास उभिएको थियो । त्यस दिन ड्युटी पनि नीलाकै भएका कारण आभासको चेक पनि नीलाले नै क्यास गरिदिएकी थिई । साधारण बोलचाल र मुस्कानको आदानप्रदानपछि आभास ड्ढर्केको थियो । “यसलाई कसरी चिनेकी नीला ? यसकी स्वास्नीले पनि यसलाई डाइभर्स गरेकी नि †” नीलाकी सहकर्मी उर्मिलाले आभास मूलगेटमा पुग्दानपुग्दै भनेकी थिई । उर्मिलाको कुरा सुनेर नीला छक्क परेकी थिई । “तिमीले आभासलाई कसरी चिनेकी नि †” उर्मिलाका प्रश्नको जवाड्ढ दिनुको साटो नीलाले उर्मिलास“ग नै प्रतिप्रश्न गरेकी थिई । “मेरो छिमेकी हो यो । बिचराकी स्वास्नी पनि हि“डी, छोराछोरी बोडर्स छन्, बाउआमाअघि लगाइहाल्यो । अहिले

कोही छैन परिवारमा । त्यत्रो घरमा एक्लो छ । नोकरचाकरहरू मात्रै छन् । अर्काको त्यस्तो वैराग देख्दा मेरो त मनै नरमाइलो हुन्छ । तर यो मान्छे किन हो कुन्नि हामीलाई देख्दा पनि हम्मेसी बोल्दैन । एकदमै सामुन्ने नै प¥यो भने बोल्छ । अहिले पनि मोराले नदेखेजस्तो ग¥यो । हाम्रो त बूढा पनि यो मोराको पीर गर्छन् ।” उर्मिलाले आभास उसस“ग नबोलेको तुस पोख्दै आभासबारे केही जानकारी पनि दिएकी थिई । त्यस दिन उनीहरूबीच आभासबारे अरू केही कुरा पनि भएन । दुवै आआÏना कार्यव्यस्ततामा लागेका थिए ।
“आभास र उसकी स्वास्नीबीच किन डाइभर्स भएको रहेछ ?” नीलाले भोलिपल्टको लन्चआवरमा आपूmलाई उर्मिलाका अघि पोख्नबाट रोक्न सकेकी थिइन । हिजो आभासको दाम्पत्यजीवनबारेको आÏनो कहानीस“ग मिल्दोजुल्दो कहानीको उठान उर्मिलाका मुखबाट सुनिसकेपछि त्यसको बा“की अंश थाहा पाउने कुतूहलताले उसलाई छोपिसकेको थियो । “के जान्नु ? हामीले देख्दा दुवै राम्रै थिए । ऊ पनि हुनेखानेकी छोरी, पढेलेखेकी केटी । अझ दुवैले एकअर्कालाई रोजेरै बिहे गरेका थिए । जोडी पनि खूबै मिलेकोजस्तो लाग्थ्यो हामीलाई त । आभासस“ग मेरो त्यति हिमचिम भएन तर उसकी स्वास्नी रूपास“ग मेरो दोहोरो कुराकानी पनि हुने गथ्र्यो । मान्छे मिजासिली थिई रूपा । खूब हा“स्नु बोल्नुपथ्र्यो ।” उर्मिलाले सहज भएर आपूmले जानेजति आभासपुराण सुनाएकी थिई ।

“कति भयो उनीहरूको डाइभर्स भएको ?” नीलाले थप उत्सुकता देखाएकी थिई । “भयो होला तीनचार वर्ष” उर्मिलाले भनेकी थिई । उर्मिलाका कुरा कतै टाढाबाट आएको जस्तो लाग्यो त्यस बेला नीलालाई । “उसले अझै बिहे गरेको छैन त ?” नीलाले निर्विकार भावमा उर्मिलाका अनुहारमा हेरेर सोधेकी थिई र सोधी सक्तानसक्तै उसलाई आपूmले अनावश्यक र ड्ढाल्तू प्रश्न गरेको अनुभूतिले गा“जेको थियो । “आभासले बिहे गर्नुनगर्नुस“ग मैले सरोकारै किन राख्नुपरेको छ र ?” नीलाले मनमनमा भनेकी थिई । “छैन≤ ए सा“च्चि तिमीहरूले बिहे गरे हुन्छ नि † दुवै डिभोसी † आभासले तिमीलाई नै पर्खेजस्तो छ । लौ यो कुरा त मलाई कहिल्यै पनि सम्झना नै आएन ।” उर्मिलाको उल्लसित आवाजले नीला पनि सपनाबाट बिउ“झिएजस्तै भएकी थिई । “लौ नीला गज्जब हुन्छ । मलाई त खूबै ज“च्यो बाबै यो कुरा । हैन≤ हिजोअस्ति नै किन यो कुरा मेरो बुद्धिमा नफुरेको होला ?” उर्मिला टाउको समातेर नीलाका अनुहारमा हेर्दै हा“सिरहेकी थिई । “त्यस्तो कुरा नगर उर्मिला । मैले आभासस“ग बिहे गर्न सोधेको हो र ?” नीलाले केही रिसाउन खोजेको आवाजमा भनेकी थिई । “हेर उर्मिला, कसैका बारेमा जानकारी लिन खोज्नु उसस“ग बिहे गर्नकै लागि हुन्छ कि क्या हो ? तिमीलाई त्यस्तो छ भने तिमीले नै गरे पनि भइहाल्छ नि ?” उर्मिलाको ठट्यौलो कुराकानीलाई नीलाले झगडालु बाटोतिर लान खोज्दै भनेकी थिई । “म त तिमीजस्तो खाली भएकी भए तिमीस“ग सल्लाह गरिरहन्थे“ र ? के गर्नु आÏनो त अजङ्गको बूढो छ, मरे छोड्दैन । एउटा दापमा दुइटा तरवार हाल्न मिल्दैन प्यारी † त्यसो भएर पो स्वादिलो केटो आपूmले चाख्दैनचाखी तिमीलाई सुम्पन खोजेको≤ गुन मान्नु छैन, नरिसाउन मोरी । एकवारको जिन्दगी किन खिया पाछ्र्यौ ? भनेजस्तै वर भेटे के रु“गेर बस्छ्यौ ? मह देखेपछि झि“गाहरू भन्किहाल्छन् । थपक्क बट्टा बन्द गर≤ ढुक्क पनि हुन्छ ।” उर्मिलाले मायालु पाराले भनेकी थिई । उर्मिलाका अघि रिसाएको अनुहार पारेर बसेकी नीलालाई झन्नै झन्नै अर्तीजस्ता लाग्ने उर्मिलाका शब्दहरूले नीलाका मनमस्तिष्कमा डेरा जमाइसकेका थिए । त्यसपछि उर्मिलाले पनि केही भनिन र नीला चुप थिई ।

“नीला † भोलिको डिनर मेरो घरमा छ है † मेरो बूढाको प्रमोसनको उपलक्ष्यमा केही साथीहरू बोलाएका छौ“ ।” नीला र उर्मिलाबीच आभासबारे कुराकानी भएको केही हप्तापछि उर्मिलाले एक दिन नीलालाई उसका घरमा निम्त्याएकी थिई । “रातिको कार्यक्रममा घर ड्ढर्कन अबेर हुन्छ, म आउन्न । सुदेशजीलाई मेरो तड्र्ढबाट बधाई सुनाइदेऊ ल उर्मिला ।” नीलाले तर्कंदै भनेकी थिई ।

अहिले भरखरै कतै गाडीको हर्न बजेको आवाजले नीलाको निद्रा बिउ“झेको छ ।
सडकछेउको घर हुनुको पीडा र सुख दुवै भोग्न पाइने घर रहेछ यो । बितेका जिन्दगीका पानाहरू पल्टाउ“दापल्टाउ“दै हिजो राति नीला कतिखेर निदाई ? उसैले पत्तै पाइन । बितेको रातको बाह्र बजेको सुगाको आवाज भने उसलाई सम्झना छ ।

यस बेला बाहिर उज्यालो राम्ररी छरिएको थिएन । नीलाले सेतो पर्दा उचालेर बाहिर परपरसम्म आ“खा पु¥याएकी थिई । सडक र किनारामा घरहरू टाढाटाढासम्म देखिएका थिए । सडकमा मोटरको घुइ“चो भइसकेको थिएन । सडकमा मानिसहरूको आवागमन पनि ड्ढाट्टफुट्ट मात्र देखि“दै थियो ।
“ओहो अड्ढिस जानुपर्छ” नीलाको मनले सम्झन खोज्यो र एकैछिन कुनै बोझले थिच्न लागेजस्तो पनि भयो उसलाई । आज त्यसैत्यसै थकाइ लागेजस्तो भएको थियो उसलाई । तर जिम्मेवारीको कुर्सीमा बसेपछि अड्ढिस नजा“दा झन् ठूलो पीर हुने गर्छ । अड्ढिस जाने मनस्थितिमा आउन लागेकै बेला ऊ झल्या“स्स भएकी थिई । आज शनिवार, बिदा । बिदाको स्मरणले केहीअघि मात्रै उसका मनमा थुप्रिएको बोझ पन्सिएर हलुको भयो । कोठाको हावामा बिहानीपखको मीठोखाले चिसो मिसिएको थियो । ड्ढागुन महिनाको बिहानी काठमाडौ“को रमणीय मौसम हुने गर्छ । आभासको ठूलो महलजस्तो घरको सानदार रहनसहनमा हिजोसम्म बिताएको बिहानीको झझल्को पनि आयो नीलालाई । तर त्यहा“ आपूmले बिताउनुपरेको पछिल्लो समयको कष्टकर अनुभूतिलाई बिसाउन पाएको आजको बिहानीले आनन्दको अनुपम नसा दिएको महसुस गरेकी थिई नीलाले । नीलाले कम्बलको मीठो न्यानोमा आपूmलाई लुकाउ“दै आ“खा चिम्ली, तर निद्राचाहि“ उसलाई लागेन ।

“बेलुकी तिमीलाई तिम्रो घरसम्म मोटरमा पु¥याइदिने व्यवस्था गरु“ला भएन त ?” उर्मिलाले नीलालाई त्यस दिन उम्कन दिएकी थिइन र त्यस सा“झ उर्मिलाको निम्तो मान्न उसका घरमा नीला निकै सजिएर पुगेकी थिई ।
“नीला, तपाईं त पहिलाभन्दा पनि राम्री हुनुभएछ ।” आभासले एकान्त पाउनासाथ भनेको थियो । “ए हो र †” नीलाले अप्ठ्यारो मान्दै हा“सेर भनेकी थिई । धेरै समयपछि कुनै पुरुषले आÏनो प्रशंसा गर्दा नीलालाई कताकता काउकुती लागेजस्तो भएर रमाइलो पनि लागेको थियो ।

त्यस दिन उर्मिलाले जानीजानी नीला र आभासलाई मात्र एउटा टेबुलमा राख्ने व्यवस्था मिलाएकी थिई । तीन पेग रक्सी पिइसकेपछि आभास निकै भावुक भएको थियो । “दर्पण र तिमीबीच के र किन भयो मलाई थाहा छ नीला † दर्पणले आइमाईलाई कुन्नि के ठान्थ्यो । तर नीला † म रूपालाई धेरै माया गर्थें । तिमीलाई थाहा छैन≤ म सबैलाई माया गर्छु । मैले रूपालाई पनि धेरै माया गरे“ तर उसले मलाई बुझिन । मेरो मायालाई लत्याएर गई । म अहिले पनि उसलाई माया गर्छु जबकि अब ऊ अरू कसैकी भइसकी । हिजो ऊ मेरी थिई । आजकी पराई उसलाई होइन हिजोकी मेरी रूपालाई मैले माया गर्न पाउन्न“ त ?” त्यसपछि आभास सानो बच्चा रोएजस्तै गरी रोएको थियो ।

“आभासजी † लोग्नेमानिस भएर यस्तो कमजोर हुनुहुन्न । तपाईंले अर्को बिहे गरेर आÏनो संसार निर्माण गर्दा भइहाल्छ नि † दर्पणले बिहे गरेर दुदुई जना छोराछोरी पनि जन्माइसक्यो ।” नीलाले आभासलाई सान्त्वना दिने क्रममा सल्लाह पनि दिएकी थिई । “नीला म दर्पणजस्तो मानिस होइन“ । रूपाले छोडेर गएपछि म धेरैस“ग नजिक भए“ तर बिहा गर्ने निर्णय भने गर्न सकिन“ । बिहा गर्ने इच्छा हु“दाहु“दै पनि रूपाको झझल्कोले आजभोलि आइमाईस“ग म नजिकिन सक्तिन“ । चौथो पेग रक्सीको अन्तिम घुट्को निल्दै आभासले भनेको थियो । त्यसपछि भने उसले रक्सी थपेन । नीलाको जीवनचर्याका विषयमा आभासले निकै रुचि लिएर उसलाई खोतलेको थियो । उनीहरूबीच कुराकानी भइरहेका समयमा एकदुईपटक उर्मिला आएर उनीहरूका कुराकानीमा सामेल भएजस्तै गरेर केहीबेर बस्तै आभासका आ“खा छलेर नीलालाई चिमोट्दै जान्थी । उर्मिलाको घरको त्यस दिनको पार्टी नीलालाई पनि निकै रमाइलो लागेको थियो । सुदेशजीले पैसा निकै खर्च गरेर खानपिनको राम्रो बन्दोबस्त गरेका थिए । निकै ठूलो आ“गनमा आठदस जोडी पाहुनाहरू रमाएर रात बिताउ“दै थिए । “उहा“हरू दुवैजना पुराना मित्र हुनुह“ुदो रहेछ †” उनीहरूलाई एउटै टेबुलमा बसालेको केही बेरपछि उर्मिलाले सुदेशजीस“ग आभास र नीलालाई संयुक्त रूपले पनि चिनाएकी थिई । प्रायः दम्पतिलाई मात्रै निम्त्याइएको त्यस पार्टीमा सुदेशजीले आÏनो छिमेकी आभास र पत्नीसखी नीलालाई प्रश्नात्मक दृष्टिले हेरेका थिए । उर्मिलाको अर्थपूर्ण आवाजको त्यो भनाइपछि सुदेशजीका दृष्टिमा तुरुन्तै परिवर्तन देखिएको थियो । सन्तुष्ट मुद्रामा दुवैलाई हेरेर औपचारिक कुराकानीपछि सुदेशजी उर्मिलाका साथमा अरू पाहुनातड्र्ढ लागेका थिए । आभासलाई रक्सीको नसाले असामान्य भावुक

बनाउ“दो रहेछ । आपूmले लामो समयदेखि कठोर ठानेको आभासको यो रूप आÏनासामु खुलेकोमा नीला छक्क परेकी थिई । धेरैदिनपछि पाएको पुरुष सामीप्यले नीलाको रात पनि नसालु भएको थियो । नपिउ“दा नपिउ“दै पनि उसलाई एक किसिमको उन्मादले छोपिसकेको थियो ।
त्यस रात उर्मिलाले नीलालाई आभासकै मोटरमा उसको घरसम्म पठाएकी थिई । “नीला † कहिलेकाही“ मलाई तिम्रो घरमा आउन मन लागे अनुमति दिन्छ्यौ ?” गाडीबाट ओर्लन लागेका बेला नीलाका अनुहारमा हेरेर आभासले प्रश्न गरेको थियो । झन्नै तीन घण्टा लामो एकान्तवार्ताले आभास र नीलाबीचको तपाईंको पर्खाल आभासले ढालिसकेको कुरा नीलाले त्यस बेला मात्रै थाहा पाएकी थिई । नीलालाई पनि यो भत्काइएको पर्खाल रमाइलो लाग्यो । “आउनुस् न, किन नहुने †” नीलाले हतारहतारमा जवाड्ढ ड्ढर्काएकी थिई । तर उसले भने त्यस दिन आभास अगाडि उभिएको तपाईंको पर्खाल भत्काउन सकेकी थिइन । आभासका आ“खामा देखापरेका नसाका लहरले नीलालाई रमाइलो डरको अनुभूतिले छोपेको थियो । हतारहतार “शुभरात्रि †” भन्दै निकैबेर आपूmलाई एकनास हेरिरहेको आभासलाई बिदा गरेर नीला आÏनो डेरामा प्रवेश गरेकी थिई ।

“हिजो कत्तिको मज्जा आयो त महारानी ?” उर्मिलाले अड्ढिसमा एकान्त पाउनासाथ नीलाको भु“डीमा आÏनो चोरऔ“लाले छेड्दै सोधेकी थिई । “तिम्रो घरको पार्टीमा जहिले पनि मज्जा नै आउ“छ नि †” नीलाले हा“स्दै जवाड्ढ दिएकी थिई । “ए मैया“ मस“ग लाटी भएर देखापर्नु पर्दैन≤ मैले मेरो घरको पार्टी सोधेकी होइन । आभासस“गको मज्जाको कुरा पो सोधेकी नखरमाउली † हिजो राति त टीनएजलाई पनि बिर्साउने शैली थियो नि तिमीहरूको । आज मस“ग थाहै नपाएको स्वादजस्तो गर्छे वा यो मान्छे †” उर्मिला अझै इतरि“दै थिई । “त्यस्तो केही होइन है †” नीलाले ड्ढेरि पनि सरल उत्तर दिएकी थिई । “हु“ … आभासको गाडी त निकै अबेर ड्ढर्केको थियो नि †” उर्मिलाले आ“खा सन्काउ“दै एकै सासले सोधेकी थिई । “तिमी मारी हत्ते मलाई पु¥याउनासाथ बाटैबाट उनी ड्ढर्केका हुन् । मलाई छोडेपछि उनी कता गए मलाई के थाहा भन त ?” नीलाले निश्छल भावले उत्तर दिएकी थिई । केहीबेर नीलाका अनुहारमा हेरेर उर्मिलाले ठूलै खेलमा हारेको अनुहार बनाई । “रानी † माछा निकै स्वादिलो छ, उम्कन नदेऊ, पछि पछुतो पर्ला † मैले निकै विचार गरेर जोडी बा“धिदिन खोजेकी हु“ ।” उर्मिलाले गम्भीर स्वरमा पनि उत्ताउलिएर भनेकी थिई । “हिजो हनिमुन रिन्यु गरेजस्तो छ नि, म्याडमको आजको कुरा निकै रसिलो छ ।” नीलाले पनि उर्मिलाकै रङ्गमा रङ्गि“दै भनेकी थिई । “का“ र, आÏनो भाग्यमा कहा“को हनिमुन † बूढो मान्छे टिल्लाराम आपूm जिल्लाराम । रातभरि कल्पि“दै सुतियो । आÏनो त घर न घाटजस्तो छ बाबै † त्यसै भएर तिम्रो र आभासको जोडी बा“धिदिएर एउटा पुण्यकर्म गर्न पाए अर्को जन्ममा आपूmले पनि मोज गर्न पाइन्थ्यो कि भन्या † खोई हिजोको तिम्रो प्रगति सुन्दा त मैले आशै मारे“ बा †” उर्मिलाको अनुहारमा सा“च्चै विषादका रेखाहरू छरपस्ट देखिए । उर्मिलाको गम्भीरताले नीलाको पनि मुटुनजिक छोयो । उर्मिलाका कुराले नीलालाई पनि नरमाइलो लाग्यो ।

त्यसो त उनीहरूको त्यो नरमाइलो क्षणिक रह्यो । त्यसपछि उर्मिलाले चाहेकै कुरा भएको थियो अर्थात् पर्सिपल्टै बेलुकी सात बजे नीलाको ढोकाको कलबेल थिचिएको थियो । यो कलबेल थिच्ने अरू कोही नभएर आभास नै थियो । आभासले त्यस रातको निकै लामो समय नीलाका कोठामा बिताएको थियो । एउटी आइमाई र एउटा लोग्नेमानिस अनि उनीहरूको पीडा पनि साझा भएपछि उनीहरूको त्यो समय आपसी पीडा निवारणमै बितेको थियो । दुवैले एकअर्काको पीडानिवारणलाई प्राथमिकता दिए अथवा आपसी आनन्दको खोज गरे≤ त्यो उनीहरूले नै जान्ने विषय हो । तर एउटा कुराचाहि“ सत्य थियो त्यस रात छुट्टिने बेलामा दुवैलाई नछुट्टिएरै रात बिताउने इच्छा भएको थियो ।
त्यस रात आभास पनि सन्तुष्ट भएरै आÏनो घर ड्ढर्केको थियो । त्यसै गरी नीलाले पनि पुरुषबाट प्राप्त गर्न सकिने आनन्द यति धेरै हुनसक्छ र त्यस आनन्दले जीवनको गतिहीनतामा थप उर्जासमेत प्रदान गर्छ भन्ने कुरा पच्चीस वर्षे पुरुष समागमको इतिहासमा पहिलोपल्ट महसुस गरेकी थिई । धेरै लामो समयपछिको पुरुषसंसर्गकै अथवा अरू नै कुनै तइभ्वको समागम थियो त्यो रात † उसले ठम्याउन भने सकेकी थिइन । यद्यपि आÏना जीवनमा पुरुषसमागमबाट अपार आनन्द प्राप्त गरेको पहिलो अनुभव नीलाले गरेकी थिई ।

दर्पणस“ग पारपाचुके गरिसकेपछि एक्लो जीवन बिताउने क्रममा केही पूर्वपरिचित पुरुषहरू र केही नवपरिचित आÏनै सहकर्मीहरूले पनि नीलास“ग पटकपटक नजिकिने चाहना प्रत्यक्ष र परोक्षमा पनि नराखेका होइनन् । त्यस्ता पुरुषहरूमा अधिकांश विवाहित अधबैंसे थिए । ती अधबै“सेहरू आÏना स्वास्नीका अघि नीलास“ग बोल्न पनि रुचाउ“दैनथे, अझ नचिनेको झै“ अभिनय गर्न पनि पछि पर्दैनथे । स्वास्नीका आ“खाबाट ओझेल पर्नासाथ नीलाको बड्ढादार नोकर नै बनु“लाजस्तो गरेर उसका नजिक आउन खोज्थे । त्यस्ता हरेक लोग्नेमानिसहरूमा उसलाई दर्पणको झझल्को आउ“थ्यो । दर्पणले नीलाका आ“खा छल्नासाथ नीलाकै साथीहरू, नातेदार दिदीबहिनीहरू र घरमा काम गर्न राखिएका जातकुजातका नोकर्नीहरूलाई समेत ओछ्यानमा सुताएका चित्रहरू नीलाका आ“खामा सजीव भएर नाच्ने गर्थे । त्यसैले कामपिपासु भएर आपूmलाई ललाउनड्ढकाउन आउने पुरुषहरूस“ग नीला पग्लिनुको साटो घृणा र आक्रोशले तमतमाउने गर्थी ।
एउटी एक्लै बसेकी आइमाई पुरुषसंसर्गविना बा“च्नै सक्तिन भन्ने धारणामा अभिशप्त नीलाको यौवन भोग्न नपाएका तिनै पुरुषहरू मध्ये केही नीलाको मिथ्या बदनामीमा र कोहीचाहि“ नीलाको स्त्रीपनामा नै आशङ्का व्यक्त गरेर शङ्कास्पद चर्चापरिचर्चा गर्न गराउन पनि पछि पर्दैनथे ।

यसरी आÏनो यौवनको उन्मादलाई दर्पणका कुत्सित सम्झनाहरूमै समर्पण गरिसकेकी नीलाको दमित स्त्रीपनलाई आभासस“गको एकै पटकको संसर्गले जगाइदिएको थियो । हुन पनि त्यस रातपछिका धेरै रातहरू नीलाले आभासको अभावको छटपटीमै बिताएकी थिई भने कैयौ“ रात र दिन आभासबाट प्राप्त सुखको समुद्रमा पौडेर बिताएकी थिई ।
विगतलाई केही बेर थन्क्याएर नीला वर्तमानमा ड्ढर्केकी थिई । यस बेला कोठाभित्र बाहिरको उज्यालोले आÏनो साम्राज्य ड्ढैलाइसकेको थियो । मन नभए पनि नीला आÏना नित्यकर्म सम्पादन गर्न जुटेकी थिई । ऊ बाथरुममै भएको बेला ड्ढोनको घन्टी बजेको थियो । “मेरो नम्बर कसैलाई थाहा थिएन, सायद रङनम्बर होला †” नीलाले ड्ढोनको रिसिभर उठाउ“दै सम्झेकी थिई ।

“नीला † बधाई छ≤ घर किनेको पनि हामीलाई थाहा नदिने † तिमी त कपटी मान्छे हौ, आभासले पनि ड्ढोन नगरेको । पख न तिमीहरूलाई †” ड्ढोनमा उर्मिला चर्किरहेकी थिई ।
“तिमीलाई मेरो नम्बर कसले दियो †” नीलाले आÏनो कुतूहलता पोखी ।
“रामजी हिजो तिमीले दिएको तिम्रो चेक क्यास गर्न आएको थियो । उसैले भनेर थाहा पाए“ । तिमीहरू त्यत्रो ठूलो आभासको घर छोडेर किन त्यत्ति सानो Ïल्याटमा गएका होलाउ भनेर म त छक्क पनि परे“ । कतै हनिमुन मनाउने नया“ तरिका पो हो कि पनि भन्ठाने“ ।” नीलाको जानकारी लिनेभन्दा पनि उर्मिला छिल्लिने अवस्थामा पुगेकी थिई । “उर्मिला † सबै कुरा भेटेर भनु“ला, अहिले म बिजी छु, ड्ढोन राख्छु है †” नीलाले उसको प्रतिउत्तर नै नपर्खी ड्ढोन राखी ।

समयले मानिसलाई कति परिवर्तित गर्दो रहेछ । अस्तिसम्म यही उर्मिलाले गरेका ठट्टाले नीलाको तनमनमा काउकुती लगाउ“थ्यो । तर आज उसले गरेको ठट्टाले उसको तनमनमा आगो लागेजस्तो भएको थियो ।
हुन पनि एक वर्षसम्म आभासको प्राप्तिका लागि नीला तडपिएको कुरा उर्मिलालाई मात्रै राम्ररी थाहा थियो । आभास र नीलाबीच पुल बनेकी उर्मिलालाई आभास र नीलाबीच अब कहिल्यै नगा“सिने भ“गालो परिसकेको कुरा पनि बिचरा उर्मिलालाई के थाहा होस् र † त्यो बरी त आपूmले एउटा जोडी मिलाउन पाएको उमङ्गमा अझै पनि रमाइरहेकी थिई ।
नीलालाई चियाको तलतलले सतायो, तर कृष्णले अझै चियापत्ति ल्याइपु¥याएको थिएन । उसले भित्ते घडीमा आ“खा पु¥याई । भरखर साढे छ बज्दै रहेछ । उसले डाइनिङ कुर्सीमा बसेर हिजोको अखबार पढ्न खोजी । नीलाका आ“खा अखबारमा भए पनि उसको मन कसै गरे पनि अखबारमा अडिन सकेको थिएन । उसको मन आÏना भरखरैजसो बितेका दिनहरूका मानसचित्र पहिल्याउने धुनमा थियो ।
आभासले बिहे गर्ने त्यत्ति इच्छा गरेको थिएन तर नीलालाई भने बिहा नगरी यसरी दिन प्रतिदिन आभासस“ग गहिरि“दै गएको उनीहरूको सम्बन्धले अत्याउन लागेको थियो । समाजको अवैध परिभाषाले गर्दा उनीहरूबीचका सुखद क्षणलाई पनि सङ्क्रमित पार्न लागिसकेको अनुभूति नीलाले

गरेकी थिई । त्यसैले वैवाहिक बन्धनमा बा“धिने हतार पनि नीलाले नै गरेकी थिई । गु≈येश्वरीको मन्दिरमा गएर उनीहरूले एकअर्कालाई पूmलका माला लगाइदिएका थिए । आÏनो परम्परा थाम्ने नाउ“मा आभासले नीलाको सिउ“दो का“चो सि“दुरले रङ्गाइदिएको थियो र नीलाले पनि आÏनो निधार आभासका खुट्टामा राखेर आपूm उसप्रति समर्पित भएको प्रमाण पेस गरेकी थिई ।
ईश्वरबाहेक कसैलाई साक्षी नराखी उनीहरूले बिहे गरेका थिए । बिहेको अघिल्लो दिन आभासले नीलालाई उसको छोरो विवेक र छोरी अंशुस“ग परिचय गराउन उनीहरूको स्कुल पु¥याएको थियो । आÏनी छोरी स्मृतिकै हाराहारीका आभासका छोराछोरी देख्दा नीलालाई आÏनी छोरीको झझल्को लागेको थियो । त्यस बेला आभासले छोरास“ग खास केही भनेको थिएन । तर छोरीस“ग भने एकान्तमा निकै बेर कुरा गरेको थियो । त्यसपछि उनीहरू चारैजना एकै ठाउ“मा बसेर केहीबेर कुराकानी गरेका थिए । “अंशु † तिमीलाई पनि घरमा आउ“दा एक्लोपन हुनेछैन ।” आभासले आपूmलाई एकान्तको साथीको आवश्यकता पूरा गर्ने क्रममा नीलास“ग बिहा गर्न लागेको कुरा भन्दै पछिल्लो वाक्य बोलेको थियो । “पापा, हजुरको सुखका लागि जसो गरिसिन्छ मलाई राम्रो लाग्छ ।” यसो भन्दाभन्दै अंशुको गला भारी भएको नीलाले चाल पाएकी थिई । आभासका गालामा म्वाइ“ खाएर नीलालाई हात हल्लाउ“दै रुन्चे हा“सो हा“सेर अंशु बिदा भएकी थिई । अंशुका पछिपछिजस्तो विवेक पनि गएको थियो । त्यस बेला अंशुको हा“सोका पछाडि लुकेको पीडाले नीलालाई भने निकै बेरसम्म पछ्याइरह्यो ।
आभासस“ग घनिष्ठ भएको एक वर्ष एक महिनापछि नीला आभासकी जीवनस“गिनी भएर उसका घरमा पुगेकी थिई ।

डोरबेल बजेकाले नीलाका सम्झनाका तरङ्गहरू स्थगित हुन पुगे । “कृष्ण आयो होला †” नीलाले पूर्वानुमानसाथ ढोका खोलेकी थिई । नभन्दै कृष्ण आÏना दुवै हातमा झोला झुन्ड्याएर उभिएको रहेछ । ङिच्च हा“सेर अनुहारमा परिचित भाव ल्याउ“दै र आÏना सेता दा“त देखाउ“दै ऊ यथावत् उभिइरह्यो । उसको उपस्थिति अब नीलाका लागि पनि परिचित र औचित्यपूर्ण भएकाले नीलाले ढोका उघार्दै उसलाई आÏना मुस्कानले स्वागत गरेकी थिई । कृष्ण सामान बोकेर उसको पछिपछि भित्र कोठामा आएको थियो । कृष्ण नीलाको कोठालाई बडो चाख मानेर हेर्दै आÏना कलिला हातहरूले सामान बोकेर उभिई नै रहेको थियो । नीलाले सामान त्यही“ राख्ने आदेश दिएकी थिई र उसलाई बस्ने अनुमति पनि दिएकी थिई, तर पनि ऊ बसेन । उभिएरै आÏनो खल्तीबाट भरखरै ल्याइएका सामानको बिल नीलाका अघि तेस्र्याएको थियो । नीलाले पनि त्यही“ टेबुलमा भएको आÏनो हाते झोलाबाट पैसा झिकेर उसलाई दिई । पैसा गनेर खल्तीमा राख्दै ऊ डराएको भावमा मुस्कुराउन खोज्दै बिदा भएको थियो । त्यसपछि नीलाले पनि ढोका लगाएकी थिई ।
सामानबाट चियापत्ति र चिनी झिकेर पहिले नीलाले चिया बनाई । आÏनो नया“ घरको पहिलो कप चियाले उसलाई एक किसिमको अनौठो तृप्ति दियो । चियाको तलतल मेटि“दा नमेटि“दै ऊ आÏना तरङ्गका लहरहरूमा पुनः डुबुल्की लगाउन थाली ।

त्यसो त बिहे गरेर मात्रै नीला आभासका घरमा भित्रिएकी होइन । बिहे हुनुभन्दा एक वर्षअघि नै उनीहरूको तनमनले एकअर्काको आवश्यकता अनुभव गर्न थालेपछि आभासले लगत्तैजसो उसलाई त्यस घरमा पु¥याएको थियो ।
पहिलो दिन आभासको सुत्ने कोठामा पुगेको बेला सर्वप्रथम उसको बिछ्यौनाको गोडामुन्तिर टा“गिएको सेतो बिरालोको ठूलो ड्ढोटो देखेर नीला निकै अचम्मित भएकी थिई । हुन पनि बिरालाको यति ठूलो तस्बिर उसले आजसम्म कसैको सुत्ने कोठामा पनि देखेकी थिइन । बैठककोठामा भने मानिसहरूले बाघको वा मृगको छाला अथवा कुनै जीवजन्तु वा अरू कसैका पनि तस्बिर वा पेन्टिङहरू सजाएको नीलाले नदेखेकी होइन । तर सुत्ने कोठामा त्यत्ति ठूलो बिरालाको तस्बिर पहिलोपटक देख्दा नीलालाई हुनसम्मको अचम्म लागेको थियो । त्यसो त विवाहित जोडीका सुत्ने कोठामा उनीहरूका रमाइला तस्बिर अथवा कुनै प्रेमपरिणय झल्कने जीवन्त तस्बिर सजिएको पनि उसले नदेखेकी होइन । दर्पणकै घरमा पनि उनीहरूको सुत्ने कोठामा नीला र दर्पणको स्वयंवरका

बेला खिचेको तस्बिरलाई चा“दीको फ्रेममा हालेर उसले आड्ढैले नै सजाएकी पनि थिई । “बिरालो मेरो अत्यन्त प्यारो जीव हो । नीला म बिरालोलाई खूबै माया गर्छु≤ यो तस्बिर मैले बाल्यकालमा पालेको बिरालाको हो । मेरा बुबाले खिच्नुभएको हो यो तस्बिर । तिमीलाई कस्तो लाग्यो ?” नीलाले बिरालाको तस्बिरलाई निकै छक्क परेर हेरेको देखेपछि त्यस बेलाको नीलाको कौतूहल .मेटाउने प्रयास आभासले गरेको थियो । आभासका कुरा सुनेपछि बिरालाको मायाले हो अथवा उसका स्वर्गवासी बाबुले खिचेको तस्बिर भएकाले त्यो तस्बिर आभासले सुत्ने कोठामा टा“गेको हो ? नीलाले त्यस बेला बुझ्न सकेकी थिइन । त्यस दिन आभासको बिछ्यौनामा उनीहरू पहिलोपल्ट रमाउन खोजेका थिए । आभासको अनुभूति त ऊ के जानोस् तर त्यस दिन नीलाका अनुभूतिमा भने आपूm र आभासका बीच बिरालाको त्यो तस्बिर आएको थियो । तेस्रो अस्तित्वको उपस्थितिको आभासले कति कोसिस गर्दा पनि त्यस समयको सा“चो रमाइलो उसले प्राप्त गर्न सकेकी थिइन । त्यसैले आभासको सुत्ने कोठाबाट बाहिर निस्क“दा नीलाले त्यो बिरालाको तस्बिरलाई मनपराएर हेर्न सकिन ।
“म पै“तालीस वर्षको भए“ र अहिलेसम्म मैले सातओटा बिरालाहरू पालिसके“ । सबैभन्दा पहिले थिई नैनकला, त्यसपछि चुआ, हेन्द्री, वंशी, रूपेश, मनमती र सबैभन्दा पछिल्लोचाहि“ अनङ्ग हो । नीला तिमीलाई बिरालो कस्तो लाग्छ ?” बैठककोठामा बसेर चिया पिइरहेको बेलामा आभासले नीलालाई आÏना बिरालाहरूको छोटकरी इतिहास भन्ने क्रममा अप्रत्याशित रूपमा उसको बिरालो रुचि जान्न खोजेको थियो । अचानक आभासको प्रश्नले केहीबेर त नीला अकमक्क नै परेकी थिई । “यसबारे मेरो कुनै अनुभव छैन । हेर्दा त राम्रै हुन्छ, तर मैले नपालेको हुनाले जीवजन्तुका विषयमा म यसै केही भन्न सक्तिन“ ।” नीलाले तटस्थ भएर जवाड्ढ दिएकी थिई । “ए त्यस्तो मनै नपर्ने वा डराउने त केही छैन हैन ?” आभास आश्वस्त हुन खोजेको थियो । “डर त मलाई बाघस“ग पनि लाग्दैन, बिरालो जाबोस“ग के डराउनु †” नीलाले पनि आÏनो साहसको परिचय जोसिलो पाराले दिन खोजेकी थिई । “ए † बाघस“ग पनि नडराउने, अनि मस“ग नि †” आभासले गिज्याएको पाराले भन्दै नीलालाई अ“गालामा बा“धेको थियो । “तिमीस“ग पनि †” नीला निख्रि“दो बै“स पोखेर हा“सेकी थिई । “हो महारानी तिमीस“ग त मै डराउ“छु, हायलकायल पारिदि“दी रैछ्यौ †” नीलाका हात समातेर आÏनो बिहान मात्र खौरेको गालामा दल्दै आभासले भनेको थियो । आभासका कुराले नीलाका अनुहारमा पनि केही सरमका छिटाहरू देखापरेका थिए । दुवैले एकअर्काका आ“खामा हेराहेर गरिरहे र दुवै एकैचोटि खित्का छाडेर हा“सेका पनि थिए । हा“स्दाहा“स्दैको आभासका अनुहारमा अचानक पीडाका केही रेखाहरू पनि देखेर नीलालाई नरमाइलो लाग्न खोज्दै थियो । “एउटा कुरा सुन्छ्यौ नीला † रूपालाई बिरालो पटक्कै मन पर्दैनथ्यो । उसले मेरो अनङ्गलाई त विष पनि खुवाउने प्रयत्न गरेकी थिई । ऊ बिरालाको नामै सुन्न सक्तिनथी ।” अचानक आभासको स्वरमा भारीपन आउन लागेको जस्तो नीलालाई लाग्यो । तीन सीटे सोड्ढामा उनीहरू त्यस बेला बसेका थिए । कसोकसो नीलाको काखमा आÏनो टाउको राखेर आभास ढल्किसकेको थियो । “मैले रूपालाई धेरैचोटि भने“, म बिरालोलाई माया गर्छु । तिमीले मेरो प्यारो बिरालोलाई दुव्र्यवहार नगर । म आपूmलाई कसैले नराम्रो गरे पनि सहु“ला तर मेरो बिरालालाई नराम्रो गर्ने कसैको आशय पनि सहन सक्तिन“ । तर उसले कहिल्यै मेरो कुरै सुनिन≤ एउटा कानले सुनेजस्तो गरेर अर्को कानले उडाइदिन्थी । उसले एकनास मेरो बिरालाको खेदो गरिरही, तर मैले भने झन्झनै बिरालोलाई माया गरिरहे“ । अनङ्गभन्दा अघिकी मेरी बिराली मनमती पनि कालगतिले मरेकी हो जस्तो मलाई लाग्दैन । बेलुकी म सुत्ने बेलामा सद्दे भएकी बिराली बिहान म उठ्दा मरिराखेकी थिई । म कति रोए“ मनमती मर्दा, तर रूपाले पटक्कै शोक गरिन । त्यस बेला त मैले रूपामाथि शङ्का पनि गरिन“ तर अनङ्गलाई कीटनाशक औषधी मिसाएको मासु उसले खुवाएको थाहा पाएपछि भने मनमतीलाई पनि उसैले मारेकी हो जस्तो मलाई लागेको छ ।” निक्कै लामो सास ड्ढेरेर आभासले भनेको थियो ।
आभासका कुरा सुनेपछि त्यस बेला नीलालाई आभासप्रति हुनसम्मको सहानुभूति पलाएको थियो भने रूपाप्रति ऊ थाहै नपाई आक्रोशित हुन पुगेकी थिई । “रूपाले नै अनङ्गलाई विष खुवाएको तिमीले कसरी थाहा पायौ त ? अनि अनङ्ग म¥यो ?” नीलाले बिरालाको कथामा रुचि लिएर सोधेकी थिई । “अनङ्गले मासु चाट्नासाथ बान्ता गर्न खोजेको रहेछ । संयोगले त्यस बेला म अनङ्गलाई खोज्दै त्यहा“ आइपुगेको थिए“ । अनङ्गले मासु खान सकेन र स्वा“स्वा“ गर्न थाल्यो । म आत्तिएर हत्तपत्त अनङ्गलाई मोटरमा हालेर पशु डाक्टरकहा“ पुगे“ । नभन्दै डा. कायस्थले अनङ्गलाई बान्ता गराए । “यसले कीटनाशक विष खाएको छ ।” डा. कायस्थले भने । त्यसपछि डाक्टरले अनङ्गलाई एउटा सुई दिएपछि उनले लेखिदिएका औषधीहरू पनि किनी म घर ड्ढर्केको थिए“ । म घरमा पुग्दा अनङ्गको भा“डामा भएको मासु त्यहा“ थिएन । नोकरचाकरलाई सोध्दा “हामीलाई थाहा छैन” भने । रूपालाई सोध्दा उसले “मैले ड्ढालिदिए“” भनी । “किन ड्ढाल्यौ” भनेर मैले सोध्दा उसले कुनै जवाड्ढ दिइन । त्यसपछि मैले रूपालाई नै सोधेको थिए“— “आज अनङ्गलाई कसले मासु खान दिएको थियो ?” “मैले” रूपाले निकै कठोर आवाजमा जवाड्ढ दिएकी थिई । “अनि मासुमा विष पनि तिमीले मिसाएको हो ?” मैले रूपाका अनुहारमा आ“खा गाडेर हेर्दै सोधेको थिए“ । तर मेरो पछिल्लो प्रश्नको जवाड्ढ रूपाले दिइन । ऊ बोल्दै बोलिन ।
त्यसो त रूपा यो घर छोडेर गइसकेपछि पनि धेरैपछि मात्र रूपाका राखनधरन गर्ने बाकसमा मैले कीटनाशक औषधीको सिसी ड्ढेला पारेको थिए“ ।
आभासको स्वरमा निराशाको व्यापकता थियो । त्यस बेला नीलालाई आभासप्रति धूमधाम प्रेम उर्लेर आएको थियो र रूपाप्रति घनघोर वितृष्णा । “कस्ती हत्यारिणी आइमाई ?” नीलाले रूपाप्रतिको आÏनो मनको ड्ढोहोर मनमनै पोखेकी थिई । त्यस बेला बाहिर देखिने गरी भने नीलाको दाहिने हात आभासका छातीका रौ“ सुमसुम्याउन व्यस्त थियो । “अनङ्ग अहिले कहा“ छ त ?” नीलालाई आपूmले नदेखेको त्यो दयनीय जीव पनि हेरू“ हेरू“ लागेको थियो त्यस क्षण । “रूपाले घर छोडेर हि“डेको दुई वर्षपछि अनङ्ग पनि म¥यो । भोलि अनङ्ग मरेको दुई वर्ष पुग्छ ।” आभासको स्वर केही भक्कानिएको पनि थियो । नीलाले आभासले चाल नपाउने गरी उसका आ“खामा हेरी । उसका चिम्लिएका आ“खाका परेलाका डीलबाट आ“सुका थोपा खस्लान्खस्लान् जस्तो गरेर ड्ढेरि भित्रै ड्ढर्किएका थिए । त्यसपछि त्यस दिन उनीहरूबीच अरू केही कुराकानी भएन । त्यसपछिका दिनहरूमा पनि बिरालो या त्यससम्बन्धी कुनै कुरा भएको थिएन । यत्ति हो≤ आभासको सुत्ने कोठाको बिरालाको तस्बिर भने नीलाका लागि प्रिय हुनै सकेको थिएन । आभासको बिरालो प्रेमको कथा सुनिसकेपछि नीलाले आभासस“ग त्यो तस्बिर सुत्ने कोठाबाट बाहिर निकाल्ने प्रस्ताव राख्न सक्ने कुरा पनि थिएन ।



पहिलो दिन



आज नीला र आभासको बिहे भएको पहिलो दिन हो । विवाहित हुनुको कुनै नौलो अनुभूति नहु“दानहु“दै पनि आज नीलाका मनका तहतहमा खुसीका मीठा अनुपम लहरहरू आउ“दै जा“दै गर्दै छन् ।
“नीला † मेरो इच्छा पुग्यो । तिमीहरूको जीवन सुखमय बितेको देख्नसुन्न पाऊ“ ।” त्यस रात सुदेश र उर्मिलालाई बिदा गर्ने बेलामा नीलालाई आÏनो अ“गालोमा बा“धेर उर्मिलाले भनेकी थिई । आभास र नीलाका सल्लाहले नै आÏनो बिहाको उपलक्ष्यमा उर्मिला र सुदेशलाई मात्र बेलुकीको खानाका लागि बोलाएका थिए ।
आपूmभित्र उमङ्ग, उत्साह र अपार आनन्दप्राप्तिको अवसर भए पनि उनीहरू दुवैको यो दोस्रो विवाह भएका कारण पराई आ“खाका अघि आÏनो रमाइलो खण्डित हुने डरले उनीहरूले कसैलाई पनि डाकेका थिएनन् । उनीहरूबीचको पुल भएकी उर्मिलालाई मात्र आÏनो खुसीमा साझेदार बनाएका थिए ।
“नीला † तिमीलाई पाएपछि मैले मेरो जीवनको रोकिएको गतिलाई अघि बढाउन पाएको महसुस गरेको छु । म तिमीलाई खूबै माया गर्छु≤ सधै“ गरिरहनेछु ।” त्यस रात भावविभोर भएर आभासले भनेको थियो । “मलाई पनि तिम्रो साथले नवजीवन दिएको छ । म जीवनपर्यन्त तिम्रो प्रेमको आभारी रहनेछु ।” आभासको अ“गालोमा बा“धिएको त्यस क्षण उसैको नसामा डुबेकी नीलाले पनि भनेकी थिई । “जिल्ला अदालतको मेरो साथी अनुप बाहिर गएको रहेछ≤ एक हप्तामा ड्ढर्कन्छ । ऊ आउनासाथ “कोर्ट म्यारिज” पनि गरिहाल्ने ।” आभासले अ“गालो कस्तै भनेको थियो । “भैगो नि † हामीले भगवान् साक्षी राखेर बिहे गरिसक्यौ“ । कोर्ट म्यारिज किन गर्नुप¥यो र ?” नीलाले अ“गालोबाट केही फुत्कन खोज्दै भनेकी थिई । “होइन नीलु † हामी दुई नै बा“चुन्जेलसम्म त कानुनी कुराको

जरुरी पनि पर्दैन । तर केही गरी म पहिले मरे“ भने“” आभासले बोल्दाबोल्दै उसको मुखमा नीलाले आÏनो दाहिने हात पु¥याएकी थिई । “तिमी मात्रै चाहिन्छ मलाई≤ तिमी नभएपछिको तिम्रो धन के काम मलाई ? आजको दिन पनि यस्तो नरमाइलो कुरा गर्ने तिमी ?” नीलाले केही रुष्ट हुन खोज्दै भनेकी थिई । कसोकसो उसको गला पनि अवरुद्ध हुन खोजेको थियो । “होइन≤ मेरी प्यारी, जीवनमा धेरै कुरा सोच्नुपर्छ । मैले तिम्रो चित्त दुखाउन खोजेको पक्कै पनि होइन । तर अहिलेको युग कानुनी मान्यतामा अडिएको युग हो । धर्म र अधर्मको नापजोख पनि कानुनले नै गर्छ । त्यसैले हाम्रो विवाहलाई कानुनसम्मत पनि बनाउनुपर्छ भन्न मात्र खोजेको हु“ मैले ।” त्यसपछि पुनः रातको मिठास बोलाउने क्रममा आभासले नीलालाई पनि आÏना कुरामा सहमत बनाएको थियो ।
नाइटबल्बको उज्यालामा पनि तस्बिरका बिरालाका आ“खाले भने नीलालाई हेरिरहेझै“ लाग्यो । तर त्यस बेला उसले त्यो तस्बिरको बिरालाका आ“खा नदेखेजस्तो गरेर आÏनो मनलाई बा“धिरही ।
आधारातमा नीला बिउ“झिएकी थिई । त्यस बेला पनि तस्बिरको बिरालाका आ“खाले एकनास उसलाई हेरिरहेका थिए । रातको चकमन्नतामा बिरालाका एक जोडी कुइरा आ“खा देख्दा नीलालाई अचानक डरको अनुभूति पनि भयो । आभास सन्तुष्ट निद्रामा मस्त थियो । नीलाले नाइटबल्ब पनि निभाई । कोठामा अब निस्तब्ध अन्धकारको मौनता छाएको थियो ।
नीलाले आ“खा चिम्लिई । झनै अ“ध्यारो भयो । उसले हात बढाएर निदाएको आभासलाई अ“गालो हाली । मनको डर भने हरायो तर आभास र आपूm टा“स्सिएको अ“गालोका बीचमा त्यही तस्बिरको बिरालाका आ“खा आएजस्तो लाग्यो उसलाई । नीला आभासस“ग एकदमै टा“स्सिएर निदाउन खोजी ।



दोस्रो दिन



“नीला † आज हामी नारायणघाट हाम्रो खेतीमा पुगेर आऊ“ । तिमीलाई पनि देखाइदिन्छु । धेरै दिन भयो म नगएको । यात्रा रमाइलो लाग्छ मलाई≤ अझ साथमा तिमी भए पछि झनै रमाइलो हुन्छ ।” बिहान सबेरै आभासले नीलालाई भनेको थियो । वीरगन्ज जा“दा बसबाट देखेको भए पनि नीलाका लागि नारायणघाट त्यत्ति परिचित ठाउ“ थिएन । नीलाले ब्याङ्कबाट तीन दिनको बिदा लिएका कारण उसलाई अरू दुई दिनसम्म केही चिन्ता थिएन । “मेरो भोलिसम्म मात्र बिदा छ ।” नीलाले आभासलाई आÏनो बिदाबारे पुनः जानकारी गराएकी थिई । “मलाई थाहा छ≤ त्यसैले त आजको रात त्यहा“ बस्ने, भोलि बेलुकी यहा“ आइहालिन्छ । तिम्रो अड्ढिस पर्सिदेखि जानुपर्ने हैन ?” आभासले सोधेको थियो ।
बाटाका लागि चाहिने सरसामानहरू आभास आड्ढै“ले नोकरहरूको सहयोगमा मोटरमा राखेको थियो । उसले सबै तयारी गरिसक्ता बल्लतल्ल नीला आपूm तयार भएकी थिई । बिहानको खाना अलि छिट्टै खाएर उनीहरू नारायणघाटका लागि हि“डेका थिए ।
“नीला † तिमी यो पेन्टिङ्स“गै उभिऊ त म तिम्रो ड्ढोटो लिन्छु ।” आभासले उसको बाबुका पेन्टिङहरू टा“गिएको हलका अघि उनीहरू पुग्नासाथ टक्क उभिएर भनेको थियो । आभास नीलाको ड्ढोटो खिच्न एकदमै तयार थियो । आभासका हातमा क्यामेरा भएको कुरा पनि नीलाले चाहि“ भरखरै मात्र याद गरेकी थिई । आपूm उभिएको भित्तातिर ड्ढर्केर नीलाले हेरी । त्यहा“ एउटा अमूर्त पेन्टिङ थियो । त्यो पेन्टिङ राम्रो थियो । पेन्टिङ अमूर्त भएको कारण नीला र आभास दुवैले आआÏना कल्पनाका दृश्यहरू त्यहा“ देख्थे । नीला त्यो पेन्टिङमा पहाडका थुम्काहरू र रुखहरू देख्थी भने आभास त्यस पेन्टिङमा बिरालाहरूको झुन्ड देख्थ्यो । आभासको मन परेको पेन्टिङमध्येको एउटा विशेष पेन्टिङ थियो त्यो । त्यसैले नीलालाई त्यस पेन्टिङस“ग ड्ढोटो खिच्नुको कुनै तुक नभए पनि आभासको खुसीका लागि ऊ पेन्टिङस“गै उभिई र आभासले आÏनो रुचिअनुरूप नीलाको तस्बिर क्यामेरामा कैद गरेको थियो ।

त्यसो त आभासले नीलाको यो पहिलो तस्बिर खिचेको पनि होइन । आभासलाई हातमा क्यामेरा भएपछि ड्ढोटो खिचिरहन मनलाग्दो रहेछ । उसले यसअघि अर्थात् नीला र आभासको घनिष्ठता भए यता नीलाका सयौ“ तस्बिरहरू खिचेको थियो । “किन यतिविघ्न तस्बिर खिच्छौ । के काम यत्तिका तस्बिर ? एकैखाले यत्तिका तस्बिरको अर्थ नै के छ र †” नीलाले एकदुईपटक नजानि“दो विरोध पनि जनाएकी थिई । “तिमीलाई थाहै छैन नीला † यो संसार परिवर्तनशील छ । यहा“ हरेक पलपलमा परिवर्तन हुन्छ । तिमी भन्छ्यौ एकै किसिमका तस्बिर खिचेको भनेर, यो कुरा सम्भव नै छैन । एउटा ड्ढोटो खिचिसक्ता नै तिमीमा कति ठूलो परिवर्तन आइसकेको हुन्छ । अर्को कुरा मलाई लाग्छ मेरा हातमा क्यामेरा होस् अनि म तिम्रो तस्बिर खिचिरहू“ ।” कविजस्तो भएर कवितामा बोलेको थियो ऊ । हुन पनि कहिले नीलाको टाउकाको मात्रै, कहिले उसको ऑखालाई महइभ्व दिएर, कहिले कपाललाई महइभ्व दिएर, कहिले नीलाले मोटर साइकिल हा“केको भावमा, कहिले मोटर, कहिले ट्रक र घोडा हा“केका समेत तस्बिरहरू आभासले खिचेको थियो । एउटै मानिसका यत्ति धैरै तस्बिर पनि खिचि“दोरहेछ भन्ने कुरा पनि नीलाले आभासकै साहचर्यबाट थाहा पाएकी थिई ।
नारायणघाट पुग्नुअघि पनि राजमार्गका अधिकांश सुन्दर दृश्यहरू भएका ठाउ“हरूमा आभासले नीलाको तस्बिर खिचिर≈यो । नारायणघाटस्थित उसको मौजामा पुग्दा आभासले नीलाका तस्बिर खिचेरै तीनओटा रीलहरू सिद्ध्याइसकेको थियो ।
ड्ढलपूmलका बगै“चाहरूले घेरिएको आभासको खेती निकै मनोरम थियो । मोटरमा चढेर घुम्दा पनि झन्नै तीस मिनेटभन्दा बढी समय लाग्ने उसको मौजा परिसरको क्षेत्रड्ढल कति होला भन्ने अनुमान नीलाले गर्न सकिन । आभासको त्यस मौजाको हेरचाह गर्ने सरयुग भन्ने मानिस रहेछन् । निकै मोटा सरयुग मिजासिला भएकाले नीलालाई पराईपनको अनुभूति पनि हुन पाएन । सरयुगकी स्वास्नी र बुहारीले नीलाको ज्यादै खातिरदारी गरेका थिए । सरयुगका बाजेको पालादेखि नै सरयुगहरूले उनीहरूको यो मौजाको रेखरेख गर्दै आएका रहेछन् । तर सरयुगभन्दापछि अब कसले यहा“को हेरविचार गर्ला भन्ने कुरामा सरयुग चिन्तित रहेछन् । किनभने सरयुगको एकमात्र छोरो रामप्रताप कलेजोको बिमारीले भरखरैमात्र मरेको रहेछ । छोरो बिरामी परेको थाहा पाइसकेपछि पनि नातिको आकाङ्क्षाले दुई वर्षअघि उनीहरूले बुहारी भियभयाएका रहेछन्, तर उनीहरूको इच्छा दैवलाई मन्जुर भएन । अहिले युवती विधवा बुहारीको भविष्यको चिन्ताले समेत उनीहरूलाई गालेको रहेछ ।

तराईवासी मधिसे समुदायका सरयुगको परिवारमा उनीहरूको आÏनो संस्कारका साथसाथै आभासको राणाखानदानको संस्कारको पनि मिसावट भएको रहेछ । “राजालाई गुन्द्रुक मीठो लाग्ने भएकाले यो गु्न्द्रुक रामप्रतापकी आमाले आड्ढै“ बनाएकी हो हजुर †” सरयुगले बेलुकीको खानपिनका बेला भनेका थिए । “खूवै मीठो पनि छ≤ काकीलाई भोलि बिहानको खानामा तामाबोडी पकाउन भन्नुस् है सरयुगकाका ?” गुन्द्रुक र भातको स्वाद लि“दै आभासले भनेको थियो । “बुझ्यौ नीला, मम्मीहजुर स्वर्गे भएपछि मलाई मीठो लाग्ने खानेकुरा यहा“ सरयुगकाकीले मात्रै खुवाउनु हुन्छ ।” आभासले सरयुगको अनुहारमा हेर्दै भनेको थियो । “हजुर, अब यो संसारमा हाम्रो पनि राजाबाहेक को छ र ? आज राजा सवारी भएकाले मात्रै रामप्रतापकी आमा कति दिनपछि भान्साघरमा आएकी हो । नत्र भान्सामा बुहारीले जे बनाई त्यही हो । हाम्रो स्वादको मीठो सबै रामप्रतापले लिएर गइहाल्यो ।” बोल्दाबोल्दै सरयुगको गह भरिएर आएको थियो । “राजा † यो हजुरलाई मीठो लाग्ने कुखुराको भियभया“स ।” त्यसै बेला रामप्रतापकी आमा खानेकुरा लिएर आएकी थिइन् । “काकी पेट भरिइसक्यो, अझै खानेकुरा ल्याउ“दै हुनुहुन्छ ।” आभासले खुसी हु“दै भनेको थियो । हुन पनि खाना अत्यन्तै सुरुचिपूर्ण र सुस्वादु थियो । नीलालाई पनि निकै लामो समयपछि यति स्वादिलो खाना खाएको अनुभूति भएको थियो ।
उनीहरूको खानपिन सरयुगकै घरमा भए पनि सुत्न उनीहरू आÏनै निवासमा पुगेका थिए । सरयुगको घरबाट पैदल हि“ड्दा मुस्किलले पा“च मिनेटको ड्ढरकमा आभासको घर थियो । मान्छे नबसेको त्यो घर पनि सड्ढा सुग्घर र झकिझकाउ थियो । बगै“चामा पनि मौसमअनुसारका पूmलहरू फुलिरहेका थिए । बिजुलीबत्तीको उज्यालोमा बगै“चाको रौनकले घरलाई थप आकर्षक बनाएको देखिन्थ्यो । राम्ररी हेरविचार गरिदिने मानिस भएमा मानिस नै नबसेको घर पनि राम्रो हु“दोरहेछ जस्तो लाग्यो नीलालाई ।

घरबाहिर मात्रै नभएर घरभित्र पनि एकदमै सड्ढासुग्घर, सजिसजाउ र व्यवस्थित देख्दा नीलालाई अचम्म पनि लागेको थियो । आभासको काठमाडौ“ विशालनगरस्थित निवास र यहा“को निवासमा एउटा कुराको चाहि“ गजब समानता थियो । यहा“ पनि त“छाड र मछाड गरिरहेका मूर्ति र पेन्टिङहरू देखिन्थे । आभासले भनेजस्तै अझ काठमाडौ“मा भन्दा धेरै कलाकृति यही“ थिए । सरयुगकाका उनीहरूलाई पु¥याएर ड्ढर्किसकेका थिए । नीला छक्क परेर मूर्ति र पेन्टिङका डङ्गुर हेरिरहेकी थिई । “बुवाहजुर धेरैजसो यसै घरमा राज हुन्थ्यो । विशालनगरमा त्यति मनपराइबक्सन्न थियो । मलाई पनि सानो छ“दा काठमाडौ“ पटक्कै मन पर्दैनथ्यो । ठूलो स्कुलमा पढाउनका लागि मम्मीहजुर मलाई लिएर काठमाडौ“मै राज भयो । अहिले मलाई खाना पकाएर खुवाउने दलबहादुर दाइले त्यस बेला बुवाहजुरको खानपिन हेर्थे । मम्मीहजुर मलाई होस्टलमा राख्न मन नपराउने, बुवाहजुरलाई काठमाडौ“ बस्न मनै नपर्ने र मेरो शिक्षाका लागि यहा“ राम्रो स्कुल नभएका कारण बुवाहजुर र मम्मीहजुर धेरैजसो अलगअलग्गै बस्नुहुन्थ्यो ।” आभासले आÏनो विगत नीलाका सामु उघार्न खोजेको थियो । “यहा“ यस्तो रमाइलो रहेछ । तिमी किन काठमाडौ“ बसिरहेको होला ?” नीलाले आभासका अनुहारमा हेर्दै भनेकी थिई । “अ“ ऽऽऽऽ हेर न केटाकेटीमा यहा“ एकदमै रमाइलो लाग्थ्यो । हिजोआज यसो कहिलेकाही“ भनेको भिन्नै हो≤ यही“ बस्न त मनै लाग्दैन । काठमाडौ“कै बसाइको बानी परेछ । अनि के त रानी अब यतै बस्ने त ?”
कुराकानी गर्दागर्दै उनीहरू सुत्नेकोठाको ढोकामा पुगिसकेका थिए । “तिमी बसे त म बसिहाल्छु नि † मलाई त सारै रमाइलो लाग्यो ।” नीलाले सुत्ने कोठाभित्र प्रवेश गरेर भनेकी थिई । “तिमी जहा“ म त्यही“, तिमी नभएपछि जस्तै रमाइलो ठाउ“ पनि नरमाइलो हुन्छ ।” आभासले सुत्ने कोठामा भएको भव्य एवम् विशाल पलङमा नीलालाई लडाएर म्वाइ“ खा“दै भनेको थियो । आभासको स्पर्शले रोमाञ्चित भएकी नीलाले केहीअघि मात्रै आभासको यति विघ्न सम्पन्नताका अघि आपूm आर्थिक रूपले पुड्को भएको अनुभूति पनि यस बेला बिर्सेकी थिई ।
“रूपाले यो घर सारै मन पराएकी थिई≤ काठमाडौ“मा छोराछोरीको स्कुल बिदा हुनासाथ ऊ यता आउन कर गर्थी ।” नीलालाई अ“गालोमा बा“धीबा“धी आभासले भनेको थियो । प्रेमपरिणयको संसारमा प्रवेश गर्न लागेकी नीलालाई यस्तो रमाइलो क्षणमा आभासले यसरी रूपाको कुरो उप्काएर वातावरण नै चिस्याएको अनुभूति भएको थियो । “यस्तो ठाउ“मा यस्तो राम्रो घर । बगै“चा कसलाई पो नराम्रो लाग्ला र †” रूपालाई सामान्यीकरण गरेर भए पनि नीलाले आÏनो मनको तुस ड्ढाल्न खोजेकी थिई ।
त्यसपछि यात्राको थकाइसमेतले गर्दा सुन्दर बिछ्यौना देख्नासाथ नीलाका आ“खालाई निद्राले छोप्न खोजेको थियो । हतारहतार शौचालय पसेर मुक्त भएपछि नीला रात्रिपोसाक पहिरिएर बिछ्यौनामा सुती आ“खा चिम्लिएर दिनभरिको थकाइ मार्न खोज्दै थिई । त्यसै बेला भरखरै मात्र बिछ्यौनामा आइपुगेको आभासले नीलाका नजिकमा आएर आÏनो दाहिने हातको चोर औ“लाले नीलाका ओठमा घर्षण गरेको थियो । तर नीलाले आ“खा नखोलेर निदाएकै अभिनय गरिरही । त्यसो त नीलाको निद्रा आभासको स्पर्शले कता हो कता भागेको थियो. ।
केहीछिनअघि मात्रै निद्रा र थकाइले गलेको नीलाको शरीर आभासको स्पर्शले तरोताजा भएर शरीरभरि स्पूmर्ति पनि सञ्चार भइसकेको थियो । भित्रभित्रै काउकुतिएकी नीलाले आ“खा चिम्लीचिम्ली आÏना ओठमा मुस्कान छरेकी थिई । बिस्तारै आ“खा खोलेकी नीलाले आपूmलाई नै एकटकस“ग हेरिरहेका आभासका एकजोडी आ“खालाई पनि झट्टपट्ट आÏनै आ“खामा कैद गरेकी थिई ।
त्यसपछि नवीन परिवेशमा पूर्वमिठासको पुनरावृत्तिको समय उनीहरूमाझ निर्विघ्न बितेको थियो । “आहा जीवन कति रमाइलो हु“दो रहेछ † सुख यसरी मानिसका रौ“का त्यान्द्रात्यान्द्रामा पनि सञ्चारित हुन सक्तो रहेछ ।” त्यस रात आभासको अ“गालोमा निदाउनुअघि नीला यस्तै अनुभूतिहरूले खचाखच भरिएकी थिई ।



तेस्रो दिन



आÏनो गालामा कसैको चिसो तर मीठो स्पर्श परेपछि नीलाका आ“खा उघ्रेका थिए । “रानी † उज्यालो भएको पनि निकै बेर भइसक्यो ।” गए रातिको बा“की नसालाई स“गाल्दै नीलाका गाला चुमेर आभासले भनेको थियो । नीलाले आभासलाई हेरी । आभासले नुहाई पनि सकेको प्रमाण उसका भिजेका केशहरूले दिइरहेका थिए । “मलाई अघि नै किन नउठाएको, आपूm मात्रै उठेर ¬” नीलाले मायालु पाराले आभासको गर्दनमा आÏना हातहरूको मालाकार पारेर झुन्डेको भाकामा टा“स्सि“दै भनेकी थिई । “तिम्रो त्यस्तो आनन्दको मस्त निद्रा भङ्ग गर्ने अपराध म गर्ने नै थिइन“ प्यारी † सरयुगकाकाले पठाएको फुच्चे केटो दुईपल्ट आइसक्यो । चिया ल्याउने खबर लिएर आएको त्यो केटो ड्ढेरि पनि आइपुग्ला भन्ने डरले मैले तिमीलाई उठाउने धृष्टता गरेको हु“ । प्यारी † मैले तिम्रो मीठो निद्रा विथोले“ ।” आभासले नीलालाई मायाको सागरमा डुबाउ“दै भनेको थियो । “आभास † जीवन कति रमाइलो रहेछ † यो पल यही“ रोकिए हुन्थ्यो≤ तिमीस“ग यसरी नै युगयुग बिताउन पाए हुन्थ्यो † तिमीले मलाई यस्तो जिन्दगी दिएर तिमीप्रति मलाई जन्मजन्मान्तरका लागि आभारी बनायौ । के तिमीलाई पनि मलाईजस्तै रमाइलो भएको छ ?” नीलाले आभासबाट पाएको अपरिमित आनन्द भोग्दै उसैलाई प्रश्न गरेकी थिई । “मलाई लाग्छ, तिमीले भन्दा मैले अझ बढी आनन्द प्राप्त गरिरहेको छु । तिमीले मेरो निरस जीवनमा रससञ्चार गरिदिएकी छौ । तिम्रो संसर्गबाट मलाई पनि अतुलनीय सुख प्राप्त भएको छ ।” आभासले पनि नीलाको अस्तित्वलाई हार्दिक रूपले स्वीकार गरेको सुनेपछि ऊ थप पुलकित भएकी थिई ।
त्यसपछि नीला नित्यकर्मबाट निवृत्त हु“दा नहु“दै सरयुगकाकाले पठाएको केटो चिया ल्याउने खबर लिएर गएको थियो । बगै“चामा राखिएका मेचटेबुलमा बिहानको सुखद समय बित्न लागेको थियो । उनीहरूले चिया पिउ“दापिउ“दै सरयुगकाका पनि त्यहा“ आएका थिए । “राजा † यसो आÏनो गाउ“तिरको हालखबर पनि लिइबक्सने हो कि ? किसानहरूलाई उनीहरूकै दैलोमा हजुरले हेरिदि“दा मात्रै पनि उनीहरू सारै रमाउ“छन् ।” सरयुगकाकाले गाउ“ घुम्ने प्रस्ताव राखेका थिए । “जाऔ“ न त काका, के भो र ? नीला तिमी पनि जाने हो ? हि“ड न, कस्तो रै’छ हाम्रो गाउ“ तिमी पनि हेर ।” आभासले नीलातिर ड्ढर्केर भनेको थियो । “एकैछिन है त ?” नीला उनीहरूस“ग अनुमति मागेर भित्र पसेकी थिई ।
केही हलुका ˘ाृङ्गार र सामान्य पोसाकमै नीला पनि आभासका साथमा त्यहा“बाट हि“डेकी थिई । झन्नै पन्ध्रबीसओटा जति झोपडी घरहरू भएका किसानहरूस“ग आभासले त्यस दिन भलाकुसारी ग¥यो । ती किसानहरूले आभासका खुट्टै ढोगु“लाजस्तो गरेको देख्दा नीलालाई कसोकसो नरमाइलो पनि लाग्न खोजेको थियो । यसो हेर्दा आभासका हजुरबा जस्ता उमेरका मानिसहरू पनि आभासस“ग नुहेको देख्दा नीलालाई संसारको भौतिक प्रबलताप्रति वितृष्णा हुन खोज्यो । कतिपय आइमाईहरूले नीलालाई पनि त्यसै गरेर उनीहरूस“ग धन नहुनुको निरीह सम्मान प्रकट गरेका थिए ।
“अब आजलाई यही“बाट ड्ढर्कौं सरयुगकाका । नीलालाई त्यत्तिको पैदल हि“ड्ने बानी पनि छैन । तिमी थाक्यौ होला नीला ? अब ड्ढर्कने ।” आभासले नीलाका दाया“ का“धमा उसको दाहिने हात राख्तै भनेको थियो । नीलाको सम्पूर्ण थकाइ उसको स्पर्शले हराउन खोज्दै थियो, तर लगत्तै उसले आÏनो हात हटायो । तिर्खाएको बेला भेटिएको पानी प्यास नमेटि“दै सुकेको अनुभूतिले नीलाले “किन हात हटाएको” भन्ने भावले आभासका अनुहारमा हेरेकी थिई । आभासले नीलाको असन्तुष्टि दृष्टिबोघ गरेर आÏना आ“खाले नै उनीहरूबीच सरयुगकाकाको उपस्थिति पनि भएको लक्ष्य गरेको थियो । त्यसबखत नीलालाई पनि सरयुगकाकाको उपस्थितिको प्रत्यक्षताले लज्जाबोध भएको थियो ।
“राजा † ऊ त्यो घर जसबहादुरको हो≤ त्यहा“सम्म पुगेर ड्ढर्कौं हु“दैन ?” सरयुगकाकाले उनीहरूभन्दा झन्नै बीस कदमजति पर भएको घरलाई लक्षित गर्दै भनेका थिए ।
“आहा † बिरालाका कस्ता राम्रा बच्चा रहेछन्, हेर त नीला †” एउटा मात्र माउ बिरालाका ओरिपरि घुम्दै गरेका तीनओटा छाउरा देखाउ“दै आभासले भनेको थियो । उनीहरूले जसबहादुरका आ“गनमा टेक्दा नटेक्दै आभासको दृष्टि बिरालामा परिसकेको थियो । सेतो र खैरो पाटा परेका घोर्ले

खालका बिरालाका बच्चाहरू हेर्दा सुन्दर पनि थिए । त्यसो त मसिना बच्चाहरू केका पो नराम्रा हुन्छन् र † “तिम्रो बिरालो हो जसबहादुर ?” आभासले आÏनाअघि उभिएको मानिसलाई सोधेको थियो । “हो राजा, मेरै घरपालुवा बिरालो हो । यो नभए त मुसाले टिक्नै दि“दैन् नि हजुर हामीलाई † छओटा पाएकी थिई, ढाडेले छाउरा बा“च्नै दि“दैन । बल्लतल्ल अहिलेसम्म तीनओटालाई जोगाउन सकेका छौ“ ।” जसबहादुरले निहुरिएर आÏनो चोरऔ“ला र बूढी औ“लाले एउटा छाउराको घा“टी मास्तिरको छालामा समातेर झुन्ड्यायो । “लौ न नि, के गरेको होला त्यस्तो, त्यो बच्चालाई †” त्यस्तो दृश्य जीवनमा पहिलोपल्ट देखेकी नीला चिच्याएकी नै थिई । उसका अनुहारमा पनि डरका रङहरू देखापरेका थिए । “ए लाटी, बिरालाको छाउरो बोक्ने असली तरिका नै त्यही हो । हेर त त्यसले कति सन्चो मानेको छ । माउले पनि तिनीहरूलाई त्यसरी नै बोक्छे ।” आभासले हा“सेर नीलाको डर हटाउन खोजेको थियो । आभासका कुरा सुनेर नीला केही आश्वस्त भएकी थिई तर कताकता उसको चित्तचाहि“ बुझिरहेको थिएन ।
“जसबहादुर † यो एउटा मलाई देऊ≤ म काठमाडौ“ लान्छु । अब त दूध खानसक्छ होइन यल्ले ।” आभासले जसबहादुरका हातमा भएको बिरालाको छाउरो आÏनो अ“जुलीमा थाप्दै भन्यो । आभासको अ“जुलीमा आएको बिरालो बिस्तारै “म्याउ“” ग¥यो । त्यसै बेला माउ बिरालो पनि आभासका खुट्टानेर आएर “म्याउ“ म्याउ“” गरिरह्यो । ठूलो बिरालाका पछिपछि साना बिरालाहरू पनि मसिनो स्वरमा “म्याउ“ म्याउ“” गर्दै थिए । आÏनो पारिवारिक विखण्डनको जानकारी पाइसकेका ती बबुराहरू त्यसरी एकोहोरो कराउनुबाहेक अरू के नै गर्न सक्थे र †
“यति सानो बच्चा, अलि ठूलो भएपछि लैजा“दा हु“दैन ?” नीलाले आमा बिरालोका काखबाट बच्चा बिरालो नखोस्ने भावले आभाससमक्ष मधुरो प्रतिकार गरेकी थिई । “तिमीलाई के थाहा नीला ? दूध मात्रै खान सक्यो भने भइहाल्छ । जति सानो छाउरो पाल्यो त्यति छिट्टो रत्तिन्छ । मैले मनमतीलाई योभन्दा सानामा पालेको थिए“ । यसले पनि भा“डामा खानसकेन भने दूधदानीमा खुवाउनुपर्ला ।” आभास अब बिरालाको छाउरो छोड्ने मनस्थितिमा छ“दै थिएन । “दुइटै लगिबक्सिए पनि भइहाल्छ नि राजा †” जसबहादुरले अर्को छाउरो पनि अघिकै ढा“चाले उचालेको थियो । “मलाई एउटा छाउरो भए पुग्छ । यो मैले बोकेको छाउरो नै हो हैन त सरयुगकाका ?” आभासले बिरालाको लिङ्ग ठहर गर्न सरयुगकाकास“ग पनि सहयोग मागेको थियो । “हो राजा, यो त छाउरै हो तर छाउरी पाल्नु राम्रो भन्छन् नि होइन र ?” सरयुगकाकाले बडो ध्यानपूर्वक बिरालाको अङ्ग नियालेपछि किटानी दिएका थिए । “कतै ढाडेको सङ्गत प¥यो भने ब्याउ“छन् र ब्याएपछि ड्ढेरि ढाडेबाट बच्चा जोगाउन अर्को टेन्सन । हेन्द्रीका एउटै बच्चा जोगिएनन्≤ चारबेत ब्याउ“दा पनि सोह्रैओटा बच्चा ढाडेले मा¥यो । त्यसपछि मैले छाउरी चाहि“ नपाल्ने निर्णय गरे“ । त्यसो भन्दाभन्दै पनि एउटी मनमती एकजनाले घरैमा ल्याइदिएकाले नपाली भएन । तर बिचरी त्यो ब्याउनुअघि नै परमधाम गई ।” आभासले आÏनो बिरालापालनको कथा नै सुनाएको थियो ।
“हजुरको विचार †” सरयुगकाकाको समर्पणभावको अभिव्यक्ति वातावरणमा गुन्जेको थियो भने जसबहादुर पूर्ण स्वामीभक्तिमा अर्पित थियो । हि“ड्ने बेलामा आभासले गोजीबाट केही रुपिया“ जसबहादुरका हातमा हालिदिएको थियो । रुपिया“ के कति थियो ? नीलाले देखिन तर सो रुपिया“ले जसबहादुरको अनुहारमा ल्याएको रौनक भने राम्रैस“ग देखिएको थियो । जब उनीहरू जसबहादुरका घरबाट ड्ढर्किएका थिए, त्यस बेला आभासको अनुहारमा पनि भिन्नै उज्यालोे देखिएको थियो । आभासको त्यस्तो उज्यालो अनुहार नीलाले यसअघि कहिल्यै देखेकी थिइन । त्यसबेला आभासको अ“गालोमा बिरालाको त्यही छाउरो टा“सिएको थियो । केही बेरसम्म छाउराले “म्याउ“म्याउ“” गरेर आÏनो वाध्यताको आवाज पनि निकालेको थियो । माउ बिरालाले पनि एकैछिन उनीहरूको पछि लागेर विरोधप्रदर्शन गरेको थियो, तर आÏना अरू दुई लालाबालाको रोदनपट्टि ध्यान दिनुपर्ने भएकाले माउ बिरालो नमीठो आवाजमा सायद रु“दै ड्ढर्केको थियो । यसरी एउटा बालकलाई उसकी आमाको काखबाट खोसेर ल्याउ“दा नीला पनि आपूm आमा जाति भएका कारणले हो या किन हो ? उसले आपूmभित्र नमीठो गरी दुखेको महसुस गरेकी थिई । नीलाले मन नपराएको दृष्टिले आभासलाई हेरेकी थिई, तर आभासले नीलाको दृष्टिलाई कुनै महइभ्व दिएको थिएन । यसबेला आभासका अनुहारमा अनौठोखाले ओज पोखिएको थियो ।

नीलाको दुखेको मनस“ग सरोकारै नराखी आभास झन्नैझन्नै विश्वविजयको अनुभूतिमा बिरालाको छाउरो बोकेर हि“डिरहेको थियो ।

“नीला, बाटामा यसलाई तिमीले काखमा बोकिदेऊ ल † त्यसो त यसका लागि एउटा पेरुङ्गोमा ड्ढोम ओछ्याएर तयार गरिएको छ, तर एक्लै यो आत्तिन्छ होला ?” मोटरमा चढ्ने बेलामा आभासले नीलालाई भनेको थियो । आपूmले स्टेयरिङ्ग सम्हाल्नुपर्ने भएकाले काखको बिरालो उसले नीलालाई थमाइदिएको थियो । एक त बिरालो, त्यसमा पनि यस्तो कलिलो छाउरो आÏनै काखमा आपूmले राख्नुपर्दा नीलालाई सिकसिको लागेजस्तो भएर जिरिङ्ग पनि भएको थियो । “आभासको खुसीका लागि बोकिदिन्छु ।” नीलाले मनमनमा यस्तै सोचेकी थिई ।
“पख है, एउटा ड्ढोटो खिचौ“” स्टेयरिङ्ग समातिसकेको आभास मोटरबाट तल ओर्लेर नीलाको र बिरालाको ड्ढोटो खिच्न तम्सेको थियो । नीलालाई बिरालोस“ग ड्ढोटो खिच्दा कस्तोकस्तो लागेको थियो, तर नीलाले “उसलाई मन पर्छ” भन्ठानी । सरयुगकाका र उनका परिवारस“ग बिदा भएर उनीहरू बाटो लागेका थिए । नारायणी नदीको छेउमा पुगेपछि आभासले मोटर रोक्यो । “नीला यो नदीको ब्याकग्राउन्ड पारेर यो बिरालाको र मेरो तस्बिर खिचन है †” आभासले भनेको थियो । त्यसपछि उनीहरू मोटरबाट तल ओर्लेका थिए ।
त्यहा“ आभासले बिरालोस“ग दुईतीन पोजको ड्ढोटो खिच्यो । त्यसरी ड्ढोटो खिचेका बेला आभासका अनुहारमा नीलाले एउटा अनौठो तृप्ति देखी । एक वर्षको घनिष्ठतामा आभासले नीलास“ग मुस्किलले दुईतीनओटा ड्ढोटो खिचेको थियो । बिरालालाई गालामै टा“सेर उभिएको आभासको ड्ढोटो त नखिचौ“जस्तो लागेको थियो नीलालाई, तर उसको खुसीको कुरा भनेर क्लिक गरिदिएकी थिई ।
“भन त नीला यसको नाम के राख्ने ?” मोटरतिर जा“दै गरेको आभासले नीलालाई नहेरी भनेको थियो । बिरालोलाई छातीमा टा“सेको उत्साहित आभास अघिअघिजस्तो र आÏना पाइलाहरू आड्ढै“लाई पनि भारी भएको अनुभूतिमा नीला पछिपछि मोटरसम्म पुगेका थिए ।
“यसको नाम मैले ठहर गरे“≤ आहा † तिमीलाई पनि मन पर्छ । ल भन त एकदमै सजिलो र एकदमै राम्रो नाम छ । ल क्लिउ पनि दिन्छु, यो नाम हामी दुईजनास“ग सम्बन्धित छ ।” आभासले नीलालाई बिरालो थमाइसकेपछि आपूm ड्राइभिङ्ग सीटमा बस्दै भनेको थियो । बिरालाको सिकसिकोले सताइएकी नीलालाई भने उसको उत्साहले भरिएको आवाजले पटक्कै स्पर्श गर्न सकेन । “नीलु, भन त मैले के नाम सोचे“ हु“ला यसको ?” आभासको रमाएको दृष्टि नीलाका काखमा भएको बिरालोमा थियो । “अब बिरालाको पनि किन नाम राख्नुपर्ने होला≤ राखे नै पनि जे राखे पनि भै गो नि † यसका लागि केको सल्लाह गरिरहनुपथ्र्यो र †” नीलाका मनमा यस्तै कुरा आएका थिए तर यसबेला आभासको खुसीमा सहभागी भइदिनु नै उसलाई उचित लाग्यो । “खोइ † मैले भन्न सकिन“” नीलालाई कुनै सङ्घर्षमा भागै नलिई पराजित भइदिन मनलाग्यो । “धत् लाटी † यत्ति पनि भन्न नसकेकी, म भन्दिऊ“ ?” बिरालामा गाडिएका उसका प्रेमिल दृष्टि एकैछिन नीलामा पनि परेका थिए, तर ती दृष्टि पुनः नीलाका काखमा नै ड्ढर्किए । “मिलन, यसको नाम मिलन≤ कस्तो लाग्यो ? तिम्रो र मेरो मिलनको प्रतीक †” आभासले आÏनो बाया“ हातले नीलालाई अ“गालो मारेर भनेको थियो । “राम्रो छ” नीलाले खुसी हु“दै भनेकी थिई । उसको अस्तित्वलाई पनि महइभ्व दिइएकाले होला † नीला यसबेला अप्रत्याशित खुसी भएकी थिई र आभासले एउटा हातले स्टेयरिङ्ग सम्हालेर अर्को हातले उसलाई अ“गालो हालेपछि पाएको उसको स्पर्शले धेरै बेरपछि नीलालाई आनन्द आएको थियो । “सा“च्चै राम्रो नाम राख्यौ तिमीले यसको, मिलन ।” नीलाले पहिलोचोटि आÏनै काखमा भएको बिरालोलाई मनपराउन चाहेर हेरेकी थिई ।
“आभास र मेरो मिलनको प्रतीक मिलन †” नीलाले मनमनै आभासले भनेको कुराको सत्यतालाई पहिल्याउन खोजेकी थिई । नीला अलमलिई, कताकता कसोकसो हराउन खोजी । यतिबेला आभासले राजमार्गमा मोटर गुडाइसकेको थियो ।
“आभास मोटर रोक रोक, यसले के ग¥यो कुन्नि † चिसो भयो भित्रसम्म ।” अचानक नीलाको झन्नै चिच्याएको झै“ आवाज सुनिएको थियो । एकसुरमा सुसेल्दै मोटर कुदाइरहेको आभासले पनि आत्तिएरै ब्रेकमा खुट्टा पु¥याएको थियो । निकै हतारिएर किनारा लगाउ“दै उसले मोटर रोकेको थियो ।

“के भयो नीला ?” आभास अझै पनि आत्तिएकै थियो । “म्याउ” बिरालो पनि डराएको थियो । “मिलन के भयो ?” आभासले बिरालो आपूmले लि“दै स्थितिको अध्ययन गर्न खोजेको थियो ।
आभासले बिरालो लैजानासाथ नीलाले आÏनो काखमा ध्यान दिएकी थिई । “लौन नि यसले त यही“ हगीमुती गरेछ । जम्मै मेरो जीउभरि । अब के गर्ने, छि छि †” नीला घिनले तमतमाएर कराएकी थिई । बिहाकै उपलक्ष्यमा आभासले किनिदिएको एकदमै दामी सारीमा मिलनले दिसापिसाब गरिदिएको थियो । “नीला † ब्यागमा ट्वाइलेटपेपर छ, पुछ र तुमलेटको पानीले हात धोऊ । अब दुई घण्टामा त घर पुगिहालिन्छ ।” पछिल्लो सीटमा भएको ब्यागतिर देखाएर आभासले शान्त आवाजमा भनेको थियो । “हो नि, ट्वाइलेटपेपरले पुछेर कसरी हुन्छ, आÏनो भित्रसमेत भिजेको छ । ओहो † कस्तो गन्हाएको ? तिमीले यो के रहर गरेको होला ? यस्तो थाहा पाएको भए म त मरे आउन्नथे“ ।” गनगनाउ“दै र ड्ढतड्ढताउ“दै नीलाले ब्यागबाट ट्वाइलेटपेपर झिकी ।
जति नै सड्ढा गर्दा पनि भित्रसम्म पसेको बिरालाको ड्ढोहोर निख«ेको थिएन । नीला त्यसै त बिरालाको सिकसिकोमा थिई, अब झनै घिनले दिगमिग लागेर वान्ता हुन खोजिरहेको थियो । एकदुईचोटि उसको भु“डी बटारिएर पनि आयो, तर बान्ता नै चाहि“ भइहालेको थिएन । त्यस घटनाका कारण राजमार्गको त्यो नागीमा उनीहरूको मोटर झन्नै आधाघन्टा जति रोकिएको थियो ।

“मिलनलाई पेरुङ्गोमा राखिदिऊ“ नीला †” निकै बेरसम्म नीलाको बाटो हेरेपछि अझै आशा मार्न नसकेको आभासले भनेको थियो । आभासको त्यो स्वरमा निरीहता पनि मिसिएको थियो । त्यसरी प्रत्यक्ष आÏनो भनाइ राख्ने आभासभित्र नीलाले मिलनलाई बोकिदिए हुन्थ्यो भन्ने चाहना थियो । तर बिरालोले बिराएकाले आभास नीलालाई बिरालो पुनः बोकिदिने अनुरोध गर्न पनि नसक्ने अवस्थामा थियो । आपूmले मोटर हा“क्नुपर्ने बाध्यताका कारण असहाय मिलनलाई आÏनो काखमा राख्न पनि आभास असमर्थ थियो । “नीलालाई मोटर हा“क्न आए पनि त” आभासले सम्झेको थियो । तर भरखरै मोटर हा“क्न सिक्न लागेकी नीलाले यो पहाडी बाटोमा मोटर हा“क्ने कुरै थिएन । पेरुङ्गोमा हाल्ने बेलासम्म पनि आभासले नीलाले बिरालो काखमा लिइदिन्छे कि भन्ने आश मार्न सकेको थिएन । नीलाले पछाडि ड्ढर्केर हेर्दा पनि हेरिन । नीला अब कुनै पनि हालतमा बिरालो काखमा बोक्ने पक्षमा थिइन । नीलाले आभासको बिरालोस“ग कुनै सरोकारै नराखी चूप लागेरै बसिरही । राजमार्ग भएर पनि सडक त्यत्ति राम्रो अवस्थामा थिएन । सडक लामो समयदेखि मर्मत नगरिएको अवस्थाको देखिन्थ्यो । त्यसैले सडकमा प्रशस्त खाल्डाखुल्डीहरू थिए । ज्यादै सावधानीपूर्वक मोटर हा“क्ता पनि पेरुङ्गो धेरै हल्लिरहेको हुन्थ्यो । अभ्यास नभएको कलिलो छाउरो कहिले यता र कहिले उता लड्दालड्दै आजित भइसकेको थियो । “मिलनलाई धेरै गाह्रो भयो≤ एकैछिन यसलाई बाहिरको हावा खुवाउनुप¥यो ।” मुगलिङ काटेर अघि बढेपछि एक ठाउ“मा आभासले मोटर रोकेको थियो ।

बिरालाको गुहुमुत परेकाले सबै शरीर गन्हाएर सकस परिरहेकी नीलाप्रति आभासले कुनै सहानुभूति व्यक्त गरेन । “नीला, कठै तिमीलाई बिरालाको गुहुमुतमा लपेसिनुपर्दा कति सिकसिको लाग्या होला ?” आभासले आÏनो अ“गालोमा उसलाई बा“धेर यसो भनिदिए हुन्थ्यो भन्ने अपेक्षामा नीला थिई । तर मोटर रोक्नेबित्तिकै पेरुङ्गोबाट बिरालो झिकेर सुमसुम्याइरहेको आभासले नीलातिर हेर्दा पनि हेरेन । “हेरन † बिचरा मिलन, कति लखतरान भएछ । अब एकघण्टामा घर पुगिन्छ≤ यसलाई भोक पनि लाग्यो होला ?” सडक किनारको एउटा ढिस्कोमा बसेको आभासले बिरालोलाई काखमा राखेको थियो । डराएको भावमा बसेको बिरालाको ढाड आभासले दाहिने हातले मुसारिरहेको थियो ।
“नीला † तिमी कति भोकायौ होली, थाक्यौ पनि होली † अब हामी चा“डै घर पुग्छौ“ प्यारी †” नीलाको कल्पनाको संसारमा नीलालाई अ“गालामा बा“धेर आभासले यसरी भनेको थियो, तर वास्तविकताको संसार भने नीलाका लागि अप्रिय थियो ।
“मिलनलाई पेरुङ्गोमा धेरै अप्ठ्यारो भएजस्तो छ ।” आभासले नीलालाई सुनाउ“दै भनेको थियो । नीलाले आभासको कुरा सुने पनि नसुनेजस्तो गरेर बेवास्तामा उसले अर्कैतिर आÏनो ध्यान भएजस्तो गरिरही । त्यसपछि आभासले पनि त्यो कुरा दोहो¥याएको थिएन ।

अघिजस्तै आभासले बिरालो पेरुङ्गोमा हालेर पछिल्लो सीटमा राखेको थियो । उनीहरू पनि पहिलेजस्तै गरी अर्थात् आभास ड्राइभिङ्ग सीटमा र नीला उसस“गैको सीटमा बसेकी थिई । त्यसपछि उनीहरूबीच कुनै कुराकानी पनि भएन । नीला मनभित्र नरमाइलोपनको भारी बोकेर यात्रामा सामेल थिई । हिजोको यही यात्रा सम्झ“दा हिजो सपना थियो वा आज सपना हो जस्तो उसलाई लागिरहेको थियो । आभास पनि सधै“ झै“ शान्त तर अनुहारमा असन्तुष्टिका भावहरू बोकेर मोटर कुदाइरहेको थियो ।
यो यात्रा बा“की एक घण्टाको भनेर आभासले घोषणा गरेको थियो । मनको बोझ र नरमाइलोपनले गा“जेर हो कि किन हो † नीलालाई भने यो एकघण्टा अति लामो र पट्यारलाग्दो लागेको थियो ।
नीलाको आभासस“गको संसर्गमा बितेका यत्तिका दिनहरूमध्ये आजै यस्तो अप्रिय समय बितेको थियो । यसअघि आभासस“ग हु“दा उसको कुनै पनि समय थाहै नपाई बित्ने गथ्र्यो । तर आज भने यही समय उसका लागि पत्याउनै नसकिने गरी लामो भएको थियो ।

“शेरबहादुर, चा“डो छिटो गरेर मिलनका लागि दूध लिएर आइज ।” घरमा पुगेपछि मोटरबाट ओर्लनासाथ आभास कराएको थियो । “निकै सानो रहेछ हजुर, कचौरामा ल्याउने कि बोतलबाट खुवाउने हो ?” शेरबहादुरले पेरुङ्गोमा राखिएको बिरालोलाई हेर्दै भनेको थियो । “पहिले कचौरामा ल्याइहाल≤ खाएन भने बोतलमा खुवाउ“ला ।” आभासले पेरुङ्गोबाट बिरालो झिक्तै भनेको थियो ।
“नीला † तिमी चा“डै नुहाइधुवाइ गर अनि हामी स“गै बसेर चिया खाने ।” उसस“ग आभासले भन्दै नभनेका कुराहरू नीलाका कानसम्म आएका थिए । आभास बिरालो बोकेर अघिअघि लागेको थियो भने नीला कताकता अपमानको अनुभूतिमा रुमल्लि“दै उसको पछिपछि लागेकी थिई ।
बिरालाको गुहुमुतको सिकसिकोले र यात्राको थकाइले लखतरान नीला नुहाइधुवाइ सकेर बाहिर निस्क“दा पनि आभास बिरालाकै व्यवस्थामा नोकरहरूस“ग व्यस्त देखिन्थ्यो । उनीहरूको कोठाको रूप पनि ड्ढेरिएको थियो । एउटा सानो झोलुङ्गोखाले पलङ उनीहरूको कोठाको किनारमा राखिएको थियो । उनीहरूको सुत्ने पलङको शिरलाई पनि उल्टोपट्टि ड्ढर्काइएको थियो । अर्थात् उनीहरूको पलङको सिरानीमा टाउको राखेर सुत्ने मानिसले त्यहा“बाट नउठीकन नै त्यो सानो झोलुङ्गोखाले पलङलाई राम्ररी हेर्न सक्थ्यो । “अब बिरालाको तस्बिरका साथै बिरालाको पलङ्ग पनि हेर्नुपर्ने भयो ।” नीलाले मनमनै सोचेकी थिई ।
“ए तिमीले त नुहाई पनि सकिछौ † दलबहादुर दाइ, रानीसाहेबलाई चिया बनाएर त्याऊ । अ“ऽऽऽ मलाई पनि ल्याइदेऊ न, म ननुहाई खान्छु एककप चिया ।” आभासले अह्राएको थियो । दलबहादुर तुरुन्तै आदेशको पालना गर्न त्यहा“बाट हि“डेको थियो । “हेर न नीला † मिलन लामो यात्राले होला, कस्तो लल्याकलुलुक भएको छ । एकचोटि डा. दत्तलाई ड्ढोन गर्नुप¥यो ।” आभासले पलङमा सुतिरहेको बिरालोलाई लक्षित गर्दै नीलास“ग लामो समयपछि केही नजिक भएर कुरा गरेको थियो । त्यसपछि ऊ लगत्तै ड्ढोनमा डा. दत्तस“ग कुरा गर्न लागेको थियो ।
उनीहरूले चिया पिइसक्ता नसक्तै डाक्टर दत्त आएका थिए । पशुडाक्टर दत्तले बिरालाको राम्ररी परीक्षण गरिसकेपछि डा. दत्तलाई लिएर आभास बैठककोठामा गएको थियो । त्यसपछि झन्नै एकघण्टासम्म डाक्टर दत्तस“ग आभासले कुराकानी गरेको थियो । चियाचमेना गराएर आभासले डाक्टर दत्तलाई बिदा गर्दा रात्रिको प्रथम प्रहर बित्न लागेको थियो । “रानीसाहेबले भुजा ज्यूनार गरिबक्सेन, हजुरलाई पर्खिबक्सेको छ ।” दलबहादुर दाइले आभासलाई बेलुकीको भोजनको निम्तो गरेको थियो । “ओहो † मैले त नुहाएकै छैन, दलबहादुर दाइ † त्यतिन्जेल मिलनका लागि दूध ठीक पार त । त्यो मनमतीको दराज छ नि, हो त्यसमा दूधको बोतल पनि छ, त्यसलाई माझेर दूध ल्याऊ है †” आभासले हतारहतारमा भनेको थियो । त्यसपछि झन्नै दौड“दैजसो ऊ नुहाउने कार्यमा जुटेको थियो ।

उनीहरू खानाखाने टेबुलमा पुग्दा रात धेरै बितिसकेको थियो । नीलालाई भोकले धेरै थिचेकाले गर्दा खाना खाने रुचि नै हराएजस्तो भएको थियो । “तिमीले अघि नै खाएकी भए पनि हुन्थ्यो नि नीला †” आभासले दिएको सल्लाहको नीलाले कुनै जवाड्ढ दिन चाहिन ।
दलबहादुर दाइको सुरुचिपूर्ण परिकारले पनि नीलालाई त्यसबेला तृप्ति दिन सकेन । पेट भोकै भएर पनि नीलाको मुख भने अघाएको थियो । आभासले चाहि“ सदाझै“ आÏनो सामान्य खानपिन गरेको थियो । तर नीलालाई “आज किन थोरै खाएकी ?” भन्नु त परै जाओस् उसको थालतिर पनि उसले हेर्दै हेरेन । खानाखाने टेबुलबाट उठेर आभास आÏना कोठातिर लागेको थियो≤ नीला उसका पछिपछि ।
“बुझ्यौ नीला, मिलनलाई ज्वरो आएजस्तो छ । यी डाक्टरहरूलाई के गर्नु ? अघिमात्र जा“चेर ठीक छ भनेर गएको दत्ते, म ड्ढोन गरेर सोध्छु एकपटक ।” बिरालाको पलङमा पुगेर बिरालो सुमसुम्याउ“दै आभासले भनेको थियो । त्यसपछि ऊ ड्ढोन गर्न लाग्यो । नीला आÏनो बिछ्यौनामा पुगेर ढल्केकी थिई ।
हुन पनि आज ज्यादै थाकेकी थिई नीला । यात्राले भनौ“ भने आजको यात्रा त्यस्तो खास जटिल पनि होइन । कच्ची सडकमा दुईतीन दिनको यात्रा पनि उसले गरेकी छ । राजमार्गमा धेरैजसो सलल बगेको गाडीमा आज खास दुःख भएको थिएन, तर पनि उसले अचाक्ली थाकेको महसुस गरिरहेकी थिई । त्यसैले नीलाले चुपचाप निदाउने अभिप्रायले आ“खा चिम्लेकी थिई≤ निद्रा तर उसका नजिक आउन चाहेको थिएन । आ“खा चिम्लेर थकाइ मेटाउने प्रयत्नमा ऊ लागिरही ।
डाक्टर दत्तले ड्ढोनबाटै कुनै औषधीको नाम लेखाएर छुटकारा पाउन खोजेका थिए, तर आभासले औषधी लिई आउन र एकपटक मिलनको पुनः जा“च गर्न आग्रह गरेको थियो । जसले गर्दा आधारातमा पनि औषधी बोकेर डाक्टर दत्त उनीहरूको शयनकक्षमा प्रवेश गरेका थिए । परपुरुष शयनकक्षमा प्रवेश गर्नु, त्यो पनि आपूm सुतिरहेको बेला, नीलाले सरमको अनुभूतिलाई निदाएको नाटकले छोपिदिई । कालो थसुल्ले तर फुर्तिलो डाक्टरले आभासका आ“खा छलेर यसो एकदुई पटक निदाएको भन्ठानिएकी नीलातिर पनि हेरेको थियो ।
“यो औषधीले यसलाई ड्ढाइदा भइहाल्छ । राजा † अब सुतिबक्से हुन्छ≤ हजुरले चिन्ता गर्नुपर्दैन । बिरालो पनि औषधीको प्रभावले अब बिहान मात्रै उठ्छ ।” बिरालोलाई सुई घोचिसकेपछि दत्तले आभासलाई आश्वस्त पार्न खोजेको थियो । त्यसपछि डाक्टर दत्त बिदा हुन खोजेको थियो, तर आभासले केहीबेर अलमल्याएर बैठक कोठामा दुवै गड्ढ गरेर बसेका थिए । झन्नै आधाघण्टा जति पछि पुनः डाक्टर दत्तलाई लिएर आभास कोठामा आएको थियो । “मैले भने नि राजा, अब यो निदाएको छ । हजुर पनि सुकला भए हुन्छ ।” डा.दत्तले बिरालोलाई स्टेथेस्कोपले जा“च्दै भनेका थिए ।
आभास बिछ्यौनामा आउ“दा बिहान हुनका लागि केही घण्टामात्र बा“की थियो । नीला पनि रातैभरि निदाउन सकेकी थिइन । यस्तो नौलो परिवेशमा निदाउनुको अनुभूति नीलाका लागि ज्यादै अनौठो र अप्रियसमेत भएको थियो । उसलाई जीवनमा पहिलोपल्ट सडकमै सुतेजस्तो लागेको थियो । त्यस रात नीला पनि निदाएकी थिइन भन्ने कुरा आभासलाई भने थाहा भएन । आभास बिछ्यौनामा ढल्किनासाथ निदाएको थियो । दिनभरिको थकाइले पिरोलिएको आभासको स्वाभाविक निद्रा स्वीकार गर्दै नीला भने बिउ“झै पल्टिरही । असहज अनुभूतिले मर्माहत उसका आ“खामा भने निद्रा आउनै सकेन ।
बिहानीपख शौचालय जाने क्रममा नीलाले आÏना अप्रिय दृष्टिहरू बिरालाका पलङमा नचाह“दा नचाह“दै पनि पारेकी थिई ।
जिब्रो मुखबाट अलिकति बाहिर निकालेको बिरालो लामोलामो सास ड्ढेरेर निदाएको थियो । जीर्णशीर्ण त्यो बबुराको सानो शरीरको भु“डीको भाग एकदमै छिटोछिटो बाहिरभित्र गरिरहेको थियो । “यो त मर्छ जस्तो छ, आभासलाई उठाइदिनुप¥यो” नीला पिसाब गर्न नगएर आभासलाई जगाउन बिछ्यौनातिर गई । तर मस्त निद्रामा भएको आभासको निद्रा बिथोल्न पनि उसले सकिन । जे होस्≤ ऊ पिसाब गरेर आई र पुनः बिछ्यौनामा ढल्की ।
नीलालाई निद्रा लागेजस्तो भएर आएको थियो र ऊ निदाई पनि ।



चौथो दिन



परेवाका बथानमा ऊ घेरिएकी थिई । परेवा, जताततै परेवा मात्र थिए । उसका दृष्टिले भ्याउने सम्पूर्ण दूरीसम्म परेवा थिए । त्यो एउटा भिरालो डा“डो थियो । सपनामा त्यहा“सम्म नीला आभासस“ग पुगेकी थिई । आभास परेवाका बथानले छोपिएको थियो । अन्ततः परेवाभित्रै आभास हराएको थियो । नीला निसास्सिएको अनुभूतिमा आभासलाई खोज्दै थिई । त्यसै बेला नीला निद्राबाट बिउ“झिएकी थिई । कोठामा भएका ठूलठूला झ्यालबाट कठिनताकासाथ घाम पस्न खोजिरहेको थियो । झ्यालमा बाक्ला खाले ठूलठूला पर्दा लगाइएका थिए । राति ढाकिएका पर्दा बिहान उघारिएका थिएनन् तर पनि पर्दाबाट छिरेको घामबाट दिन निकै बितिसकेको सहजै अनुमान गर्न सकिन्थ्यो । सपनामा देखिएका असङ्ख्य परेवाको एक किसिमको आतङ्कबाट अब नीला टाढिइसकेकी थिई । आभास सुतेको बिछ्यौनाको भाग रित्तो थियो । ऊ जुरुक्क उठी र सबैभन्दा पहिले झ्यालका पर्दा उघारी । बाक्लो पर्दाका भित्रपट्टि झ्यालको तलतिरको आधा भागमा सेतो जालीदार पर्दा लगाइएको थियो । अब घाम ≈वात्तै कोठामा पसेको थियो । काठमाडौ“को ड्ढागुन महिनाको एउटा सुन्दर बिहान झन्नै झन्नै बितिसकेको थियो । नीलाले पलङमै गा“सिएको साइडटेबलमा भएको घडीमा आ“खा पु¥याई । बिहानको नौ बजिसकेको रहेछ । त्यसै बेला बिरालो सुताइएको झोलुङ्गोमा पनि उसका आ“खा परे । त्यहा“ बिरालो थिएन । “ला ¬ बिरालो ¬ †” अचानक बिहानीपखको बिरालाको दृश्य उसका आ“खामा आयो ।
नीला हतारहतार आभासको खोजीमा बैठककोठातिर लम्किई, तर घर चकमन्न थियो । बाहिर निस्कने क्रममा ठूलो हलमा ऊ पुगेकी थिई । “मङ्गलमान, राजा कता सवारी भइस्यो ?” भित्तामा टा“गिएका पेन्टिङ र ठाउ“ठाउ“मा सजाइएका मूर्तिहरूबाट धूलो सड्ढा गर्दै गरेको घरको नोकर मङ्गलमानलाई देखेपछि उसले आभासबारे सोधेकी थिई ।
“राजा, बिरालोलाई ताजा हावा खुवाउन भनेर बगै“चामा सवारी भएको छ । किन र रानीसाहेब ?” मङ्गलमान आपूmले गर्दागर्दैको काम छोडेर नीलाका अघि अदबसाथ उभिएको थियो ।
“ए ऽऽऽ त्यसो भए बिरालो मरेको रहेनछ †” नीला मनमनै ढुक्क भई । “होइन, केही होइन≤ यसै राजालाई नदेखेर सोधेको मात्रै ।” नीला मङ्गलमानस“ग हत्तपत्त बोलेर लगत्तै त्यहा“बाट आÏनो कोठामा ड्ढर्केकी थिई ।
नीला नुहाइसकेर बाथरुममै गा“सिएको ˘ाृङ्गारकक्षमा बसेर ˘ाृङ्गार गर्न लागी । उसले मन नलागी नलागी बाध्यता भोगेजस्तो ˘ाृङ्गार पारी ।
नीला सम्पूर्ण रूपले तयार भएर कोठामा आउ“दा पनि आभास आएको थिएन । नीला बैठकमा पुगेर त्यहा“को झ्यालमा उभिई । त्यो झ्यालबाट आभासको ठूलो र मनोरम बगै“चा राम्ररी देखिन्थ्यो । नभन्दै अहिले पनि आभास बगै“चामा बनाइएका काठका झै“ देखिने ड्ढलामको बेन्चमा आरामस“ग बसेको थियो र उसको खुट्टा नजिकै बिरालो यताउति घुम्दै थियो । “बिरालो निको भएछ” उसले मनमनै ठह¥याई ।
“तिमी निदाएकी थियौ≤ उठाउन मन लागेन । मिलनलाई बिहानको हावाले राम्रो हुन्छ भनेर म सात बजे नै बगै“चामा गएको । हेरन, अहिले यो कति फ्रेस भएको छ ।” आÏना दुवै हातलाई छातीमा जोडेर बिरालाका लागि बस्ने ठाउ“ बनाएको आभासको छातीमा रमाएर बसेको बिरालोले नीलालाई हेरिरहेको थियो । उज्यालो अनुहार लगाएर नीलाका अघिल्तिर उभिएको आभासको छातीमा टा“सिएको बिरालाको छाउरो निसन्देह सुन्दर थियो, तर नीलालाई मन परेन । त्यहा“ आÏनो मनको कुरो व्यक्त गर्ने वातावरण पनि नीलालाई लागेन र आभासको प्रफुल्लतालाई रमाएर साथ दिन पनि उसले सकिन ।
“तिमी आज अड्ढिस जाने हो ?” आभासले नीलालाई त्यही“ उभिएरै सोधेको थियो । “होइन≤ आजसम्म बिदा छ, भोलिदेखि जानुपर्छ ।” नीलाले आभासको अनुहार र बिरालोबाट समेत आÏनो दृष्टि हटाएर भनेकी थिई । “तिमीले ब्रेकड्ढास्ट खायौ ?” आभासको यस प्रश्नले नीलालाई थप चोट पु¥याएको थियो । यो घरमा कहिल्यै पनि एक्लै केही नखाएकी नीलालाई आभासको यो प्रश्न एकदमै

पराई लागेको थियो । नीला केही पनि बोल्न सकेकी थिइन । “मङ्गलमान † मिलनलाई उसको कोठामा लगेर राख् र यसको हेरविचार गर् । एघार बजे यसलाई औषधी खुवाउनुपर्छ । त्यस बेला तैले मलाई सम्झाएस् है †” आभासले बिरालो मङ्गलमानलाई दिएको थियो । मङ्गलमानले पनि आभासले जस्तै आÏना दुवै हातलाई एकअर्कास“ग जोड्दै छातीमा टा“सेर बिरालाका लागि आसन बनाएको थियो । आभासको छातीबाट बिरालो हट्नेबित्तिकै नीलालाई आपूmभित्रको भारी हलुङ्गो भएको अनुभूति भएको थियो । उनीहरूभन्दा अघिअघि हि“डिरहेको मङ्गलमान उनीहरूको सुत्ने कोठा र बैठककोठा बीचको एउटा ढोका खोलेर त्यहा“भित्र पसेको थियो । त्यसअघि नीलाले त्यहा“ पनि कोठा छ भन्ने यादै गरेकी थिइन । त्यहा“ बिरालाका लागि पनि छुट्टै कोठा भएको कुरा थाहा पाएर ऊ अचम्ममा परेकी थिई । नीलाले त्यसरी छक्क परेर हेरेको देखेपछि आभासका ओठमा पनि केही मुस्कान छरिएका थिए । “तिमीले देखेकी थिइनौ ? यो कोठा बिरालाको नै हो । यो घर बनाउ“दा बुवाहजुरले आÏनो स्टुडियो बनाउने हिसाबले यो कोठा बनाउनु भएको थियो रे † तर बुवाहजुर यो घरमा पाहुनाजस्तो भएर आउने भएकाले यो कोठा स्टुडियोका रूपमा कहिल्यै आएन । मैले बिरालो पाल्ने रहर गरेपछि मम्मीहजुरले यो कोठा मेरो बिरालोका लागि दिइस्सेको थियो ।” आÏनो अ“गालोमा नीलालाई राखेर आभासले उसलाई बिरालाको कोठामा पु¥याएको थियो । “यो बिरालाको दराज हो । यसमा बिरालाका लागि चाहिने सबै कुरा राखिएको छ ।” त्यो कोठामा भएको एउटा दराज देखाउ“दै उसले भनेको थियो । “यी एलबममा मेरा सबै बिरालाका तस्बिरहरू छन् । कुनै फुर्सतको दिन हेरौ“ला ।” दराजको खापा उघारेर उसले एलबमका चाङ देखाउ“दा नीला झनै आश्चर्यचकित भएकी थिई । त्यो कोठा बैठकभन्दा सानो र उनीहरूको सुत्ने कोठाकै हाराहारीको थियो । कोठाको भुइ“मा टम्म पारेर गलै“चा ओछ्याइएको थियो । कोठा बन्द भइराखेर होला, कोठाबाट ओसजस्तो गन्ध तीव्र रूपमा आइरहेको थियो । “मङ्गले † यो कोठा कहिल्यै सड्ढा गर्दैनस्, झ्याल खोल्नुपर्दैन ? हेर गन्हाएको ।” आभासले पनि कोठाको गन्ध महसुस गरेर मङ्गलमानलाई हप्काएको थियो । मङ्गगलमान बिरालो भुइ“मा राखेर झ्याल खोल्न लागेको थियो । भुइ“मा राखिएको बिरालोले आभासका खुट्टानेर आएर “म्याउ“” ग¥यो । “मेरो मिलन †” आभासले भावविभोर हु“दै पुनः बिरालो बोकेर छातीमा ट“ासेको थियो । यस बेला आभासको अनुहारमा प्रसन्नताका लहरहरू आइरहेका थिए । नीलाका अनुहारमा भने ऊ आड्ढै“ले पनि थाहै नपाई बादल लागिसकेको थियो । “आभासलाई यत्ति सारै मनपर्ने यो बिरालो मलाई किन मनै पर्दैन ।” नीलाले मनमनै आड्ढै“स“ग प्रश्न गरेकी थिई । तर यस प्रश्नको जवाड्ढ दिन उसको मनले पनि सकेन । “आभास † यस्ता जनावरहरू पाल्दा त रेबिज हुन्छ रे होइन ?” आपूmलाई बिरालो मननपर्ने कुरा नीलाले यसरी व्यक्त गरेकी थिई । “होइन, होइन≤ बिरालोले केही हु“दैन । ससाना बच्चाहरूलाई यसका रौ“ले गर्दा डिप्थेरिया हुने डर हुन्छ । ठूलालाई त बिरालाका कारण कुनै रोग भएको अहिलेसम्म सुनिएको छैन । तिमीले भनेको कुरा कुकुर, बा“दर आदि जन्तुमाचाहि“ लागू हुन्छ ।” आभासले आपूmले जानेसम्मको जानकारी नीलालाई दि“दा विद्यार्थीले मास्टरलाई पाठ बुझाए झै“ बुझाएको थियो ।
बिरालाको कोठा भनिएको त्यस कोठाका भुइ“मा प्लास्टिकका केही रङ्गीचङ्गी गोलहरू छरिएका थिए । नाइलनको डोरीमा नक्कली खरायोको रौ“ले बनाइएको मुसो पनि त्यहा“ थियो । त्यहा“ भित्तामा भुइ“बाटै ठड््याइएको एउटा ठूलो ऐना पनि थियो ।
“मङ्गले, राम्ररी खेला है मिलनलाई, यसलाई चोट लाग्ला, बिरामी पनि छ, सानो त छ“दै छ ।” आभासले मिलनलाई आपूmबाट अलग पार्न नचाहेजस्तो गरेर भुइ“मा राखेको थियो ।
त्यसपछि त्यस कोठाबाट निस्किएर उनीहरू आÏनो कोठामा पुगेका थिए । “तिमी बस्तै गर, म नुहाएर आइहाल्छु ।” आभासले नीलालाई कोठामा पु¥याएपछि भनेको थियो । “तिमी टेलिभिजन हेर्दै गर न” बाथरुमको ढोकामा पुगेर पनि आभास ड्ढर्केर आएको थियो । टेलिभिजन खोलिदिएर रिमोट नीलाका हातमा दिएर ऊ बाथरुम पसेको थियो । उसले टेलिभिजनका सबै च्यानलहरूमा आ“खा पु¥याएकी थिई, तर कुनै पनि च्यानलमा उसको मन अडिएको थिएन ।
आभास बाथरुमबाट उसको कुनै प्रिय गीत गुनगुनाउ“दै बाहिर निस्केको थियो । नीलाले सङ्गीत बुझी तर शब्द उसको सम्झनामा आएन≤ एकछिन सम्झ“दा पनि आएन । “जाऊ“, ब्रेकड्ढास्ट डाइनिङरुममै गरौ“” आभासले गाएको गीतको शब्द ड्ढेला पार्न लागेकी नीलालाई आभासले बाथरुमको ढोकैबाट बोलाएको थियो । त्यसपछि टी.भी. बन्द गरेर ऊ पनि आभासको पछि लागेकी थिई । आभास उत्साहित पाइलाले अघि बढ्दै थियो । नीला भने आभासकी पत्नी नभएर पाहुनाको अनुभूतिमा उसको पछिपछि डाइनिङ रुमसम्म पुगेकी थिई ।
“दलबहादुर दाइ, हामीलाई छिट्टो बे्रकड्ढास्ट ल्याऊ त †” भित्ताको घडी हेर्दै आभासले भनेको थियो । “राजा बाहिर सवारी होइबक्सने हो कि ? बे्रकड्ढास्टको समय बितिसकेकाले आज ज्यूनार गरिबक्सन्छ भन्ठानेर मैले छिट्टै भुजा नै तयार गर्दै छु ।” दलबहादुर दाइले विनम्र स्वरमा बिन्ती बिसाएका थिए । “होइन≤ अहिले बाहिर कतै नजाने । पौने एघार भएछ, एघार बजे मिलनलाई औषघी खुवाउनुपर्छ । भुजालाई कति बेर लाग्ला ?” आभासले सोधेको थियो । “अब पन्ध्रबीस मिनेटमा तयार भइसक्छ ।” दलबहादुर दाइले भित्ताको घडी हेर्दै भनेका थिए । “ए त्यसो भए मिलनलाई औषधी खुवाएपछि हामी भुजै खाने≤ हु“दैन त नीला ?” आभासले दलबहादुर दाइलाई निर्देशन दिएको थियो र सो निर्देशनमा उसले नीलाको पनि औपचारिक सहमति खोजेको थियो । “भइहाल्छ नि † मलाई त भोक पनि लागेको छैन ।” नीलाले जवाड्ढ ड्ढर्काएकी थिई । वास्तवमा केहीबेरअघि देखापरेको उसको भोक केही क्षणअघि अचानक हराएको थियो ।
त्यसपछि उनीहरू बैठककोठामा आएर बसेका थिए । नीलाका अनुहारमा हलुका पीडाका रङहरू छरिएका थिए । आभासका अनुहारमा उत्साह र उमङ्गका रङ पोखिएका थिए । आभासको अनुहारका रङहरूले नीलालाई थप पीडाबोध भइरहेको थियो । नीलाका लागि त्यसपछिको समय रसहीन भएरै बितेको थियो ।
त्यस दिन पनि आभास दिनभरि नै बिरालाको खोजखबरमा लागिर≈यो । दिउ“सो एकपल्ट डा. दत्त पनि बिरालाको सन्चोबिसन्चो सोध्न आएको थियो । “तपाईंले ठूलो गुन लाउनुभयो डाक्टरसाहेब † हिजो राति तपाईं नआएको भए मेरो मिलन खत्तम हुने थियो ।” आभासले डा. दत्तको ढाडमा धाप मार्दै भनेको थियो । “मैले त्यस्तो के गरे“ र राजा † त्यो त मेरो कर्तव्य नै थियो≤ आपूmले जानेको कुरो ।” डा. दत्तले हा“स्तै भनेको थियो । “डाक्टरसाहेब, भरे सा“झ यतै बसौ“ न † आजको डिनर हामीकहा“ गरौ“ हुन्न ?” आभासले डाक्टरलाई बिदा गर्ने बेलामा उसस“ग हात मिलाउ“दै भनेको थियो । “हो र राजा † कति बजे आऊ“ ?” डाक्टर दत्त निम्तोकै प्रतीक्षामा भएझै“ उत्साही भएर बोलेको थियो । “छ बजे नै आउनोस् न, छिट्टै भेला हु“दा केहीबेर कुराकानी पनि गर्न पाइन्छ ।” आभासले भनेको थियो ।
त्यसपछि डा. दत्त बिदा भएको थियो । “बिचरो डाक्टर राति त्यसरी बोलाउनासाथ नआइदिएको भए के हुन्थ्यो के ?” डाक्टर गएको बाटोतिर कृतज्ञतापूर्ण दृष्टिले हेर्दै आभासले भनेको थियो ।
त्यसै बेलुकी डाक्टर र आभासले रक्सी पिएका थिए । नीलाले चिसो पेय लिएर उनीहरूलाई साथ दिएकी थिई । डाक्टर पा“च पेग रक्सी पिएर पनि अझै थप्ने उत्साहमा थियो । “हाम्रो तलबले यस्ता मह“गाखाले रक्सी पिउन कहा“ पुग्छ र राजा † हजुरहरूजस्तै मनकारी मानिसहरूको दयामायामा कहिलेकाही“ पिउन पाइन्छ । त्यसो त म ज्यान गए पनि सस्तोखाले रक्सी पिउ“दिन राजा ।” रक्सी लाग्दै गएपछि डा. दत्तले उसको गोपनीयता खोलेको थियो । “मानिसहरू भूmटो सान देखाउ“छन् । अस्तिको हप्ता पुराना सचिवज्यूको बिदाइ र नया“ सचिवज्यूको स्वागतमा हाम्रो पशुस्वास्थ्य चिकित्सक संघका अध्यक्ष डा. पन्तले एउटा डिनरको आयोजना गरेका थिए । भुर्कुट नक्कली रक्सी≤ ब्ल्याकलेबल र रेडलेबलको बोतलमा च्यालेन्जर भरेर राखेको रहेछ । मैले त पहिलो पेगमै चिनिहाले“ । के भन्ने कसलाई ? चुप लाग्नु सिवाय के गर्नु र ? तर कसैलाई केही मतलब हु“दो रै’नछ । घटाघट सबैले पिए । म एकजना मात्र एक पेगमा थन्किए“ । मलाई सबैले कर गर्दै थिए तर मैले “सन्चो छैन” भनेर टारे“ ।” डा. दत्त केही लरबराएको स्वरमा बोल्दै थियो ।
“राजा, भनिबक्सियोस् त च्यालेन्जर किन भर्नुपरेको तिनीहरूलाई † रेडलेबल धान्न नसके च्यालेन्जर भनेर नै राखिदिए भइहाल्छ नि ?” डा. दत्त आÏनो असन्तुष्टि पोख्न व्यस्त थियो । “तर राजा, मानिसहरू च्यालेन्जरलाई रेडलेबल र ब्ल्याकलेबल भनेर गर्वका साथ पिउ“दा रहेछन् । डा. पन्तलाई सबैले सम्मान गरेका थिए, “ओहो कस्तो दिलदार मानिस, रेडलेबल र ब्ल्याकलेबल त पानीसरह खुवाएका थिए । पार्टी भनेको त त्यस्तो होस् न †” हाम्रा डाक्टरसापहरूको समूहमा डा. पन्त त हीरो नै भएका थिए ।” डा. दत्तको रक्सी अब चूप नलाग्ने गरी चम्केजस्तो थियो ।

“रानीसाहेबले लिई बक्सेन ?” नीलातिर पनि डा. दत्त लक्षित थियो । “उनी रक्सी पिउन्नन्” आभासले नीलाको साटो जवाड्ढ दिएको थियो ।
आभास तेस्रो पेगको चुस्की लिं“दै थियो । डा. दत्त छैटौ“ पेगमा अघि बढ्दै थियो । “मलाई रक्सी लागेको जस्तो भएको छ राजा, अब मैले सुत्नुपर्छ । म घर जानुप¥यो ।” केही लर्बराएको आवाजमा दत्तले भनेको थियो । जुरुक्क उभिएको डा. दत्त पुनः सोड्ढामा बसेको थियो । “भुजा खाएर जाने होइन ?” आभासले भनेको थियो । “होइन ? अब भुजा खान सक्तिन“ म, घरमा गएर थपक्क सुत्छु । ड्ढेरि स्न्याक्स धेरै खाएकाले पेट पनि भरिएको छ ।” उभि“दै डा. दत्तले भनेको थियो र ड्ढेरि थ्याच्च सोड्ढामै बसेको थियो । “तपाईं कसरी मोटर हा“क्नुहुन्छ ? तपाईंको मोटर भोलि लैजानुहोला≤ अहिले मेरो मोटरमा पु¥याइदिन्छु ।” आभासले डाक्टरको स्थितिको अवलोकन गरेर भनेको थियो ।
“आइ एम सरी राजा † धेरै दिनपछि राम्रो रक्सी खान पाउ“दा अलि धेरै नै भएछ≤ मलाई होसै भएन ।” डा. दत्तले दुवै हात जोडेर भनेको थियो । “केही छैन≤ डाक्टर साहेब † बरु तपाईं भुजा नखाने नै हो भने तपाईंलाई पु¥याएर आऊ“ ।” आभासले घडीमा आ“खा पु¥याएको थियो । घडीले दश बजाएर पनि अघि बढिसकेको थियो । विशालनगरबाट सीतापाइला डाक्टरको घरसम्म पु¥याएर आउन आभासलाई झन्नै एकघण्टा लागेको थियो ।
त्यस सा“झ डा. दत्त र आभासका बीच धेरै बेरसम्म मिलनको रोग, उपचार, हेरचाह र उसको राम्रो स्वास्थ्यका लागि पालन गर्नुपर्ने विषयमा नै धेरैजसो कुराकानी केन्द्रित भएको थियो । झी“जोलाग्दो वातावरण र विषयले नीला आजित भइसकेकी थिई । अझ पछिल्लो समयमा डा. दत्तलाई पु¥याउन गएको आभासलाई रातको चकमन्नतामा पर्खेर बस्नुपर्दा नीलालाई त्यस रात अपार खिन्नताबोध भइरहेको थियो ।
“मङ्गले, ए मङ्गले † मिलनले दूध खायो ?” डा. दत्तलाई पु¥याएर घरको ढोकाबाट पस्नासाथ आभास चिच्याएको थियो । “छैन हजुर” मङ्गलमानको मधुरो स्वर आएको थियो । “हेर त्यो बिचरा कति भोकायो होला † छिटो लेर आइज त्यसको दूधदानीमा दूध ।” आभासले बिरालाको कोठामा प्रवेश गर्दै मङ्गलमानलाई आदेश दिएको थियो ।
आभासले बिरालो बोकेर बैठककोठामा ल्याएको थियो । केही बेरमै दलबहादुर दाइले दूधदानीमा दूध हालेर ल्याएका थिए । “राजा, मङ्गलेले मिलनलाई दूध खुवाउ“छ । हजुरहरू भुजा ज्यूनार गरिस्योस्≤ चिसो भइसक्यो ।” दलबहादुर दाइले आÏनो पछिपछि आएको मङ्गलेलाई देखाउ“दै भनेका थिए । “भैगो, यता देऊ दूधदानी । यो मङ्गले केही कामको छैन । मैले बिर्संदा आज मिलन भोकै भयो । मिलनलाई दूध खुवाइसकेपछि मात्रै हामी भुजा खाने, है नीला †” आभासले नीलाको पनि सहमति खोजेको थियो । नीलाले टाउको हल्लाएर सहमति जनाएकी थिई । दलबहादुर दाइ पराजित भाव बोकेर त्यहा“बाट ड्ढर्केका थिए । मङ्गले त्यतै कतैतिर छेउलागेर अपराधी भावमा उभिरहेको थियो । सोड्ढामा बिरालोलाई सुताएर आपूm भुइ“ गलै“चामा बसेर आभास दूधदानीबाट बिरालोलाई दूध चुसाइरहेको थियो । बिरालोले पनि घटघटी दूध खाइरहेको थियो । बोतलमा दूध रित्तिएपछि आभासले बिरालोलाई उसैको कोठामा पु¥याएर मङ्गलेको जिम्मा लगाएको थियो ।
उनीहरू त्यस रात खाना खाइसकेर आÏनो कोठामा आउ“दा घडीले बाह्र बजाउनै लागेको थियो । “पख है † म मिलनलाई लिएर आउ“छु ।” सुत्ने कोठामा पसिसकेको आभासका आ“खा रित्तो झोलुङ्गोमा परेपछि ऊ तुरुन्तै कोठाबाट बाहिरिएको थियो । त्यसको एकैछिनमा छातीमा बिरालो टा“सेर ऊ ड्ढर्किएको थियो ।
बिरालोलाई उसको पलङमा सुताएर आभास रात्रिपोसाकमा नीला नजिक आएको थियो । नीलालाई निद्राभन्दा धेरै आभासकै प्रतीक्षा थियो । आभासले अ“गालोमा आपूmलाई बा“ध्नासाथ उसले आÏना मनका सबै तुसहरू पखालिसकेकी थिई । “जे भए पनि आभास मेरो हो र ऊ अब बिहानसम्म मेरो हुनेछ≤ रात ढीलै बितिदिए हुने थियो ।” आÏना मनमा यस्तै कल्पना सजाएकी नीलाले क्रमशः आपूmलाई सम्पूर्ण रूपले आभासमै समर्पण गर्दै थिई । “बुझ्यौ नीला † अब मिलनलाई केही पनि हु“दैन । हिजो राति त मलाई असाध्य डर लागेको थियो । मेरो आ“खा पनि कस्तो पोलेको छ । हिजो राति निद्रा पनि पुगेको छैन । तिमी त निदायौ हैन ?” नीलालाई अ“गालोमा राखेको आभासले नीलालाई आÏनो विषय बनाउन सकेको थिएन । “हेर न, बिहान मिलन छिट्टै उठ्छ । सबेरै यसलाई बगै“चामा घुमाउनुपर्छ≤ मङ्गलेको भर छैन । मैले नगरे यो मर्छ ।” नीलाले आभासको अ“गालोबाट निसास्सिएर आपूmलाई मुक्त पारी । “हे भगवान् †” अचानक नीलालाई आपूm निरीह भएको अनुभूति भयो र उसले मनमनै भगवान् गुहार्न पुगेको पनि स्वयं उसैले पत्तो पाएकी थिइन ।
“मेरो शरीर पनि कति सारो दुखेछ, दिनभरि त पत्तै पाइन“ ।” आभासले पनि नीलालाई अ“गालेको हात झिकेर उत्तानो पर्दै भनेको थियो । त्यसको केहीबेरमै ऊ मस्त निद्रामा परेको थियो । निदाएको आभासको अनुहार देखेर नीलालाई यसै नरमाइलो लागिर≈यो≤ उसलाई क्वा“क्वा“ डा“को छाडेर रोऊ“रोऊ“ लागेर पनि आएको थियो । नीला रुन पनि सकिन । निद्राको समय बितिसकेको कारणले हो अथवा किन हो ? उसको निद्रा पनि हराएजस्तो भएको थियो । नीला निद्रा बोलाउने क्रममा ओल्टेकोल्टे ड्ढर्कंदै रात बिताउ“दै थिई ।



पाचौ दिन



“म्याउ“ † म्याउ“ † म्याउ“ †” बिरालाको एकनासको आवाज कानमा परेपछि नीला पनि बिउ“झिएकी थिई । नीला बिउ“झिनुअघि नै आभास उठेर बिरालो भएठाउ“मा पुगिसकेको थियो । आभासले मर्करी बत्ती बालेको कारण कोठा झलमल्ल भएको थियो । नीलाका आ“खा पलङकै सिराननिर राखिएको घडीमा परेका थिए । बिहानको चार बजिसकेको थियो ।
“के भयो † मिलन राजालाई के भयो †” आभास बिरालो भए ठाउ“मा पुगेर उसलाई सधै“ झै“ छातीमा टा“सेर ड्ढकाउ“दै थियो । बिरालो पनि आमाका काखमा पुगेको रु“दारु“दैको बच्चोजस्तो भएर चुप लागेको थियो । आभासको छातीमा टा“सिएको बिरालोलाई देखेर आपूmमा पैदा भएको असहजपनलाई लुकाउ“दै नीलाले निदाएजस्तो गरेर आ“खा चिम्लिरही ।
केहीबेर छातीमा टा“सेर कोठामा यताउति डुलाएपछि आभासले बिरालोलाई पुनः उसैको पलङमा हालिदिको थियो । त्यसपछि ऊ बत्ती निभाएर आÏनो बिछ्यौनामा आएर सरक्क सुतेको थियो । एकैछिन पनि बितेको थिएन≤ पुनः बिरालो “म्याउ“म्याउ“” गर्न लाग्यो । आभास जुरुक्क उठ्यो, बत्ती बाल्यो, बिरालो बोक्यो र बत्ती निभाएर कोठाबाट बाहिर निस्क्यो ।
अब नीला बिछ्यौनामा र कोठामा समेत एक्लै भएकी थिई । “बिरालोलाई त्यसको कोठामा छोडेर आभास आउ“छ होला †” नीलाले यस्तै सोचेकी थिई र ऊ आभासको प्रतीक्षामा बसिरही, तर समय क्रमशः रित्तै बितिर≈यो ।
बिहान झलमल्ल घाम लाग्दासम्म पनि आभास नीला नजिक आएन । रातभरिजसो निदाउन नसकेको अवस्थाको आलस्य बोकेर भए पनि आज नीलाले अड्ढिस जानैपथ्र्यो । त्यसो त ड्ढोनमा सूचना गरेर पनि बिदा बढाउन नसकिने होइन । तर किन र कसका लागि बिदा लिने ? उसले मनमनै प्रश्न पनि गरी । अब उसले अड्ढिस नै जानुपर्छ । आÏनो निर्णयका कारण उसको शरीरमा केही मात्रामा स्पूmर्ति पनि आएको थियो ।
ऊ जुरुक्क उठी, नित्यकर्म सकी र कार्यालय जाने तयारीमा जुटी । नीला अड्ढिसका लागि रेडी भइसक्दा पनि आभासको नाकमुख उसले देखेकी थिइन । नीला बैठकमा पुगेर आभासको खोजी गर्न मात्र लागेकी थिई । त्यसै बेला मूल गेट खोलेको आवाज आयो । नीलाका आ“खा मूलद्वारमै पुगे । घरको मोटर आएको थियो । मङ्गलमान पनि आभासस“गै थियो ।
“हेरन नीला † यसलाई चेकअप गराउन डा.दत्तकहा“ पुगेर आएको । यसलाई भएको भाइरल इन्ड्ढेक्सनका कारण अझै एक हप्तासम्म औषधी खुवाउनुपर्छ भनेको छ ।” आभासले बडो चिन्तित भएर भनेको थियो । बिरालो छातीमा टा“सेर आÏना अगाडि आइपुगेको आभासका अनुहारमा नीलालाई हेर्न पनि मन लागेको थिएन । “म अड्ढिस जान लागेकी” नीलाले निराश आवाजमा आÏनाबारे जानकारी प्रस्तुत गरेकी थिई । “तिमीले बे्रकड्ढास्ट खायौ ? लन्च त अड्ढिसमै गछ्र्यौ होइन ?” आभासले पनि नीलाको जानकारी लिन खोजेको थियो । नीलाले आभासको पछिल्लो

प्रश्नका लागि टाउको हल्लाएर स्वीकृतिसूचक जवाड्ढ दिएकी थिई र आभासले आÏना दुवै प्रसङ्गको सकारात्मक जवाड्ढ पाएको ठहर गरेको थियो ।
आभासस“ग बिदा भएर नीला घरबाट पहिलोपल्ट अड्ढिसतिर भोकै लागेकी थिई । “नीला † तिमी अड्ढिसबाट चा“डो घर आऊ है † मलाई तिमी नहु“दा नरमाइलो लाग्छ ।” आभासले नीलालाई अड्ढिस पठाउने बेलामा अ“गालोमा राखेर भन्नेछ । यो नीलाको मीठो कल्पना थियो । आभास उसलाई अड्ढिस पु¥याउन पनि आड्ढै“ मोटर हा“केर आउला । आ“खाभरि विरहको उदासी बोकेर अड्ढिसको गेटमा उसलाई पु¥याउने आभासस“ग छुट्टिन नीलालाई पनि गाह्रो पर्ला । यस्तै अपेक्षा बोकेकी थिई नीलाले ।
“हेमराज † रानीसाहेबलाई अड्ढिस पु¥याएर आऊ” आभासले आÏनो ड्राइभरलाई अह्राएको थियो । त्यसपछि नीलालाई हात हल्लाएर बिदा गर्दै छातीमा बिरालो च्यापेर आभास घरभित्र पसेको थियो ।
मनमा अथाह वेदनाको भारी बोक्दै नीला हेमराजले हा“केको मोटरमा चढेर अड्ढिस पुगेकी थिई ।

“कस्तो भयो त हनिमुन ? तिमीले किन लामो बिदा नलिएकी मोरी † एकबारको जिन्दगीमा रमाइलो गरिहाल्नुपर्छ नीलु †” उर्मिलाले उत्ताउलि“दै भनेकी थिई । कसैलाई नडाकी, कुनै सुइ“को नदिई गरेको नीलाको बिहेको समाचार किल्किले नभएकी उर्मिलाका कारण अड्ढिसमा सनसनीपूर्ण समाचार भइसकेको रहेछ । “नीला जी, यस्तो त भएन नि † हामीलाई भोजै नखुवाई सुटुक्क आपूmमात्र रमाइलो गर्ने ?” अड्ढिसका सबै सहकर्मीहरूको एकैखाले भनाइ थियो ।
यस्तो बेला खुसी छचल्किएर कहा“ पोखू“ हुनुपर्ने नीला भने आपूmभित्र पीडा उमारेर आÏनै लागि दयनीय भएकी थिई । उसको दर्द कसैलाई बा“ड्न सकिने पनि थिएन । त्यसैले यस बेला नीलाले आÏना ओठमा जबर्जस्ती मुस्कान ड्ढैलाउनुबाहेक केही गर्नसकेकी थिइन ।
कार्यालयको काममा व्यस्त भएको समय नीलाका लागि आत्मपीडाबाट केही राहतको उपायझै“ भएको थियो । लन्चआवरमा भने ऊ पुनः साथीभाइहरूको ठट्टारमाइलोको केन्द्रविन्दु नै भएकी थिई ।
“नीलाको त रौनक नै भिन्नै भएछ नि †”
“नीलाजीलाई अब छोड्नुहुन्न≤ उहा“ले भोज खुवाउनै पर्छ ।”
“हाम्रो मिस्टर नीलाजीलाई पनि हेर्नुप¥यो नि †”
“नीलाजीको हनिमुन कता नि †”
“निकै धनी हुनुहुन्छ रे मिस्टर नीलाजी † हङकङ, बैङ्कक, सिङ्गापुरतिरै होला हनिमुन †”
“नीलाजी हामीलाई पनि सम्झनुस् है † बैङ्कक छिट्टै जानुभयो भने म पनि एकदुइटा सामान झिकाउ“छु≤ मस“ग डलर रेडी छ ।”
विभिन्न कुराहरू, मान्छेमान्छेका कुराकानीले नीलालाई यो आधाघण्टाको लन्चआवर घण्टौ“को भएजसरी बितेको थियो ।
“किन नीला तेरो अनुहार ज्यादै मलिन छ नि † आ“खा पनि रातभरि जागै बसेजस्ता छन् । यो आभासले¬” उर्मिलाले लन्च सकिएपछि एकान्त पारेर सोधेकी थिई । केही नजिक भएर उर्मिलाले गरेको प्रश्नले नीलाको मनको भित्री अंश छुनछुृन खोजेको थियो । तर आपूmलाई ज्यादै संयमित पार्ने क्रममा अलि कठोर हुन खोजेकी थिई ऊ “त्यस्तो केही होइन≤ टाउको दुखिरहेकाले पनि यस्तो भएको होला †”
“सिटामोल खान त” उर्मिलाले सहानुभूतिपूर्वक सल्लाह दिएकी थिई । “अघि नै खाइसके“” नीलाले अलि तर्कन खोज्दै भनेकी थिई ।

अड्ढिसमा बसुन्जेल बनावटी मुस्कान मुस्काउ“दा मुस्काउ“दै त्यस दिन उसको मुख नै थाकेको थियो । बल्लतल्ल अड्ढिस बिदा हुने बेला भएको थियो । “नीलाजीको त मोटर आइहाल्छ, हामीलाई पो बसको भीडमा घुस्रिनुपर्छ ।” एउटी सहकर्मीले ईष्र्याले ग्रस्त हु“दै नीलालाई हेरेर भनेकी थिई । नभन्दै छ बज्नासाथ अड्ढिस परिसरमा आभासको मोटर प्रवेश गरेको थियो । आआÏनो बाटो लाग्ने तरखरमा रहेका धेरैजसो सहकर्मीले त्यसबेला नीलालाई पुलुक्क हेर्दै मन्द मुस्कान पोखेका थिए ।
ड्राइभिङ्ग सीटमा आभास नै बसेको थियो । यसरी आभास नै मोटर लिएर आएको देख्नासाथ नीला पनि प्रफुल्लित भएकी थिई । “तेरै त चा“दी कटाइ छ मोरी † गर मस्ती । जा जा छिट्टो जा, दिनभरि छोड्नुपर्दा उसलाई कति गाह्रो भयो होला ?” उर्मिलाले उत्ताउलिएर भनेकी थिई ।
“नीला तिमी नहु“दा दिनभरि कस्तो शून्य भयो, तिमीस“ग छुट्टिएर बस्दा सारै नरमाइलो हु“दो रहेछ ।” आभासको मोटरतिर जा“दा नीलाले पनि आभासबाट यस्तो अपेक्षा गरेकी थिई । नीला मोटरको ढोका खोलेर भित्र बसिसकेकी थिई र आभासले एकपल्ट उसको अनुहारमा पुलुक्क हेरेर केही हा“स्न मात्रै खोज्यो र मोटर स्टार्ट ग¥यो । “हेर न, मिलनको औषधी सकिएको रहेछ । त्यसैले औषधी पनि किन्नुप¥यो र तिमीलाई पनि लिएर जानुप¥यो भनेर म आएको । हेमराजले तिमीलाई लिन भनेर गाडी स्टार्ट गरिसकेको थियो । त्यसै बेला मैले मिलनको औषधी किन्नुपर्ने कुरा सम्झे“ । उनीहरूलाई औषधी लिन पठाउ“दा अर्कै औषधी ल्याएर हैरान पार्छन् । त्यसैले मै आएको ।” आपूm आउनाको कारण आभासले खुलस्त पारेको थियो । भूmटै भए पनि “तिमीलाई लिन आएको” मात्र आभासले भनिदिएको भए नीलाको मनको अपेक्षाले भत्कनुको पीडा भोग्नुपर्ने थिएन ।
केहीअघि मात्र आभासलाई देख्दा नीलाभित्र उम्रिएका प्रफुल्लताका बिरुवाहरू हुर्किनै नपाई मरेका थिए । त्यसपछि उसले खुसी भएर आभासका अनुहारमा हेर्न पनि सकिन ।
पशुऔषधी पसलबाट आभासले औषधीहरू किनेर ल्यायो । नीला भने छेउ लगाइएको मोटरमै बसिरही ।
“मिलनलाई छ बजे नै औषधी खुवाउनुपर्ने, हेर न ढीलो भइसक्यो ।” आभासले नाडीघडी हेर्दै भनेपछि मोटरको स्पिड बढाएको थियो ।
उनीहरू घरपरिसरमा पुग्दा सा“झको अ“ध्यारोले छपक्कै छोप्न लागेको थियो । बिजुलीबत्ती बलिसकेको थियो । बिजुलीबत्तीको झलमल्लले रात परिसकेको सूचना दिइरहेको थियो ।
नीला थकाइले लखतरान भएर आÏनो कोठातिर लागेकी थिई भने आभास बिरालाको कोठाभित्र पसेको थियो । कोठामा पुगेर लुगा पनि नड्ढेरी नीला पलङमा डङरङ्ङ पल्टेकी थिई । आपूm यतिविधि थाकेको कुरा नीलालाई अड्ढिसमा थाहा थिएन । यस बेला उसलाई कसैस“ग नबोलू“ र चुपचाप सुतिरहू“जस्तो लागेको थियो । ऊ लखतरान परेकी थिई ।
“रानीसाहेब † राजाले चिया ज्यूनार गर्न बोलाइबक्सेको छ ।” दलबहादुरदाइको छोरो सुरेश कोठाको ढोकामा उभिएको थियो । नीला झन्नैझन्नै निदाउन लागेकी थिई । “ह“, के भयो ह“ ?” नीलाले आत्ति“दै सोधेकी थिई । उसले आपूm आउनाको कारण पुनः दोहो¥याएपछि नीला मन नभईनभई पनि यन्त्रचालित झै“ उठेर सुरेशको पछि लागेकी थिई ।
आभास बैठककोठामै एउटा सोड्ढामा बसेको थियो । त्यही“ नजिकै भुइ“मा मङ्गलमान बिरालो खेलाउ“दै थियो ।
नीला पुग्दा नपुग्दै दलबहादुर दाइ चियाको सर्दाम बोकेर उपस्थित भएका थिए । सधै“ झै“ चिया नीलाले नै बनाएकी थिई । चिया बनाउ“दा बनाउ“दै उसको ध्यान आÏनो कपडामा गएको थियो । ऊ अझसम्म अड्ढिसकै युनिड्ढर्ममा थिई । “नीला तिमीले किन लुगा नड्ढेरेको †” अब आभासले सोध्नेछ । ऊ सम्भावित जवाड्ढ खोजेर पर्खिरही, तर आभासले सोधेन≤ अह“ राम्रोस“ग हेर्दा पनि हेरेन । दुवैले चिया पिइरहे । त्यसपछिको समय गह्रु“गो भएर बितेको थियो । आभास त्यसैबेला टेलिभिजनको आपूmलाई मनपर्ने जियोग्राड्ढिकल च्यानल खोलेर मस्त भएको थियो । नीलाले आपूmलाई पनि त्यही च्यानलमा डुबाउने प्रयत्न गरेकी थिई, तर ऊ निरर्थक भई । एकनास टेलिभिजन हेरिरहेको आभासलाई उसका आ“खा छलेर नीलाले हेरेकी थिई । उसमा कुनै परिवर्तन थिएन ।

हिजोको आभास र आजको आभासमा रत्तीभरको पनि परिवर्तन देखि“दैन । तर किन नीलालाई आभास अर्कैजस्तो लागिर≈यो≤ एकदमै पराईजस्तो आभास देखी उसले ।
“नीला † जिन्दगीको यस मोडमा तिमी मेरो साथ हु“दा मलाई जिन्दगी सारै रमाइलो लागेको छ । अब तिमीविनाको जीवनको कल्पना पनि म गर्न सक्तिन“ ।” त्यसै बेला आभासले भनेजस्तो लाग्यो नीलालाई । उसले आभासलाई ठह¥याउने गरी हेरी । तर आभास भने टेलिभिजनमा देखाइएका जनावरहरूमै डुबेको थियो । टेलिभिजनको आवाजबाहेकको त्यो समय निःशब्द थियो र त्यस समयले दिएको पीडाबाट आहत नीलाको अबचेतनको क्रन्दनले नीला बिथोलि“दै गएकी थिई ।
आभासको आपूmप्रतिको पलायनलाई नीलाले खप्न सकिन । त्यसैले ऊ त्यहा“बाट उठेर हि“डेकी थिई । “नीला † यही“ बस न, तिम्रो अनुपस्थितिमा यो टेलिभिजनको कुनै आकर्षण हुनेछैन ।” आभासले नीलाको हात च्याप्प समातेर उसलाई आपूmस“गै बसालेको कल्पना पनि नीलाले गरी, तर यो पनि उसको कल्पना मात्रै र≈यो । आÏनो कल्पनाप्रति लालायित हु“दै नीला थाकेको गतिमा अन्ततः त्यहा“बाट हि“डेकी थिई । आÏनो तुहेको अपेक्षाको बोझले गलेकी नीलाले जा“दाजा“दै पनि आभासलाई हेरेकी थिई, तर आभासले टेलिभिजनबाट आ“खा अलिकति पनि नीलातिर ड्ढर्काएको थिएन । त्यसबेला नीलालाई लाग्यो, आभासलाई ऊ हुनुको र नहुनुको खास अर्थ रहेनछ ।
“रानीसाहेब, यति थोरै किन ज्यूनार गरिबक्सेको ? मीठो भएन कि ?” त्यस बेलुकी दलबहादुर दाइले नीलालाई सोधेका थिए । “होइन दलबहादुर दाइ, आज मलाई भोक नै छैन ।” नीलाले जवाड्ढ दिएकी थिई । “दलबहादुर दाइ, मिलनलाई दूध ठीक पार त । उसलाई औषधी खुवाउनेबित्तिकै दूध खुवाउनुपर्छ । बिहानको भन्दा अलि बढी हाल्नू है † त्यो भोकायो पनि होला ।” आभासले आपूmले खा“दाखा“दै दलबहादुर दाइलाई निर्देशन दिएको थियो ।
“नीला, तिमीले किन यति थोरै खाएकी † तिमीले नखाए म पनि खान्न“≤ कि तिमीलाई सन्चो छैन ? चेहरा पनि मलिन देख्छु ।” नीलाको कुण्ठित अपेक्षा अझै पनि आभासको उसप्रतिको समर्पणको भोकमा थियो । तर दलबहादुर दाइले भनेका शब्दहरूको सत्य जा“च गर्ने चाहना पनि आभासले यथार्थमा लिएको थिएन । उसले नीलाका थालतिर हेर्दा पनि हेरेन । लामो बसयात्रामा यात्रा गर्ने विविध दिशाका यात्रुहरूले कुनै होटलको एउटै टेबुलमा खाना खाए जसरी नै त्यस बेला उनीहरूले पनि खाएका थिए ।
नीला खाना खाएपछि सुत्ने कोठातिर लागी भने आभास बिरालाको कोठातिर लागेको थियो ।
“तिमी निदायौ ?” विगत रातहरूको अनिद्राले गर्दा पनि नीला त्यस रात सा“च्चै नै निदाइसकेकी थिई । आभासले अ“गालोमा बेरेको क्षण ऊ बिउ“झिन पुगेकी थिई । नीलाको अपेक्षा ढीलै भए पनि पूरा गर्न आइपुगेको आभासका बलिष्ठ पाखुरालाई उसले ह्दयबाट नै स्वागत गरी । यति दिनदेखि आभासका विरुद्ध आपूmभित्र पलाएका विचारहरूलाई पनि उसले त्यसै बेला लघारेकी थिई । नीला धेरै दिनपछि आभासको बाहुपाशमा निर्धक्क हुन खोज्दै थिई । उसको हराएको स्वर्णिम सुख ऊ नजिक आउन लागेको थियो ।
“म्याउ“ † म्याउ“ † म्याउ“ † म्याउ“ †”
प्राप्तिको नजिक नजिक पुग्न लागेका बखत बिरालाको आवाजले आभास नीलाबाट अलग्गियो । आकाशको माथिल्लो सतह छुन लागेको चङ्गा चु“डिएको अनुभूतिले मर्मान्त भई नीला । भोकाएको बेला मुखमा हालिसकेको गा“स थुतिएझै“ भयो उसलाई । “एकैछिन है, मिलनलाई के भयो ?” बिरालाको पलङतिर हानि“दै आभासले भनेको थियो । कोठाको ठूलो बत्ती बालेर आभास बिरालोमा केन्द्रित भएको थियो ।
अप्राप्तिजन्य पीडाको मर्मले छटपटिएकी नीलाले आभासलाई नजाऊ भनेर रोक्न पनि सकिन र ऊ गएको सत्यलाई हार्दिकतापूर्वक स्वीकार गर्न पनि सकिन । आÏनै शरीरको जलन र मनको आगाको Âापमा नीला छटपटिइरही मात्रै ।
“हेरन, आÏनी आमाको सम्झना आयो होला त्यसलाई । यत्तिकै कराएको रहेछ, दूधदानी मुखमा हालिदिए“, अहिले चुसेर सुतेको छ ।” आभासले आपूmलाई पूर्वअवस्थामा पु¥याउने प्रयत्न गर्दै भनेको थियो ।

बिजुलीद्वारा सञ्चालित अटोमेटिक मेसिन जस्तै ऊ तुरुन्तै आÏनो पूर्वक्रियामा जुटेको थियो तर नीलाले आपूmलाई कसै गरे पनि पूर्व अवस्थामा पु¥याउन सकिन ।
एक्लो आनन्दप्राप्तिपछि आभास एकैछिनमा मस्त निद्रामा पुगेको थियो र नीला भने अप्राप्तिको दाहमा रातभरि भतभती सल्किरही । थाहा छैन रातको पछिल्लो पहरमा पनि ऊ कतिखेर निदाई †



छैटौं दिन



“नीला, तिम्री छोरी स्मृतिले ड्ढोन गरेकी छिन्” बिहानै आभासले उसलाई उठाउ“दै भनेको थियो । त्यसपछि नीला हत्तपत्त सिरानको टेबुलमा भएको ड्ढोन उठाउन पुगेकी थिई । “मामु † हाउ आर यू, आर यू ओके ?” स्मृति बोल्दै थिई । “हेर न आज राति मैले तिमीलाई सपनामा एकदमै हा“सिरहेको देखे“ । तिमीले भनेको सपनामा हा“सेको देख्दा नराम्रो हुन्छ भन्ने सम्झेर तिमीलाई ड्ढोन गर्न मन लाग्यो ।” ड्ढोनमा उताबाट आएको स्मृतिको मायालु आवाज उसले सुनिरही । “भनन मामु, आर यू ≈यापी ?” स्मृति प्रश्न गर्दै थिई । नीलाले ड्ढोन उठाउनासाथ “स्मृति †” भन्नुबाहेक कुनै शब्द बोलेकी थिइन । अब झनै ऊ भक्कानिएर बोल्नै नसक्ने भएकी थिई । उसले स्मृतिलाई कुनै जवाड्ढ दिन सकिन । “मामु के भयो तिमीलाई ? तिमी आज दिउ“सो मेरो टिड्ढिन टाइममा स्कुलमा आऊ ल † प्रिन्सिपलस“ग रिक्वेस्ट गरेर मलाई भेट ल ? मैले अहिले राखे“ ।” त्यसपछि ड्ढोनको लाइन काटिएको थियो । लाइन काटिइसकेको ड्ढोन हातमा लिएर नीला धेरैबेर त्यत्तिकै सुतिरही । नीलाका आ“खाबाट आ“सु बगिरहेका थिए भने वेदनाको गा“ठो परेर उसको मनको भित्री तहमा उसलाई दुःखिरहेको थियो ।
जहिले र जतिखेर पनि उसकै सुखको मात्र चिन्ता गर्ने स्मृतिको सम्झनाले उसलाई धेरै बेरसम्म रुवाई नै र≈यो । “मैले उसको सुख कहिल्यै सोचिन“≤ आÏनो सुखप्राप्तिका पछाडि दौडिरहे“ । मेरो सुखचाहि“ सीताले रामलाई लिन पठाएको स्वर्णमृगजस्तै भयो ।” नीलाका आ“खाबाट थप आ“सु बगाउन उसैका विचारहरू पनि प्रयत्नरत थिए ।
“म किन स्मृतिस“ग नबोलेकी हु“ला † उसले अब कति पीर मान्नेछ । हे भगवान् † अब म के गरू“ ? स्कुलमा ड्ढोन भए पनि विद्यार्थीलाई ड्ढोनमा बोलाउ“दै बोलाउ“दैनन् ।” केही अघि स्मृतिस“ग ड्ढोनमा बोल्न नसकेको पछुतोले अब उसलाई सताउन थालेको थियो । “किन म जे कुरा पनि समय बितिसकेपछि मात्रै बुझ्छु≤ जब बुझ्छु बुझेको पनि कुनै अर्थ हु“दैन ।”
“अड्ढिसबाट लन्च आवरमा स्मृतिलाई भेटेर आउनुप¥यो ।” नीलाले मनमनमा ठहर गरी । स्मृतिलाई भेट्न जाने कल्पना मात्रले पनि उसको शरीरमा स्पूmर्ति आयो । ऊ उठेर नित्यकर्ममा लागी ।
नीला चङ्गा भइसक्ता नसक्तै आभास पनि उसको बिरालोलाई बिहानको ताजा हावा खुवाएर आइपुगेको थियो । “ए तिमी त रेडी भइसकिछौ≤ म पनि फ्रेस भइहाल्छु है † अनि स“गै ब्रेकड्ढास्ट खाने ।” आभासले उसलाई देखेर भनेको थियो ।
आभास तयार भएर आउन्जेल नीला आजका अखबारहरूमा अलमलिएकी थिई । “तिमीलाई ढीलो भयो होला हैन ? ल जाऔ“ ।” त्यसपछि उनीहरू डाइनिङ रुममा गएका थिए ।
“म तिमीलाई पु¥याउन जान्छु” ब्रेकड्ढास्ट खा“दाखा“दै आभासले भनेको थियो । आभासका कुरा सुन्नासाथ नीलाको ओइलाएर झर्न आ“टेको मन पनि जाग्न खोजेको थियो । निमेषभरमै आमूल परिवर्तन हुन सक्ने आÏनो मन देखेर ऊ आड्ढै“ छक्क पनि परेकी थिई । पुलकित मनका कारण अचानक आपूmमा भरिएको उत्साह स“गाल्दै ऊ मोटरसम्म पुगेकी थिई । “हेर न, हि“ड्ने बेलामा यो पछि लाग्यो । यसलाई पनि मोटरको बानी पार्नुप¥यो ।” मोटरमा ड्राइभिङ्ग सीटमा बस्न लागेको आभासका छातीमा उसको बिरालो टा“सिएको थियो । त्यो दृश्यले नीलाको एकैछिनअघि उम्रिएर पलाउन लागेको उत्साह ड्ढेरि ओइलायो । उसको अनुहारमा केही क्षणअघि मात्रै देखापरेको चहक
९घड०
झ्याप्प निभेको थियो । “एकैछिन पनि बिरालो नभई हु“दैन यसलाई, कस्तो वाहियात मानिस रहेछ †” नीला आक्रोशित समेत भएकी थिई । तर मनमा जत्रै आ“धीहुरी चले पनि नीला आपूmलाई संयमित पारेर, सबै कुरा लुकाएर सामान्य अवस्थामै रही ।
आÏनो आक्रोश आपूmभित्रै बलपूर्वक दबाउने प्रयत्नमा ऊ केही शिथिल पनि भएकी थिई ।
नीलाको अड्ढिस आइपुगेको थियो । नीला भारी मन बोकेर मोटरबाट ओर्लेकी थिई । आभास र नीलाका बीचमा बिरालो बसेको थियो । नीला ओर्लेपछि बिरालो र आभास मात्रै मोटरमा थिए । नीलाले मन नपराएको दृष्टिले बिरालोलाई हेरी र आभासलाई पनि हेरी । आभास हा“सिरहेको थियो । नीलाले पनि उसको हा“सोको प्रतिउत्तरमा हा“स्न खोजी र जबर्जस्ती ओठमा मुस्कान ल्याएर आभासलाई औपचारिक बिदाइ गर्न हात पनि हल्लाएकी थिई ।
“मिस्टर नीलाजी त ≈यान्डसम पनि हुनुह“ुदोरहेछ नि †”
“नीलाजीभन्दा भाग्यमानी को होला र † धन र रूप दुवै भएको मान्छे पाउनु चानचुने कुरा हो र †”
नीला मोटरबाट ओर्लेको दृश्य हेरिरहेका उसका केही सहकर्मीहरूका भनाइ पालैस“ग उसैतड्र्ढ लक्षित थिए । नीला भने निर्विकार भावले आÏनो कार्यव्यस्ततामा अलमलिन खोजिरहेकी थिई ।



सातौं दिन



बिहान नीला बिउ“झि“दा कोठामा निकै उज्यालो पसिसकेको थियो । बिहानको घाम पनि निकै चर्को भएको थियो, बाक्लो पर्दा पनि छिचोलेर कोठामा घाम पसेको थियो । आÏनै बिछ्यौना नियाल्न पुगे नीलाका ऑखा । बिछ्यौनाको आभास सुतेको भाग रित्तो थियो । ऊ कुन बेला उठ््यो ? नीलालाई पत्तो भएन । “मेरी रानी † बिहान पनि बित्न लाग्यो” बिहे गरेको दोस्रो दिनको बिहान नीलाका ओठमा चुम्बन गरेर आभासले उसको निद्रा बिउ“झाएको घटनाको मृदु स्मृति भएर आयो उसलाई ।
त्यसै बेला उसका आ“खा पलङको सिरानीमा भएको घडीमा परे≤ सानो का“टाले आठको अङ्क पनि नाघिसकेको थियो । “आज अड्ढिस नजानुप¥यो” नीलाभित्र त्यसै त्यसै आलस्यले जरा गाड््यो । पलङकै टेबुलमा भएको टेलिड्ढोनबाट नीलाले आÏनो इन्चार्ज रघुजीलाई जानकारी गराई । भोलि पनि नआउने कुरा गरेपछि उनले सोमबारको निधो मागे । नीलाले सोमबार पक्का अड्ढिस आउने निर्णय दिई । त्यसपछि नीलाले आपूm निक्कै फुर्सदिलो भएको अनुभूति गरी ।
“आभास के गर्दै होला ?” मनले प्रश्न गरेपछि नीला अनायास कोठाको बगै“चापट्टि खुल्ने झ्यालमा पुगेकी थिई । पर्दा उघार्नासाथ नीलाका आ“खा आभासका ढाडमा गएर ठोक्किए । आभास उसको बिरालोस“ग तन्मय भएको थियो । आभासको बगै“चा पनि रमाइलो थियो । ड्ढागुन महिनाको अन्तिमतिर काठमाडौ“का बगै“चामा बहार आउ“छ । पुस र माघको चिसो याममा कठ्याङ्ग्रिएका बोटबिरुवाहरू ड्ढागुनको न्यानो पाउनासाथ रमाएर आङ तन्काउन थाल्छन् । त्यसैले बिहानको घाम तापेर पूmलबारीको आनन्द लि“दा एउटा स्वर्गीय अनुभूति हुने गर्छ । तर यो आनन्दको अनुभूति भन्ने कुरा पनि मनको खुसी र दुःखस“ग गा“सिएको हु“दो रहेछ । मान्छेको मनमा वैराग्यको बोलबाला भएका बेला जस्तोसुकै रमाइलोले पनि आनन्द सञ्चार गर्न सक्तो रहेनछ ।
आज पनि आभासको पूmलबारीमा आउ“दै गरेको बहारले नीलालाई कुनै आनन्दको अनुभूति गराउन सकेन । बिरालोस“ग तन्मयता गा“सेको आभासलाई देखेर कसोकसो डा“को छोडेर रू“रू“ जस्तो लाग्यो नीलालाई ।
पर्दा उघारे पनि धेरै बेरसम्म पूmलबारीको दृश्य उसले हेरिरहन सकिन । नीलाभित्र पूmलबारीको हावास“गस“गै नमीठोपन पनि प्रवेश गरिसकेको थियो ।
गलेको शरीरको भारी उसले पुनः आÏनो बिछ्यौनामा बिसाई ।

“नीलु † तिमीलाई ढीलो भएन आज ?” हस्याङड्ढस्याङ गर्दै आभास कोठामा आएको थियो । “नीलु † मिल्छ भने आज एक दिनको बिदा लेऊ न≤ तिमी र म आज कतै घुम्न जानुपर्छ ।” आभासले अ“गालामा राखेर यसो भन्नेछ भन्ने अपेक्षाले तुरुन्तै गा“जेको थियो नीलालाई । “नीलु † के तिमीलाई सन्चो भएन ?” प्रत्यक्षतः आभासले नीलाको निधार छामेको थियो । नीला भने आ“खा चिम्लिएर सुति नै रहेकी थिई । “मैले आज अड्ढिस बिदा लिएकी छु” नीलाले आ“खा चिम्लिएर नै जवाड्ढ दिएकी थिई । आ“खा खोलेर आभासको अनुहार हेर्ने मोह पनि पटक्कै भएन उसलाई । “तिमी फ्रेस हुने होइन ? म जाऊ“ बाथरुम ?” आभासले नीलास“ग अनुमति लि“दा नलि“दै शौचालयतड्र्ढ प्रवेश गरेको थियो । आभास शौचालयबाट निवृत्त भएर निस्क“दा पनि नीला भने बिछ्यौनामा उही अवस्था र गतिमा थिई ।
“नीलु † तिमी पनि फ्रेस भएर आइहाल, भोक लागेको छ ब्रेकड्ढास्ट खाइहाल्नुपर्छ । मिलनलाई दूध खुवाउन मङ्गलेलाई म अह्राउ“छु ।” आभास नीलास“ग बोल्दानबोल्दै कोठाबाट बाहिरिएको थियो । आभास बाहिर निस्किएपछि पनि धेरैबेर नीलाले आभास त्यही बाटोबाट ड्ढर्कने आशामा त्यतै हेरिरही । “मेरी नीलु † तिमीविनाको यो बिहान ज्यादै निरस बित्यो । बिन्ती, अब अबेर नगर≤ आज हामी साथै रमाउने ।” आभास ड्ढर्केर आउनेछ र नीलाका गाला, ओठ, निधार र यत्रतत्र चुम्बन गरेर आÏनो भरखरै मात्र नुहाएको केशको चिसोपनले नीलालाई ताजा पार्नेछ । नीलाले चाह“दानचाह“दै पनि ड्ढेरि पनि यस्तो कल्पना गरी । तर यसपालि पनि उसको कल्पना कल्पनाकै घेराभित्र मात्र र≈यो । अर्थात् त्यसो हु“दै भएन≤ ऊ आएन, आउ“दै आएन ।
“रानीसाहेब, राजाले बे्रकड्ढास्ट खाइस्यो रे † हजुर नुहाएर ब्रेकड्ढास्ट खान गइस्यो रे † राजा मिलनलाई लिएर डाक्टर देखाउन गैस्यो भन्दिनू भनिस्या’छ ।” सुरेशले कोठाको ढोकैबाट समाचार सुनाएर ड्ढर्केको थियो । त्यो केटो तुरुन्त आएर तुरुन्तै ड्ढर्केको पनि थियो ।
ऊ गइसकेको भए तापनि उसले बोलेको आवाजको तरङ्ग भने नीलाका कानभित्रबाट मनको कुनै कुन्तरमा पसिसकेको थियो । आशाको ससानो त्यान्द्रो पनि चु“डिएको मनस्थितिमा नीला बिछ्यौनाबाट जुरुक्क उठेकी थिई । लक्ष्यविहीन हुन खोजेका उसका पाइलाहरू शौचालयतड्र्ढ लागेका थिए ।
सुरेश त्यसपछि पनि ब्रेकड्ढास्टको निम्तो गर्न आएको थियो । एकैचोटि भात खाने सूचना दिएर नीला बिछ्यौनामै ढल्केकी थिई । नुहाइधुवाइ सकेर केहीबेर ध्यानमा बस्ने आÏनो आदतअनुसार आज पनि ऊ ध्यानमा बसेकी थिई । तर मनस्थितिमा आ“धीबेहरी दौडिरहेकाले उसको ध्यान पटक्कै एकत्रित हुन सकेको थिएन । केहीबेरको असड्ढल प्रयत्नपछि उसले आपूmलाई ध्यानको आडम्बरमा बा“ध्न उपयुक्त पनि ठानिन ।
“तिमी सुखी भएको हेर्न चाहन्छु, मम्मी, तिमी सुखी हुनुपर्छ ।” स्मृतिले भनेका शब्दहरू नीलाका मनभित्र आइरहे ।
“के म आभासस“ग सुखी हुन सक्छु ?” नीलाले पहिलोपल्ट आपूmले आड्ढै“स“ग प्रश्न गरी । यो प्रश्नको उत्तर नीलाको अन्तर्मनले उसलाई दिन सकेन । प्रश्नलाई आड्ढै“भित्र खेलाएर सम्भावित उत्तरहरू खोज्नमा नीलाको मनस्थिति प्रयत्नरत र≈यो ।
“रानीसाहेब, भुजा ज्यूनार गर्न सवारी होस् अरे † राजा डाइनिङ रुममा होइसिन्छ ।” पुनः सुरेश नै निम्तो बोकेर आएको थियो ।
“हेर न, मिलनलाई तागतको औषधि लेखिदेऊ भनेर डाक्टर दत्तकहा“ लगेको थिए“ । उसले लेखी त दियो तर त्यो औषधि कतै पाइएन । अब भात खानेबित्तिकै म पाटन र भक्तपुरका औषधि पसलमा यो औषधि खोज्न जान्छु । तिमी मस“ग जाने हो ?” नीला डाइनिङ टेबुलमा पुग्नासाथजसो आभासले भनेको थियो । “होइन म आज कतै नजाने, आज आराम गरेर बस्छु ।” नीलाले आभासको अनुहारमा नहेरी भनेकी थिई । दलबहादुर दाइले खानाका विशेष परिकारहरूले टेबल सजाएका थिए । नीलाले नाममात्रैको खाना आÏनो थालमा हालेकी थिई । आभासले उसको सधै“को मात्राअनुसारको खाद्यपदार्थ आÏनो थालमा भरेर खान पनि थालिसकेको थियो ।

“किन र रानीसाहेब, हजुरलाई मैले तयार गरेको खानेकुरा मीठो लागेन कि ? किन होला नारायणघाटबाट ड्ढर्केर आइबक्सेपछि हजुरले मन लगाएर भुजा ज्यूनार गरिबक्सेकै छैन । केही उचनीच भएको भए क्षमा पाऊ“ । हजुरको रुचिको जानकारी पाए त्यसैअनुरूपको भान्सा तयार गर्ने थिए“ ।” दलबहादुर दाइले अत्यन्तै विनम्रतासाथ नीलाबारेको आÏनो अनुसन्धान प्रस्तुत गरेका थिए ।
दलबहादुर दाइले नीलाका बारे उल्लेख गरेका कुराहरू अर्थात् विगत चार दिनदेखि उसले खाना खाने कुरामा रुचि नलिएको कुरा सत्य थियो । आपूmलाई माया गरेर, आÏनाबारे चासो राखेर दलबहादुर दाइले कुरा मात्र गरिदि“दा ती कुराले नीलाका अन्तरमनको कुनै कोमल मांसपेशी बेस्सरी दुखेको थियो । “होइन दाइ, त्यस्तो केही होइन≤ तपाईंले तयार गर्नुभएको खानामा कुनै दोष छैन । मलाई नै खानमा रुचि नभएको मात्रै हो ।” नीलाले भित्रभित्रै झन्नै पग्लन खोज्दै भनेकी थिई । “शरीर बिसन्चो भयो कि ? डाक्टरस“ग जा“च पो गराउनुपर्छ कि ?” दलबहादुर दाइले थप आत्मीयता प्रकट गरेका थिए ।
“होइन, त्यस्तो बिसन्चो पनि केही छैन ।” नीलाले टार्न खोजेर भनेकी थिई ।
दलबहादुर दाइको नीलाप्रतिको स्नेहपूर्ण व्यवहारले नीलालाई भाववि≈वल पारेको थियो । “आभासले मलाई यही कुरा भनेको भए ? उसले पनि मैले खाएनखाएको विचार गरेको भए ?” दलबहादुर दाइले गरेको मायालु खोजीनीतिले नीलालाई पुनः आभासप्रति उपेक्षित पारेको थियो । प्रत्यक्षतः आभासले दलबहादुर दाइले नीलास“ग गरेका कुराकानीस“ग पनि कुनै सरोकार राखेको थिएन । खानाको स्वादमा डुबेर ऊ एकनास खाइरहेको थियो । “हि“ड, आजै डाक्टरलाई देखाइहाल्नुपर्छ, यस्तो कुरामा बेवास्ता गर्नै हुन्न ।” बिहे गर्नुभन्दा एक महिनाअघि नीलाले दा“त दुख्यो भन्नासाथ आभासले नीलालाई तुरुन्तै दा“तको डाक्टरकहा“ पु¥याएको घटना नीलाले सम्झन पुगी ।
“मिलनले मलाई मेरो जिन्दगीको रमाइलो पुनः ड्ढर्काइदिएको छ नीलु † मलाई मिलनलाई भेटेको दिनदेखि यो संसार रमाइलो लागेको छ । मनमतीस“ग म यसरी नै रमाएको थिए“ । रूपाको दुष्टताले गर्दा उसलाई मस“ग छुट्ट्याइदिई । त्यसैले मिलनलाई म एकैछिन पनि आÏनो आ“खाबाट ओझेल पार्न चाहन्न । कसले कुन बेला के गर्छ, त्यो निरीह जीवले केही बुझ्दैन ।” आभासले खाइसकेपछि उनीहरू दुवै बिरालाको कोठाको ढोका अगाडि पुगेका थिए । “हेर न, हिजोआज त यसले पनि मलाई कस्तो पछ्याउ“छ ।” बिरालाको कोठामा प्रवेश गरेको आभासलाई देख्नासाथ सुतिरहेको मिलन म्याउ“ गर्दै आभासको खुट्टामा आएर लुटपुटिएको थियो । “मिलु †” आभासले खुट्टाको बिरालोलाई भावविभोर हु“दै दुई हातले उचालेर छातीमा टा“सेको थियो ।
आभासको यस्तो प्रसन्नतालाई नीलाले भने धेरैबेरसम्म हेर्न सकेकी थिइन । “म कोठामा गए“ है †” नीलाले आभासलाई जानकारी दिएकी थिई तर उसको प्रतिक्रिया सुन्न त्यहा“ पर्खेकी भने थिइन ।
“म आभासस“ग सुखी हुन सक्छु ?” आÏनो बिछ्यौनामा ढल्कनासाथ नीलाभित्रजागृत प्रश्नले उसलाई पुनः गिजोल्न लागेको थियो । “आभास र मेराबीच आएको बिरालोलाई म स्वीकार्न सकु“ला ? आभासले मलाईभन्दा बिरालोलाई माया गर्छ । मिलनस“ग टा“स्सिएको आभासलाई मैले स्वीकार गर्न पनि त सकिरहेकी छैन ।” अनगिन्ती तर्कवितर्कले नीलालाई पछ्याइरहे ।
“म के गरू“ ? यो जीवन र हिजोको मेरो जीवन मेरा लागि कुन राम्रो ? यसरी दिनरात छटपटिएर बा“च्नु राम्रो हो अथवा एकातिर लागेर शान्त भएर बा“च्नु राम्रो हो ? के म आभासलाई तिमी बिरालो र ममध्ये एकलाई रोज भन्न सक्छु ? बिरालोस“गको मेरो प्रतिशोधले आभासका लागि म र रूपाबीच के भिन्नता होला र ? जब म आभासस“ग गा“सिएको उसको बिरालो सहन सक्तिन“ भने आभासले पनि रूपाको पुनरावृत्ति सहन सक्तैन ।” नीलाले आड्ढै“स“ग प्रश्न पनि गरेकी थिई र आड्ढै“ले उत्तर पनि पहिल्याएकी थिई ।
“मलाई आभासको धनसम्पत्तिको आडम्बरी सुख चाहिएको हो या आभासको सम्पूर्ण माया ? अब म के आभासस“ग बिरालोलाई हैन मलाई माया गर भनेर मायाको भीख मागू“ ? अप्रत्याशित आभासले मेरो झोली भरिदियो भने पनि त्यस्तो मागेको मायाले के म तृप्त हुन सकु“ला ?”

“आभासले मलाई जसरी स्वीकारेको छ यही रूपमा सधै“ स्वीकारिरहला । तर के म आभासलाई यही रूपमा स्वीकार्न सक्छु ? सामाजिक धाकरवाड्ढका लागि यदि मैले आभासस“गको मन नपर्दो सम्बन्ध स्वीकारिरहे“ भने पनि म आÏनै लागि रमाएर बा“च्न सकु“ला ?”
“मैले अब आभासस“ग छुट्टिनुपर्छ । मैले आभासस“ग कानुनी बिहे नगरेकाले कानुनी पारपाचुके गर्नु पनि आवश्यक छैन । मैले आभासस“ग छुट्टिनुको कारण कसैलाई भन्न पनि सक्तिन“ । मैले भने“ भने पनि कसैलाई बुझाउन सक्तिन“ । जतिले मैले आभासस“ग बिहे गरेको थाहा पाएका छन्, आभासस“ग अलग्गि“दा तिनीहरूका दृष्टिमा म हास्यास्पद हुनेछु । आभासस“ग छुट्टिएपछि दर्पणस“गको सम्बन्धका लागि पनि मानिसहरूले मलाई नै दोषी ठह¥याउनेछन् । त्यो लाञ्छना भोग्नका लागि पनि मैले आपूmलाई तयार राख्नुपर्छ किनभने म अहिलेको यो पीडाबाट मुक्ति खोज्दै छु ।”
वर्तमानस“गको उन्मुक्तिका लागि आÏनै विचारहरूका जन्जालमा जेलिएको आÏनो अस्तित्वरक्षामा नीला तैनाथ थिई ।
“म अरूका आ“खाले शङ्कास्पद र केही घृणाकै छाया“भित्र देखिउ“ला पनि तर आपूm आÏनै नजरमा भने चोखो हुनेछु । अब म आभासस“ग बस्नु भनेको आभासप्रतिको छल हो र म आड्ढै“स“ग पनि यो छल मात्रै हुनेछ ।” नीला आपूm आड्ढै“स“ग कुरा गरेर केही दह्रो पनि भई ।
त्यसै बेला ड्ढोनको घण्टीले उसको एकान्त भङ्ग गरेको थियो । “त्यहा“ नीलाजी हुनुहुन्छ होला ?” ड्ढोनमा उतापट्टिबाट कुनै पुरुषस्वर आएको थियो । “म बोल्दै छु, यहा“ को बोल्नुभयो ?” अपरिचित आवाजस“ग नीलाले परिचय मागेकी थिई । “हजुर म रामजी शर्मा, हजुरले मस“ग घर किन्ने कुरा गर्नुभएको थियो । अहिले दुईचारओटा Ïल्याटहरू बिक्रीमा भएकाले हजुरस“ग सम्पर्क राखेको ।” त्यस मानिसले आÏनो परिचय र उद्देश्य पनि भनेको थियो । उसले परिचय दि“दा नदि“दै नीलाका सम्झनामा आएको थियो≤ ऊ घरजग्गा बिक्रीवितरण गर्ने दलाल थियो । ड्ढोन हातमा लिएर उसलाई के भनू“को मनस्थितिमा नीला अलमल्ल परिरही । “आज हजुरलाई फुर्सत भए” उताबाट रामजीको आवाज आएको थियो । “घरहरू राम्रा राम्रा छन्, भनेजस्तो घर भन्नेबित्तिकै पाइ“दैन । अहिले भेटिएको बेला, मैले हजुरको अड्ढिसमा ड्ढोन गरेर यो नम्बर पत्ता लगाएको हजुर † हजुरलाई रोजाएर मात्रै अरूलाई देखाउ“छु हजुर † त्यसैले हजुर आजै ¬” रामजी आत्मीयताका साथ बोलिरहेको थियो । उसको व्यावसायिक आत्मीयता पनि यसबेला नीलालाई मन परेको थियो ।
“तपाईंलाई कहा“ भेट्ने ?” नीलाले अनायास सोधेकी थिई । “हजुर बल्खुको चोकमा आइपुग्नुस् ठीक एक बजे≤ अहिले पौने बाह्र बजेको छ ।” उसले भनेको थियो । नीलाले पनि उसले भनेको समय ठह¥याउन घडी हेरेकी थिई । “हुन्छ, म आइपुग्छु” नीलाले निर्णय पनि दिएकी थिई । त्यसपछि नीला तयार भएर त्यहा“बाट फुर्तिलो चालमा निस्किएकी थिई ।
“नीलु † अड्ढिस नजाने भनेको होइन ?” सा“झ नीला घर ड्ढर्केपछि आभासले सोधेको थियो । धेरै दिनपछि आभासको दृष्टि नीलालाई परिचितजस्तो लागेको थियो । तर नीलाले यस कुरामा पटक्कै ध्यानै दिइन । “हेर न, म त दिनभरि मिलनको औषधि खोज्दाखोज्दा हैरान भए“ । दत्तलाई भेट्न पनि दुईपल्ट उसको अस्पतालमा पुगे“ । बल्लतल्ल भेटेर औषधिको नाम ड्ढेरेपछि किनेर ल्याए“ ।” आÏनो प्रश्नको नीलाबाट जवाड्ढ सुन्नुभन्दा पहिले नै आभासले आÏनो बेहोरा प्रस्तुत गरेको थियो । नीलाले कुनै रुचि नभए पनि आभासका कुराहरू सुनिरही, अथवा सुन्नुको बहाना गरिरही ।
“म साथीकहा“ गएकी थिए“ ।” आपूmले आजै घर किनेर दर्तापास पनि गरेर आएको सा“चो कुरा आभासलाई सुनाउन मनै लागेन नीलालाई । त्यसैले आभासस“गको सङ्गतमा नै पहिलोपटक भूmटो बोलेकी थिई नीलाले । यसरी आभासस“ग भूmटो बोलेको क्षण उसभित्र धेरै दिनपछि अर्कै किसिमको आनन्दको लहरले सरर छोएर गएको थियो ।
त्यस बेलुकी पनि सधै“झै“ उनीहरू खाना खाएपछि छुट्टिएका थिए । नीला सुत्ने कोठातिर लागी, आभास बिरालो बोकेर बैठककोठातिर लाग्यो । “तिमीलाई छिट्टै निद्रा लाग्छ, म मिलनलाई औषधि खुवाएर मात्र आउ“छु” छुट्टिने बेलामा आभासले नीलाको ढाडमा धाप मार्दै भनेको थियो ।
“आभास मेरो होइन, हुन पनि सक्तैन । ऊ बिरालाको हो र उसलाई मैले बिरालोबाट खोस्नु पनि हु“दैन ।” सुत्ने कोठामा पस्दापस्दै नीलाको मनले ठहर गरेको थियो ।

त्यस रात पनि नीलाको निद्रित अवस्थामै सधै“झै“ आभासले आÏनो आवश्यकता पूरा गरेको थियो । “नीलु † म तिमीलाई माया गर्छु, धेरै नै माया गर्छु ।” बितेका रातहरूमा झै“ यो वाक्य आभासले त्यस रात पनि दोहो¥याएको थियो । बितेका रातमा यही वाक्यले नीलालाई केही क्षणका लागि भए पनि अभिभूत पार्ने गथ्र्यो । ऊ त्यस क्षणको उन्मादमा दिनभरिको आभासको पराईपन बिर्सिने गर्थी । तर त्यस रात भने आभासको वाक्यले नीलालाई कुनै स्पर्श गर्न सकेन । किनकिन नीलालाई त्यसबेला आभासस“ग प्रतिप्रश्न गर्न मन लाग्यो । “म र मिलनमध्ये कसलाई धेरै माया गर्छौ ?” नीलाले सोधेकी थिई । आभासले के जवाड्ढ दिन्छ भन्ने कुरा पनि नीलालाई थाहा नभएको होइन तर पनि त्यस बेला उसलाई सोध्नै मन लागेको थियो । “उसलाई पनि माया गर्छु । तिमीलाई मैले भनेको होइन, बिरालो मेरो प्रिय जीव हो । म बिरालोलाई अति नै मन पराउ“छु । अहिले मलाई लाग्छ मिलनविना म बा“च्न पनि सक्तिन होला नीलु ?” भन्दाभन्दै आभासको आवाजमा तरलताले छोएको थियो । तर नीलालाई त्यस बेला आभासको तरलता पनि नदी किनारको बालुवाजस्तो लागेको थियो ।
कताकता दुखेजस्तो भए पनि आभासको जवाड्ढ सुनेपछि नीलाले आपूmलाई कुनै असर नपरेको जस्तो गरेर आभासस“ग अपरिचित हुन खोजी ।
“आभास †” नीलाले बिस्तारै बोलाउ“दा आभास पूर्ववत् आश्वस्त थियो र आनन्दको पौडीमा निदाउन लागेको थियो । “आभास † भोलिदेखि म आÏनै Ïल्याटमा ड्ढर्कंदै छु । आज दिउ“सो म आÏनो Ïल्याट किन्न गएकी थिए“ ।” आभासको रमाइलोमा सायद वज्रपात भएको थियो ।
“किन नीला तिमीलाई यहा“ के भयो ? के मैले कुनै गल्ती गरे“ ? त्यस्तो कुरो नगर नीला † मलाई छोडेर नजाऊ । म तिमीलाई असाध्य माया गर्छु ।” आभासले ड्ढरक्क ड्ढर्केर नीलालाई आÏनो अ“गालोमा बा“ध्दै भनेको थियो । आभासको एक स्पर्शले नै रोमाञ्चित हुने नीलाका इन्द्रियहरू यस बेला पत्थरका जस्ता भएका थिए ।
“आभास † मानिसलाई बा“च्नका लागि चाहिने सबैभन्दा आवश्यक कुरा मनको सुख रहेछ । मैले तिमीबाट मनको सुख पाउन सकिन“ । माया त म पनि तिमीलाई नै गर्छु, तर खोइ म तिमीस“ग खुसी हुन सकिन“ र खुसी भएको बहाना बनाएर म तिमीलाई झुक्याउन पनि सक्तिन“≤ अझ आपूmलाई त सक्तै सक्तिन“ ।” नीलाले एकदमै हतारहतार भनेकी थिई ।
त्यसपछि उनीहरूबीच कुनै संवाद भएन । त्यस रात आभास कतिखेर निदायो नीलालाई थाहा भएन तर नीला भने अनिद्रालाई लत्याएर अघि बढेकी थिई ।

“तिमी आÏनो निर्णय ड्ढिर्ता गर्न सक्तिनौ ?” त्यस बिहान आभासले नीलास“ग आग्रहका स्वरमा भनेको थियो । “आभास † तिमी मेरो जीवनमा आएका एकजना असल मित्र हौ । हाम्रो सम्बन्धले मित्रताको रेखाभन्दा अघि बढ्नु हु“दैनथ्यो । गल्तीलाई जबर्जस्ती अ“गालेर कसैको जीवन पनि कुण्ठित हुनुहु“दैन । हामी दुवैको आआÏनो जीवन आआÏना लागि उत्तिकै महइभ्वपूर्ण छ । तिमीस“ग बिहे गर्नुको भूल सच्याएर अब म तिमीस“ग छुट्टिएर बा“च्न चाहन्छु । आभास मलाई लाग्छ हामी दुवैको वैवाहिक जीवनबाट हामी दुवैले एकअर्कालाई मुक्त गर्नुमै हामी दुवैको कल्याण छ ।” नीलाले उसको र आभासको सम्बन्धलाई परिभाषित गर्दै आÏनो निर्णय सुनाएकी थिई ।
“मैले तिमीबाट यस्तो अपेक्षा गरेको थिइन“, नीला †” आभासको अन्तिम स्वर थाकेको थियो । “मैले पनि तिमीबाट यस्तो अपेक्षा कहा“ गरेकी थिए“ र ?” नीलाले आभासलाई त्यसबेला मनमनै मात्र जवाड्ढ दिएकी थिई । प्रत्यक्षतः नीलाले आभासलाई केही पनि भनेकी थिइन, मात्रै हेरिरहेकी थिई अनौठो दृष्टिले । यत्तिका दिन आÏनो भएको आभास त्यस क्षण नीलालाई एकदमै पराई लागेको थियो । चिनेको मान्छेजस्तो तर मन नपराएको मान्छेजस्तो । आÏनोजस्तो तर आÏनो हु“दाहु“दै बिरानो भइसकेको मान्छेजस्तो । कस्तोकस्तो ठम्याउन पनि सकिन उसले र त्यसपछि हेरिरहन पनि सकिन आभासलाई ।
सूत्र जानेर पनि मिल्न नसकेको हिसाबजस्तै भएको थियो उनीहरूको दाम्पत्यजीवन । किन र कसरी अनि के भयो ? आभासले चाल पाउन पनि सकेन ।

आभासको ड्राइभर हेमराजले नीलालाई उसको नया“ Ïल्याटमा पु¥याइदिएको थियो ।

आभास र नीलाको दाम्पत्यको प्रण त्यसपछि सकिएको थियो तर जीवन सकिएको थिएन ।



***



About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *