बाल-कथा : मनु र गाईको उपयोगिता

~अन्जु लामा~

एकादेशमा एउटा सानो गाउँ थियो । त्यस गाउँमा गाई पाल्ने कम निकै राम्रो मानिन्थ्यो । ठूला-ठूला जमिनदारहरुले पनि गोरु भन्दा गाईलाई धेरै मान्यता दिन्थे । गाईलाई लक्ष्मीको रुपमा लिइन्थ्यो । तर मनु नाम गरेको केटोलाई यसको बारेमा केही थाहा थिएन ।

एकदिनको कुरा हो । मनुले आफ्नो आमालाई ‘गाईलाई किन लक्ष्मी भनेको’ भनेर मधुरो स्वरमा सोध्यो । उसको आमाले उसलाई गाईको बारेमा राम्ररी वर्णन गर्नकोलागि घरको एउटा भैँसी बेचेर गाई किनेर ल्याइन् ।

भोलिपल्ट मनुको आमाले मनुलाई गोठमा बोलाइन् । मनुले छक्क परेर आमाको छेउको जनावरलाई हेरेर ‘यो के हो’ भनेर सोध्यो । उसकी आमाले भनिन् ‘यो गाई हो ।’ ‘आमा यो लक्ष्मी हो भन्छन् तर यो त हाम्रो भैँसी जस्तै देखिन्छ ता भनेर मनुले निकै चाख लाएर सोध्यो । उसको आमाले उसलाई ‘गाई निकै राम्रो जनावर हो भनेर भनिन् । ‘कसरी आमा’ भनेर मनुले सोध्यो । आमाले ‘तिमीले आज यसको शरीरको आकार देखिहाल्यौ अब यसको उपयोगिता पछि थाहा पाउछौ’ भनिन् ।

एक महिनापछि मनु पहिलाभन्दा निकै तन्दरुस्त भयो । तर ऊ कसरी तन्दुरुस्त भएको हो भन्ने बारेमा अन्जान थियो । ऊसले पहिला जस्तो आमालाई सहयोग गर्दैनथ्यो । एकदिन बाटोमा हिडिरहेको बेलामा उसले एउटा गाईलाई देख्यो र उसको दिमागमा उत्ताउलो बिचार आयो । अनि गाईलाई एउटा ठुलै ढुङ्गाले हान्यो ।

ऊ घरमा आउँदा उसकी आमा चिन्तित भएर बसेरहेकी थिइन् । यो देखेर उसले आमालाई ‘किन चिन्तित हुनुभएको’ भनेर सोध्यो । उसकी आमाले ‘आफ्नो गाई चर्दा-चर्दै टाढा पुगेछ र कसैले गाईलाई ठूलो ढुङ्गा हानेर घाइते बनाइ दिएछ भनिन् ।
मनुले आफूले आफ्नै गाईलाई पो ढंगाले हानेछु भनेर थाहा पायो । उसलाई निकै आत्मग्लानि भयो । उसले आफूबाट ठूलो गल्ति भएको कुरा आमालाई बतायो । त्यो गाईलाई आफ्नै छोराले गर्दा चोट परेको रहेछ भन्ने थाहा पाएर तिनलाई निकै दुःख लाग्यो । तर तिनले धैर्य गरिन् । छोरालाई ‘अबदेखि यस्तो उत्ताउलो काम नगर्नु’ पनि भनिन् । मनु र आमाले गाईलाई भेटेनरी अस्पताल लगेर उपचार गराए र घर ल्याए । मनुले त्यो दिनदेखि गाईको दुध दुहुन थाल्यो र कहिलेकाँही गाईको लागि घाँस पनि काटेर ल्याउथ्यो । मनुमा आएको परिवर्तन देखेर आमा खुसी र हर्षित भइन् ।

एकदिन राती मनुलाई आमाले दुइमहिना अघिको कुरा सम्झाइन् र ‘तिमीले गाई किन लक्ष्मी भनेर सोधेको प्रश्नको उत्तर आज दिन्छु’ भनेर बताइन् । मनुले पनि सहमति जनाएर ‘भन्नुस् न त’ भन्यो ।

उसको आमाले भनिन्- ‘गाई हाम्रो देशको राष्ट्रिय जनावर हो । गाईले दुध दिन्छ र त्यही दुधबाट घ्यू दही मोही इत्यादि बन्दछन् । गाईका ती परिकार खाएर नै तिमी यति तन्दरुस्त भएका हौ । गाईका ती परिकारहरु बेचेर धेरै पैसा पनि आँउछ । त्यसैले गाईलाई लक्ष्मी भनेको हो । बुझ्यौ ?’
त्यो दिनदेखि मनुले पनि आमालाई गाईको स्यहार सुसार गर्न अरु बढी ध्यान दिन थाल्यो ।

अन्जु लामा
कक्षा IX, स्वर्ण शिक्षा इ. स्क्जूल स्कूल गोकर्ण काठमाडौँ

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.