बाल-कथा : बाख्रीको जुक्ति र भालुको मूर्ख्याइं

~इनु श्रेष्ठ~

एकादेशमा एउटी बाख्री थिई । त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिई । त्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गई । हिँड्दा-हिँड्दै त्यो बाख्री एउटा घना जङ्गलमा पुगी । त्यस जङ्गलमा धेरै डरलाग्दा जनावरहरु बस्दथे । त्यस बाख्रीले अलि परबाट एउटा अर्को बाख्री आइरहेकी देखी । त्यस बाख्रीलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो । उसले त्यस बाख्रीलाई सोधी- ‘तपाईंलाई यस जङ्गलका बारेमा केही जानकारी भएको भए मलाई बताइदिनुहुन्छ यसो गर्नुभयो भने म निकै नै आभारी हुने थिएँ ।

अर्को बाख्रीले भनी- ‘यस जङ्गलको राजा सिंह र मन्त्री बाघ हुन् । यस जङ्गलको एउटा नियम छ । यस नियमअनुसार कुनै पनि जनावरलाई सिकार बनाउनुपर् यो भने त्यस सिकारीले जनावरले सोधेको प्रश्नको उत्तरका साथसाथै जनावरले अर् हाएको काम पूरा गर्नुपर्छ । यसरी बाख्रीसँग जानकारी लिएपछि त्यो बुढी बाख्री त्यहाँबाट प्रस्थान गरिन् । उसले हिँड्दा-हिँड्दै एउटा भालुलाई भेटी । त्यस भालुले बाख्रीलाई सोध्यो- ‘के म तिमीलाई खान सक्छु।’

बाख्रीलाई सबै कुरा थाहा भएको कारण उसले एउटा जुक्ति निकाली । बाख्रीले भनी – ‘तिमी मलाई खान चाहन्छौ भने तिमीले मसँग मिलेर बाघलाई मार्नुपर्छ ।’

भालुले सोच्यो- ‘बाघ मरेपछि मलाई जताबाट पनि फाइदै-फाइदा हुन्छ । बाघ मरेपछि िसंहको नजिकको मिल्ने जनावर भनेको म नै हु । त्यसपछि म नै मन्त्री हुनेछु । त्यस बाख्रीलाई मार्नुभन्दा यसको जुक्तिमा सामेल हुन्छु ।’
त्यसपछि बाख्रीले भालुलाई भनी- ‘बाघलाई मार्ने तिमीसँग कुनै जुक्ति छ भने त्यस जुक्तिअनुसार नै हामी चल्नुपर्छ ।
भालुले भन्यॊ- ‘भोलि राजाको सभा हुन्छ । राजाको हरेक सभामा बाघले एउटा न एउटा जनावर िसंहलाई उपहार दिने गर्दछ । िसंहले त्यस जनावरलाई एउटा प्रश्न सोध्ने गर्दछ । यदि त्यस जनावरले उत्तर दिन सक्यो भने िसंहले जे भन्यो त्यही पुर् याइदिन्छ । यदि जवाफ दिन सकेन भने त्यस जनावरलाई आफ्नो सिकार बनाउँछ ।’
त्यसपछि बाख्रीले बाघसँग भेट्ने र िसंहसामु बाख्रीलाई उपहारस्वरुप उपस्थित गर्न आग्रह गर्ने निधो गरे । उता भालुले भने आफ्नो निर्णय फेरिसकेको थियो । उसलाई राम्रोसँग थाहा थियो कि बाघलाई मार्न असम्भव छ । त्यसकारण उसले बाख्रीलाई नै मार्ने निधो गर् यो । तर त्यसलाई मार्नका लागि नियम पालना गर्नुपर्थ्यो । त्यसैले भालुले सोध्यो- ”तिमी किन बाघलाई मारेर मात्र मर्न चाहन्छौ ।’
बाख्रीले भनी- ‘म एउटा यस्तो बाख्री हँ, जसलाई भागवानले सबैसँग लड्ने क्षमता दिएका छन् । मलाई मद्दत गर्ने जनावरलाई वरदान दिने शक्ति पनि ममा छ ।’
त्यसपछि भालुले सोच्यो- ‘म यस बाख्रीको सहयोगी बन्छु र राजा हुने वरदान माग्छु ।’
बाख्रीले अब बाघसँग भेट गरी र भनी- ‘भालुलाई म नजिकबाट चिन्छु । उसले तपाईंलाई मार्नका लागि मलाई प्रयोग गर्न लागिरहेको छ । तपाइ र म मिलेर त्यस भालुलाई मार्नुपर्छ ।

बाख्रीले भनी- ‘भोलि सभामा तपाईं मलाई िसंहको उपहारका रुपमा प्रस्तुत गर्नुस् । जब राजाले मलाई प्रश्न सोध्छ म त्यस प्रश्नको उत्तर यस्तो ढङ्गले दिनेछु कि राजाले मैले जे भन्यो त्यही पुर् याइदिन्छ ।’

बाघले त्यो कुरा मान्यो । यसरी बाख्रीले दुई जिब्रे भएर जङ्गल पार गर्ने विचार गरी ।
भोलिपल्ट जब बाघले बाख्रीलाई िसंहसामु उभ्यायो तब िसंहले सोध्यो- ‘स्वोर्गको भर् याङ हुन्छ किन हुँदैन ?

बाख्रीले भनी- ‘स्वोर्गको भर् याङ हुन्छ ।’

सिँहले फेरि सोध्यो- त्यो भर् याङ केबाट बनेको हुन्छ । बाख्रीलाई के जवाफ दिने थाहा थिएन । त्यसले बुद्धि पुर् याएर भनी- ‘यदि सत्य र राम्रो कुरा गर्ने हो भने त्यही नै स्वर्गको भर् याङ निर्माण गर्ने सामग्री हुन् ।’

िसंहलाई त्यो कुरा चित बुझ्यो र सोध्यो- भन तिमी के चाहन्छौ ।’

बाख्रीले भनी- ‘म चाहन्छु भालुको मृत्यु बाघको हातबाट होस् र यस जङ्गलबाट मैले सुरक्षापूर्वक निस्कन पाऊँ ।’

िसंहले भालुको मरण बाघबाट गरायो र बाख्रीलाई जान दियो । यसरी बाख्रीले आफ्नो भ्रमण गर्ने इच्छा पूरा गर् यो ।

इनु श्रेष्ठ
कक्षा ८ स्वर्ण शिक्षा इ. स्कुल, गोकर्ण काठमाडौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : बाल कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *