नाटक : आकाश/परिवेश

~जनार्दन जागरुक~

गोलो टेबल छ ।
टेबल वरिपरि मेचहरू छन् ।
मेचमैँ आसन जमाएका पाँच व्यक्तिहरू छन् ।
पाँच गिलासहरू त्यसै गोलाकार वृत्तमा छन् ।

दुलाल बूढो गिलासलाई स्वाट्टै पार्छ र हा ऽऽऽऽ गर्छ ।
गुरुङ भाइले पनि त्यसै गर्छ ।
पत्रकार वन्धुले भने कुखुराको पखेटा टिप्छ र मुखमा बुजो कोच्छ ।
कविचाहिँ त्यतिखेरै गिलासमा अलिकति पानी
हाल्छ ।
नेवार मचाहृम अट्टहाँस गर्छ ।

र हुन पनि यो साहुनी काँ’को पसलमा सधैँ यस्तै भीडभाड हुने गर्छ । खुब चल्छ यो पसल । कसरी चल्छ, यो त त्यस साहुनी नै जानून् । साहुनी भर्खरकी छे । सोह्रबाट मात्र सत्रमा टेकेकीजस्ती । सधैँकी श्रीदेवी । एक हरियाली । त्यसैले बूढादेखि जवानहरूको ताँती लाग्छ, यहाँ । साहुनी भने यतिखेर पैसा टिप्दैमा भ्याइनभ्याइ छे । तार्ने एक जना केटो तारेको तार्‍यै छ । एउटा थप कान्छो छ जो दिएरै भ्याइनभ्याइ छ । र सानो एउटा फुच्चे केटो गिलास टिप्न राखिएको छ त्यहाँ ।

यो राजधानीको एक होटल हो । यो यसै अँध्यारो गल्लीभित्र पर्छ । सुरुमा हेर्दा त यो सानो कोठा होकिझैँ लाग्छ तर भित्र पसेपछि भने भित्रभित्रै हुँदै निकै भित्रसम्मै फैलिएको छ । र यसरी राम्रोसँग यस ठाउँको स्केच गर्ने हो भने यो नेपालको मानचित्रझैँ देखिन्छ ।

यतिखेर नेवार मचाहृम पुष्ट साहुनीलाई हेर्दै गीत गाउँन थाल्छ,-

‘हमें तुमसे प्यार कितना ये हम नहिँ जानते……।’

कवि महोदय पनि त्यहीँ छन् र भनिरहेछन्, ‘देश त खत्तम भो हेर्नुस्न सधैँको सत्ताको लुछाचुँडी, प्रधानमन्त्रीले राजीनामा नदिने भैहाले प्रधानमन्त्रीबाट’ दुलाल बूढो अब भने तनक्क तन्कन्छन् र भन्छन्, ‘हामीलाई के छ र हजुर, जति जोगी आए पनि कानै चिरिएका न हुन् । कसैले केही गर्ने होइनन् क्यारे ।’ पत्रकार बन्धु पनि त्यहीँ छन् र भन्छन्, ‘त्यसो भनेर काँ’हुन्छ र ? छोड् भनेपछि त छोड्नुपर्छ नि । तिनको बाबुको पेवा हो र त्यो पद ?’

अब भने सेकुवाको गन्ध राम्ररी फैलन्छ त्यस कोठामा हरहर हुने गरी । यस्तैमा साहुनी कसैले नदेख्ने गरी ऐना हेर्छे र लिप्स्िटक पोत्न लाग्छे । ‘बाँलाँ-बाँलाँ सिक्के बाँलाँ’ -राम्रो-राम्रो साहै्र राम्रो) नेवार मचाहृम भने दाहिने हातको चोर औँला र बूढी औँला दुवै गोलो पारी राम्रोको इसारा गरी जिस्क्याउँछ । साहुनी देख्छे र उल्टै धारेहात लगाउँछे । नेवार मचाहृम डल्लो पर्छ ।

यतिखेर भने पत्रकार महोदय घोप्टो परिरहेछन् र अबचाहिँ ऊँघ्न थाल्छ । दुलाल बूढो रक्सीसँगै बर्बराउँछ र राधिका, राधिका भनी बोलाउँछ । वाग्ले सर गम्भीर देखिन्छन् । कवि महोदयसँग गफ गर्न सुर्रिन्छन् । ‘कविज्यू तपाईंलाई देश कस्तो लागिरहेछ ?’

‘हामीजस्तै मदहोस् ।’ कवि छोटकरीमै भन्छ । खुलासाका लागि वाग्ले सर सोध्न चुक्दैनन्,

‘जस्तोकि ?”जस्तोकि देश लठ्ठिएको छ । लागूपदार्थ सुँघाएजस्तो गरी । प्रतिक्रियाविहीन । केही बोल्दैन देश । मानौँ मौन छ । मौन भएरै शालिन छ । र शालिन भएरै मौन छ तर त्यो मौनतामा थुप्रै पीडाहरूका टाटाहरू छन् । ऊ ऐया पनि भन्न सक्तैन । र अब भनोस् पनि कसरी आफ्नै सन्तानहरूकै अगाडि ……।’ भावुकतावश कवि देशमाथि कवितालङ्कार पोखिरहेछन् । वाग्ले सर सुनिरहेछन् र सुन्दासुन्दै कतिखेर हो निदाइ पनि सक्छन् । कविले कतिखेर भेउ पाउँछ, त्योभने ऊ नै जानोस् ।

दुलाल बूढो अहिले गम्भीर छ । र त्यसैको मौका छोप्दै गुरुङ भाइ उसैसँग रौसिन्छ, ‘राधिकाको दुःख छ हगि, तपाईंलाई ।’ ऊ ‘हो’ को स्वीकारोक्तिमा टाउको हल्लाउँछ र आँखाभरि आँसु पारी पुनः भन्छ, ‘वैगुनीले छोडेर गई मलाई ।’

-‘कोसँग ?’ गुरुङ भाइको प्रतिप्रश्न ।

-‘कसैसँग पनि होइन । बाघले खायो भाइ उसलाई ।’

-‘कसरी ?’ विस्फारित नेत्रले हेर्छ गुरुङ भाइ ।

-‘बाख्रा चराउन गएकी थिई, वनमा बाघले खायो ।’

-‘अनि ऽऽऽ कसैले रोकेनन् त ?’

-‘कसले रोक्नु भाइ, कोही त थिएनन्, त्यहाँÙ ऊ र बाख्रा बाहेक ।’

-‘ऊ बाघैबाट नै मरेकी हो भनेर कसरी थाहा पाउनु भो त त्यसो भए ?

-‘ उसको रगत लतपतिएको धोतीले ।’

त्यसपछि गुरुङ भाइ आफैँमा गम्भीर भए । केही बोल्न सकेनन् । बरु साथैमा रहेको गिलासलाई बेस्करी समात्यो र भएभरको बल गर्दै रक्सी स्वाट्टै पारे र साँधेको भटमास बुझो लगाउँदै एकतमासले चपाइरहे । दुलाल बूढोले पनि गिलासलाई स्वाट्टै पार्‍यो र मूर्तिवत् बनिरहृयो ।

साहुनी यतिखेर अर्धनग्न अवस्थामा छे । उसको चोलो यस्तो छकि आधा मिलेको स्तन राम्ररी देख्न सकिन्थ्यो त्यहाँ । अनुहार राम्रो हो कि स्तन राम्रो हो छुट्याउन जो कोहीलाई पनि हम्मेहम्मे पथ्र्यो, त्यहाँ । लाग्छ, उन्नाइस-बीस नै थिए दुवै कुराहरू तर यतिखेरभने नेवार मचाहृम स्तनको प्रतिशतलाई नै ज्यादा प्राथमिकता दिइरहेथ्यो र लोलाएको नजरले आँखा त्यसैमा ठोसिरहेथ्यो । साहुनीभने आफ्नै ड्रोयरको धनराशीमै मग्न थिई ।

रक्सीको गन्धसँगै चुरोटको बुङ्ग ऽऽऽ धूँवा त्यस कोठाभरि रुमल्लिरहेको थियो । अघिसम्म एक्सप्रेस्ली चलेको पिउने उपक्रम अबभने सुस्त-सुस्त हुन थाल्दै थियो । सबै विस्तारै पिउँदै थिए ।

रेडियोबाट भने यतिखेर गीत बज्दै थियो । ‘जीवनदेखि धेरै, धेरै नै थाकेर, म मूर्दा भएको …..।’

र यतिखेर,

कवि ऊध्र्व दृष्टि दिइरहेथ्यो । अर्धलठ्ठ अवस्थामा थियो ।

दुलाल बूढो भने घोप्टो परिसक्यो, सायद स्वप्नलोकतिरै पो विचरण गरिरहेछ कि ।

पत्रकार महोदय, धूवाँ बुङ्ग उडाउँदै सीधै दृष्टि दिइरहेथ्यो भित्तातिरै ।

गुरुङ भाइभने फोक्सो कुहाउने चीजलाई टन्न फोक्सोभित्रै हुलेपश्चात् तारेको फोक्सो चबाउँदै थियो । नेवार मचाहृम साहुनीको वक्षस्थलको नेत्रपान पश्चात कुनै कामुकता हैन, शान्त थियो र अहिले उसको यतिखेरको अनुहार सिद्धार्थ गौतमको झैँ शीतल देखिन्थ्यो । स्थिर थियो ।

हठात् त्यतिकैमा एउटा ठूलो सनसनी पैदा भो त्यहाँ । सबै जना जर्‍याकजुरुक उठ्न खोजे र केही त लडे पनि त्यहाँ । कुरो के भने एक पुलिसको वर्दीधारी प्रहरी हृवात्तैभित्र पस्यो, त्यहाँ । सबै जना आतङ्कित भए र अब के हुने हो भन्ने हिसाबले । साहुनी पनि त्यतिखेर पर्सेको बोकोझैँ अलि रामै्र गरी डराई तर त्यस प्रहरीभने हत्तारिँदै एउटा टेबलमा बस्यो । सबै आतङ्कित थिए । कान्छाहरू पनि तेर्सेझैँ देखिन्थे तर उसले भने कुनै परवाह नगरी हातको इसाराले उल्टै रक्सीको गिलास माग्यो र एक्कै सासमा स्वाट्टै पार्‍यो र सुस्तरी फेरि मगायो र स्वाट् स्वाट् पार्‍यो । त्यसपछि भने आफ्नै गोजीबाट चुरोट निकाली सल्कायो । र सबैलाई आश्वस्त पार्दै भन्यो-

‘इन्ज्वाईं गर्नुस्, इन्ज्वाईं गर्नुस् के हेरिरहनु

भएको ? के म मात्रै मान्छे होइन ? के मलाई मात्रै

दुख्दैन ? के म मूर्ति हुँ ?……हामी प्रहरीको पनि मन हुन्छ । धड्कन हुन्छ । हाम्रो आँखाबाट पनि आँसु र्झछ ।…..अब ड्युटी गर्नै नसकिने भो । अब सरकारको कुरा मानुँ, निहत्था जनतालाई गोली ठोक्नुपर्ने । नमानुँ माथिको अर्डरÙ आफैँलाई ठोक्छन् । हेर फसाद्…..।’

ऊ आˆनै पीडा ओकलिरहेथ्यो । अरूहरू जिल्ल पर्दै हेरिरहेथें त्यहाँ । रक्सीको नशा केहीको त्यतिखेरको आतङ्कले नै तुहिसकेको थियो । र अबचाहिँ आश्वस्त भए र पिउनेक्रम पुन, यथावत सञ्चालन गर्न लागे । कसैले पनि बोलेनन् त्यहाँ । मात्र पिइरहे । पिउने क्रम अनवरत चलिरहृयो ।

र समयक्रममा माथि आकाशबाट भने ताराहरू झर्नेक्रम तीब्र हुँदै थियो ।

(श्रोत : मधुपर्क असार, २०६८)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *