कथा : टोकियोमा सानु बुद्ध

~परशु प्रधान~Parashu Pradhan

टोकियोमा फेरि हिउं पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू र्झन थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄ त्यहां भन्दा यहां धेरै जाडो र चिसो हिउं । त्यहां भन्दा यहां बांच्न धेरै कठिन भयो । पाल्देनलाई यस्तै केही लाग्यो । टि.भी हेर्दाहेर्दै सगरमाथा चढेका अनुहारहरूले पाल्देनलाई नराम्ररी गिज्याएझैं लाग्यो । उसले टिभी बन्द गर्यो।

त्यहां भनेको पाल्देनको जन्मेको गाउं सोलु र यहां भनेको संसारको अति महङ्गो सहर टोकियो । टोकियोको सुरुङ्गमुनिको रेलसंग जोडिएको यौटा सानु गाउं । त्यस गाउंको यौटा घर र त्यसभित्रको यौटा कोठामा पाल्देनलाई बस्न मन लागेन । ऊ बाहिर निस्क्यो । सडकसम्म आयो । धेरै हिउं र हुस्सु छ हुस्सुसंगै गांसिएको सिमसिमे पानी छ । दिनको दुइ बजे नै सांझ पर्न लागेको निर्रथकता छ । यस निर्रथकताभित्र पाल्देन आंफैलाई सोध्छ- तं किन र केका लागि टोकियोमा आइस् हं –

यसका धेरै किसिमका जवाफहरूलाई पाल्देन आंफैभित्र तयार गर्छ । पाल्देनले जापानी केटीसंग बिहे गर्यो र अहिले मोजसंग टोकियोमा बसेको छ बा पाल्देन टोकियोमा नोकरी गरी बसेको छ । कत्ति धेरै रकम घरमा पठाइसक्यो, थाहा छ – पाल्देन अब जापानी नागरिक हुन्छ । ऊ अब नेपाली होइन है । पाल्देनजस्तो जिन्दगी बिताउन पाए पो हुन्थ्यो । आफ्नो त भाग्य नै छोटो । यी जवाफहरूलाई एकै ठाउंमा गांसेर ऊ आफूभित्र सोच्तछ । आफ्नो जालमा आंफै परिस् होइन पाल्देन । खाइनस् कि ठूलो भाग अब पाल्देनले कुनै ठूलो भाग खोजेको थिएन । न त कुनै ठूलो नोकरी नै खोजेको थियो । अरू साथीहरूले जस्तै ट्रेकिङ गराउने यौटा अफसिमा सानु गाइडको जागिर खाएको थियो । किनभने हिमालकै फेदमा जन्म भएको कारणले सारा हिमालको जिम्मा पाल्देनलाई थियो । सारा हिउं असिना ठन्डीको भाग पाल्देनलाई थियो । हरेक वर्षमनले माने पनि नमाने पनि विदेशीलाई टे्रकिङ्ग गाइड भएर जाने जागिर पाल्देनले खाएको थियो । सारा देशका उत्तरी भाग हिमाल भएझैं सारा नेपालीहरू गाइडकै जागिर खाएर, विदेशीलाई घुमाएर, तिनलाई खुसी पारेर नै पेट पालिरहेका छन् भन्ने पाल्देनको यकिन ठहर थियो । साला त्यही जागिर खांदा त भेट भयो जापानी सिल्बिया सानसंग । नाम सिल्बिया र मान गरेर बोलाउंदा नेपालीमा ज्यू भनेजस्तो सान । अनि कति च्वांक केटी थिई सिल्बिया भन्या । अरू जापानी होचा हुन्छन्, त्यो अमेरिकनजस्ती अग्ली थिई । अरूका नाक थेप्चा हुन्छन्, त्यसका भने बाहुनीहरूको झैं चुच्चो । गालामा गुरांसको फूलको रातो, अनि दांत चाहिं हिउंझैं सेता चम्किला । प्लेनबाट झरेर अफसि पुग्नासाथ सिल्बियाको गाइड पाल्देन नै भयो । त्यो राति पाल्देनलाई सांच्ची निıा परेको थिएन । तोङ्वा त कत्ति डबका खायो हो उसले । सबै रुपियां सिल्बियाले तिरिदिएपछि त होस र बेहोसीमा पाल्देन कराएको थियो- क्या लक्की नम्बर पाल्देनको । क्या लक्की टुरिस्ट पाल्देनको ।

पाल्देन भोटे घोडाझैं फर्ुर्तिलो र पाइनदार भएको थियो । त्यसमाथि सिल्बियाले टोकियोमा नै अलि-अलि नेपाली सिकेर नमस्ने पाल्देनज्यू भनेर अनुहार रातो पारिदिंदा त पाल्देनलाई आफू कुन संसारमा छु, कहां छु भन्ने नै पत्तो थिएन । सारा खुसीहरू, सारा रमाइलोहरू, सारा चार्डपर्वहरू एकै पटक, एकै दिन जापानी च्वांक केटीले लिएर आएकी अनुभव पाल्देनको थियो ।

त्यो थियो र अहिले पाल्देन सडकमा छ जुन सडक भर्खरै तोरीको तेलले मालिस गरेको जस्तो छ । पाल्देन सडकमा त निस्क्यो तर कहां जाने -‘ टोकियोमा आएदेखि पाल्देनलाई दुइ कुराको सङ्कट छ- कहां जाने र के गर्ने’ – कुनै बार वा पबमा जाऊं र टन्न मात्तिएर आऊं भने पाल्देनको गोजी रित्तो छ । कुनै डिपार्टमेन्ट स्टोरमा गएर केही सामान हेरूं भने पनि कसका लागि हेर्ने – बा-आमा मरिसके । दिदी-बहिनी पोइल गइसके । दाजुभाइले अंशको घरबारी खाइसके । साथीभाइ त्यस्तै हुन् । अनि येनको बिटो पनि त चाहियो नि घरमा एक्लै धुमधुम्ती बसिरहूं, कति बसिरहने – कति दिन वा रात बस्ने – वा कति वर्षबस्ने – कोठामा बसूं भने सिल्बियाले प्रिmजमा राखेर छाडेकी कुखुराको मासु र रक्सी दुइ घण्टालाई पुग्दैन । अनि बाहिर साथीभाइकहां जाऊं भने सबै जना रूखमा फलेका नोटहरू धमाधम टिपिरहेका छन् । तिनलाई अनाहकमा बाधा दिन किन जाने – अनि नसम्झूं भन्दा पनि पाल्देन सोलुको सानो सल्लेरी बजार सम्झन्छ । वास्ताकिस्ता नगरूं भन्दा पनि ठमेलका गल्लीहरू सम्झन्छ । अब फेरि कहिले नेपाल जाने बा – ऊ लामो सास फेर्छ र नजिकैको पार्कसम्म पुग्छ । सधैं गइरहेको पार्क हो । कुनै बहादुर जापानीको सालिक गर्वसाथ राखिएको छ । फूलैफूलले सजिएका बगैंचा र लोभलाग्दा फोहराहरू छन् । जाडो भए पनि पार्कमा आउने युवा-युवतीहरूलाई कुनै जाडो छैन, कुनै शीत छैन । ती आफ्नो प्रेमलाई जीवन्तता दिइरहेकै छन् । वर्षौंवर्षो भेटघाटपछि बल्ल भेट भएजस्तो ती आंखाहरू साटिरहेका छन्, ज्रि्राहरू साटिरहेका छन् । पाल्देनले निःशुल्क टोकियोमा हेर्न पाउने दृश्य यही हो । होइन भने जहांतहां रुपियां-पैसाको कुरा मात्र छ ।

समय र्सछ र पाल्देन फेरि आफ्नो विगतमा पुग्छ । सेतो हिउंमा चुचुराहरूमुनि, कहालीलाग्दा लेकहरूमा पुग्छ । कुनै जङ्गलको पहरामाथि फुल्ने लालीगुरांसको बोटमा पाल्देन साटिन्छ जुन बोट हेर्नलाई राम्रो र रहरलाग्दो छ, तर छोएपछि सजिलै भांचिने र टुक्रिने जसका कलिला हांगाहरू छन् । पाल्देनलाई लाग्छ- उसको मन ती कलिला हांगाहरूझैं छन् स-साना सम्झनाहरूमा पनि टुक्रिने र भांचिने । उसको यही कोमलतालाई सिल्बिया सानले बुझी र कुनै मोडमा कर्राई- कति सुन्दर मान्छे छ पाल्देन कति परिश्रमी र मिहिनेती युवक छ पाल्देन तिमीजस्तो युवालाई जापानमा लान पाए -‘

पाल्देनले एक्कासि सोच्यो- जापानमा जान पाए’ । जापानमा जान पाए उसले कति धेरै धन-सम्पत्ति कमाउन सक्थ्यो । कति धेरै घरहरू काठमाडौं र सोलुमा बनाउन सक्थ्यो । अझ ऊ आंफै ट्रेकिङ एजेन्सीको मालिक भएर थुप्रै पाल्देनहरूलाई नोकर बनाउन सक्थ्यो । अरूको नोकर भएर गोरुझैं जिन्दगी बित्ने थिएन ।

अनि यी सबै भाव र भावनाहरू अप्रत्यक्ष रूपले एकै पटक झांगिएका थिए । सिल्बिया केही नेपालीमा, केही अङ्ग्रेजीमा र नसके जापानीमा भए पनि आफ्नो मनका कोमलताहरू प्रकट गर्थी । अलिकति अप्ठेरो बाटो आयो कि सिल्बिया हात दिन्थी र पाल्देन गर्वले मुस्कुराउंथ्यो । सांझलाई रङ्गीन बनाउन आफ्नै हातले पाल्देनलाई दुइ-चार गिलास बढी बियर खुवाएर सिल्बिया विजयले मुस्कुराउंथी । कुन बेला डांडा आयो र गयो, कुन बेला खोला आयो र तरियो, कुन बेला उकालो र ओरालो सिद्धियो- पाल्देन र सिल्बियालाई थाहा भएन । साथीहरू आउनुअगाडि ती वासमा पुगेर खाजा खाइसकेका हुन्थे, नभए पनि चिया खाइसकेका हुन्थे । पाल्देनलाई यही ट्रेकिङमा थाहा भयो- संसार यति विशाल छ, यहां यति धेरै भाषाहरू, उपभाषाहरू भए पनि हृदयको भाषा सबैले भाषिक सञ्चार गर्दा रहेछन् । पाल्देनले भाषा नभए पनि आंखा-आंखाले बोल्यो, औंला-औंलाले बोल्यो, दांत-दांतले बोल्यो, ओठ-ओठ, ज्रि्रो-ज्रि्रोले बोल्यो । पाल्देन कहिले आदिम मान्छे भयो, कहिले आजको मान्छे । जति दिन र रातहरू जोडिन लागे, पाल्देन आंफैलाई लाग्यो सिल्बिया उसकै लागि जन्मिएकी रहेछ अथवा ऊविना बाकी दिनहरू पाल्देन काट्न नसक्ने रहेछ ।

पाल्देनका केही सपनाहरू थिए जसलाई उसले सिल्बियाको छायामा हर्ुकाउन चा≈यो । आफ्ना सारा विगतहरूले उसलाई धोका दिएका थिए । आफ्ना सारा आफ्ना भन्नेहरूले सिस्नोले झैं उसलाई पोलेका थिए । सामान्य खानु-पिउनुको जिन्दगीबाट पाल्देन माथि उठ्न चाहन्थ्यो । यसैले ट्रेकिङबाट र्फकंदा-नर्फकंदा तिनीहरूले अब कहिल्यै नछुट्टनिे किरिया खाइसकेका थिए । स्वयम्भूको डांडामाथि अस्ताउन लागेको सूर्यलाई हेरेर तिनले आफ्नो प्रेमको सूर्य कहिल्यै नअस्ताउने प्रतिज्ञा गरेका थिए । ठमेलका गल्लीहरूमा ती साथ थिए, झोंछेको प्रिmक स्टि्रटमा घुमेर गांजाको चुस्कीको स्वाद लिंदा ती साथ थिए । अनि सिल्बियाले भनेकी थिई- बौद्ध परम्पराअनुसार हामी बिहे गरी जापान जाऊं पाल्देन

यी शब्दहरू पाल्देनका लागि झन् खुसीका शब्दहरू थिए । बुद्धका शान्त आंखाहरूबाट आर्शिवादका मौन स्वरहरू निस्केको आभास पाल्देनलाई भयो । बुद्ध उसको परम्परा र संस्कृतिमात्र होइन, लामो जीवनदर्शन थियो ।

“तिमी बुद्धिष्ट हौ -” पाल्देनले कुनै दिन सोधेको थियो ।

“म बुद्धलाई श्रद्धा गर्छुाल्देन ⁄ मेरो मनमा सानैदेखि भगवान् बुद्धप्रति अगाध श्रद्धा र विश्वास छ । तिमी बुद्धको देशको मान्छे- मलाई तिमी स्वयम् यौटा सानु बुद्धजस्तो लाग्छ मेरो पाल्देन ।” भनेर सिल्बियाले लामो अंगालो हालेकी थिई ।

पाल्देन पार्कको बेन्चबाट उठ्दा उसको कानमा यी शब्दहरू रिङ्गरिङ्गाइरहे, अझ झनझनाइरहे- यौटा सानु बुद्ध, ए लिट्टलि बुद्ध, एउटा सानु बुद्ध । सिल्बिया सधैंझैं आज पनि मध्यरातमा आउंछे । मध्यरातमा आएर सिल्बिया सुत्न सक्तिन, उसलाई निıा आउंदैन । निıाबाट ब्युंझिएर उसले सिल्बियालाई त्यही आदिम सेवा बाध्य भएर दिनर्ुपर्छ- जो उसले वर्षौ वर्षदिइआएको छ । यही कुराको सम्झनाले पाल्देनको सारा आत्मा मरेर आउंछ र आत्महत्या गरेर जिन्दगीलाई टोकियोमै यता कतै सधैंका लागि बिसाइदिउंm भन्ने लाग्छ । बिजुली बत्तीहरू बलिसकेका छन्- पाल्देन हतारसंग र्फकन्छ । यसरी र्फकंदा उसको मनमा न कुनै पुराना सम्झनाहरू छन्, न कुनै नयां योजनाहरू छन् । न कुनै इच्छा र आवेगहरू नै हुन्छन् । पाल्देन शून्य मन लिएर त्यही घरमा र्फकन्छ, कुनै विचार, आकाङ्क्षा वा सपनाविना । मानौं केही पनि भएको थिएन, केही पनि हुनेछैन- यो संसार यसरी नै चलेको छ, चरिहरनेछ । र, थुप्रै पाल्देनहरू जन्मनेछन्, मर्नेछन् । फेरि जन्मने छन्, मर्नेछन् ।

किन हो किन पाल्देनको मन गह्रौं छ- मनभित्र कतै ठूलो ढुङ्गा बसेजस्तो । र, त्यो ठूलो ढुङ्गा त्यही बेला बसेको थियो- जब सिल्बिया र ऊ बौद्धमा गएर लामा राखेर बिहे गरेका थिए । बाहिर पाल्देन जति हांसे पनि, जति नै खुसी भए पनि उसको भित्री मन किन हो किन खुल्न सकेको थिएन । कहीं-कतै केही गरुङ्गोपना थियो, उदासीपना थियो, जसलाई यही हो भनेर पाल्देन व्यक्त गर्न सक्तैनथ्यो ।
टोकियोमा आएपछि उसले सिल्बियालाई अनुरोध गरेको थियो- म पनि कतै केही काम गरूं कि -‘ ।

काम गर्ने कुरालाई सिल्बियाले पूरै नकारेकी थिई । उसको पासपोर्ट आफूसंग राखेर भनेकी थिई- “पाल्देन तिमी अब सिल्बिया सानको श्रीमान् पनि हौ । जापानमा आएर तिमीले जूठा भांडाहरू माझन पर्दैन । न तिमीले कसैका केटाकेटीहरू नै हेरिदिनर्ुपर्छ । तिमी शानसंग घरमा बस, टि.भी. हेर र जिन्दगीलाई रमाइलो बनाऊ”

कुरा एकदमै राम्रो र आदर्श थियो । तर हरेक रात पाल्देन बलात्कारको शिकार हुनुको पीडाले छटपटाउंथ्यो । जसलाई आफू यौटा स्वचालित यन्त्रमा साटिएको र सधैं सिल्बियाको आज्ञाले थिचिएको अनुभव हुन्थ्यो । पाल्देनका आफ्ना निजी इच्छाहरू मरुभूमिका बालुवाझैं भएका थिए । ऊ केही भन्न र गर्न सक्तैनथ्यो । कुनै स्कुलको आज्ञाकारी बालकलाई झैं सिल्बिया उसलाई आज्ञा दिन्थी र चुपचाप सकिनसकी त्यसलाई ऊ स्वीकार गथ्र्यो । अब सोलु र सल्लेरीका जङ्गलहरूमा पाल्देन सपनामा मात्र दौडन्थ्यो । हिमालका चुलीहरू ऊ टेलिभिजनमा मात्र हेथ्र्यो । पाल्देनभित्रको पाल्देन प्रतिरात मर्दै जान्थ्यो, सुक्दै जान्थ्यो । फेरि नेपाल र्फर्केर त्यही ट्रेकिङ्गको जागिर खान पाए पनि हुन्थ्यो भन्ने यौटा झिनो सपना बोकेर पाल्देन बांच्दैथ्यो ।

अनि एक दिन पाल्देनले भाग्ने विचार गर्यो । तर भागेर पनि ऊ कुनै साथीकहां दुइचार दिन लुक्न सक्छ, तर नेपाल पुग्न ऊ सक्दैनथ्यो । ऊ संग न पासपोर्ट छ न पैसा छ, न केही छ न केही । अनि एकदिन पाल्देनले रेलमा किचिएर मरिदिने विचार गर्यो । तर आत्माहत्या जस्तो जघन्य अपराध अरू केही हुन सक्तैन भनेर त्यस विचारलाई पनि उसले छाडिदियो ।

पाल्देन घरमा पुग्दा किन हो सिल्बिया छिट्टै आइपुगिसकेकी रहिछे । यति रातीसम्म कहां गएको भनेर सिल्बियाले केरकार गरी । रक्सी खाएको छ कि भनेर मुख पनि सुंघ्न आइपुगी । पाल्देनले सिल्बियाको अनुहार हेर्यो- केही वर्षा त्यो अनुहार साटिइसकेको रहेछ । त्यो लाम्चो नाक थेप्चो भएको र आंखाहरू गाडिइ सकेका रहेछन् अनुहारमा चायां र पोतो पर्न लागेको रहेछ ।

” पाल्देन तिमीलाई कस्तो छ -‘” सिल्बियाले गम्भीर भएर सोधी ।

“म ठीकै छु'” बोल्न त पाल्देन बोल्यो, तर उसलाई लागेको थियो, ऊ सरासर झुटो बोलिरहेछ ।

“तिमीलाई एउटा राम्रो उपहार ल्याइदिएको छु मैले । यो बुद्धिष्टहरूले जप गर्ने माला हो, फुर्सदमा बुद्धलाई सम्झेर तिमी जप गर्ने गर, तिम्रा पापहरू नास होलान् ।” सिल्बियाले माला दिन चाही । तर पाल्देनले निर्णय गर्न सकेन- त्यो माला लिएर, जप गरेर उसले कुन पापको प्रायश्चित गर्ने हो – कुन अपराधको -‘ पाल्देनलाई थाहा भएन ।

(श्रोत:- अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.