पुस्तक अंश : लेख्नकै लागि परिवारको हत्या गरेँ…

~रमेश पौडेल~cover-216x300

‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दै सोध्छु ।

‘जागिर खाँदै लेख्न सकिँदैन र ?’ अचम्म मान्दै सोध्छु म ।‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’

‘अरूले सक्छन् होला …,’ अलि अलि हाँस्दै भन्छ ऊ- ‘तर मैले चाहिँ सकिनँ ।’

‘तिमी विवाहित हौ ?’ प्रसङ्ग बदल्दै सोध्छु म ।

‘हुँ,’ यति मात्र भन्छ ऊ ।

‘विवाहबारे केही भन्छौ कि ?’ प्रसङ्ग कोट्याउँछु म ।

‘मैले पाँच वर्षअघि विवाह गरेँ,’ ऊ माथितिर हेर्दै भन्छ- ‘विवाह गरेको दुई वर्षपछि छोरो जन्मियो । त्यसको तिन वर्षपछि अर्थात् गत साल पत्नी र छोरो दुबै मरे ।’

कुरा सुनेर लेख्न छाडी ऊतिर हेर्छु म । तर उसको अनुहारमा दुःखको कुनै भाव देख्दिनँ । सायद उसले त्यो शोक पचाइ सक्यो । ऊ बिस्तारै गुनगुन गर्छ । सायद मन्त्र जप्छ ।

‘कसरी मरे ?’ कारण जान्न चाहन्छु म ।

‘उनीहरू मरेका होइनन्,’ ऊ मेरो मुखमा टुलुटुलु हेर्दै भन्छ- ‘मारिएका हुन् ।’

‘के रे ?’ विस्मित हुँदै सोध्छु म- ‘कसरी मारिए उनीहरू ?’

म उसको मुखमा एकोहोरो हेरि रहन्छु ।

बाहिर एक जना प्रहरी देखिन्छ । ऊ एक छिनसम्म हामीलाई आँखा फुकालेर हेरि रहन्छ । हामी पनि चुपचाप उसलाई हेरि रहन्छौँ ।

‘छिटो गफ सक्नोस् । कैदीसँग धेरै समय गफ गर्न पाइँदैन’ भन्दै प्रहरी जान्छ ।

हामी मुखामुख गर्छौँ ।

‘विष खुवाएर,’ केही बेरपछि फिलोस भन्छ- ‘कसैले विष मिसाएको जुस खुवाएर मार्‍यो उनीहरूलाई ।’

उसको कुरा सुनेर मेरो मन चस्स घोच्छ ।

‘कसले ?’ म पीडा मिश्रति आवाजमा सोध्छु- ‘कसले किन मार्‍यो उनीहरूलाई ?’

‘मैले,’ भन्छ ऊ ।

म लेख्न छाडेर उसको मुखमा हेर्छु । त्यहाँ जिस्किएको वा त्यसै भनि दिएको जस्तो कुनै भाव छैन । अर्थात् ऊ गम्भीर छ । कुनै प्रश्न सोध्न नसकेर अवाक् बनि रहन्छु म ।

ऊ फेरि भन्छ- ‘हो मित्र Û मैले नै मेरा श्रीमती र छोरालाई विष मिसाएको जुस खुवाएर मारेको हुँ ।’

‘किन नि ?’ हैरानी र आश्चर्य हुन्छ मेरो स्वरमा ।

‘लेखन,’ ऊ पुनः डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले मेरा पत्नी र छोरालाई मारेँ ।’

उसका कुरा सुनेर डायरी र कलम थन्क्याउँछु म । किनभने अबका कुरा लेख्नभन्दा पनि सुन्न ध्यान दिनु पर्ने ठान्छु ।

अहिले सुन्छु अनि घरमा गएर टिपोट गर्छु भन्ने मनसायले सोध्छु म- ‘तिमी आपmना कुरा अलि विस्तारमा बताउँछौ कि फिलोस ?’

‘सुन लेखक Û’ ऊ पलेँटी मारेर लामो सास फेर्दै भन्छ- ‘म एउटा सामान्य मानिस थिएँ । पत्नी, छोरो, जागिर- यति नै मेरो संसार थियो । जागिरको पैसा सधैँ अपुग हुन्थ्यो- व्यवहार चलाउनका लागि । तर पनि अलि अलि गर्दै बचत गर्ने, भविष्यमा घडेरी किन्ने, त्यसमा आपmनो डिजाइन अनुसारको घर बनाउने, छोरालाई राम्रो शिक्षा दिने जस्ता सपना देखि रहन्थ्यौँ हामी ।’

ऊ कुरा रोकेर नजिकैको बोतलबाट पानी पिउँछ र बोतल मलाई देखाउँछ । म पनि त्यसबाट पानी पिउँछु ।

त्यसपछि ऊ भन्न थाल्छ- ‘दुई महिनाअघि मेरो जीवनले ठुलो मोड लियो । कसैले मलाई उपन्यास लेख्ने जिम्मेवारी सुम्पेर गयो । त्यो काम कठिन भए पनि मैले गर्नै पथ्र्यो ।’

‘कसले ?’ अचम्म मान्दै सोध्छु म ।

‘सर्वोच्च मानव समाजका तर्फबाट विज्ञाले,’ ऊ भन्छ ।

‘कहाँ छ सर्वोच्च मानव समाज ?’ म छक्क पर्दै सोध्छु ।

‘प्रशान्त महासागरको बिचमा, अन्तरराष्ट्रिय तिथि रेखा र भूमध्य रेखा जोडिएको ठाउँमा,’ ऊ भन्छ ।

‘वाहियात कुरा नगर फिलोस,’ म आपत्ति जनाउँदै भन्छु- ‘त्यस ठाउँमा कुनै बस्ती छैन ।’

‘म आफैँ त्यो समाज घुमेर आएको हुँ । अतः त्यहाँ सर्वोच्च मानव समाज छ,’ ऊ मलाई विश्वास दिलाउन खोज्छ ।

‘नचाहिने कुरा नगर फिलोस Û तिमीले देखेको कुरा वैज्ञानिकहरूले कसरी देखेनन् ? तिमीलाई थाहा भएको कुरा हामीलाई कसरी थाहा भएन ?’

‘यस विषयमा विवाद नगरौँ लेखक Û तिमी मेरो अन्तर्वार्ता लिन लिन आएको हुनाले यथार्थ बोल्नु मेरो कर्तव्य हो । पत्याउनु नपत्याउनु तिम्रो स्वतन्त्रता हो ।’

फिलोस पक्का पागल भएको ठहर गर्छु म । एकातिर ऊ उपन्यास लेख्नका लागि जागिर छाडेको तथा पत्नी र छोराको हत्या गरेको कुरा गर्छ भने अर्कातिर हुँदै नभएको सर्वोच्च मानव समाजका मानिसले उपन्यास लेख्न लगाएको कुरा सुनाउँछ । अतः पागलसँग विवाद गर्नुभन्दा चुपचाप उसका कुरा सुन्ने निर्णयमा पुग्छु म ।

‘तिमी आपmना कुरा भन्दै जाऊ,’ म आग्रह गर्छु ।

‘यसअघि उपन्यास लेख्ने मेरो कुनै रहर थिएन । सर्वोच्च मानव समाजका तर्फबाट विज्ञाले लेख्न लगाएपछि कलम चलाउन बाध्य भएँ । सुरुमा त म कसरी लेख्ने भनेर सारै अप्ठ्यारामा परेँ । खाँदा, हिँड्दा, बस्दा, पढाउँदा गफ गर्दा लगायत सुत्दा बाहेक जे गर्दा पनि कसरी उपन्यास लेख्ने भन्नेबारे सोच्न थालेँ । सोचेका कतिपय कुराहरू टिपोट गर्न थालेँ ।

सुरुतिर बोझ लागे पनि बिस्तारै मलाई लेखनमा रस भिज्दै गयो । केही पछि त म लेखनको व्यसनी नै भएँ ।

मेरो जीवनको यो ऐतिहासिक क्षण थियो । लक्ष्य विहीन भएर भौँतारिइ रहेको मैले सही लक्ष्य भेट्टाएको थिएँ । उपलब्धि विहीन कार्य गरि रहेको मैले उपलब्धि मूलक कार्य थालेको थिएँ । त्यसैले म खुसी थिएँ, उत्साही थिएँ ।

म निरन्तर लेखनमा जुट्न थालेँ । परन्तु लेख्ने समय अपुग भयो मलाई । त्यति खेर म एकदमै धेरै सोच्थेँ । सानो बाधाले पनि मेरो सोचाइको लहर टुट्न सक्थ्यो । त्यसैले सामाजिक सम्पर्कबाट टाढा रहन चाहन्थेँ म । फलतः मैले मोबाइल स्विच अफ गरेँ ।

हरेक दिन विद्यालय धाउनु पर्दा लेखनमा बाधा भयो । उपन्यासभन्दा ठुलो कुरा अरू केही थिएन मेरा लागि । अतः मैले जागिर छाडि दिएँ । बाँच्नका लागि जागिर खानै पर्छ भन्ने सोचाइ रहेन मेरो ।

एकाग्र भएर लेखि रहेका बेला छोरो हल्ला गरि दिन्थ्यो, डिस्टर्ब हुन्थ्यो मलाई । पत्नी केही भन्थिन्, डिस्टर्ब हुन्थ्यो मलाई । अतः छोरो सहित केही समय माइत जानका लागि पत्नीलाई आग्रह गरेँ मैले ।

मैले जति नै आग्रह गरे पनि उनी मानिनन् । बिस्तारै हामीबिच झगडा हुन थाल्यो । उपन्यास लेखनमा पत्नी र छोराले पूरै डिस्टर्ब गरेको अनुभव हुन्थ्यो मलाई । अन्ततः मैले दुईमध्ये एक रोज्नु पर्ने अवस्था देखेँ- या त परिवार या त उपन्यास । सहर्ष छानेँ मैले- उपन्यास ।

उपन्यास पूरा गर्नका लागि मलाई एकान्त चाहिएको थियो । त्यो एकान्त जस्तो भए पनि स्विकार्थें म । एकान्तको खोजी गर्ने क्रममा दिमागलाई चारैतिर दौडाएँ मैले । अन्ततः भेट्टाएँ- जेल । लेखनका लागि जेलभन्दा अर्को एकान्त र स्वतन्त्र ठाउँ देखिनँ मैले ।

त्यसैले एक दिन नजिकैको प्रहरी चौकीमा गएर इन्सपेक्टरसँग भनेँ- ‘मलाई जेलमा राखि दिनोस् ।’

‘किन ?’ सोध्यो इन्सपेक्टरले ।

‘म जेलमा बसेर उपन्यास लेख्न चाहन्छु । जेलमा बस्दा जागिर नखाईकन पेट भर्न पाइन्छ । त्यहाँ कसैले डिस्टर्ब पनि गर्दैन, त्यसैले ।’

‘यस्ता उडन्ते कुरा नगर्नोस्,’ उसले मलाई झपार्दै भन्यो- ‘तपाईँ सद्दे त हुनु हुन्छ ?’

‘म अहिलेसम्म सद्दे छु । तर उपन्यास लेख्न पाइनँ भने पागल हुन सक्छु ।’

उसले मानेन, पटक्कै मानेन । अन्ततः निराश भएर फर्किएँ म ।

बाटामा अनेक कुरा सोच्दै आएँ । अहिलेको जमानामा ऋषिमुनि जस्तो जङ्गल पसेर एकान्त खोज्नु सम्भव छैन । फेरि त्यहाँ पनि खानका लागि त केही गर्नै पर्छ । म चाहन्थेँ- केही नगरी खान पाइयोस् र निरन्तर लेखि रहन पाइयोस् । त्यसका लागि उपयुक्त ठाउँ जेल नै भएको निष्कर्ष निकालेँ मैले । तर जेलमा बस्नका लागि अपराध गर्नै पथ्र्यो ।

हो, जेलमा बस्नका लागि अपराध गर्नै पथ्र्यो ।

मिक्सचरमा फलफुल पिसेर जुस बनाएँ, अनि पत्नी र छोरालाई एक एक गिलास दिएँ । उनीहरूले जुस खाइ सकेपछि म प्रहरी चौकी गएँ । त्यही इन्सपेक्टर भेटियो ।

मैले खुसी हुँदै भनेँ- ‘इन्सपेक्टर साब ! अब त मलाई जेल हाल्नु हुन्छ होला नि ?’

उसले चकित हुँदै सोध्यो- ‘किन ?’

‘म मान्छे मारेर आउँदै छु,’ मैले मुसुमुसु हाँस्तै भनेँ ।

‘कहाँ ? कसलाई ?’ उसले आत्तिँदै सोध्यो ।

मसँगै घटना स्थल जान आग्रह गरेँ मैले ।

अरू दुईतिन जना प्रहरी सहित ऊ र म भ्यानमा चढ्यौँ, अनि मैले बताएको ठाउँतिर लाग्यौँ । कोठामा पुगेर हेर्दा पत्नी र छोरो मरि रहेका थिए ।

(रमेश पौडेलको उपन्यास ‘द सुप्रिम हृयुमन’को एक अंश)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : पुस्तक अंश | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *