नाटक : उज्यालो आउनैपर्छ

~सफल घिमिरे~

प्रथम दृश्य
[नाटक माचनको लागि वृत्त र वृत्तभित्र नेपालको अलि चाक्लो नक्सा … सुत्रधारको प्रवेश]

सुत्रधारः प्रत्येक नेपालीहरु जन्मिने बित्तिकै टाउकोमा १२ हजारको ऋण बोकेर जन्मिन्छन् र त्यो ऋण तपाई हाम्रो थाप्लोमा पनि अझै छ । भष्ट्राचारले व्याप्त तर सुशासनको अभावमा देश पिरोलीईरहेको छ । यो नाटक एउटा मध्यग्रामिण वा भनौं अर्धशहरी परिवेशमा आधारित रहेर तयार पारिएको छ । नाटकको पात्रहरु बुबा, आमा, नानु, इमान, रोशन सबै हामी भन्दा टाढाका होइनन् । तपाई हाम्रै जस्तै गरिबीमा पिल्सीएको परिवारमा जागिर खोज्दै गरेको रोशनको कथा, भोकी नानुको कथा, दुःखी बाबुको कथा, यिनै-यिनै कथाहरु लिएर शुरु हुन्छ नाटक-उज्यालो आउनैपर्छ…!![दुई जना नारीहरुको प्रवेश, कपाल नमिलाइएको निधारमा रगताम्य सेतो पट्टि र कालो पहिरनमा सुँक्क-सुँक्क गर्दै मंच परिक्रमा गदै ]
नेपथ्यबाटः भोको मान्छे को हो ?
नारी आवाजः हजू……………र…॥!
नेपथ्यबाटः गरिब भन्या को हो ?
नारी आवाजः हजू………र…!
नेपथ्यबाट: अन्यायले पिल्सीएको को हो ?
नारी आवाजःहजू……………र…!
खण्ड-खण्ड आवाजहरु: आमा……………। लुटियो…………भत्कीयो………विगि्रयो……।
आमा ……!! ए आमा ………!!
नाशियो……। सखापै भयो………॥ सर्वश्व गयो………। कहिल्यै नफेरिनेभो…………आमा……॥ [बाहिरिन्छन्]
[सुँक्क-सुँक्क रुँदै सानी बच्चीको प्रवेश पछि पछि आमा]

आमाः किन रोएकि नानी यति बिहानै यस्तो डाँको छोडेर …………।
छोरी: आमा भोक लाग्यो । ………[जाडोले काम्दै]
भोक लाग्यो आमा ………। साह्रै भोक लाग्यो…………
आमा: बजारमा अभावका अभाव छन् छोरी ……॥ नाका जति सबै बन्दछन् -भएका समानजति पनि हुनेखानेले लुकाए – तिम्लाई हाम्लाई उधारो पत्याउने पनि छँदैछैनन् ।
छोरी: अनि हामीले कैल्यै नखाने आमा ?
आमा: महंगीले मार्याछ नानु ……… भरे सम्म त भोक खप्नै पर्छ ।
[छोरी अविश्राम यताउता असन्तुष्टिको भावले भौतारिइरहन्छे …. छेउबाट अर्को पात्रको प्रवेशसुकिलो कपडा लगाएकोदौरासुरुवाल त्यसमाथि कोट र कालो भादगाउँले टोपी पेट अलिकति अघि आएकोबडो ढुक्क र गौरवान्वीत पात्र]
[आमा झूकेर नमस्कार गर्दछिन् ऊ गर्वले गह्रुँगो भएर नमस्कार फर्काउँछ ।]
आमा: नमस्कार साप !
इमान: ठीक छ ! ठीक छ ! इमानको जमानलाई दुनियाँले सम्मान गरेको छ बेइमान हैन । इमान हो मेरो नाम ।
छोरी: त्यो पेट किन त्यत्ति ठूलो भएको [एकछिन विश्राम] धेरै भात खाएर हो ?
इमान: हैन ………। नचाहिने कुरा गर्छे ।
छोरी: अनि के त धेरै पैसा खाएर हो ?
इमान: हैन के भन्छे यो ?
आमा: छोरी नकरा तँ – चुप लागेर बस् – ठुलो मान्छेसँग यसरी कुरा गर्ने हैन ।
छोरी: इन्कार गदै अँ- मैले बुझें- मैले बुझें…तपाँइले धेरै खाएर हाम्लाई खान नपुगेको हो ।
आमा: तँ खुरुक्क भित्र जान्छेस् कि ………। ………मालिक ………केट्केटी मान्छे ……
इमान: ल ल ठीक छ – अल्लि ठाँउमा राख्नु । अनि धने खोइ त ?
आमा: उहाँ भित्रै हुनुहुन्छ । एकछिन है । म पठाइहाल्छु । ….. ए रोशन का बा ! रोशन का बा !
भित्र पस्छे ।
बाबु: ओहो ! यो आँगन किन दुखी छ भन्थे तपाइले टेक्नु भो मेरो अहोभाग्य भो इमान् साप्
इमान्: धेरै नफूर्काई धने धेरै नफूर्काई – दशैंको खर्च भनेर पैसा मागिस् ;त्यसको व्याज, व्याजको स्याज, स्याजको पनि प्याज निस्कने बेला भैसक्यो । खै अ´ तिर् याछैनस् इमानको जमानलाई दुनियाँले सम्मान गरेको छ बेइमान होइन हेर ।

बाबु : काँ हुनु हजुर मुन्टो नुघाउँदै बाउले कमाउला भनेर नाम धने राखिदिए कमसेकम कागजको नोठ नकमाए पनि जमानको चाहिँ धनि छु- छोराले नोकरी थाल्ने बित्तिकै चुक्ता गर्छु साप् ।
[छोराको प्रवेश]
छोरा: बा के को नोकरीको कुरा हुँदैछ यहाँ ?
बाबु: तेरै नोकरी हो – ऊ चिनिस् इमान साहेब्लाई त्यहि अड्डाको हाकिम क्या त । तैले निवेदन दिदा वहाँकै हैन ?
छोरा: ए……॥ सर नमस्कार !
बाबु: साप् यस्तै छ छोरा………॥
इमान्: पाखुरामा समाउँदै दह्रो छ छोरो अलि अलि लगानी गर्ने गर छोरो माथि- निवेदन दिया रै छम हेरिहाल्छु नि ।
बाबु: एकदमै फस्ट किलास छ साप् । सानैदेखिको टाठो । सबैलाई अखबार पढेर सुनाउने यै हो । सटिपीकेट पनि राम्रा राम्रा छन् । जसै गर्नु पर् यो हजुर ।
इमान्: अरु म भन्न सक्दिन, राम्ररी कुरा गर्न छोरालाई नै पठाइदे । भोलि १२-१ बजेतिर म अफिस वरपर चियापसलतिरै हुन्छु ।

दोश्रो दृश्य

एउटा कुर्सि, कुर्सिमाथी इमान् साप् उही पहिले कै पोशाकमा नक्सापनि उहि …
इमान्: सुब्वा दाजु ……। ए सुब्वा दाजु …………… कति बज्यो ?
सुब्वाः नेपथ्यबाट सधैका झैँ हो इमान सर – आज पनि ठ्याक्कै बाह्र बज्यो ।
इमान: ल-ल-ल–अरु कोही हैन त्यो रोशन भन्ने केटालाई एक चोटी झट्टै भित्र पठाइ दिनुस् त ।
सुब्वाः अरुहरु कराउलान् नि सर कुन्नी के के तन्त्र भन्छन् अहिले त……………
इमान: मेरो गिदि त नखाउन न हो सुब्वा दाजु – लोकतन्त्रको बाउ आए पनि क्यै लाग्दैन मलाई । खुरुक्क पठाइदिनुस् न त्यसलाई ।
[मनोवाद —सोझा-साझा कर्मचारीलाई त गरिखान पनि नदिने भए हो ।]
[मंचमा किशोरको प्रवेश । आएर नजिकैको कुर्सिमा बस्छ ।]
इमान: ए बाबु ! आइस् ?
रोशन: छिटै छिर्न पाएँ सर । यो देशमा बेरोजगारहरु पनि कति धेरै भाका हुन ।
इमान: छोड्दे यस्ता कुरा रोशन बाबु । चोर र बुढी औला बीच घर्षण गराउँदै तँ हामी बीच रोजगारीको मात्रै कुरा हुनुपर्छ ।
रोशन: रोजगारि भन्नाले अक्मकाउदै मैले मेसो पाइन की तपाईले बुझ्ने गरी भन्नु भएन खै कुन्नी मैले त पत्तै पाइन त सर ।
इमान: पत्तो तैले पाउँदै गर्छस् बाबु ! पाउँदै गर्छस् यत्तीकैमा इमानसाप्को गोजीबाट मोवाइलको घण्टी बज्छ
इमान: हेलो हेलो………॥ हेलो हेलो……………
क्यै सुन्नु भएन मैले त सुनिराछु त य सुन्नुभयो ! लौ हेर मैले सुनिननी अब त…………।
[कल काटिन्छ]
हरॆ …………॥हरे यो एक कल भर्दा पनि तीन कलको पैसा जान्छ । कस्तो छ भने प्रविधी हेर ।
[फेरी घण्टी बज्छ ।]
ए हेलो -हेलो ए – सुनीयो
हजुर – ए हजुर ओहो एकतर्फी वार्ताहरु
हजुर हजुर भइहाल्छ नि किन नहुनु तपाँई हामी मिलेपछी के नहुनु छ रतर पनि यि कालाकोटेहरुलाई टेबलमुनिका वार्ताकार भन्ने अनाहक आरोप लाउँछन् गाँठे ।
तपाँइ ढुक्क हुनोस् -काम भइहाल्छ नी । ल राखे हजुर -ए अँ अँ फेरीबोल्दै
हुन्छ हुन्छ भइहाल्छ मज्जाले हुन्छ ।
ल त अब त साँच्चिकै राखे है । मोबाइल राख्छ
ए बाबु मैले त तँलाई भुसुक्कै भुलेको भन्या रोशन अलि आप्ठ्यारो मानेको चेहेरामा
इमान: ए हाम्रो कुरो कहाँ पुग्याथ्यो रे ए अँ जागिर को कुरा । खै यहि हो तम्रो कागजात
कागजहरु क्रमशः पल्टाउँदै
अँ –ठीक छ………।ठीक छ ……॥ राम्रो छ………।निवेदन दिएँ भन्या हैन
रोशन: हो सर ………अस्तिनै पाली बुझाई सकें…
इमान: अनि निवेदनको साथमा अरु केही दिया छौ कि छैनौ नि
रोशन: केही भन्नाले सर ?
इमान: म हेर्दै छु …………।
एक छिनपछि बाबु जागिर तिमीले पाउँछौ मज्जाले पाँउछौ ।
रोशन: सर ! मैले जागिर पाउँछु हैन
इमान: म हेर्दैछु …………।
एक छिन पछि बाबु जागिर तिमीले पाउँछौ
मज्जाले पाँउछौ ।
रोशन: सर ! मैले जागिर पाउँछु हैन
इमान: एकदम ………।विश्वाशका साथ पाउँछौ
रोशन: मेरी बैनीको पेट भरिन्छ हैन सर
इमान: किन नभरिनु मज्जाले भरिन्छ ।
रोशन: मेरो बुबाको फाटेका टोपी अनि आमाको उध्रको चोलि त फेरिन्छनी सर
इमान: फेरीन्छ बाबु मज्जालॆ फेरिन्छ तर—-
रोशन: तर — के सर ?
इमान: तर लगानी गर्नुपर्छ बाबु लगानी……।
रोशन: म त जागिर खान आएको सर किन र लगानी व्यापार गर्न त होइन । मैले बुझिन की सर
इमान: केहि पाउनु मन छ भने केहि गुमाउन पनि सिक बाबु ……।
यो पवित्र कुरो हो ……केहि बुभुयौ जस्तो लाग्छ ……पवित्र सहयोगलाई अर्कै नाम दिएर अपवित्र नबनाउँ बाबु । तिम्ले मलाइ केहि सहयोग गर भन्न खोज्या मात्र हो ।
रोशन: सहयोग भन्नाले सर !
इमान: धेरै होइन बाबु गोडा दुई…
अन्कनाउदै अनि अलिअलि बाहिर हेर्दै त्यो के लामो लामो
[सुंडको आकार देखाउँदै] हा…हा…हा…हात्ती हात्ती । गोडा पाँच सात निकुाजभित्र राख्न –
[खल्ती देखाउदै] हात्तीको व्यवस्था गर मात्रै भन्या हो ।
रोशन: सायद तपाईले पैसा भन्नुभा’हो सर !
इमान चोर औला ओठमा राख्दै ूअँू को मुन्टो हल्लाउँछ रोशन आफ्नो ठाउँबाट जुरुक्क उठ्छ
रोशन: म दुई छाक खान नपुगेर बाबाको सपना पुरा गर्नको निम्ती आमाको आँकांक्षा मेट्नको लागि अनि बहिनीको जिन्दगीको लागि आफ्ना सर्टिफिकेटहरु तपाइ सामु तेसा्रएको छु यो अभावै -अभावको जिन्दगी छ त्यसमा पनि जुनकारणले मैले जस्तो गरिबी हज्जारौ नेपाली दिन दुइगुना रात चौगुना गरेर भोग्दैछन् । त्यस्तो बेला कालो व्यवसायमा धकेलेर म देशलाई अझै एक पाइला पछि कसरी धकेल्न सक्छु सर ! अहँ म बाट यो हुन सक्दैन – हुनै सक्दैन !
मुड्कि बजाउँदै हुनै सक्दैन-हुनै सक्दैन ।

इमान: किन हुँदैन कसरी हुँदैन – के भएर हुँदैन कताबाट हुँदैन
रोशन: यो त सरासर भ्रष्ट्राचार हो सर । म त एउटा सच्चा नागरिक हुँ । यदि तपाई मलाई राजस्वको बिल दिन सक्नु हुन्छ भने म पैसा दिन तयार छु नत्र तपाइमाथि कारवाहि हुनुपर्छ सर ।
इमान: [गर्जिदै] जा ! कहाँ जानि हो जा !कस्ले गर्छ कारवाहि मलाई तेरो बाउले गर्छ
रोशन: मेरो बाउले होइन अब कारवाहि भनेको नेपाली जनताले गर्नेछ तपाइलाई नेपाली समाजले गर्नेछ । कस्ले ख्वाउने हो ख्वाउनुस यो जागीर भन्दै उस्को मुखमा कागजपत्र फ्यकिदिन्छ
दुवै आ- आफ्नो तरिकाले बाहिरिन्छन्
इमान [रिसाउदै]: ओ सुब्वा दाजु ! ४ बजेन भन्या ?
सुब्वा [नेपथ्यबाट]: आँट्नै आट्यो साप् आँट्नै आट्यो
[दुवै आ- आफ्नो तरिकाले बाहिरिन्छन्]

[तेस्रो दृश्य]

आमा कुचो बढार्दै बाबु वृत्तबाहिरै छोरी चाहि गट्टा खेल्दै रोशनको प्रवेश]
[मानसिक द्धन्दको स्थीतिमा रोशन माचमा दु्रत चालले पस्दा बाबु आश्चर्यजनक तरिकाले अर्को ठाउँबाट प्रवेश गर्छन् ।]
बाबु: ओइ ! के भो यसलाई ?
रोशन: म जागिर खान्न बाबा ! यो स्थीतिले म जागिर खान्न ।
आमा: कुचो फाल्दै हैन यसले केहि विगारेछ की क्या हो ?
बाबु: के भो यसलाई कतै हाकिम साबलाइ केहि भनेर त विगारिनस् ?
रोशन: मैले त तिन्को केहि बिगारिन बाबा तर आज थाहा पाए तिनले तपाइँ ह हामीजस्ताको धेरै विगारेका रैछन् ।
आमा: होइन …। के भन्छ यो ?
बाबा: ओइ …। ठुलो मान्छेहरुको बारेमा यस्तो नबोल है पाप लाग्ला नि …।
रोशन: पाप त अव त्यसलाइ लाग्ने छ देशले अब त्यसलाई सराप्ने छ । जस्ले यो भ्रष्ट्राचार विरोधमा अनि सुशासनको पक्षमा आवाज उठाउँदैन बाबा ठुलो मान्छे हुनलाई पैसा भएर हुदैन पैसा भन्दा पनी नैतीकता हुनु पर्छ ।
बाबु: हेर छोरा ! छेड्दे यस्ता कुरा यि कुराले ……॥
रोशन: कुरा विचमै काट्दै …………चर्को आवाजमा एक छिन ………॥ !
आज सम्म तपाईहरु यस धर्तीमा सयौं थोपा पसिना चुहाएर बस्नु भो तर एकै थोपा पसिना नचुहाउनेको यहा राज छ । हामी यहा नयां युगको अभ्यासमा छौ तर पनी हाम्रो तव सम्म समान विकास हुन सक्दैन जव सम्म यो भष्ट्रचाररुपी कुरीतिलाई हामी जरै देखि समुल नष्ट गर्दैनौ ।आमा ः भने जस्तै गरी सबै कुराहरु सम्भव हुदैनन् बाबु !
रोशन: सम्भव हुदैन भन्नेहरुले नै गर्दा आज हामी प्रयास सम्म नसकेका छौ आमा………॥अवको युग भनेको हाम्रो हो । विधिको शासन भनेको जनताको हो । तपाई हाम्रो प्रयास बाटमात्रै सवै कुरा सम्भव छ आमा……………।
बाबु: हुन त हो छोरा ………॥ तर पनी ………………॥
रोशन: कुरा काटेर यस्तै हो भने बाबा कहिल्यै हाम्रो जिन्दगी र जिवनशैली सुधि्रने छैनमेरा सटिफीकेटहरु सिरानीमुनी नै थन्किने छन्आमाको सपना पुराहुने छैन अनि तपाईको फाटेको टोपीपनी कैल्यै टालीने छैन बुबा कहिल्यै टालिने छैन ।
बाबु नतमस्तक टाउको नुहाँउदै
रोशन बहिनीको काँधमा हात राख्दै
आइजा नानु ! तेरो र मेरो भविष्यको लागि भएपनि यो धर्तीबाट पापीहरुलाई अलग्याउनै पर्छ । अलग्याउनै पर्छ नानु अलग्याउनै पर्छ ।
बहिनीको हात समाएर बाहिरिन्छ।
बाहिरिदै गर्दा
म अरु केही भन्न सक्दिन तर यदि मेरो कुरा ठिक हो भन्ने लाग्छ भने ए बाबा ! ए आमा ! आउनोस् यो महान दिशामा सँगै आघि बढ्दै जाओैं संगै यो धर्तीलाई पवित्र बनाऔ ।
नानु: आउनोस् बाबा आमा सँगै आउनोस् ।
बाबा आमा स्वीकाराक्ती जनाउँछन्
बाबुआमा: पर्ख सन्तती हो हामी पनी सँगै आउँछौ अब………………
लगत्तै हात समाएर सबै एकैचोटि लाम लाग्छ

[चौथो दृश्य]

[क्रमबद्ध तरिकाले तिनीहरु वृत्तको एक पुरा परिक्रमा गर्दछ । परिक्रमा पुरा भएपछि]
रोशन: कहाँ छ भष्ट्रचार [खोज्दै]
आमा: कहाँ छ अत्याचार ? [खोज्दै]
बाबु: कहाँ छ गरिबी? [खोज्दै]
नानु: कहाँ छ असमानता ? [खोज्दै]
रोशन: हिमालतिर होला । [नक्साभित्र पस्दै सबैजना हिमाली भेगतीर ]
[मिसिएका आवाजहरु]
ए…………॥ ! ए…………॥ ! ए ……………!
भाग ………॥! भाग…………! भाग…………।!
आमा: पहाडतिर होला । [नक्साभित्र पस्दै सबैजना पहाडि भेगतिर]
[मिश्रित आवाजहरु]
ए ……………।! ए…………॥ ! ए ……………॥!
भाग …………।! भाग…………! भाग……………!
बाबु: तराइतिर होला । [नक्साभित्र पस्दै सबैजना तराई भेगतिर]
[मिश्रित आवाजहरु]
ए …………… ! ए………॥ ! ए …………॥!
भाग …………।! भाग……………॥! भाग………।!
यतिबेला सम्म ४ पात्रहरु नक्साबाहिर तर वृत्त भित्रै रहँदा इमान नक्साको कुना झापा-इलाम
(तर यहाँ स्थानले कुनै प्रतीक जनाउदैन) तिर कुर्सीमा बसेको हुन्छ ।
नानु:अत्तासिएको एवं चर्को आवाजमा
ए………………………… ! सबभन्दा ठुलो भष्ट्राचार त यहाँ रै छ ।
सबैले चोरऔंलाले कुसर्ीमा वसेको इमान यहाँ समग्रमा भष्ट्रचार तर्फ फर्काएर तल माथि हल्लाइराख्छन्
रोशन: कति आङ नाङ्गा बनाइस्÷कति पेट भोका बनाइस्÷कति धुरीभित्र गरिबीको पीडा जलाइस् ।
बाबु: तँलाई गरेको प्रत्येक नमस्कार प्रति मलाई तिरस्कार लागेको छ ।
आमा: तँलाई दिएको प्रत्येक सम्मान मलाई फिर्ता बोलाउन मन लागेको छ ।
बाबु: म जस्ता किन गरिब धेरै छन् भन्थे म जस्ता किन भोका धेरै छन् भन्थे ; देश किन दुब्लाएछ भन्थें – जिम्मेवार नागरिक भएपछि थाहा पाएँ – तँ जस्तो समस्या पो यहाँ रैछ कुलङ्घार ।
रोशन: मेरा बैनीहरुको गाँस खोसेर मेरा बाबु आमाको आङ रित्याएर यो आकाशेजहाज देखि धर्तीको खाल्टे सडक र भत्केको ढलसम्म छोडेनौ …………।पासपोर्टका पानादेखि हस्पीटलका औषधिसम्म छोडेनौ……
तर अबको दिन यस्तो हुनेछ हेर तिमीलाई भोकानाङ्गागरिब बेरोजगारी उत्पीडितिहंसाले ग्रस्त भएकोघरबार विहीन भएका लुटिएकाचुटिएका पिटिएकाअनि पि_िल्सएका कसैले छोड्ने छैनन् ।
आमा: अब भष्टा्रचार जस्तो तत्व देशमा रहनु हँदैन…॥ अब उज्यालो आउनैपर्छ ।
सामुहिक आवाज हो उज्यालो आउनैपर्छ÷आउनैपर्छ सबैजना इमानलाई धकेल्न थाल्छन्
इमान: [डराएर] ए …………॥ ! ए…………॥ ! ए ……………॥!
विस्तारै- विस्तारै उसको खल्तीबाट पैसाका नोठहरु खस्छन् र सम्पूर्ण शरिर नक्सा भन्दा पुरै बाहिर पल्टीन्छ । अनि सबै आ-आफ्नो गति टक्क रोकेर अचल हुन्छन्
[लगत्तै दुई नारीको प्रवेश , रातो पहिरनमा खुशी साथ नाच्दै]

उठ्छ नेपाल खुल्छ नेपाल !
तिमी हामी सबै मिले फूल्छ नेपाल !!
तिनीहरु पनि अचल

[सुत्र धारको प्रवेश]
होसुधिन्छन् भने यो भूमिमा भष्टाचारी पनि सदाचारी बनेर अट्न सक्छन् तर भष्ट्रचार कहिल्यै अट्न सक्दैन । यो बाहिरिएको व्यक्ति इमान होइन समष्टिमा भष्ट्रचारको सिंगो रुप हो ।
आदरणीय दर्शकबृन्द कथा यो वृत्तभित्र मात्रको हैन । यो कथा तपाई र हामी सबैका अगाडि दिन प्रतिदिन देखिने घटनाहरु हुन् । हामी साँच्चै नै उज्यालो चाहन्छौ र यदि शब्दको नया नेपाललाई व्यवहारमा परिवर्तन  गर्न चाहन्छौ भने आजै देखि जिम्मेवार नागरिक बनेर भष्ट्रचारको बिरोध र सुशासन वकालत गर्न शुरु गर्नु पर्दछ । हामी सबैमा चेतनाको मुल फुट्नै पर्छ साथीहरु चेतनाको मुल फूट्नैपर्छ ।

[ट्रान्सपरेन्सी इन्टरन्यासनल र प्रोपब्लिकको निम्ति २०६६  माघमा लिखित तथा  पोखराका विभिन्न स्थानमा प्रदर्शित]

(श्रोत :- Writer’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नाटक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.