सूत्रकथा : तीन सुत्र कथा

~दिलिप आचार्य ~

एक

मदिरा र नशालु पदार्थको रोकथामको लागि स्वदेशी ज्ञाताहरुको आयोजन र विदेशी दाताहरुको प्रायोजनमा एक दिने कार्यशाला गोष्ठि भयो । वुद्धिजीवी र गन्यमान्य व्यक्तिहरुले नशालु पदार्थको कूलतले समाजमा पारेको नकारात्मक प्रभाब वारे गहिरो चिन्ता व्यक्त गरे र समाधानको उपाय वारे वृहत विवेचना गरे ।

अन्तमा गोष्ठि सफल भएको ठहर गरियो र ‘स्याम्पेन’ फोरेर सभा विर्सजन गरियो ।

दुई

“शहर सफा राखौं”, “सरसफाई सभ्यताको प्रतिक हो” आदि विभिन्न नारा लेखिएका तुल र प्ले कार्डहरु बोकि चेतनशील व्यक्तिहरुको यौटा समुहले नगर परिक्रमा गरे । नगरको यौटा चोकमा पुगेर त्यो जुलुस आमसभामा परिणत भयो ।

भोलिपल्ट चोक वरिपरी र बाटो छेउ-छाउमा प्ले कार्ड , पर्चा र पोष्टरहरु यत्र तत्र छरिएका थिए र शहर अधिल्लो दिनभन्दा अलि बढी फोहर भएको थियो ।

तीन


देशको यौटा जल्दोबल्दो समस्याको हल गर्न कुनै पनि समुहले एकल निर्णय लिन नसकेपछि अध्ययन गरी समाधानको लागी स्पष्ट निर्णय पेश गर्न चर्चित विद्धानहरु सम्मिलित यौटा र्सवपक्षीय आयोग गठन गरियो ।

आयोगले तदारुकताकासाथ काम गर्‍यो र निश्चित अवधि भित्रै “यस विषयमा हाल कुनै पनि निर्णय लिनु ठिक छैन” भन्ने जोडदार निर्णय लिएर देखाइ दियो ।

 (१३-०२-२०५८ गोरखापत्र)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.