लघुकथा : मर्द

~दिलिप आचार्य ~Dilip Acharya

ऊ किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : ” चुरोट खान पनि के केटी जस्तो लजाएको ?”, उसको साहश बढ्यो र

उसले चुरोट तान्न शुरु गर्‍यो । चुरोट तान्दा अली अली खोकी लाग्थ्यो तर प्रत्येक चुरोट सल्काउँदा उ आफूलाई ठूलो मान्छे भएको ठान्थ्यो ।

केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्‌यायो। उसले आनाकानि गर्‍यो तर साथीले उसको पौरुषमा प्रहार गर्‍यो : ” चुरोट त स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा त” उसको पौरुष जाग्यो र उ बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो । गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा उ आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो ।

त्यसपछी पनि कहिले बहादुरी देखाउन त कहीले कमजोरी लुकाउन उ चुरोट, गाँजा र जाँड, रक्सी लगाएतका सबै पुरुषत्व झल्कीने पदार्थको सेवन गर्न थाल्यो । यसरी ठूलो मान्छे, पूर्ण पुरुष र मर्द बन्ने प्रयाशमा उसको शरिर नराम्ररी बिग्रियो र तिस पैतीस बर्षकै उमेरमा उ असक्त रोगी र कमजोर भयो ।

एकदिन बिरामी परी ओछ्‌यानमै पल्टी पल्टी सडक तर्फ हेर्दा उसले धूमपान, मद्यपान केहि नगर्ने एकजना जवान र स्वस्थ युवकलाई बाटोमा हिड्‌दै गरेको देख्यो। उसले आफ्नो र त्यो बटुवाको उमेर मनमनै दाँजेर हेर्‍यो र अनायशै बर्बरायो ” वाह ! क्या स्वस्थ ! क्या स्फूर्ती !!, यो पो मर्द रहेछ ” ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.