सूत्रकथा : हर्षको आँसु / विष्मातको आँसु

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ पढ्नमा जेहेन्दार थियो | समयलाई आफ्नो पोल्टामा पार्यो | उच्च शिक्षा अध्ययनकोलागि अमेरिकाको कुनै प्रतिष्ठित विश्व-विध्यालयमा जान तारतम्य पनि मिलायो |

– सपरिवारसहित आमा पनि विमानस्थलसम्म उसलाई पुराउन जानु भयो | विदाइको अन्तिम क्षणमा हर्षको आँसु झार्नु भयो |

– त्यहाँ पनि पढ्नमा ऊ अब्बललै रह्यो | केही खर्च पनि घरमा पठाउने गर्थ्यो | दीक्षान्त समारोहमा आमासहितलाई निमंत्रणा पठायो | आमाले भनिन् – देशको अवस्था ठीक छैन | ग्रीन-कार्ड भए पछि आउँछौँ |

– उसले सोच्यो – देश अस्वस्थ रहेछ ! अनेकन सुअवसरलाई तिलांजली दिँदै स्वदेश फर्कने निर्णय लियो |

– फेरि पनि आमाले विमानस्थलमा आँसु झारिन् – तर विष्मातको !

*** *** ***

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.