अनूदित छोक : हक

~अशरफ फयाद~Ashraf Fayadh
अनु : राजा पुनियानी

हिँड़्ने
या यताउति हल्लिने
या रूनेसम्म हक छैन यद्यपि ऊसित
उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन
अथवा उसको हावा, रद्दी र आँसु ताजा गर्ने

तिमी पनि त कस्तो भुल्छौ अनि
कि तिमी रोटीको एउटा टुक्रा हौ

(सन् २००८-मा दर त-फरबी, बेरुइतद्वारा प्रकाशित फयादको कविता किताब ‘इन्स्ट्रक्शन्स विदिन’-बाट। यो किताब सउदी अरबमा प्रतिबन्धित छ। अरबीबाट अङ्रेजी अनुवाद मोना करीम। )

(स्रोत : Esamata.com)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.