सोचे जस्तो हुन्न जिवन
सम्झे जस्तो हुन्न जिवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जिवन
पिरहरु बटुलेर रोइरहूँ जस्तो लाग्छ
खुसीहरु समेटेर हसिरहूँ जस्तो लाग्छ
आँसु आँसु हुन्न जिवन
खुसी खुसी हुन्न जिवन
देख्यो जसले उस्तै हुन्छ
रोजे जस्तो हुन्न जिवन
घाम ताप्न पर्खीबस्यो पानी उसै बर्सीदिन्छ
अँधेरोमै रमूँ भन्दा उज्यालो पो सल्कीदिन्छ
पानी पर्नु पनि जिवन
घाम लाग्नु पनि जिवन
एउटा रोज्यो अर्कै मिल्छ
खोजे जस्तो हुन्न जिवन
शब्द: दिनेश अधिकारी
संगित: नातिकाजी
स्वर: तारादेवी