गजल : साथीहरु

~छविलाल कोपिला~chhabilal-kopila

आफै लाउनु, अकल साथीहरु ।
अनि भन्नु यो, गजल साथीहरु ।

शील बन्दी खाम, जब लाग्छ खात,
त्यही ठान्नु है, फसल साथीहरु ।

खोज्दैछन् थाम, गजल सायरहरु,
आफै बन्नु है त्यो, स्थल साथीहरु ।

गर्नलाई गोडमेल गजलको यहाँ,
छिटो खन्नु नि, त्यो मल साथीहरु ।

हुरी चल्छ जब, गजलहरुको,
आँधी बन्नु ल, त्यो पल साथीहरु ।

फक्रिन खोज्दैछ नि कोपिला यो,
सही मान्नु है यो, चल साथीहरु ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.