कविता : सयौं फूलहरु फुल्न देऊ

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

ए ! वनमारा
फूलहरु हुर्कन देऊ
यो बगैचामा सैयौं फूलहरु फुल्न देऊ ।
त्यो हिमालयमा ‘झुमा’सँगै
लाली गुराँसलाई
मुस्कुराउँदै–मुस्कुराउँदै फुल्न देऊ ।
अनि अजम्बरी जस्तै
त्यो मखमली फुल्न देऊ
ए माहुरी
पराग सेचन गरी देऊ
यो बगैचामा सैंयो फूलहरु फुल्न दऊ ।
त्यो पहाडी काखमा ‘बुची’ जस्तै
मगमग–मगमग बासना छर्दै
बुकी फूल्न देऊ
अनि पारिजातलाई पनि
अब, रातको बुर्का नओढी
दिउँसै फुल्न देऊ ।
ए पुतली
सैयौं फूलहरुमा नाची देऊ
यो बगैचामा सैयौं फूलहरु फुल्न देऊ ।
यो तराई ेगमा ‘फुलमतिया’ जस्तै
स्वच्छ सेतो कमल फूल्न देऊ
अनि सैयौं पत्र–पत्र गाँसी
मुसु–मुसु हाँसी
सयपत्री फुल्न देऊ
ए १ भमरा
मात्र रस नचुस
एकै चुम्बनमा नझार
शिरिषलाई फुल्न देऊ
यो बगैचामा सैयौं फूलहरु फुल्न देऊ ।
ए १ वनमारा,
माहुरी, पुतली अनि भमराहरु
फूलहरु हुर्कन देऊ
मुस्कुराउँदै–हाँस्दै फुल्न देऊ
यो सुन्दर बगैचालाई मनमोहक बनाउन देऊ
यो बगैचामा सैयौं फूलहरु फुल्न देऊ ।

–लमही नगरपालिका–७ सेमरहवा,
द्यौखर–दाङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.