कविता : सधैं रात रहिरहने भो

~शिवराज पन्थी~

सूर्य झुल्किएला भनेको वस्तीमा
सधैरात रहिरहने भो
चाँदनी रातको चन्द्रमा समेत हराएर
चकमन्नै अँध्यारो भैरहने भो

ए , महोदयहरू संविधान लेख्ने वा नलेख्ने?
म्याद थपेर कुर्सीमा मात्र टाँसिएको नदेख्ने?
जुका टाँसिए झैं टाँसिनुको अर्थ छैन, संविधान लेखिन्न भने
संसद भवन छोड ६०१ हरू भत्ता नखाए पनि मरिन्न भने

ए , नयाँ नेपालका पहरेदारहरू
चक्काजाम र बन्द कहिलेसम्म?
विकृति र विसंगति चुलियो देशमा
यस्तो लोकतन्त्र कहिलेसम्म?
मन्त्रीमन्डलको विस्तार सकिन्न यहाँ,
भाषा संस्कृति बिर्सिसक्दा पनि
अक्षर आरम्भ भएन यहाँ संविधानको
कुर्सी र सत्ता खुस्की सक्दा पनि
सत्ता र भत्ता मोहमा गन्हाएर किन
नयाँ नेपालको सपनामात्र देखाउने?
राष्ट्रलाई खन्ड–खन्ड बनाएर
विदेशमा किन मिसाउने?

ए , राष्ट्रका पहरेदारहरू, स्वाभीमान लुटियो हाम्रो,
नयनहरू उघार अब सबै नेता महोदयहरू
सधै पिच्छे बनेर नझार आँशुका थोपा
संविधान नबनाए पाउने छौं ठूलो धोका
सूर्य झुल्किएला भनेको वस्तीमा
सधैरात रहिरहने भो ,
चाँदनी रातको चन्द्रमा समेत हराएर
चकमन्नै अँध्यारो भै रहने भो

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४४ – २०६७ असोज ६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.