कविता : शरशैयामा छ देश

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

शर शैयामा लेटेको छ आज देश ।
सञ्जीवनी सुघाईदिने देख्दिन पौरुष ।
छिया छिया परेका शरिरका अवयव ।
कालकुट पिएर सम्हाल्ने देख्दीन पात्र ।

शनै शनै स्खलीत राष्ट्रिय स्वाभिमान ।
सत्तासंग साटीने गरेकोछ स्वाभिमान ।
कोशी गण्डकी महाकालीको छ कहर ।
अब फास्टट्रयाकले पुरा गरिदिने रहर ।

हामी सार्वभौम हौं कि हौं रैति सरह ।
वारम्वार किन ? हाम्रो मतको खेलवाड ।
अर्काको सुरक्षार्थ खटिएकाछन् वहादुर ।
देश शरशैयामा लेट्दा देखाउदैनन् पौरख ?

कुलले गरेको इतिहास छ कुलकै विनाश ।
शरशैयामा लेट्नु प-यो भीष्म पितामह ।
पुर्खाको स्वाभिमानले अव बौरिन्न देश ।
देशभक्तिले बिकासमा लाग्नु पर्दछ युवाजमात ।

जनताको कित्ताकाट गर्ने तेरा मेरा भनेर ।
मेटीएन विभेद सरकार अभिभावक बनेर ।
राष्ट्रको हित गरेनन् कोही पुरुषार्थी भएर ।
अर्जी विन्ती र चाकडीमा बिताउने उमेर ।

पराश्रित तन मनले रहन दिएन स्वाभिमान ।
सियो नवन्ने देशमा आर्थिक उदारीकरण ।
केहि बन्न दिनहुन्न स्वदेशमा सबै आयातित ।
देशका कर्मठ युवाहरु वस्तु झैं निर्यातित ।

श्रोतको दोहन राजनीतिक आवरण बाट ।
दोहन भईरहेछ ढुगागिट्टी वालुवा काठपात ।
उजाड हुनेछ तराईमधेश चुरे विनाशबाट ।
प्रणगरौं युवा हो देशलाई निकाल्न कोमाबाट ।

होल्ड गर्न दिएकोछ देशको नदी नालाबगर ।
मौनतामा दिएकोछ कालापानी लिपुलेकअनेक ।
हराउँछन् सिमा स्तम्भ राता रात अनेक ।
हिजो भएका आफ्ना जमिन आज परदेशका ।

एक दुई तिन गरेर गनी साध्य छैनन् पात्र ।
देशकै दोहनमा छन् एकपछि अर्का विछट्टै ।
कसको हितमा काम गर्दछ नेपालको सरकार ।
ठिलो हुँदैछ जोगाऊँन बचे खुचेको शाखः ।

हिजो भन्दथ्यौं जेलभित्र छ कि कोही सपुत ।
देश र जनताको फेर्न सक्छ कि मलीन मुहार ।
आज तिनै उपस्थित छन् देश जनताका सन्मुख ।
साँचो रहेछ सतीले श्रापदिएको नेपाल देश ।
१०

भरोशा गरेर उठाउँदै आयौं यो दलीय झण्डा ।
आखिर निकाश रहेनछ कुनै राजनीतिक ब्यवस्था ।
एक पछि अर्काे गर्र्दै ल्याउँछन् समस्यै समस्या ।
सुशाशित स्थिर रहेन छ यो संसदीय ब्यवस्था ।
अब उठाउनु पर्छ चन्द्रसूर्य अंकित राष्ट्रको झण्डा
ठिलो गर्न हुन्न उठाऊँन शरशैयाबाट नेपाललाई ।
११

मृत्यु शैयामा रहेको नेपाललाई बचाऔं ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.