कविता : योद्धाको संकल्प

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

हामी उभिएको धरातल
बलिदानले सिञ्चित भएको छ
र त यतिखेर हाम्रो स्वाभिमान
गौरबशाली भएर उठेको छ ।
लरखराउंदै उठ्न खोजिरहेका
तानाशाहहरुलाई परास्त गर्न
स्वतन्त्रताका पक्षधरहरु
थप बलिदानका लागि तयार भएका छन् ।
सम्पुर्ण न्यायप्रेमिहरुको
भावनालाई अपहेलना गरिरहने हो भने
उनीहरुको अस्तित्वलाई स्विकार गर्न नसक्ने हो भने
हरेक बलिदानको अपमान हुनेछ
तसर्थ
पसिना र खुन सिञ्चित
रातो रंगले पोतिएका
हाम्रा पहाड, तराई अनि हिमालहरु
उनीहरुको लक्ष्य र उद्देश्यहरु अनुरुप
सम्वोधन गरिएको हुनुपर्छ ।
युद्धका सारथीहरुको वस्ती जलाएर
उनीहरुलाई युगौंसम्म
कमारा बनाइराख्ने मनसायहरुको लागि
सुन्दर शहर निर्माण हो भने
त्यो शहरले कालो धुँवाको मुस्लो ओड्ने छ ।
त्यतिखेर एकले अर्कोलाई नचिन्न सक्छन् ।
अन्धकार भित्र सवै सल्बलाउने छन् ।
त्यसरी नै
किसानका खेतहरु कब्जा गरेर
धनाढ्यहरुको लागि वगैंचा निर्माण गरियो भने
भोका पेटहरु
तातिएर डामिनेछन् ।
पुराना राजाहरुलाई सिध्याएर
नयाँ राजाहरु जन्माउने प्रवृत्तिको लहर देखिएको छ
यो रोकिनु जरुरी छ
जवसम्म यो प्रवृत्ति जीवित रहने छ
लडाई त्यतिखेर सम्म जारी रहनेछ
क्रमभंग नभएसम्म
लडाई जारी रहने छ
धारावाहिक रुपमा अगाडी बढिरहने छ ।

(३ जलाई २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.