कथा : मिस एलिजा

~निश्चल काउचा~Nischal Kaucha

‘नेपाल’,नाम सुन्न बित्तिकै । उनले भनिन । ‘ए नेपाल हिमालय, सगरमाथाको देश’

मैले गर्वले छाती फुलाउदै ‘हो’भने उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पदन कोरिया आएकी ।

‘तिमी पनि पदन आएका हौ’? उनको प्रश्न तेर्सियो मतिर ।

‘होईन’ म त काम गर्न आएको’ मैले भने

‘पदाई कहाँ पुर्याएर छोडेउ त’? ‘डिग्री पददै थिए । बिचैमा छोडेर आएको’

‘डिग्री पदेको मान्छे के काम गर्छौ त’? उनले मतिर नजर फ्याक्दै सोधिन ।

मैले निधार खुम्चाउदै भने’के काम गर्नु फलाम ग्रेंदिंङ गर्छु ।

उनले नाक खुम्चाएर भनिन ‘के यस्तै काम गर्न तिमीले डिग्री पदेको’?

झोलाको गोजीबाट पानीको बोटल निकालेर पिउदै भने’के गर्नु त हाम्रो देशको शिक्षा व्यवहारिक नै छैन ।

‘अनि डिग्री पदेको मान्छे आफ्नै देशमा केही गर्न सकेनौ’? नदी किनारमै साकुराको सियाल मुनिको फलामे बेन्चमा बस्दै सोधिन ।

‘ ह्या के गर्नु हो’? राजनितिक स्थिति डामाडोल छ। नेताहरूले देश खत्तम भनाए ।’ म पनि बेन्चमा बस्दै भने ।

उनी खितित- खितित हाँस्दै भनिन ।’तिम्रो देशमा चुनाव हुदैन?

‘हुन्छ । अब फेरी हुँदैछ रे’ म गम्भीर हुँदै भने ।

ब्यागबाट चिसोको क्यान निकालेर खोल्दै बोलिन ।’नेताले देश कसरी बिगारे त’? मैले पानीको बोटल खेलाउदै भने ‘हाम्रा नेताहरू नै खराब छन् ।

फेरि मुस्कुराउदै भनिन । ‘ चुनाव हुन्छ भन्छौ’ । नेता खराब छन् भन्छौ , त्यसो भए खराव नेतालाई किन भोट दिएर जिताउछौ त’?

उनको सोधाईले मेरो बोली घाटीमै अडकियो । म घोप्टो परेर शिर झुकाएर निहुरेर बसे । केही छिन पछि सुईय सुस्केरा हाल्दै भने ‘हाम्रो देशका
जनताको चेतना स्तर अझै उठन सकेको छैन’।

शिशिर लाग्दै छ । चिसो सिरेटो चल्न थाली सकेको छ । हामी बसेको बेन्चको छेउमै लाहुरे फुल मुस्कुराईरहेको छ । रङ्गी,बिरङ्गी पुतलीहरू उडिरहेको छन । हामी पनि यसरी नै उडन पाए जिन्दगी कति रमाईलो हुदो हो ?
मन मनै सोचे ।

एकछिनको मौनता पछि बोलिन । ‘नेपाल फर्के पछि के गर्छौ त’?

मैले अनकनाउदै भने ‘सोचाई त कृषिमा केही गर्ने हो हुन त टुरिजममा पनि लगाब छ’ ।

‘गूड- गूड राम्रो सोचाई,’तिम्रो देशमा प्रकृतिले त्यति धेरै सम्पति दिएको छ । । ‘अहिले टुरिजम ब्यापार विश्वभर फस्टाए छ, यसबाट नै धेरै देशहरूको अर्थतन्त्रको प्रमुख आधार बनाएका छन् । तर तिम्रो देश् किन गरिब, ?

‘हाम्रो देशमा हिमाल होईन’। ‘ सुन खानी भएको भए हाम्रो देश धनी हुन्थ्यौ होला’। मैले भने ।

उलले खित्का छोडदै भनिन ।’तिम्रो देशमा सुन खानी भएको भए झन् गरीब हुन्थ्यौ, । ‘सुन त झिक्दा झुक्दै सकिन्थ्यो,। हिमाल कहिल्यै नसकिने सम्पति हुन,। ‘सदपयोग गर्नु पर्छ,।
उनको कुराले मेरो मन् चसक्क भयो ।

सोचे हामीलाई प्रकृतिले लालीगुरास फुल्ने पाखा , सुनगाभा झुल्ने पखेरी ,नागबेली खोलानाला , झरणा , दन्ते लहरमा मुस्कुराई रहेका हिम शिखर के दिएको छैन ?

मैले बेन्चबाट उठदै भने ‘ छोड यी कुरा अब जानु पर्छ्’। बसन्ती हावाले उनको केश मेरो अनुहार भरि स्पर्श गराई दियो । उनले केश गुजिल्टो पार्दै भनिन । ‘होईन यो हान नदि कुन दिशातिर बगेको छ’?

मैले पनि रेला गर्दै भने गुगलमा सर्च गरन’

हामी छुट्टिनु थियो ।

ट्रेन स्टेसन आए पछी मैले भने ‘अब कहिले भेटने’?

‘म फेसबुकमा म्यासेज गर्छु नी’ जवाफ आयो ।

हाम्रो जाने ठाउँ ठीक बिपरित रहेछ । उनी पश्चिम म पूर्व उनी हात हल्लौउदै ट्रेन चदिन । म पनि निमेषभरमै चदे ।

कोचाकोच ट्रेनमा उभिदै फेसबुकमा म्यासेज पठाए। ‘हान नदि जस्तै कुन दिशामा बगेको थाहा नहुने गरि वेपत्ता नहुनु है’

आधा मिनेटमै जवाफ आयो । ‘सिल्ली ब्वाय’

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.