कविता : माथि को हुनुहुन्छ ?

~मीनबहादुर विष्ट~Min Bahadur Bishta

बाहिर छाडा साँडेहरू जुधिरहेछन् संसारकै जग हल्लाइदिने गरी
बाहिर काला कागहरू उडिरहेछन् संसारलाई नै अँध्यारो बनाउने गरी
यता आगोका लप्काहरू उठिरहेछन् संसारलाई नै डढाइदिने गरी
तल कलिला बालक र फूका बोटहरू काँपिरहेछन् संसारमै कोही नभए झैं गरी
माथि को हुनुहुन्छ?

माथि कोही हुनुहुन्छ भने ढोका खोलेर एक पटक
हेर्नोस त तल,
भित्र को हुनुहुन्छ?
भित्र कोही हुनुहुन्छ भने ढोका खोलेर एकपटक
हेर्नोस्त बाहिर,
तल को हुनुहुन्छ?
तल कोही हुनुहुन्छ भने शिर उठाएर एक पटक
हेर्नोस्त माथि,
कोही कतै हुनुहुन्छ भने आँखाका ढोकाहरू उघारेर एक पटक
हेर्नोस यता ।

हेर्नोस् जो जहाँ जहाँ हुनुहुन्छ त्यहाँ त्यहाँबाट हेर्नोस्
हेर्नोस् माथि कोही हुनुहुन्छ भने हेर्नोस्
हेर्नोस् यो गाउँमा कोही हुनुहुन्छ भने हेर्नोस्
हेर्नोस् यो देशमा केही हुनुहुन्छ भने हेर्नोस् ।

हेर्नोस् यो संसारमा कोही हुनुहुन्छ भने हेर्नोस्
बाहिर छाडा साँढेहरू जुधिरहेछन्
माथि काला कागहरू उडिरहेछन्
यता आगोका लप्काहरू उठिरहेछन्
तल कलिला बालक र फूलका बोटहरू कापिरहेछन् ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.