बाल गीत : माटो कति राम्रो ?

~दैवज्ञराज न्यौपाने~daibgya-raj-neupane

सुन राम्रो, चाँदी राम्रो, मोती झनै राम्रो
सबैभन्दा राम्रो धर्ती माटो कति राम्रो ?

सुन दिन्न खान मलाई चाँदी खान दिन्न
तिर्खा लाग्दा प्यँनु हुन्न मोती खान हुन्न
किन चाहियो बाबा, मलाई ? लोभ लाग्ने बानी
भोक लाग्दा अन्न पाउँ तिर्खा लाग्दा पानी ।

धान फल्दा सुन फल्छ मकै फली मोती
कपासमा चाँदी फल्ने कति राम्रो खेती ?
किन चाहियो, बाबा मलाई ? व्यर्थै अरु खानी
माटो मेरो जिन्दगी हो जीवन मेरो पानी ।

फल फल्ने पसीनाको बीज पौरखको
कर्म गर्ने पाखुरीमा जीत जिन्दगीको
किन चाहियो, बाबा मलाई ? व्यर्थै अरु फल
भाग्य दिने धर्ती मेरो विश्वासको बल ।

(२०३७ कार्तिक, गोगने, भोजपुर)

This entry was posted in बाल गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.