गजल : माग गरेको छ

~कुमार आङदेम्बे अबि~

आजको यूगले इमान्दार माग गरेको छ ।
राष्ट्रिय हितको सरकार माग गरेको छ ।

प्रजातन्त्र हटाएर गणतन्त्रले के दियो र?
देशले बिकासको पुर्वाधार माग गरेको छ।

घूस खोरीको घूसले देश नाङ्गिएको छ ।
भ्रष्टको जित होइन, हार माग गरेको छ ।

आम जनताहरुको हितमा नँया नेपाल,
युवाहरुको नँया बिचार माग गरेको छ ।

बृद्दा नेताहरु हटाउनलाई सडक देखि,
हरेक क्षेत्रबाट बारम्बार माग गरेको छ ।

कुमार आङदेम्बे अबि
इजरायल

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.