कविता : मजाक जिन्दगी !

~राज आशातीत~raj-ashatit

जम्मा जिन्दगी यत्ती त रहेछ!
ताता स्वासहरुको स्पर्श,
तिघ्राका कापमा बांचेको स्वार्थ,

तिम्रो खुशी
मेरो बोझ हुनेछ …
मेरो रहर
तिम्रो कुण्ठा हुनेछ ….

यो सहर,
तिम्रो पेवा हुन पनि सक्छ
मेरो बपौती नि हुन सक्छ!!

बाउ र मेरो विचमा
भएका असमानता पनि
उस्तै गरि असमान छन्
जसरी गुलाब र कानेको विचमा
असरल्ल मतभेदहरु ….
मासु जोख्दै गरेको कसाहीको कांटा झैं!
अनि … स्वप्निल भ्रमको मुहारमा
पोतिएको इन्द्रेणी झैं!

भो! के भनौं म …
निर्देशीत मगजले
मुटु खान्छ
कलेजो खान्छ
संगै
फोक्सो अनि मृगौला खान्छ!

मलाइ जिवनमा …
जिवनको पालम गाउनु छ!

मलाइ जिवनमा … पुरै फगुवा खेल्नुछ!

अनि उंधौली उंभौली संगै
सोइ सोइ गर्नु छ!

ए …. ज्यानमाया …
तिम्री सौता
सौता जस्ती भइनन् भने पनि
चल्छ नि है तिम्रो!!?!!??

राज आशातीत
इटहरी, सुनसरी।
मङ्सिर ७३।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.