व्यङ्ग्य छोक : भागशान्ति जयनेपाल

~लक्ष्मण लोहनी~

ए, को त्यो ?
धत् लाटा
त्यो त नेता !
त्यो को नि ?
नेतालाई जिताउने जनता ।

यो चवन्नी कार्यकर्ता
यसले चार खण्डको एक खण्ड पाउँछ
होइन के पाउँछ ?
हिस्सा क्या, हिस्सा
यो दातृसंस्था
आधा उसले खाने नेता
सुन्छस् हिस्साको किस्सा ?
के छ तँसँग निस्सा ?
बोल्यो घुस्सा
नबोले फुस्सा
एउटा गबुवा प्वालैप्वाल
भागशान्ति जयनेपाल ।

– कमलादी, काठमाडौँ

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.