लघुकथा : बोक्सी

~निश्चल काउचा~Nischal Kaucha

७० दशक पार गरेकी मसिनीदेवीको पाटी र खरीले बारेको झिगटीले छाएको सानो झुप्रो छ । उनको सम्पत्तिको नाममा त्यहि एउटा झुप्रो हो । १४ बर्ष मै उनको बिहे भएको थियो । बिहे पछि उनको २ वटा लालाबाला पनि नभएका होईनन । ४५ साल अघि नै औलोको रुपमा आई निष्ठुरी दैवले टपक्क टिपेर लगेको थियो । त्यती बेला उनिहरुलाई पर्नु पीर परेको थियो ।

अर्काकोमा निमेकमा खेताला, हली गरेर भए पनि जीवन गुजारा चलेकै थियो । फोहोर साल जीवनमा सुख दु:ख साटने जीवन साथी पनि बिते पछि एक्लो भएकी थिईन । धर्मेन्द्र कुमार गाँउकै जमिन्दारको रुपमा कहलिन्छ ।

गाउलेहरु भन्छन् :- ऊसको पावर त मन्त्री सम्म छ रे । पंचायत कालमा उ मुखिया थियो। उसको बुढीलाई क्यान्सर लागेको एक दशक भई सक्यो । हिजो मात्र मसिनीदेवी उसकोमा मकै गोडन आएकी थिई । राती उसको बुढीको स्वर्गारोहन भयो । मसिनीदेवीको कोई नभएको र दिन दु:खी भएकोले गाँउमा सबैले बोक्सी भन्छन् ।

धर्मेन्द्र कुमारले पनि आफ्नो बुढी मरेको दोष मसिनीदेवीको माथि नै लगायो । गाँउले सबै भेला पारेर ! मेरो बुढीलाई मसिनीदेवीले बोक्सी लगाएर मार्यो भनेर आरोप लगाउछ । सबै गाँउले मिलेर पिटदै गाँउ डुलाउदै दिसा र पिसाब खुवाईन्छ । बिचरा मसिनीदेवीलाई बोक्सी भन्दै हेर्नेको भिड छ । मान्छे चन्द्रमामा पुगे सके । मसिनीदेवीको पक्षमा बोल्ने एक जना पनि कोई देखिएनन ।

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.