बाल कविता : बालअधिकार

~खुश्बु जयसवाल~

सबै भन्छन् बालअधिकार आयो
खै त्यो अधिकार कसले पायो ?

म जस्तै बालक मागिरहेछन् सडकको माझ
खुल्ला आकाशमा बिताउँछन् उनीहरु रात

हाम्रो आवाज यहाँ कसले सुन्ने ?
भोट नदिने बालबालिकालाई कसले गन्ने ?

सडकको साथीलाई नि राम्रो शिक्षा देऊ
उसको बालअधिकार उसलाई फर्काइ देऊ

आजको बालक नै हो भोलिको कर्णधार
फोहोर बोक्न लगाएर नपार उसको जीवन अन्धकार ।

खुश्बु जयसवाल,
कक्षा ५, ह्वाइटफिल्ड उमावि, खुशीबु, काठमाडौं ।

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.