कविता : फर्केर नआऊ

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

फेरी फेरी र फेरी पनी फर्केर नआऊ !
नचाहेरै पनी
निर्दोष मुखहरू बोलि रहनु पर्ने
कानहरूले सुनि रहनु पर्ने
आँखाहरू देखी रहनु पर्ने
र जिवनहरू भोगी रहनु पर्ने
भूकम्प ! भूकम्प !! भूकम्प !!!

तिमीले दिने असह्य पिडा देखी डराउछ संसार
तिमीलाई स्वागत छैन याँहा
र पनी किन आउछौ घरी घरी ?
बिन्ती छ अब नआउ यो त अती भो !

कोही सुन्न सक्दैन
तिमीले दिने पिडाको बयान
ति निर्दोष जिवनहरूको
मृत्यु मृत्यु र फेरी पनी मृत्यु !
बेघरबार बेघरबार र फेरी पनी बेघरबार !

आफूलाई समाचारका हेडलाइन बनाउन
संसार लाई रूनाउन फेरी नआऊ !
तिमीले मच्याएको विताण्डका
दृष्यहरूले त्रसित छ यो संसार
त्यसैले
तिम्रो आतित्थ्य स्वीकार्य छैन !
तिम्रो ताण्डव नृत्य हेर्ने चाहने दर्शक छैनन् याँहा
त्यसैले बिन्ती छ फर्केर नआउ
फेरी फेरी र फेरी पनी फर्केर नआऊ !

बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.