गजल : प्रदर्शनमा राखिदिएँ

~कमल सरोवर~

केही आगो केही पानी प्रदर्शनमा राखिदिएँ
त्यसपछि मस्त जवानी प्रदर्शनमा राखिदिएँ

यसको नतिजा के कस्तो पो आउने हुन् यार??
राख्न त पुरै जिन्दगानी प्रदर्शनमा राखिदिएँ

यात्रा तय गरे गन्तव्यमा पुग्ला या नपुग्ला ??
यो पाउ जानीनजानी प्रदर्शनमा राखिदिएँ

कि अमीर बन्नेछु भोलि कि जोगि बन्नेछु म
घर जलाए अनि खरानी प्रदर्शनमा राखिदिएँ

आजभोलि प्रियामा ‘परी’ देख्नकै लागि मैले”
यी दुई आँखाको नानी प्रदर्शनमा राखिदिएँ

गजल भयो या भएन भन्नुहोस् प्रियमनहरू
प्रत्येक उला संग सानी प्रदर्शनमा राखिदिएँ

(स्रोत : ओएमसी नेपाल डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.