बहरबद्ध गजल : पाइन्न नानी

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- भुजङ्गप्रयात

तपस्या गरी बैँस पाइन्न नानी
गुफाभित्र तारा चियाइन्न नानी ।।

तिमी ठान्दछ्यौ दृष्टिमा मिल्छ माया
दुना-थाल हेरी अघाइन्न नानी ।।

लगाई विदेशी दुई इन्च जालो
ध्वजा, गर्व, लज्जा टिकाइन्न नानी ।।

इरादा छ तिम्रो फसाएर भाग्ने
मुसाबाट हात्ती नचाइन्न नानी ।।

बनोस् जिन्दगी यो महा-पुण्यशाला
मिठो गाँस चाख्दै बिताइन्न नानी ।।

परी नाच्न आऊन् कि “गोविन्द” आऊन्
झुटो रूप हेरी रमाइन्न नानी ।।

।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ

– नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.