गजल : पहिचान धरापमा छ

~मनकाजि तामाङ~

हाम्रो आफ्नै पहिचान धरापमा छ।
जनता को संबिधान धरापमा छ॥

कयौँ घाईते भए कयौँ सहीद बने !
हो! संघर्ष र बलिदान धरापमा छ।

बुद्ध भारतमा जन्मेका हुन भन्दैछन्
आज देशकै स्वाभिमान धरापमा छ॥

सत्ता र भत्ताकै लागी लड्दैछन जो
देश बिकाश अभियान धरापमा छ

हिजो अधिकारको कुरा उठाएर !!
आज जनताको समर्पन धरापमा छ !!

मान काजि तामाङ (पाख्रिन)
मोलम्ची- ९, गुफ़ा
सिन्धुपाल्चोक

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.