~कात्यायन~
पर्खंदै तिम्रा पाईलाहरू
चाँदनी सिउर सिउरी सकें, या –
शीतले रंगाई दिएँ, केश सबै फुलाउंदै
मिलन कहिँ होला कि भन्ने आशा बढाउंदै
सपनीको घुम्टो ओढ्दै कति रात तिमी आइदियौ
रुप मैले हेर्न पाइंन, मात्र विजुली झैं चम्किदियौ
प्रभातमा पर्खिरहँदा, सन्ध्या समेट्टिदै आउंछ
आशा – निराशा थुप्रिंदै नीदमा उही याद छाउंछ
केवल तिम्रा सौम्य मुहार देखाइदिए
फुलेका मेरा चाँदनी केश सबै हराइदिए
बाँच्न सक्थें म यौवन फेरि फक्रंदा
तर चाहनाको हिमालमा सेता लहरा झल्कंदा
२०३६/१२/०५
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)