लघुकथा : नेतृत्व

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

+’तपाई को हो ?’

-‘म नेता हुँ !’

+’कस्तो नेता ?’

-‘देशलाई नेतृत्व दिने नेता !’

+’देश त झनै दिशाविहीन हुदै गै’रहेछ !’

-‘त्यो मैले मात्र गरेर होइन |अरु पनि छन् नेताहरु यो देशमा !’

+’तपाइँ आफुलाई नेता ठान्नु हुञ्छ,यसरी जिम्मेवारीबाट हट्न मिल्छ र ?’

-‘सबै हटी नै रहेका छन् , म मात्र कसरी नहटी रहन सक्छु र ?’

+’ तपाइलाई देशको माया लाग्दैन ?’

-‘लाग्छ |पहाड ,तराई ,हिमाल ,ढुंगा -माटा, रुख -बिरुवा ,खोला -नाला सबैको माया लागेर आउछ |’

+अनि मान्छेहरुको ?’

-‘ अँ , मान्छेहरुको चाँही लाग्दैन …?’

+’किन र ?

-‘उनीहरु बोल्छन् ,जथाभावी भन्छन् !!’

—+—(‘Leadership begins with the Heart not the Head’–John Maxwell)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.