कविता : नबिर्से नेपाल र नेपालीलाई

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

जॉदैछौ बिदेश जनताको आस्था लिएर जाऊ ।
जॉदैछौ विदेश जनताको भावना लिएर जाऊ ।
ठुला ह«न् देश र जनता शीरमा राखेर जाऊ ।
घातक भएका भ्रमण दृष्टान्त अनेकछन् ।

सत्ताको मोहमा घातक संमmौता नगरी आऊ ।
बाढीको कहरले पिडीत छ आज मधेश तराई ।
स्वतन्त्र देशको तिमी सार्बभौमको प्रतिनिधि ।
शीर ठाडो गरी जाऊ संवाद गर आखा जुधाई ।

सत्ताका मौनताको उपजहरुहुन् यी विपत्ति ।
अन्तराष्ट्रिय कानुनका ज्ञाता लिएर जाऊ ।
स्वदेशमै छ सत्ताको चाबी भ्रम चिरेर जाऊ ।
अब अति भो हामीलाई नौ नौ महिनाको घुमाई ।
जाने गर हो बिदेश देशको दीगो एजेण्डा बनाई ।

सत्ता परिवर्तनसंगैको तिम्रो यो बिदेश घुमाई ।
बस्ने हौ कति दिन देशको प्रशासन ठप्प बनाई ।
महत्व छ समयको हामी अबिकशीत देशलाई ।
बेला बेलामा भैरहने नाकाबन्दी अब हुने कहिले ।
सोधिदिन नबिर्से ,जोरजाम गर्नुपर्छ नुन तेललाई ।
अनुग्रीहीत नभए साह्रै नबिर्से नेपाल र नेपालीलाई ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.