कविता : देशभक्तीको गुञ्जन झूटा साबित भो

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

देशभक्तीको गुञ्जन आज झूटा साबित भो ।
राष्ट्र निर्माताको शालिक फोर्दै अराजक स्थापीत भो ।
कुन हो हाम्रो राष्ट्रिय पोशाक कुन हो राष्ट्रिय दिन ।
कुहीरोको कागमझैं भए नेपाली ,भविष्य अन्धकार भो ।
बखानगर्छाैे त्याग बलिदानको भन्छौ अग्रगामी ।
मातृभूमिको छातिमा टेकी बिदेशीे एजेण्डा स्थापित भो ।

देशभक्तीको गुञ्जन आज झूटा साबित भो ।
धर्म सँस्कृति संँस्कार इमान मानमर्यादा हाम्रो रीती हो
त्यसलाई निमिट्यान्न पार्ने बिदेशी प्यादा हौ ।
मानव रगतले होली खेल्ने कथित राष्ट्रवादी हो ।
आफ्नै देशमा आक्रमण गर्ने बिदेशी प्यादा हो ।

देशभक्तीको गुञ्जन आज झूटा साबित भो ।
हातमा हात मिलाई हिडौं आओ नेपाली हो ।
अब पनि जागेनौं भने देश नरहने भो ।

देशभक्तीको गुञ्जन आज झूटा साबित भो ।
होईनन् माग्ने नेपालीहरु आमाकै वद्नाम भो ।
उद्योग कलकारखाना बेच्ने देश बेरोजगारको कारखाना भो ।
धिक्कार छ कथित परिवर्तनका नायकहरु ।
देशमा कस्तो राजनीति ब्यवस्था स्थापित भयो ।
परिवर्तनको आवरणमा देशै गुम्ने भो ।
राज्यका अंग अंगमा भ्रष्टाचार स्थापीत भो ।
देश मै रहेछन् फिरङ्घीहरु चिन्न नसक्दा यस्तो भयो ।
परिवर्तनको आवरणमा जनताको शोषण भो ।
हात मा हात मिलाई हिडौं आओ नेपाली हो ।

देशभक्तीको गुञ्जन आज झूटा साबित भो ।
शिक्षा स्वास्थ्य जनताको दिन चर्या महँगो भो ।
मुठीभरकाले मोज गर्ने कस्तो शासन स्थापित भो ।
स्वाभीमानी नेपालीको देश माग्नेमा स्थापित भो ।
राष्ट्र निर्माताको शालिक फोर्दै अराजक स्थापीत भो ।
देशभक्तीको गुञ्जन आज झूटा साबित भो ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.