कविता : दुःखको आगो बल्दैछ

~दिपेन्द्र घिमिरे ‘तरंगी’~

जनतालाई छ पीडा,
नेतालाई मस्ति छ
प्रायः हाम्रो देशमा
झुपडीकै बस्ति छ।।

गरीब काम गर्दैछ
पसिना धारा चुवाई।
बस्दैछ अझै सामन्ती
गरीब जनतालाई रूवाई।

अलपत्र बिचल्ली समस्या छ देशको।
माया कस्ले गर्छ र?
सबै भन्दा बेस को?

सरकार कता छ?
के राजनीति चल्दैछ।
हाम्रो देशमा आज
दुःखको आगो बल्दैछ।।

लमजुङ, चन्द्रेश्वर–१, दुराडाँडा

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ७ – २०६६ पुष ८ गते बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.