कविता : दिदी, तिमी हाै अामाकाे दाेश्राे अवतार

~बिबेक दर्पण कँडेल~

दिदी,
शब्द छोटो छ प्रेम गहिरो,
मुटु भरी छ मायाको ओहिरो,

तिमी जन्मिँदा कोहि भएनन्,
तिम्रा कोहि साथी थिएनन्,

म जन्मिए पछि साथी पायौ,
तिमि कति खुसी थियौ,

म जन्मिँदा एक्लै हुनु परेन,
साथी नभएर रुनु परेन,

हुन्थ्यौ सँधै मेरै साथमा,
हिँडाउँथ्यौ लिएर काखमा,

म रुँदा तिमी दुखी हुन्थ्यौ,
आफ्नो भाग पनि मलाई नै दिन्थ्यौ,

तिमी मेरो प्रिय संसार,
तिमी हौ आमाको दोश्रो अवतार ।

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.