अनूदित कविता : दिदिबहिनीहरु

~एकान्त श्रीवास्तव~ekant-srivastav
अनुवाद : चन्द्र गुरुङ

दिदीबहिनीहरू घरभरि
सुगन्धझैँ फैलिएका छन् ।

एकदिन उडी जाने छन्
थाहा छैन
हावाको कुन
झोक्कासित ।

रहने छ चर्को घाममा पनि
हाम्रा कमीजहरूमा
उनका हातहरूले भरेका फूलका
सबैभन्दा प्यारो रंग ।

रहने छन् भाँडाहरूमा
उनका चिसा स्मृतिहरू
र खात लगाइएका लुगाहरूमा
उनका हातहरूका सीप ।

भातको पहिलो गाँस
उठाउँदा
नून र अचारझैँ
याद आउने छन्
दिदीबहिनीहरू ।

त्यो दिन उनीहरू
हाम्रा आँखाहरूमा
छचल्किने छन्
त्यो दिन
दिदीबहिनीहरू
हामीलाई धेरै
याद आउने छन् ।

(एक हिन्दी कविताको अनुवाद)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.