कविता : तिमी नै …

~कुन्दन काफ्ले~

तिमी नै गीत हौ, संगीत मेरो तिमी नै ।
तिमी नै प्रीत हौ, मनमीत मेरो तिमी नै ।
तिमी नै जीत हौ, अर्जित मेरो तिमी नै ।
तिमी नै हित हौ, सृजित मेरो तिमी नै ।

तिमी नै आन हौ, शान मेरो तिमी नै ।
तिमी नै सुर हौ, तान मेरो तिमी नै ।
तिमी नै नुर हौ, नाम मेरो तिमी नै ।
तिमी नै लुर हौ, प्राण मेरो तिमी नै ।

तिमी हौ ज्ञान अनि विज्ञान पनि तिमी नै ।
तिमी हौ रात अनि विहान पनि तिमी नै ।
तिमी हौ वात् अनि पैगाम पनि तिमी नै ।
तिमी हौ शुरु अनि विराम पनि तिमी नै ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.