लघुकथा : तटस्थ

~निश्चल काउचा~Nischal Kaucha

विवाह भएको बर्सौ सम्म पनि सन्तान नभए पछि दुबै जनाले सल्लाह गरेर एकदिन डक्टरलाई देखाउन गएछन !

डक्टरले सबै कुरा सोधे पछि अन्तिममा श्रीमतीलाई सोधेछ :- हजुरको श्रीमानले समयमा काम गर्नु हुन्न कि क्या हो?

श्रीमतीले भनिन : कहाँ गर्ने डक्टर सहाब उहाँको बानीनै कहिल्यै समयमा काम गर्ने छैन !धेरै जसो त बाहिर नै जानु हुन्छ !

फेरी डक्टरले सोधेछ :- कता जानु हुन्छ र ?

श्रीमतीले फेरी भनिन :-उत्तरतिर त कहिलेकही जानु हुन्छ दक्षिण तिर त सधैं गई रहनु हुन्छ ! मेरो श्रीमान नेता हुनु हुन्छ के डक्टर सहाब त्यही भएर त कहिल्यै समयमा काम गर्नु हुन्न ! डक्टरसँग छुट्टिएर बजारतिर निस्केछन ! बाटामा श्रीमतीले एउता नयाँ मोबाईल किनी दिन भनिछिन

श्रीमानले भनेछन :- म पछि किन्दिन्छु नी ल श्रीमती रिसाउदै घर फर्किछिन ! राती सुत्ने बेलामा श्रीमान पनि श्रीमतीसँग सुत्न गएछन

श्रीमतीले भनिछन :- नाई हुदैन हजुर मैले त तटस्थ बस्ने निर्णय गरेकी छु !

-निश्चल काउचा
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.