डि. पि. खकुरेलका ८ मुक्तकहरु

~डि. पि. खकुरेल~

फक्री सक्यो लाली-जोवन भुरी नभन्नु है भन्छिन्
डाएटिङ् गर्या जिरो फिगर् लुरी नभन्नु है भन्छिन्
मोडल् बन्ने रहर मेरो क्याट-वाक गर्नै पर्छ
क्याट-वाक गरें भन्दैमा सुरी नभन्नु है भन्छिन्

उनी पारी मैले खोला तर्न नसकेर
वारि आउँदा छेउमै पर्न नसकेर
चम्सुरी त लुरे सगँ भागिछे नि बरै
बेलैमा मैले हिम्मत गर्न नसकेर

धेरै दानी हुनु भन्दा लुच्ची भकै राम्रो
निगालो झैँ अग्लि भन्दा फुच्ची भकै राम्रो
चक्लेट् होर स्विट् बन्न? चिया हैन हट् भन्न
केटि भन्या अलि-अली छुच्ची भकै राम्रो

आज डेटिङ अलि चाँडो गरि आउ है लुरि
बेलुकी पानी परेर चल्छ भन्छन् हावा हुरि
रेस्टुरेन्टमा पिज्जा ख्वाउने पैसा छैन आज
नरिसाउ है दोबाटोको ख्वाउँछु पानी-पुरी

बल्ल बुझें आज मैले कस्तो रैछ तिम्रो माया
मुसाले धान् लाइ गर्ने जस्तो रैछ तिम्रो माया
अनमोल् छ मेरो माया तिमिलाइ भन्थ्यौ तर
पानीपुरीमा नै बिक्ने सस्तो रैछ तिम्रो माया

चेहरामा सुहाउँदो पिम्पल हुने सग
बोलि-चाली, ब्याबहार सिम्पल हुने सग
हजारौंको भिड्मा नजर जुध्यो आज मेरो
मुस्कुराउँदा गालामा डिम्पल हुने सग

के जान्थ्योर कुरिलो बत्ती बालेर
न जान्छ नाङ्लो ठोकी धुप हालेर
भ्रम नपाली औषधि लाऔं खाऔं
जादैन है लुतो अगुल्टो फालेर

श्रावण लाग्यो छोड अब डोको नाम्लो बरिया
पार्लर जाउ मेहन्दी, चुरा लगाउ हरिया
अरु बेला आफ्नु खुशी जे मन लाग्छ लगाउ
यो मैना चैँ चट्ट पारी लगाउ चोली फरिया

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.