कविता : चटके र हाम्रो नाच

~प्रणिका कोयु~pranika-koyu

चटके
रूख, घाम, तारामा छ
हलो, गाई, हँसियामा छ
सबै रंग त्यसका सबैमा छ
सबभन्दा बढी त्यसको निख्खर कालो अनुहारमा छ

चटके
मिठो बोल्छ
नमस्ते गर्छ
खान्छ, नाच्छ, हिंड्छ
सुत्छ र सुताउँछ पनि

चटके
नाक चुच्चो छ
आँखा चिम्सो छ
लँगौटि लाउँछ
सबै सबै लगाउँछ र ला भन्छ

यि सब गर्दै जाँदा त्यसले हामीलाई
हाँस् भन्छ, थपडी बजा भन्छ
हर दिन त्यसको भद्दा भद्दा प्रहसनमा
नाक नखुम्चाउनु
अोंठ नलेप्राउनु
हावाबाट आगो र चुप्पी तिमीमा वर्षेला

हामी त डरले कहालिनेछौं
वेवास्ताले ठाढै देखिन भन्नेछौं
मन-मस्तिष्कलाई बन्द गरेर हामी तँ नै उस्तो भन्नेछौं

त्यसैले त्यसैले त्यसैले
आउ हामी सबै चटकेको विरोध नगरौं
स्वस्ती गरौं
र डाँडा कटाउँ हाम्रा अस्तित्वलाई
स्वागत गर्दै दासतालाई
मालिक चटकेको जय होस्
आउन आरती उतारौं

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.