गीत : घनघोर हो भूल

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

जीवन सङ्लो समुद्र यो अजम्बरी फूल
साझा घर धरती आकाश एउटै मानव मूल

अग्लिएर हिमालझैँ मुस्कान चुलीचुली
अन्धकारको बादल च्यात्न हरफल लागौँ खुली
निरीहमै बस्नु कठै घनघोर हो मूल
जीवन सङ्लो समुद्र यो अजम्बरी फूल
साझा घर धरती आकाश….

समुद्रझैँ लहर उठौँ अनन्तलाई छुन
हदयमा बाँसुरीको बजाई मधुर धून
बिहानीको घाम हुन सधैं क्षितिज खूल
जीवन सङ्लो समुद्र यो अजम्बरी फूल
साझा घर धरती आकाश…

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.