कविता : खै नेपाली ?

~कुन्दन काफ्ले~

जतपात भनी नेता गर्छन् हातपात यहाँ ।
लुक्ने छैन ठाउँ कुनै जाऔं कता कुन्नी कहाँ ।
मधेसमा मधेसीले अधिकार खोजेका छन् ।
जनजातिले बन्द नेपाल सदालाई रोजेका छन् ।

स्वाभिमान नेपालीको बचाउने गाउँ छैन ।
नेपालमा नेपालीकै कहिं कतै नाउँ छैन ।
कोही भन्छन् अखण्ड त कोही खण्ड–खण्ड भन्छन् ।
सोझा साझा निर्दोष नै, मmगडाको तारो बन्छन् ।

सबै जाति, सबै धर्म, सबै भाषी, सबै वर्ण,
युद्ध गरी एक अर्काको किन खोज्छौं प्राण हर्न ?
अधिकार खोजेका छौं एक आपसमा लडाइँ गरी,
राख्ने को हो अधिकार ? दिने को हो कसोगरी ?

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.