व्यङ्ग्य कथा : कुकुरको सपना

~नरनाथ लुईँटेल~

कुकुर महँगो गलैंचा ओछ्याइएको बैठक कोठामा पाउपोस नफुकाली निर्धक्क पस्नुभयो र सबभन्दा बीचको सोफालाई आसन बनाएर गजक्कसँग बस्नुभयो । उहाँको नाकको तीव्र घ्राणशक्तिले बैठक कोठाको सम्पूर्ण वातावरणलाई एकै निमेषमा सुँघिभ्यायो- सब ठीकठाक छ । कोठामा मालिकको उपस्थिति र आदेश नभएसम्म उहाँको कुनै खास काम थिएन । काम नभएको बेला कुकुरहरु मस्तसँग सुत्न मन पारउँछन् । उहाँलाई पनि लचक्दार सोफामा एकैछिन भए पनि सुतुँसुतूँ लागेर आयो । उहाँको मालिकले कोठाभित्र प्रवेश गर्ने समय अझै चौध मिनेट बाँकी थियो । कुकुर सुताइका निम्ति यो चौध मिनेटको अवसर पनि कम महत्वको हुँदैन । उहाँ आफ्ना वर्गीय स्वभाव र प्रचलित आदतअनुसार नै सोफामा एकै डल्लो बन्नुभयो र एकैछिनपछि काइदासँग घुर्न थाल्नुभयो । नाकका फोन्द्राबाट घुराइको पौन जोडले बाहिर- भित्र गरिरहे पनि उहाँको ठूलो मस्तिष्क अत्यन्त क्रियाशील छ । यो क्रियाशीलता मीठामीठा र दुर्लभ सपना देख्न सहायकसिद्ध हुने गर्दछ । अँ, कुकुर सडण््गीतमय दोहोरो घुराईसँगै स्वादिलो सपना संसारमा विचरण गर्न थाल्नुभयो ।

मालिकहरु कुकुरका असाध्यै सौखिन हुन्छन् । कुकुर नभए उनीहरुको जीवन-व्यवसाय नै चल्दैन, बेलाबेला हुने नेपाल बन्दजस्तै ठप्प हुन्छ । कुकुरहरुको महानता पनि उनीहको इमान्दारितामा अडेको छ । मालिकप्रति कुकुरको समर्पण स्वामीभक्तिको अद्धितीय उदाहण हो, साह्रै सुन्दर नमुना हो । तिनै नमूनाहरुमध्येको पनि अति उत्तम नमुना हुनुहुन्छ उहाँ । मालिकको एक इशारामा उहाँ न्वारनदेखिको बल झिकेर गाउँ र टोल थर्किने गरी भुक्नुहुन्छ । मालिकको एकै सरु्केमा उहाँ सहर-बजारकै भव्य महलको ठूलो कम्पाउण्ड जुरुक्कै उचालिने गरी भुक्नुहुन्छ । उहाँको झुकाइमै स्वागत-सम्मान व्यक्तिन्छ र उहांँको झुकाइमै रिस-आक्रोश पोखिन्छ । अनुहार उही, आवाज उही, धुन र धन उही, केवल भुक्दा निस्केको ध्वनि-तररुगको आरोह अवरोहमा भिन्नता छ । यो भिन्नतालाई लर्तरो किसिमले जो कसैले बुझ्न र देख्न सक्दैन । कुकुर आफ्नो मालिकको इशारामा मान्छेको चोक्टा लुछ्न पनि तयार हुन्छ । उहाँ पनि कुकुर हो । उहाँले पनि धेरै पटक धेरै जनाको चोक्टा लुछिसक्नुभएको छ । त्यसो त उहाँको मनपर्ने खाद्य पदार्थ नै मासु हो । कुकुरलाई खान पाए, मान्छेको मासु औधी मीठो लाग्छ । टोकाइ र लुछाइको कुरै नगरौं, उहाँको भुकाइले सातो गएकाहरुको संख्या नै अगणित छ । तर भुक्नु र टोक्नु या चोक्टा लुछ्नु मात्रै उहाँको जीवन होइन । यी त दिनचर्या अन्तर्गतका केही उपक्रम मात्रै हुन् । उहाँले गर्ने अरु पनि धेरै कामहरु छन्- जुन उहाँको मालिकको रुचिसँग सरोकार राख्छन् ।

मालिकको स्वार्थपूर्तिका निम्ति उहाँ विबान गोरुहरुलाई आपसमै जुधाउनुहुन्छ । यसरी युद्ध मै ओर्लिएपछि एउटाले जित्छ र एउटा हार्छ नै । जित्ने गोरुको विद्धतालाई दाम्लैसँग मालिकको गोठ या कटेरोमा भित्र्याउनुहुन्छ । टाटनामा विकासे घाँस हालिदिनुहुन्छ । विकासे घाँस खाएर गोब्य्राउन पाउँदा विबान गोरु पनि मख्ख, कुकुरको महान् मालिक पनि दभ् । कुकुरको यस्तो विशिष्ट पौरख देखेर मालिक आफ्ना मायालु हातले उहाँलाई सुम्सुम्याउँछन्, उहाँ पनि आफ्ना पुच्छर हल्लाएर कृतज्ञता जाहेर गर्नुहुन्छ । कहिले फेरि उहाँ चरनमै धावा बोली विशिष्ट खाले बोकाहरुको बथानै गोल्याएर मालिकको खोरमा हुलिदिनु हुन्छ । यसरी खोरमा थुनिन पाएर बोकाहरु गौरवान्वित हुँदै कान पड्काउँछन् । बन्द कोठाभित्र उपलब्ध दानाको स्वादसँग विचरा बोकाहरु मस्तराम हुंदै हप्तौं उग्राउँछन् । बिक्रीबट्टालाई नै जीवनको आदर्श मान्ने बोकाहरु पनि मख्ख, कुकुरको मालिक पनि दभ् । कुकुरको यस्तो पराक्रम देखेर मालिक कृतकृत हँुंदै ढाडमाथि धाप दिन्छन्, उहाँ पनि महंगो गलैंचामा जीउ ढलिमली पार्दै र कुइंकुईं गर्दै बेहुदा खुशी व्यक्त गर्नुहुन्छ । त्यो खुसीको बेला उहाँको पुच्छर उसैगरी हल्लिरहेको हुन्छ- जसरी धाँदलीको बलमा चुनाव जितेर पदमा पुगेको नेता आरामदायी कुर्सीमा बसेर खुट्टा हल्लाइरहेका हुन्छन् । उहाँ भुस्याहा जातको मामुली कुकुर होइन भन्ने कुराका यी थोरै दशीहरु हुन् ।

मालिकको महँगो पजेरोमा सवार भएर उहाँ प्राइभेट पार्टी, गजल र डान्स रेष्टुरेन्टहरुमा जाने गर्नुहुन्छ । उहाँ जहाँजहाँ पुग्नुहुन्छ मामुली खालको त नाकै फोर्ने अत्तरको दुर्गन्ध ह्वारह्वारती ओइरिनै गर्दछ । सबै-सबैको नजर उहाँमै पर्दछ । दौरा सुरुवाल लगाउँदा उहाँ राष्टिूय कुकुर देखिनुहुन्छ । सुटमाथि टाई झुण्ड्याउँदा उहाँ अन्तराष्टिूय कुकुर देखिनुहुन्छ । अनाहकमा एकताका उहाँको टाउकोमा रडण्््गीला टोपी ओढाइदिएर टोपीको इज्जत बढाइदिएका थिए । ढाका टोपी ढल्काएर उहाँको पजेरोमा यताउता निस्कँदा टाउको झुकाएर नमस्कार गर्नेहरुको जहाँतहाँ भीड लाग्ने गर्दछ देख्नेहरु अलमल्ल पर्दछन्- त्यो नमस्कार कुकुरलाई गरिएको हो कि कुकुरको मालिकलाई ? उहाँको यस्तो फुर्तिफार्ती देखेर आहारीस गर्नेहरु आफूलाई पनि कुकुर बनाउने रहर उमार्छ । आफूलाई कुकुर नबनाएर प्रकृतिले ठगेकोमा धारेहात लगाएर आफ्नै भाग्यलाई धिक्कार्दछन् ।

बिजुली चम्किदा तर्सिने अगुल्टोले हानेको कुकुर उहाँ होइन । उहाँलाई अगुल्टोले हान्ने हिम्मत पो कस्को छ र भन्या ? अगुल्टो होइन, बरु उहाँलाई कमिशनको मुठोले हिर्काउँछ । अगुल्टोले होइन, अरु उहाँलाई घुसको बिटोले हिर्काउँछ । यसरी हिर्काउँदा उहाँलाई सारुहै सञ्चो र आनन्द लाग्छ । प्राप्त मालिकको ढुकुटीमा हालिदिनु उहाँको मौलिक धर्म हो । यही धर्ममा उहाँको कर्म फुलिरहेको छ । हिजो साँझको अनुहार हेरेर उहाँ पनि निकै रमाउनु भएको थियो । कुकुरको यस्तो अतुलनीय योगदान देखेर मालिक हर्षले गद्गद् हुन्छन् र उहाँलाई सोफामा राखेर टाउको सुमसुम्याउँछन् । उहाँ सोफाबाट फुत्रुक्क ओर्लिनुहुन्छ, पुच्छर डोलायमान पार्नुहुन्छ र मालिकको गोडामा लुटुपटु गर्नुहुन्छ ।

मालिकहरु प्रायः बेफुर्सद हुन्छन्, राजनीति, उद्योग, व्यापार, विजनेस आदि व्यवसाय एउटै ज्यानले धान्नु निकै मुश्किलको कुरा हो । यस्तो अस्तव्यस्त बेलामा मालिकहरु आफ्ना परिवारलाई समय दिन कहाँ भ्याउँछन् र ? त्यसैले कुकुर महोदय प्राइभेट पजेरोमा पुलपुलिएकी एक्ली छोरीसँग -धेरैजसो काखमै बसेर) नगरकोट, दक्षिणकाली र सूर्यविनायकतिर पुग्ने गर्नुहुन्छ । यसरी रुरिल्याक्सरु गर्ने काममा धेरैपटक उहाँले मालिक्नीलाई समेत साथ दिंदै आउनुभएको छ । यस्ता सानातिना कुरामा उहाँलाई अनैतिकताको आरोप लगाउँदै आशरु्का गर्नु पनि महापाप हो । आज पनि मालिक घर थिएनन्, मालिक्नी बिहानको खाना उतै खानेगरी आफन्तका घरतिर गएकी थिइन् । त्यति ठूलो महलमा एउटा कुकुर अनि एउटी चुलबुले र अत्यन्त पात्तिएकी एक्ली छोरी, दुईजना मात्रै थिए । रुसबैलाई यस्तै हो सोह्र-सत्रमारु खालको रुपपुलररु गीत गुनगुनाउँदै मालिककी छोरी सुटुक्क पसिन् बैठक कोठामा । ….. उहाँको काखमा बेखबरसँग तिनी फ्यात्त बसिन् । कुकुर महाशय निकै तिल्मिलाइनुभयो । उनको इच्छाअनुरुप नै उहाँ उनको अनुहारभरि चाट्न थाल्नुभयो । उहाँको रयालमा रेबिजका खतर्नाक किटाणुहरु थिएनन् । सबलाई थाहा छ, शहरमा पाल्तु कुकुरलाई ६-६ महिनामा पशु चिकित्सालय लगी भ्याक्सिन दिने गरिएको हुन्छ । अनुहार चटाई बेरोकटोक निकैबेर चलिरह्यो । स्थिति क्रमशः धेरै अघि बढ्यो । कुकुर महोदयलाई कानमा समातेर मालिककी छोरी बेडरुमतिर तान्न थालिन् । अचानक बैठक कोठाको ढोकाको चुइंक्याइंले उहाँको निद्रा टुट्न पुग्यो । बडो हतारोसाथ मालिकभित्र पसेका रहेछन् । भित्ताको घडीमा उहाँको आँखा परुयो, चौध मिनेट बितिसकेछ । तर एउटा दुर्भल सपना बीचैमा खण्डित भएको कुराले उहाँलाई नराम्रोसँग चिमोटिरहे पनि मालिकअघि उभिएर उहाँ पुच्छर हल्लाउन थाल्नुभयो अदवसाथ- आज गर्नुपर्ने कामको आदेश पर्खदै । पुच्छरको यस किसिमको हल्लाइ स्वामीभक्तिको अनुपम उदाहरण थियो । उहाँको पुच्छर निरन्तर हल्लिइरह्यो । अदवसाथ हल्लिइरह्यो ।

-2007-10-2

(स्रोत : Freenepal)

This entry was posted in नेपाली कथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.