कविता : किन हो ?

~ध्रुव दवाडी~

किन हो यसरी हर हर तृष्णा लागिरहेको होला ?
प्रतिपल मनले मरि मेट्दै के खोजिरहेको होला ?
थोपा थोपी पिउँदा पिउँदै झन् झन् बढ्ने तिर्खा –
मैले कल कल पिउने केही जगतीतलमा होला ।

यसले शीतल स्वाद् चखाइ कण्ठ भीजाइदेला ।
निर्दयताले रुख्खिरहेको आँत रसाइदेला ।।
सँधै सँधैको प्यासी दिलको तलतल मेटिदेला
कल्पवृक्षको फलको रसमा मूल फुटेको होला ।।

अनि यी कलिला भाव पलाई, जीवन जह जह होला,
ढक मक मेरो मलिनो मुखमा कान्ति फुलाई देला ।
शान्ति-सुधाको मिश्रण गर्दा जस्तो परिणत होला-
शायद त्यस्तै चिजहरुमा दौड गएको होला ।

(‘मराती‘बाट)

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.