कविता : कार्टेली

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

बोल्नेहरु बोल्दै गर्छन् सधै आफ्ना लागी
आफ्नै छापाले छाप्छन् आ आफ्नै बोली
सञ्जालै सञ्जालले जेलिएका तिनीहरु ।
एउटालाई पिडा हुँदा फट्कार्छन् जिव्राहरु ।
बोल्ने छैनन् रगत नपाई मर्नेहरुका लागि ।
भोको पेटको हातबाट खोज्छन् तालीहरु ।
पहिराईदिनु पर्ने गलामा खादा, मालाहरु ।
एउटा धरोमा बाँचेका छन् वालवच्चाहरु ।
झुण्डिएकाछन् टोल टोलमा साईनबोर्डहरु ।
लेखिएकाछन् अक्षरमा मानव अधिकारीहरु ।
मूल पिच्छे हाँगा बिंगा फैलिएका पातहरु ।
इशारामा हल्लीन्छन् पिपलपाते अनुहारहरु ।
सिण्डिकेट सिण्डिकेटले घेरिएका जमातहरु ।
उदारवादको दैलोमा तेर्सिएका गजवारहरु ।
दंग छन् उठाउँदा आफ्ना आफ्ना झण्डाहरु ।
उदारवादको जलप लगाई कार्टेली गर्नेहरु ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.