कविता : कमरेड गोपाल किरातीलाई मन नपरेको हङकङ

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

कमरेड साईला दाईलाई
हङकङ मन परेनछ
त्यसैले त वमन गरे विष
सार्वजानिक कार्यक्रममा
माननिय मन्त्रि ज्यूवाट
त्यसो नहुनु थियो
तर भैदियो त्यस्तै त्यस्तै

माननिय मन्त्रि ज्यूले
सम्वोधन भाषणमा भन्दै थिए
हङकङमा मेरो अपमान भो
किनकी आयोजकले थाहा पाएनन्
कि मेरो गोजीमा
फुटेका कौडी सम्म छैन भनेर
र व्यवस्था गर्नुपर्थ्यो
चौरासी व्यञ्जन
पाँचतारे होटलको वास
सवारी साधनको लागि
मर्सुडेज वेन्चकार
र माननिय मन्त्रि ज्यूले उड्ने
नयाँ हवाईजहाज
स्वागत सत्कारको लागि
पञ्च कन्या
र गन्यमान्यहरु
ती सवै सवै थिएन
त्यसैले मलाई हङकङ मन परेन
अव देखि हङकङमा
मलाई ल्याउँने चेष्टा नगर्नु
रहरै रहरको कार्यक्रम गर्दै नगर्नु
रोष्टममा चोर औंला ठड्याउँदै
प्रष्ट्याए
कमरेड साईला दाईले
कमरेड गोपाल दाईले
कमरेड किराती दाईले

हिजो जंगल पस्दा
भोकभोकै हिडेको कथा
मन्त्रि भएको भोलिपल्टै भुलेछन्
कुन्नी आफ्नो कथा भुले झैं
जातिय स्वायत्तताका कुराहरु भुल्ने हुन् कि ?
राज्य पुनर्संरचनाका कुराहरु विर्सीने हुन् कि ?
आफ्नै मन्त्रालयको उपहास गर्ने हुन् कि ?
त्यो त मन्त्रि ज्यूको कार्यकालमा
हेर्नै पर्ने भएको छ
सम्विधान नवनुन्जेल सम्म
पर्खिनै पर्ने भएको छ

गोपाल खम्वु दाई
मन्त्रि भएपछि
जनादेश पालना गर्नु पर्छ
जनताको कुरा सुन्नु पर्छ
जनभावना वुझनु पर्छ
एउटा जड्याहाले आफ्नो रिस पोखे झैं
रोष्टमवाट रीस पोख्दा
कस्लाई पुग्यो होला चोट ?
कस्लाई लाग्यो होला खोट ?
सम्झीनु भोलि कस्ले देला भोट ?
कमरेड साईला दाई
होसीयार
मन्त्रि भए भन्दैमा
नवोल्ने कुरा वोल्नु भएन
दुनियाको अगाडी आफ्नै पोल खोल्नु भएन
त्यसैले मन्त्रि खम्वु दाई
अन्याय गर्नु भो
हङकङका नेपालीहरु माथि
हामी त्यो सहन सक्दैनौ
मन्त्रि ज्यू
तपाई हङकङ आएर के हुन्छ ?
तपाई हङकङ नआएर के हुन्छ ?
आखिर केहि हुदैन
आखिर केहि पनि भएन
मात्र हङकङको विकास देखेर दंग पर्नु भो
मन्त्रि ज्यू
अव जंगलमा वोल्ने भाषा
शहरमा वोल्नु भएन
आफ्नो हैसियत आफैले खोल्नु भएन
मौका सधै सधै आउँदैन
आएको वेला देश जनताको सेवा गर्नुहोला
हामी त अव देशको पुनर्संरचना चाहान्छौ
हामी त अव जातिय स्वायत्तता चाहान्छौ
हामी त अव संघीय शासन चाहान्छौ
हिजो त्यहि कुराको वकालत गरेर
हिडेको मान्छेले
आजै कर्तव्य भुल्नु भएन
जनताको विश्वास कुल्चनु भएन
तर कमरेड साईला दाई
हङकङमा तपाईले
साह्रै अपशब्द वोल्नु भो
आफ्नै भेद खोल्नु भो
आफ्नै हैसियत देखाउँनु भो
किनकी ती सवै मन्त्रिले वोल्ने कुरा होईनन्
मन्त्रिले गर्ने कार्य होईनन्
गोपाल खम्वु दाई अव देखि
आफ्नै किराती दाजुभाईहरुको
अपमान नगर्नु होला
गोपाल खम्वुको विरुद्घमा
अरु गोपाल खम्वुहरु आउँन सक्छन्
अरु गोपाल खम्वुहरु धावा वोल्न सक्छन्

त्यसैले सावधान हुनुहोला
आफ्नै वोलीवाट
आफ्नै हैसियतवाट
आफ्नै मन्त्रि पदवाट
किनभने मन्त्रिले वोल्नु
र एउटा वहुलाले वोल्नु
एउटै भयो भने के हुन्छ ?
कमरेड चिन्तन गर्नुहोला
हामी त सच्चा किराती भएको हेर्न चाहान्छौ
हामी त सच्चा मन्त्रि भएको देख्न चाहान्छौ
हामी त गणतन्त्रवादी भएको देख्न चाहान्छौ
जंगलवाट घर आए पछि
जंगलको कुरा नगर्नु होला
घरमा घर कै कुरा गर्नुपर्छ
अलिकति सभ्य भएर वोल्नु पर्छ
अलिकति सामाजिक भएर वस्नु पर्छ
तर मन्त्रि साईला दाई
तपाईले त हङकङमा
उत्पातै गर्नु भो
हामीले सोच्दै नसोचेको
अपशब्दहरु पो वोल्नु भो

-हङकङ

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.