कविता : एक खिल्ली सिगरेट

~बिना थिङ तामाङ~Bina Theeng Tamang SUNGAVA

एक खिल्ली सिगरेट
जसलाई तिमी बडो तन्मयका साथ ओठले स्पर्श गर्छौ
र प्रेमको काँटी सल्काउँछौ
म सिङ्गो सिगरेट
मेरो सिङ्गो अस्तित्व थियो
अब विस्तारै म खण्डित हुन्छु
म तिम्रो आशक्तीमा आकारबिहिन धुवाँ धुवाँ बनिदिन्छु

समग्रमा तिमी श्वाससंगै मलाई सरक्क तान्छौ
मानौ म तिम्रो त्यो अनिवार्यता हुँ जस्को अनुपस्थितिमा तिमी एकपल जीवित रहने छैनौ

म पस्छु तिमी भित्र भित्र स्वासनली हुदैं
र चुपचाप चुपचाप हृदयको सबै कक्षहरु चाल्छु
अनि हैरान हैरान हुन्छु
कि त्यहाँ त
सबै सबै नै अन्धकार छ

म एक खिल्ली सिगरेट
जसरी धुवाँ धुवाँ भएर पसेथें
उसरी नै म धुवाँ धुवैं भएर निस्कन्छु
अनि मिस्सिन्छु
म जस्तै अनिश्चित मृत्युहरुसंग
मनाउँछु उत्सव आफू नहुनुको
ता कि नरहोस सकस तिमीभित्र
किनकी म तिमीलाई प्रेम गर्छु
तर
फेरि पनि तिमी अतृप्त छौ
र त पुन:पुन: सल्काउँछौ
अर्को अर्को सिगरेटका खिल्लीहरु
साँच्चै ,
तिमीले आज सम्म कतिवटा सिगरेट पियौ?

(स्रोत : शब्दशिखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.