आचार्य प्रभाका तीन रुबाईहरु

~आचार्य प्रभा~acharya Prabha

काँधमा हाली हिँड्छु भन्थ्यौ, तिम्रो स्वार्थ हुँदा
ऐले भने जरो काट्छौ, उन्नतिले मार्ग छुँदा
बल्ल मात्र होस खुल्यो, आज सत्य बुझेपछि
आफ्नै मनले धिक्कार्यो है यी आँखाहरु रुँदा !

केकेसम्म खेपाइ भोगें ? स्वार्थीहरुको जमातमा
अनाहकमा हेपाइ भोगें स्वार्थीहरुको जमातमा
चुचुरोमा पुग्नलाई षड्यन्त्र नि प्यारो हुने
कर्तुतको छेपाइ भोगें स्वार्थीहरुको जमातमा !

जाल थापी, बसमा पार्यौ निहित स्वार्थलाई
मलाई आज तल झार्र्यौ निहित स्वार्थलाई
पदलोलुपता खेलभित्र संकीर्णता जन्माएर
आफ्नोपनलाई पनि टार्यौ निहित स्वार्थलाई !

आचार्य प्रभा
कोलोराडो

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.