आधुनिक गीत : आगोको शहर

~प्रमोद ढुङ्गाना~

रहरहरु बढाउँछ शहर
रहरहरु जलाउँछ शहर
यो निर्दयी आगोको शहर

जता हेर्‍यो मान्छे मान्छे
तर सबै एक्ला-एक्लै
घरैघरको जङ्गलमा
हराएका बेग्ला-बेग्लै
यो मुटु बिनाको शहर
यो निर्दयी आगोको शहर

समयले छोडी जाने
समयलाई सोच्दा-सोच्दै
जिन्दगानी बिती जाने
जीवनलाई खोज्दा-खोज्दै
यो कहाली लाग्दो शहर
यो निर्दयी आगोको शहर ।

रचना: प्रमोद ढुङ्गाना
स्वर: प्रेमध्वज प्रधान
सङ्गीत: दिपक चन्द्रतारा तुलाधर
रिकर्ड वर्ष: २०५५

प्रकाशित : व्याकुल माइलाद्वारा सम्पादित नेपाली गीत सङ्ग्रह, २०५९

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.