लघुकथा : असल मान्छे

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

+’तिमी के खोजिरहेका छौ ?’

-‘एउटा मान्छे |’

+’कस्तो मान्छे ?’

-‘असल मान्छे |’

+’कस्तो असल मान्छे ?’

-‘देशलाई माया गर्ने |’

+’देशको माया त सबैले गर्छन् | कहाँ कहाँ खोज्यौ त ?’

-‘पहाडमा ,तराईमा ,हिमालमा ,जातमा ,रंगमा सबैतिर खोजें |

+’भेटेयौ त ?’

-‘अँहँ ,छैन |’

+’यदि तिमीले भेट्यौ भने त्यो असल मान्छेलाई कसरी चिन्छौ?’

-‘भेट्ने बित्तिकै त म कसरी चिनुं !’

+’फेरी किन खोजिरहेका छौ त ?’

-‘देशको लागि |’

+’देश तिम्रो पनि होइन र ?’

-‘हो ,मेरो देश भएर त माया लागेर खोजीरहेछु |’

+’देशको माया लागेर मात्र भनेर हुञ्छ र ?’

-‘म के गर्न सक्छु र ?’

+’तिमी नै एक असल मान्छे बन्न सक्छौ , खोजी हेर त आफै भित्र !!’

—+—

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.